निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

  पोखरा:  नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो  सदस्य एवं कास्की २ मा गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार​ श्रीनाथ बरालले अबको डेढ वर्षभित्र सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार विहान पोखरा १५मा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । त्यसको सुरुवात अहिले नै भइसकेको भन्दै निर्वाचन लगत्तै समस्या समाधानको काम अगाडि बढ्ने बताए । सिंगो कास्की र पोखरालाई विकासको नयाँ मोडलमा अगाडि बढाउन आफूहरुले चाहेको भन्दै यहाँ रहेका सुकुम्बासी, अव्यवस्थित बसोबासीका समस्याका साथै सहरी बेरोजगारीका समस्या हल गर्न आफूहरु लाग्ने उनको भनाई छ ।  प्रकृतिक सम्पदायुक्त पूर्वाधार बनाइने भन्दै उनले पोखराका तालको संरक्षण, बाटाघाट चाक्ला र फराकिला बनाउने योजना सुनाए । ‘पोखरा आफैमा प्राकृतिक सौन्दर्यताले भरिपूर्ण सहर हो । अझ क्षेत्र नम्बर २ को कुरा गर्दा यहाँको विकासले समग्र कास्कीको विकासको प्रतिनिधित्व गर्छ । यहाँ हुने विकास निर्माण प्रकृति मैत्री हुनुपर्छ । यहाँ रहेका सकुम्बासी समस्या, अव्यवस्थित बसोबासीका समस्या हामी डेढवर्ष भित्र समाधान गर्दै समग्र विकासमा अगाडि बढ्छौं’ उनले भने ।  उम्मेद्वार​ बरालले कृषिमा आधुनिकिकरण गर्नुका साथै बालबालिका र महिला केन्द्रित विकासमा जोड दिने बताए । केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार गठबन्धनको हुँदा विकास निर्माणमा सजिलो हुने उनको भनाई छ । आफूले केन्द्री सांसदको हैसियतले विकास र समृद्धिको अगुवाई गर्ने भन्दै उनले पोखरालाई शैक्षिक हवको रुपमा विकास गर्ने, समाजवाद उन्मुख स्वास्थ्य सेवा प्रवाह गर्ने,पोखरालाई अन्तराष्ट्रिय  शैक्षिक हव बनाउनका लागि कानून निर्माण देखि प्रदेश र स्थानीय तहसंग सहकार्य गर्ने बताए । उनले मौजा अर्मला हुँदै जाने मध्यपहाडी लोकमार्गलाई छिटो बनाउन पहल गर्नुका सार्थै पोखरा बसपार्कलाई इन्ट्रनल बसपार्कको रुपमा विकास गर्ने, लामे आहालको बसपार्कलाई अन्तर्राष्ट्रिय स्तरको प्रादेशिक बसपार्कको रुपमा विकास गर्न स्थानीय तह, गण्डकी सरकार र केन्द्रसरकारसंग सहकार्य गर्ने उनले प्रतिवद्धता जनाए ।

  पोखरा: नेकपा एमाले कास्की क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार दामोदर पौडेल बैरागी र ३ (क) बाट प्रदेश सभा सदस्य उम्मेदवार गणेशमान गुरुङले पोखरा २५ हेमजामा रहेको सुईँखेत खोलाले वर्षेनी मानव वस्ती र खेतियोग्य जमिनमा असर गरेको भन्दै यसको नियन्त्रण गर्ने बताएका छन् । मंसिर ४ गते हुने निर्वाचन केन्द्रित घरदैलो पछि हेमजाको