निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

  पोखरा:  कास्की क्षेत्र नम्बर २ का मतदाताहरुले डाडाँमा रेल होईन् घर छेवैको बाटो पिच गरिदिने प्रतिवद्ध गठबन्धनका नेतालाई भोट हाल्ने बताएका छन् । पाँच दलिय गठबन्धनबाट कास्की २ का उम्मेद्वारहरु घरदैलोका क्रममा पोखरा १५ पुग्दा त्यहाँका जनताहरुले ठूला ठूला आश्वासन देखाउनुभन्दा स–साना समस्या समाधान गरिदिन पहल गरेका थिए ।  पोखरा १५ का मतदाता चन्द्रकिशोर गौतमले रेलको सपना देखाउन भन्दा पनि जतनाका स–साना समस्यामा साथ दिन आग्रह गरेका थिए । ‘पहिला पनि कुन रेल भने पानी जहाज भने ग्यासको पाईप भनेर भोट मागे ५ वर्षसम्म केही गरेनन्,’ उनले भने, ‘यो पटक नि मट्टिखानको डाडाँमा रेल भन्ने सुनेको छु त्यो हुँदै नहुने सपना किन बाड्ने? हामीलाई बाटो बनाईदिए भयो, पानी, पानी बिजुली, स्वास्थ्य, शिक्षा जस्ता विषयमा ध्यान दिए भईहाल्यो नि ।’ अन्य स्थानीय पनि त्यस्तै माग गरिहेका थिए । केही दिन अघि विपक्षी पार्टीको नेताको प्रतिबद्धतापत्रमा पर्यटन र संस्कृति शीर्षकमा कृस्ती, निर्मलपोखरी, भरतपोखरी, मट्टिखान, हुँडिकोटमा पर्यटकीय आकर्षणको रिजलाइन (डाँडामा रेल सेवा) सञ्चालन गर्न सम्भाव्यता अध्ययन प्रक्रिया अघि बढाइने बुँदा समेटिएको थियो । त्यही विषयलाई लिएर पोखरा १५ का स्थानीयलाई गठबन्धनका उम्मेदवारलाई प्रश्न गरेका थिए ।  उनीहरुको समस्या र मागमा गठबन्धनबाट कास्की २ मा उम्मेदवार बनेको श्रीनाथ बरालले आफूहरु जनतालाई सपना देखाउनभन्दा पनि काम गरेर देखाउन आएको बताए । गठबन्धनको प्रतिवद्धता पत्र देखाउँदै कुनै पनि पुरा नहुने विषय नरहेको स्पष्ट पारे । त्यसपछि धेरैले गठबन्धनका नेतालाई साथ दिने बताएका थिए ।  घरदैलौ कार्यक्रममा बरालले देलाई अप्ठ्यारो पर्ने बेलामा काँग्रेस र कम्युनिस्ट एकै ठाउँमा भएको बताए ।  गठबन्धनका उम्मेदवारहरुले जितेमा महिला र युवा केन्द्रित कार्यक्रम अघि बढाउने प्रतिवद्धता जनाए । पोखराको बजारको सवारी चाप घटाउन बाईपास रोड बनाउने, नगर बसलाई ब्यवस्थित बनाउने, पछि परेको समुदाय र गरिबी सुकुम्बासीलाई माथि उठाउन छुट्टै ऐनको लागि पहल गर्ने उनको भनाई थियो ।   यस्तै कास्की १ (क) का उम्मेदवा विश्वप्रकाश लामिछाने संविधानमा लेखिएको मौलिम हक पूरा गर्ने बताए । आफूहरुसँग सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेको समस्या समाधान गर्ने योजना रहेकोकाले गठबन्धनलाई जिताउन उनको आग्रह थियो । गठबन्धनको सरकार बनेको समयमै नै धेरै ठाउँमा सुकुम्बासीलाई निस्सा वितरणको काम सरु गरिएको उनले सम्झिए । निस्सा लिएकाहरुलाई लालपुर्जा प्रदान गर्न पनि अब फेरी गठबन्धनकै उम्मेद्वारले जित्नुपर्ने उनले बताए ।  कास्की २ (ख) का उम्मेदवार विन्दुकुमार थापा सोमबार पोखरा ८ को घरदैलो थिए । उनले निर्वाचनमा  स्थानीयको सहभागिताले चुनावमा उत्साहित बनाएको बताए । मतदाताको सुझाव, समस्या र गुनासा सुनेपछि आफू निर्वाचित भएमा समाधान गर्ने प्रतिवद्धता जनाए । उनले निर्वाचनका समयमा मतदाता शिक्षा महत्वपूर्ण रहेकोेले धेरै मतदाताको पुगेर बुझाउन उनको आग्रह थियो । सुशासन, पारदर्शिता र भ्रष्टाचार मुक्त समाज मुख्य एजेण्डा भएको उनले सुनाए ।   

पोखरा:  कास्की क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रामजी प्रसाद बराल जीवनले गठबन्धन विरोधीले धेरै रोक्ने कोसिस गर्दा पनि घट्टेखोला धम्पुस बाटोको योजना पार्न सफल भएको दावी गरेका छन् । उनले यो योजना अब टेण्डरमा गईसकेकोले यो बाटोलाई सम्पन्न गर्नुपर्ने जिम्मा पनि आफुहरुकै काँधमा आएको बताए । माछापुछ्रे गाउँपालिकाको धम्पुसमा आयोजना गरिएको चुनावी सभामा बोल्दै बरालले भने, ‘हामीले यो बाटो ल्याउन पहल गर्यौँ, विपक्षीहरुले रोक्न धेरै प्रयास गरे, तर हामीले उनीहरुको अबरोध चिर्दै योजना पारेका छौं ।’ उनले अगाडी थपे, ‘अब यो बाटो टेण्डरको प्रकृयामा गईसकेकोले सम्पन्न पनि हामीले नै गर्ने हो ।’ बरालले आफु प्रदेश सभामा हुँदा धेरै कामहरुको थालनी भएको बताउँदै ति कामहरु पनि पुरा गर्न प्रदेश सभामा पनि गठबन्धनका उम्मेदवारले बिताए । ‘ यहाँ थाँती रहेका योजना सम्पन्न गर्न र नयाँ योजना शुरुआत गर्न गठबन्धनका उम्मेदवारले जित्नुपर्छ ।’ उनले भने । भौतिक निर्माण सँगै यहाँको कृषि र पर्यटनमा पनि गुणात्मक विकास गर्नु जरुरी हुने भएकोले आफुहरुको ध्यान त्यसतर्फ पनि समान रुपले गएको बताए । यसका साथै पहाडी र हिमाली क्षेत्रको पर्यावरण जोगाउने चुनौती पनि रहेको उनको भनाई थियो । निरन्तरको विकास मार्फत यहाँका जनताको जीवनस्तरमा परिवर्तन गर्नु बाहेक आफ्नो कुनै स्वार्थ नरहेकोले जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।   

  पोखरा:  कास्की २ का पाँच दलीय गठबन्धनका साझा उमेदवारहरुले पोखराको पर्यटनलाई बढवा दिन माध्यामिक तहमै पाठ्यक्रम बनाउन पहल पर्ने प्रतिवद्धता जनाएको छ ।  पोखरा पर्यटन क्षेत्र भएकाले यस क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न माध्यमिक तहमै पर्यटनका विषयमा पठनपाठन गर्न पहल गर्ने बताएको छ । जसका लागि सार्वजनिक र सामुदायिक विद्यालयसँग सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ । यस्तै सूचना, सञ्चार तथा प्रविधिको बढ्दो आवश्यकतालाई सम्बोधन गर्न महानगरीय आईसिटी एकेडेमी स्थापना गर्न महानगरसँग सहकार्य गर्ने बताएको छ । यो सँगै शिक्षा क्षेत्रमा खोजमुलक पठनपाठन तथा अनुसन्धान संस्कृतिको विकास गरी गु्णस्तरीय शिक्षा हासिल गर्ने अवसरको सुनिश्चितता गर्न एक मेट्रो लाईब्रेरी र वडास्तरमा लाईब्रेरी स्थापनाका लागि पहल गर्ने बताएको छ ।   