कालिकाचोकमा भएको कोणसभामा उनीहरुले सुईखेत खोलाको नियन्त्रण गर्ने नयाँ भिजन आफूहरुसँग भएको बताउँदै हेमजावासीले आउदो वर्खामा सुईखेत खोलाको असर भोग्न नपर्ने उल्लेख गरे । उम्मेद्वारद्धयले हेमजा कृषिको पकेट क्षेत्र मानिने हुदा कृषिको विकासमा पनि जोड दिने बताए । कोणसभामा बोल्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर पौडल वैरागीले एमाले नेतृत्व सरकारको पालामा छुट्याईएको बजेट आफ्नो पालामा वितरण गरेको भन्दै झुटको खेति गरि जनताका माझ भ्रम फिजाएको बताउँदै झुटको खेति गर्दै मत माग्न आउनेहरुसँग सजग हुन मतदातालाई आगह गरे । उनले भने–‘एमाले नेतृत्वको सरकारमा भएका कामको जस लिदै गठबन्धन सरकारले मतदातालाई भ्रम फैल्याउँदै, मत मागिरहेका छन् । तपाईहरु भ्रममा नपर्नुहोस् ।’ उनले सुखी नेपाली संमृद्ध नेपालको अवधारणालाई आत्मसात गरेको पार्टी नेकपा एमालेका उम्मेद्वारलाई  सुर्य चिन्हमा मतदान गरि विजयी गराउन हेमजा बासीहरूलाई अपिल गरे । प्रदेश सभा सदस्य पदका उम्मेद्वार गणेशमान गुरुङले सुईखेत खोलाको उचित व्यवस्थापन गर्दै खेतियोग्य जमिनमा खेति लगाउने र अन्य जग्गा पर्यटकीय आकर्षणको गन्तव्यस्थल बनाउन पूर्वाधारको विकास गर्ने बताए । उनले कालिका चोक हुदै सेरा कास्कीकोट जाने पुल निर्माण हुदाहुदै रोकिएको भन्ने सुन्नमा आएको हुदा आफुले जितेर आएकै भोलि पल्टबाट उक्त पुलको काम शुरु गराउने बचन दिए । आफु खेलि हुर्केको हेम्जाको फाँट र खोलासँगको नाता स्मरण गर्दै उनले २५ नम्वर वडाको विकासका लागि आफु डटेर लाग्ने प्रतिबद्धता जनाए । उम्मेद्वारद्धयले आईतबार हेम्जाका याम्दी, तिब्बतियन क्याम, जैसिथर,साझा,मिलनचोक,प्रगतिचोक,म्याग्दी चोक हुदै कालिकाचोकमा घरदैलो गर्दै कोणसभामा सहभागि भएका थिए ।

पोखराः   गोर्खा स्मारक ट्रष्टका महासचिव डा. चन्द्रबहादुर गुरुङले नेकपा एमालेले प्रदेश प्रतिवद्धापत्रमा साल्मेडाँडाबाट छुकछुके रेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने विषयलाई समेटेकोमा स्वागत गरेका छन् ।    मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारी र प्रदेश सभा सदस्यका उम्मेदवार भिमबहादुर कार्की सम्मिलित पोखरा २१ मट्टिखानमा आईतवार आयोजित कोणसभामा बोल्दै उनले ट्रष्टले साल्मेडाँडादेखि, निर्मलपोखरा र भरतपोखरासम्म छुकछुके रेल सञ्चालन गर्ने डिपिआर तयार पारेको जानकारी दिए ।   “दोश्रो विश्वयुद्धमा बेलायतकोतर्पm लडाई लड्ने क्रममा दिवंगत हुनु भएका वीर गोर्खाली पुर्खाहरुको स्मरणमा स्याङजा फेदीखोला गाउँपालिकाको साल्मेडाडाँमा स्मारक निर्माण कार्य भईरहेको छ ।” ट्रष्टका महासचिव गुरुङले भने–“स्मारक निर्माणसंगै रेल समेत सञ्चालन गर्ने हो भने मुलुकको पर्यटक प्रवद्र्धनमा उक्त योजना कोशेढुङ्गा सावित हुने विश्वास संस्थाले लिएको छ ।”   