विद्यार्थीहरुका लागि आत्मनिर्भर सिक्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि गरेको छ । यो कार्यक्रम माध्यमिक तह पुरा गरेका विद्यार्थीहरुका लागि लाभ हुने गरी सञ्चालन गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ ।  पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय र पृथ्वीनारायण क्याम्पसलाई अनुसन्धान गर्ने थिंक ट्यांकका रुपमा विकास गर्ने गठबन्धनको प्रतिवद्धता छ । आवश्यकता अनुसार कृषि, स्वास्थ्य, इन्जिनियरिङ र सूचना प्रविधि सम्बन्धी प्राविधिक तथा व्यावसायिक महाविद्यालयको रुपमा विकास गरिने बताएका छन् ।   गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्य तर्फ नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल, प्रदेशसभा २ (क) मा  नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछाने र प्रदेशसभा २ (ख) मा नेपाली काँग्रेसका विन्दुकुमार थापा उम्मेदवार छन् । 

  पोखरा:  नेकपा (एमाले)को तर्फबाट  कास्की २(१) का प्रदेश सभा सदस्य पदका उम्मेदवार भिमबहादुर  कार्कीले तीब्र विकास र समृद्धि आफ्नो एकमात्र स्वार्थ भएको बताएका छन। उनले देश विकास गर्ने योजना र तागत आफ्नो पार्टी सङ्ग मात्रै भएको भन्दै समृद्ध नेपाल( सुखी नेपालीको सपना साकार पार्न आफू योजना र कार्यान्वयनको उपाय सहित निर्बाचनमा सामेल भएको बताएका छ्न। जहिले पनि एमालेले संभव सपना देख्यो । तिनीहरुको  सार्थक परिणाम देखिइसकेको  छ्न। अब पनि आफ्नो घोषणा पत्रमा समृद्धिको अभियान उल्लेख गरेका छौँ ।   राष्ट्रिय स्वाधीनताको रक्षा सहित उज्यालो प्रदेश र क्षेत्र निर्माण गर्दै समृद्धिका सबै पूर्बाधारहरुको उत्कृष्टतापूर्बक निर्माणमा लाग्नेछु। जनताको जगमा उभिएको पार्टी हो जनता आशा र बिश्वासलाई भरोसामा बदल्ने छु कार्कीको भनाइ थियो। कार्कीले सो कूरा आफ्नो क्षेत्रका बासिन्दाहरू सङ्ग भेटघाट गर्दै बताएका हुन। हिजो पनि आफ्नै ठाउँमा थिए, सधै तपाईंकै घर आगनमा नियमित आउने छु ,समस्या बुझ्दै तपाहरूकै सुझाव अनुसार अघि बढ्छु, जनताका  चाहाना  नै आफ्नो विकासको योजना हुन,कार्कीले उल्लेख गरे। नागरिक निरोगी भए मात्रै देश समुन्नत हुने हुँदा आफ्नो पार्टिले हाम्रो नेपाल  निरोगी नेपालको अवधारणा सहित मर्यादित श्रम सुरक्षित रोजगारी ,कृषि भूमिमा पानी सिचाइमा लगानी ,स्वस्थ सुन्दर र ब्यबस्थित पालिकाको अबधारणा अघि सारेको बताए। उनले जनताको कर जनताकै लागि विकासमा लगानी गर्दै सशक्त महिला विकसित समाज, बनाउने,विद्युत उर्जा विकासबाट समृद्धिको यात्रा तय गर्ने उल्लेख गरे।