कोणसभामा नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराईले एमाले विकास निर्माणसंगै नयाँ योजना र भिजनको सपना देख्ने पार्टी भएको बताउँदै विचार, आस्था र भिजन नहुनेले मुलुकको विकास गर्न नसक्ने स्पष्ट पारिन् ।   साल्मेडाँडादेखि मट्टिखान, निर्मलपोखरा र भरतपोखरीको हुँडिकोटसम्मको करिव १० किलोमिटर दुरीवाट मनोरम हिमश्रृखला सहित पोखरा बजारसँगै अनुपम प्राकृतिक छटाको दृश्यावलोकन गर्न सकिने यस क्षेत्रमा रिचलाईन रेल सञ्चालनको लागि सम्भाव्यता अध्ययन गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको उनको भनाई छ ।   पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माणसँगै प्रविधियुक्त आधुनिक कृषि प्रणालीको विकास गरि उक्त क्षेत्रलाई पर्यटन र कृषिको हव बनाउने प्रतिवद्धता व्यक्त गर्दे उनले त्यसका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने आवश्यकता औल्याईन् ।   संघ सरकारबाट गण्डकी प्रदेश सरकारमा हस्तान्तरण भएको फुस्रेखोला, रामदी मट्टिखान सडक निर्माण व्यवसायीको ढिलासुस्तिका कारण समयमा सम्पन्न हुन नसकेको स्पष्ट पार्दै उनले उक्त सडक निर्माणमा आफु निरन्तर लाग्दै आएको र निर्माण कार्यलाई तिव्रता दिन आफु प्रतिवद्ध भएर लाग्ने विश्वास व्यक्त गरिन् ।   एमालेको समृद्ध नेपाल सुखी नेपाली अभियानलाई साकार बनाउन सडक पूर्वाधार पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै नेत्री भट्टराईले युवा स्वरोजगार र महिला सशक्तिकरणमा लाग्नुको विकल्प नभएको बताईन् ।   नेकपा एमाले केन्द्रीय सदस्य एवम् निर्वाचन २ (ख) का उम्मेदवार भिमबहादुर कार्कीले एमाले जे बोल्छ, त्यही गर्दछ भन्दै यस क्षेत्रको समग्र विकासमा निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त जनाए ।  पोखरा २१ का निर्वतमान वडाअध्यक्ष खगराज आचार्यले कृष्ति, निर्मलपोखरी भरतपोखरीका जनतालाई खानेपानीको सुविधा पु¥याउनका लागि सञ्चालन गरिएको सहलगानी खानेपानी योजना सम्झौता सवैको सहयोग रहेको स्मरण गर्दै सचेत मतदातासँग विकास निर्माणमा अनर्गल प्रचार नगर्न सबैमा आग्रह गरे । 

पोखराः  कास्की क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले देश सबैभन्दा माथि भएको बताउनु भएको छ ।   देशलाई सबैभन्दा माथि राखेर देश र जनताको सेवा गर्नका लागि आफ्नो उम्मेद्बारी भएको उहाँको भनाइ छ । उहाँले गठबन्धन देशको आवश्यकता भएको उल्लेख गर्नुभयो ।    गठबन्धन निर्वाचन जित्नका लागि र कसैलाई सत्तामा पु¥याउनका लागि  मात्र नभएको स्पष्ट पार्दै उहाँले देश बचाउन र उपलब्धिको रक्षाका लागि गठबन्धन भएको उल्लेख गर्नुभयो ।    पोखरा २७ मा आइतबार घरदैलो र मतदाता भेटघाट गर्दै पाँच दलीय गठबन्धनका साझा उम्मेद्बार समेत रहनु भएका बरालले जनतालाई झुटो नबोलि सत्यसत्य कुरा गर्ने बताउनुभयो । ‘जथाभावि बोलेर हिड्दिन, भोलिपनि तपाईहरुसँग भेटिनुपर्छ, उहाँले भन्नुभयो– गर्न सक्ने र पूरा गर्ने कुरा मात्र गर्छु, मलाई विश्वास गरिदिनुहोस् ।’   उहाँले विकास निर्माण समाजको आवश्यकता र प्राथमिकताका अधारमा हुने उल्लेख गर्नुभयो । ‘धेरै आवश्यकता छन् , एकैपटक सबै आवश्यकता पूरा गर्न सकिदैन, उहाँले भन्नुभयो –  तपाईहरुले नै जुन काम पहिले गर्नुपर्छ भन्नुहुन्छ, त्यहि गर्छु ।’   उहाँले शिक्षा, कृषि र पर्यटनलाई विशेष जोड दिनुभएको छ । उम्मेद्बार बराल सोमबार पोखरा १४ मा मतदाता भेटघाट र घरदैलो गर्नु हुनेछ ।       

पोखराः   कास्की क्षेत्र नम्बर १ ‘ख’ का प्रदेश सभा सदस्य उम्मेदवार बेद बहादुर गुरुङ (श्याम)ले मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्ट नेतृत्वको सरकार नै आवश्यक रहेको बताएका छन् ।    आइतबार राष्ट्रिय युवा संघ कास्की क्षेत्र नम्बर १ कमिटीद्वारा पोखरा २६ मा आयोजना गरेको भेलामा उनले एमालेको ‘ट्वान्टी ग्यारेन्टी’ सहितको स्मार्ट भिजनले मात्र मुलुकमा स्थायित्व, बिकास, समृद्धि सम्भव रहेको बताए । सुखी नेपाली समृद्ध नेपाल, आर्थिक विकास, सुरक्षित छानाः पुग्छ सबैको चाहना, फाइभ जी संचारः आइटीमा चमत्कार, बैंक खाता, पढाईः भविश्यको जग बसाई, फ्री मिटरः दश हजार लिटर, स्वस्थ महिनाबारीः १५ सय वर्षभरि, खेत बारीमा पानीः खाडीमा हैन स्वदेश मै जवानी, भूमिगत तारः सहर बजार, ५ लाख रोजगारः न्युनतम ज्याला २५ हजारजस्ता योजनाले सबै जाति, उमेर समूह र बर्गलाई समेटेको उनको भनाई छ । ‘युवाहरुको भविश्यलाई मध्यनजर गर्दै उज्यालो भिजनका साथ ट्वान्टी ग्यारेन्टीका विभिन्न विषयहरुलाई अघि सारेका छौं।’ उनले भने, ‘यो पार्टीमा मात्र युवाको भविश्य छ। पार्टीको महाधिवेशन नै हिलटेक ट्यांकीमा गर्ने पार्टीसंग स्मार्ट भिजन छैन । त्यसमा युवाको भविश्यपनि छैन ।’ अर्को प्रसंगमा उनले मंसिर ४ को निर्वाचन सत्य र असत्य, अँध्यारो र उज्यालो बीचको जनमत संग्रह भएको बताए। उनले यस्तो ऐतिहासिक क्षणमा युवा र एमालेका कार्यकर्ताहरु सत्यको पक्ष उभिन आव्हान गरे । उनले अहिलेको सरकारको कारण मुलुकमा निराशा छाएको आरोप समेत लगाए । नेकपा एमाले कास्कीले निर्वाचन केन्द्रित विभिन्न गतिविधिहरु बढाएको छ । उम्मेद्धार बेद बहादुर गुरुङ र प्रदेश तर्फका समानुपातिक उम्मेद्धार नन्दकला परियार नेपाली सहितको टिम आइतबार पोखरा १४ का विभिन्न स्थानहरुमा पुगेर