  पोखराः पोखरा महानगरपालिका वडा नम्बर ३३ की ७४ वर्षीय विष्णु परियार आजकल कोही पुगेर मत दिने कुरा गरे भने भक्कानिन्छन् । भन्छिन्, ‘मेरो भुकम्पले भत्काइदिएको धन्सार बनाउन सकिन । राहत माग्न जाँदा धेरै ठाउँमा डुलाए । केही राहतपनि दिएनन् । घर अगाडिबाट बाटो लगे तर, बषौं हुँदापनि पिच गरेनन् । मोटर चल्छन् । बाटोको धुलो सबै भान्सामा पुग्छ । हामी रोगी भयौं मत पाएकाहरु सांसद र मन्त्री भए, उनीहरुलाई हाम्रो पीडा महसुस् भएन ।’  मगरबेँशीमा उनी मात्र होइन अन्य बासिन्दाको पनि यस्तै गुनासा छन् । उनीहरुले अब पहिले भोट दिएकालाई मत नदिने अठोट गरेका छन् । सोही ठाउँकी विमला परियारले अब जति नै गरेपनि पहिले भोट दिएकालाई नदिने आफूहरुको अठोटे सुनाइन् । ‘भोट माग्न मात्र आउने अनि भोट पाएपछि फर्केर नआउनेलाई किन मत दिने ? जति झुक्याउने झुक्याए अब हामीलाई झुक्याउन सक्नेछैनन् ।’ उनले भनिन्, ‘अब चिनेजानेको इमान्दार मान्छेलाई भोट दिने हो । धोका दिनेलाई होइन ।’  मत माग्दै पुगेका नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं गठबन्धनको तर्फबाट कास्की २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रीनाथ बराललाई स्थानीयले पुराना नेता भएकाले आफूहरुले विश्वास गर्ने तर धोका दिन नपाइने सर्त राखेका छन् । ‘पहिले जितेर गएकाले गरेनन् । तपाई हामीलाई इमान्दार हुनुहुन्छ भन्ने लागेको छ । फेरी धोका दिन पाउनुहुन्न । यो बाटो पीच गरिदिनुहोला । बोलेको कुरा पुरा गरिदिनुहोला । हामी तपाईलाई मत दिन्छौं’ बिमलाले भनिन्, ‘यहाँ वषौंदेखि हाम्रो आग्रह सुनेर यो बाटो नबनाउने । हाम्रा पीडा नसुन्ने अनि चुनावका बेला आएर कताकता रेल ल्याउने कुरा गरेका छन् । अब पनि हामीले तिनका कुरा पत्याएर भोट हाल्यौं भने सधैं यस्तै धोकामात्र पाउने हो । हामी अबपनि गल्ति गर्दैनौं ।’ उम्मेदवार बरालले विगतमा आफूसमेत आएर मत मागेको स्मरण गर्दै आफैले मत मागेर जिताएकाले धोका दिएकैले आफू उम्मेदवार भएको बताए । ‘यहाँ हजुरहरुसंग मत मागिदिन म पनि आएको थिएँ । जितेर गएकाले जनताको अपेक्षा सुनेनन् । विद्रोह गरेर अहिले गठबन्धनबाट उम्मेदवार बन्दै तपाईको घर दैलोमा आएको छु । अब तपाईहरुले मलाई मत दिँदा यसरी पछुताउनु पर्नेछैन । म मत पाएपछि पनि तपाईसंग आइरहनेछु । तपाईहरुकै कुरा संसदमा राख्नेछु र समस्या समाधान गर्नेछु । चुनावमा मात्र आउने अरु बेला हराउने मान्छे म होइन । यहाँहरुले विश्वास गर्नुहोस्’ उनले भने । बरालले उत्पिडित, सुकुम्बासी र पछाडि परेका समुदायका साथै समग्ररुपमा विकास र समृद्धिकै लागि उम्मेदवार बनेको बताए । कास्की क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार आफूहरुले साझा प्रतिवद्धता नै जनाएको उनले सुनाए ।  