मतदाता भेटेका छन् । उनीहरुले मतदाता समक्ष आफ्नो योजना सुनाएको कुरा बताए । सो वडा नन्दकला परियार नेपालीको गृहवडा पनि हो। पोखरा १४ स्थित मझेरीपाटनमा भएको घरदैलो कार्यक्रममा बेद बहादुर गुरुङले एमालेले जिताए समृद्धीको सुर्य उदाउने र नेपालले नयाँ युगमा प्रवेश गर्ने कुरा बताए । त्यस्तै समानुपातिक उम्मेद्धार नन्दकला परियारले देशमा स्थायित्व कायम गर्न एमालेलाई बहुमत दिलाउन पर्ने कुरा व्यक्त गरिन् । पहिलो पल्ट संसदीय चुनाव लड्दै गरेका बेद बहादुर गुरुङ मादी गाउँपालिकाको संस्थापक अध्यक्ष हुन्। उनले मादीमा ५ वर्षे कार्यकालमा थुप्रै काम गरेका दाबी गरेका छन् । आफ्नो कार्यकालमा विजयपुर ढांडबेसीं खोलामा पक्की पुलको निर्माण सम्पन्न गरेको, मादी नदिको ज्याउदुको रोकिएको पुल निर्माण सम्पन्न गरेको, पोखरा देखि याङ्जाकोट जोड्ने पिच बाटोको सुरुवात, पोखरा देखि सिक्लेससम्मको पिच बाटो सुरुवात गरेको, मिजुरे,भाचोक, मादी १२ र ५ मा एक घर एक धारा खानेपानी योजना, कोरी, क्रपू, कपुचे जस्ता स्थलमा पर्यटन विकासमा विभिन्न कार्यक्रम सम्पन्न गरेको, ६ वटा झुलुङ्गेपुलको डिपिआर, १५ शैयाको अस्पताल निर्माण, वार्दीखोला, ईदीखोला र मकैखोलामा एकै पटकमा मोटरेबल पुलको शिलान्यास गरेको जस्ता अनगिन्ती काम गरेको कुरा बताए । गुरुङको जन्म गाउँ कास्कीको उत्तरी भेग ताङतिङ हो । ४५ साल देखि कम्युनिस्ट आन्दोलनमा लागेका उनी पटकपटक गरि २१ दिन जेल जीवन बिताए । राजनीतिक मात्र नभई कलाकारिताको हिसाबले पनि उनी यस क्षेत्रका लोकप्रिय छन् ।  

पोखरा:    कास्की क्षेत्र नम्बर २ ९२० मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका अरुण गिरीले सुकुम्बासी समस्या र बसपार्कको व्यवस्थापनलाई लिएर ठुला भनिएका दलहरुले पोखरामा राजनीति मात्रै गर्दै आएको बताएका छन् ।   सुकुम्बासी समस्यालाई समाधान गरि व्यवस्थित शहरीकरण गर्नका लागि नीतिगत रुपमै स्मार्ट मुभ गर्न आवश्यक रहेको उनको भनाई छ ।   हाल चुनावी प्रचारको क्रममा मतदाताहरुको घरदैलोमा पुगिरहेका अरुण गिरी आईतबार पोखरा ९ नयाँबजार, पृथ्वीचोक, बसपार्क लगाएतका स्थानमा पुगेका थिए । आफ्नो निर्वाचन क्षेत्रको ६ वटै वडालाई समेट्ने गरि घोषणापत्र सार्वजनिक गरिसकेका गिरीले व्यवस्थित बसपार्क र सुकुम्बासी समस्यालाई पनि त्यसमा समेटेका छन् । घरदैलोको क्रममा गिरीले घोषणापत्रअनुसार नै आफू निर्वाचित भएपछि काम गरेर देखाउने प्रतिबद्धता दोहोर्याए ।   गिरीले पोखराको मूख्य शहर क्षेत्रलाई मौलिक रुपमा व्यवस्थित गरि बुटिक सिटीको रुपमा विकास गर्ने आफ्नो परिकल्पना रहेको सुनाए । 'यो क्षेत्रको व्यवस्थापन निकै गज्जबसँग गर्नुपर्ने देखिन्छ । शहरलाई सुन्दर अनि पर्यटकीय महत्वको बनाउनका लागि म सँग कार्ययोजनाको ब्लुप्रिन्ट नै छ, गिरीले भने, 'सुकुम्बासीहरुको मागको उचित सम्बोधन गरि व्यवस्थित बसपार्क र शहरको परिकल्पनालाई साकार पार्नतर्फ लागिहाल्नुपर्ने बेला आएको छ ।'   केन्द्र, प्रदेश र स्थानीय सरकारले सँयुक्त रुपमा सुकुम्बासी समस्यालाई हल गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा गिरीको जोड थियो ।   सुकुम्बासी समस्या र बसपार्क व्यवस्थापनको सवाल हरेक चुनावमा ठुला भनेका राजनीतिक दलहरुले फगत राजनीति गर्ने एउटा वहाना मात्र हुने गिरीले बताए ।   त्यस्तै अर्को सन्दर्भमा गिरीले सेती नदी दोहनलाई रोक्नुपर्ने बताए । उनले सेती नदीसँगै तटीय क्षेत्रको विकासका लागि ठुलो धार्मिक आस्थाको परियोजना संचालन गर्न सके त्यस क्षेत्रको स्तरोन्नी गर्न सकिने बताए । विभिन्न समुदाय र धर्मका मानिसहरुको आस्थासँग सेती नदीको विरासत जोडिएकोले आफूले त्यस क्षेत्रलाई धार्मिक हिसाबले नै विकास गर्न पहल गर्ने गिरीले बताए ।   घरदैलोको क्रममा गिरीलाई स्थानीय मतदाताहरुले ठुलो समर्थन देखाएका थिए । फरक र विशेष सोँचसहित सबैको साझा मुद्दालाई समाधान गर्ने सोँचसहित चुनावमा होमिएको गिरी जस्तो युवा अहिलेको आवश्यक भएको मतदाताहरुले बताएका थिए । साथै यो पटकको चुनावमा पोखराले पनि उदाहरण बनेर देखाउने भन्दै समस्यामा राजनीति गर्ने ठुला दलहरुको शैलीप्रति उनीहरुले चित्त दुखाएका थिए ।

पोखराः   पोखरा २१ र ३३ मा अत्याधुनिक मनोरञ्जन पार्क सहितका आकर्षक स्मार्ट तीन पोखरी निर्माण गर्न स्थानीयले आफ्नो क्षेत्रका एमाले उम्मेदवारहरुलाई आग्रह गरेका छ्न् ।   निर्वाचन अभियानका क्रममा सो क्षेत्रका मतदाता भेटघाटमा नेकपा (एमाले) को तर्फबाट प्रदेश सभा सदस्य कास्की निर्वाचन क्षेत्र नम्वर २ (१)  का प्रत्यासी उम्मेदवार भिम बहादुर कार्कीलाई स्थानीयहरूले यस्तो आग्रह गरेका हुन् । साविकको भरतपोखरी, निर्मल पोखरी, भोटेपोखरी र कृष्तीका स्थानीयहरूले अत्याधुनिक आइटी सुविधा र मनोरञ्जन पार्क सहितका आकर्षक स्मार्ट तीन पोखरी निर्माण गर्ने योजना बनाउन आग्रह गरे ।   पोखरीहरूको भेगको रूपमा परिचित समेत रहेको उक्त स्थानका प्राचीन पोखरीहरूको संरक्षण सहित नयाँ तीन पोखरी निर्माण गर्नुपर्ने स्थानियको माग छ । यसो गर्न सके प्राचीन परिचयको सम्वद्र्धन सहित आफ्नै मौलिक पहिचान सहितको पर्यटकीय गन्तव्य निर्माणको योजना साकार हुने उनीहरूको भनाई छ ।   कार्कीले अव प्राचीन पहिचान सहित सो क्षेत्र तीन पोखरीको भेगको रूपमा परिचित गराउन योजना थप्ने भन्दै आफु स्थानियको सुझाव अनुसार नै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।   गण्डकी प्रदेशका तीन जिल्ला कास्की,स्याङ्जा र तनहुँको संगमस्थलको रूपमा रहेका महानगरका दुई वडा पोखरा २१ र ३३ लाई महत्वपूर्ण पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने गरी कामका योजना अगाडी बढाउने भन्दै पर्यटकहरूको क्षेत्रमा मनोरञ्जन पार्क सहितका पोखरी निर्माण गर्न पहल गर्ने कार्कीको  बताए ।   २०६६ सालमा पर्यटकीय क्षेत्र घोषणा भएर विभिन्न पूर्वाधार निर्माण हुँदै गरेको तथा  कृषि र पर्यटनको  प्रचुर विकासको सम्भावना रहेको सो वडाहरूलाई आत्मनिर्भर वडा बनाउने उनको प्रतिवद्धता छ । उम्मेदवार कार्कीले हिजोका आफ्नो पार्टी निर्वाचनका घोषणापत्र र यो निर्वाचनका घोषणापत्रका बिषय  सहित  महानगरीय एकीकृत विकासको मोडल अवधारणा अघि सारेको उल्लेख गरे ।   घरदैलोको अवसरमा नेपाली काग्रेसका क्रियाशिल सदस्य समेत रहेकी कृष्ती निवासी अगुवा समाजसेवी गणेश शाहीसहित सोनम शाही र ज्ञानु शाही नेकपा (एमाले) मा प्रवेश गरेका छ्न् । त्यसैगरी  माओवादी केन्द्र पोखरा महानगर वडा नम्वर २१ का वडा कमिटी सदस्य रीना गिरि पनि एमालेमा प्रवेश गरेकी छ्न् ।  

पोखराः   पाँच दलिय गठबन्धनबाट कास्की २ का उम्मेद्वारहरु घरदैलो अभियानमा छन् । मंसिर ४ नजिक आएकाले उनीहरुलाई मतदाता रिजाउन भ्याइनभ्याइ छ ।    कास्की २ का उम्मेदवार श्रीनाथ बराल, २ (क) का विश्वप्रकाश लामिछाने र २ (ख) का विन्दुकुमार थापा आईबार पोखरा १६ र ११ को घरदैलो र चुनावी कोणसभामा व्यस्त भए ।   उनीहरुले मत मात्र मागिरहेका छैनन् । मतसँगै मन र समस्यामा पनि मागिरहेका छन् । सोही अनुसार मतदाताहरुले कसैले सल्लाह दिन्छन्, कसैले सुझाव त धेरैले विकासका काम ढिला भएको गुृनासा सुनाउँछन् । भने, केहीले गाली समेत गर्न भ्याउँछन् । तर, पोखरा ११ मा मतदाताहरु पुग्दा धेरै खुसी थिए ।   पोखरा ११ काँहु क्षेत्रका मतादाताहरुमध्ये बुद्धिसागर घिमिरेले संविधान जोगाउन बनेको गठबन्धनलाई भोट हाल्ने हो भन्दै उम्मेदवारसँगै हिडे । उनले शेरबहादुर, प्रचण्ड, माधवकुमार र बाबुाराम भट्टराई मिलेपछि असंभव केही नभएको बताए । गठबन्धनमा चित्रबहादुर केसी पनिसँगै भएकाले केही हुने आशा व्यक्त गरे । केपी वलीले संसद विघटन गरेर गलत काम गरेकाले यसपटक आफ्नो भोट गठबन्धनका नेताहरुलाई भएको बताए ।    चुनावी सभालाई सम्बोधन गर्दै कास्की २ का उम्मेदवार श्रीनाथ बरालले गठबन्धनले नै स्थानीयको पिरमर्कालाई बुझ्ने बताए । जनताका समास्या समाधान गर्दैै विकासका आयामहरुका लागि मत दिन आग्रह गरेका हुन् । काँहुको पर्यटन विकास र कृषिमा आधुनिकीकरण गर्ने उनले प्रतिवद्धता जनाए ।   कास्की २ (ख) का उम्मेदवार विन्दुकुमार थापाले काहुँडाँडाको विकासका लागि गुरुयोजना सहित विकासका योजना ल्याउने बताए । काहुँ डाडा निकै पिछडीएको बताउँदै यस्को विकासका लागि गुरुयोजना अघि सार्न आवश्यक रहेको सुनाए ।    कास्की २ (क) का उम्मेदवार विश्वप्रकाश लामिछानेले आर्थिक, सामाजिक, लैंिगक, जातिय विभेद परिवर्तन गर्नको लागी आफ्नो उम्मेदवारी रहेको बताए । जनताका लागि संघर्ष गर्दै सबैपिडितहरुका लागि केही अधिकार अझै स्थापित गर्न गठबन्धनका उम्मेदवारहरुलाई जिताउन उनको आग्रह थियो ।   

  पोखरा:  प्रदेश सभा र प्रतिनीधी सभा सदस्यको लागि पछिल्लो समयमा चुनावी अभियान तिव्र रुपमा अघि बढिरहेको छ । तर पोखरा मतदाता भने ठुला पार्टीलाइ भन्दा साना पार्टीलाई अवसर दिनुपर्ने धारणा राख्छन ।  कास्की क्षेत्र नम्वर २ ‘क’ का प्रदेश सभा सदस्यका उम्मेदवार बिजय बहादुर भण्डारीको घरदैलाको क्रममा पोखरा १७ का छबी पोख्रेलले पुराना पार्टीले काम नगरेको भन्दै नयाँ पार्टीले चुनाव जित्नुपर्ने धारणा राखे ।  पुराना सत्तामा भएका पार्टीले देश बिकाश नगरेको, जनताको समस्याको वास्था नगरेको आफ्नो र कार्यकर्ताको हितको लागि मात्र काम गरेको भन्दैै ठुला पार्टीले देश बनाउन नसक्ने भण्डारीलाई सुनाए । ‘उनले भने,‘भण्डारी जस्ता युवा र बिकासका योजना भएका नेतालाई भोट दिनुपर्छ अब’ ।  पोखरा १७ का नै टंक गौतम अव ठुला पार्टीलाई मत नदिने पक्षमा रहेको सुनाउ छन । देश विकास गर्न नभइ ठुला पार्टीका नेता स्वार्थ र कुर्सीको लागि चुनावमा होमिएको उनको भनाइ ।  भ्रष्टचार मुक्त देश बनाउन सक्ने देशमा उत्पादनमा जोड दिने नेताको खाँचो रहेको सुनाए । पोखरा १७ कै बासिन्दा सृष्टि पौडेलले ठुला पार्टी प्रति असन्तुष्टि व्यक्त गदै अबको आवश्यकता भनेको पढेलेखेको राष्ट्रपति वफादारी युवा नेताको आवश्यता भएको गुनासो पोखिन् । युवा शिक्षित नेताको खाँचो रहेको बताइन ।  युवा उम्मेदवार विजय भण्डारीले जनताको समस्या र गुनासो सुन्दै मत मागेको थिए । उनले आफु नष्ट हुने तर भ्रष्ट नहुने बाँचा गरेको जानकारी दिदै जनताको समस्या समाधान गर्न राजनितीमा होमिएको मतदातालाई सुनाए ।   भण्डारीले ठुला पार्टीले जनतालाई भ्रममा पारी मत मागेको चुनाव जितेपछी सत्ता र शक्तिआफ्नो हातमा पारेर देश र जनतालाई बन्द कोठामा राखेको संज्ञा दिए । जनताको मतको कदर गरी जनजिबिकाको ग्यारेन्टी गर्न आफुले उम्मेदवारी दिएको बताए ।    नेपालीको जीवन स्तर उच्च पार्न, देशमै रोजागारीको व्यवस्था गर्न देश विकास गर्न  उम्मेद्वारी रहेको मतदातालाई बुझाउदै आफ्नो पक्षमा मतदान गर्न आग्रह गरे ।    घरदैलो अभियानमा समानुपातिक तर्फका उम्मेद्वार बिष्णु कुमारी गुरुङले आफुलाई समेत मतहाली बिजय गराउन मतदातालाई आग्रह समेत गरेकी थिइन् ।