पोखरा: कास्की क्षेत्र नम्बर १ (ख) का पाँच दलीय गठबन्धनका साझा उम्मेदवार दिपक गुरुङ ‘माइला’ ले युवापुस्ताको निकै साथ पाएको बताएका छन् । उनले घरदैलो कार्यक्रममा जहाँ–जहाँ पुगेपनि युवाहरुको उल्लेख साथ पाएको बताए ।  ‘आफ्नो भुगोल अन्तर्गतका ठाउँहरुमा घरदैलो कार्यक्रममा पुग्दा युवा साथीहरुको उत्साहपूर्वक सहभागीता पाएको छुँ,’ उनले भने, ‘आज सम्म कुनै पनि पाटीमा नखुलेका युवा साथी म प्रति विश्वास गरेर घरदैलो कार्यक्रममा सँगसँगै हिँड्नु भएको छ । उहाँको साथ र सर्पोटले चुनाव जितेको आभास दिलाएको छ ।’ उहाँहरुल निकै आसा र अपेक्षा आफूबाट गरेको उनले सुनाए ।  उम्मेदवार गुरुङले आफ्नो प्रतिबद्धतामा पनि युवावर्गको सीप र क्षमताको विकास गरि स्वरोजगार बन्न अभिप्रेरित गरिने भनेर उल्लेख गरेका छन् । ‘लागुऔषध दुव्र्यसनी विरुद्ध युवाहरुका लागि सचेतनामुलक अभियान सञ्चालन गरिनेछ,’ प्रतिवद्धतामा उल्लेख छ, ‘युवाहरुको लागि एक वडा एक उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गरिनेछ ।’ गुरुङले घरदैलो कार्यक्रममा गर्दै धेरै मतदातासँग मतको अपिल गरेका छन् । उनले २०४८ सालदेखि मत राख्दै आएका मतदाताहरु अहिले निरास हुँदै आएको प्रतिक्रिया पाए । ‘घरदैलोमा पुग्दा कति मतदाताले मत किन हाल्ने हो भन्ने निरासा छाएको छ,’ उनले भने, ‘केही नयाँ मतदाता पनि हुनुहुन्छ, जसले सोंचे जस्तो उम्मेदवार पाएका छौं । भोट हाल्छौं । यस्तै मिश्रित प्रतिक्रिया पाएको छु ।’ गुरुङले मतदातासँग आफूलाई नेताको रुपमा नहेरि जिम्मेवारी वहन गर्ने सेवकको रुपमा लिन आग्रह गरेका छन् । उनले जनताको सपनालाई जिम्मेवारीको रुपमा लिएर हरेक दिन, हरेक समय लागि पर्ने प्रतिवद्धता जनाएका छन् ।   

  पोखरा: आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा ५ दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर ३ (क) का उम्मेदवार दुर्गादत्त भण्डारीले महंगी नियन्त्रणका लागि प्रदेश स्तरमा नै अभियान सञ्चालन गर्ने बताएका छन् । ‘बढ्दो महङ्गीले जनताको जीवन कष्टकर बनेको छ । खाद्य सामग्रीदेखी लत्ताकपडा सबैमा मुल्य वृद्धि भएको छ, राष्ट्रिय अन्तर्राष्ट्रिय विभिन्न कारणले जनताको जीवन असहज हुने गरी बढेको मुल्यवृद्धिप्रति जनता रुष्ट छन् । न्यून आय भएका नागरिकलाई हातमुख जोर्न समेत धौ धौ छ ।’ उनले भने, यो महंगी यसरी नै बढ्ने हो भने नागरिकको जीवन निम्नवर्गीय समुदाय जोखिममा पर्ने खतरा देखियो ।’ उनले यो समस्यालाई प्रदेश स्तरबाट नै समाधान गर्न सकिने र आफु विजयी भएमा गण्डकी प्रदेशको महंगी नियन्त्रण गर्न अभियान चलाउने दावी समेत गरे । चुनावी अभियानका क्रममा जनताबाट चरम महङ्गीको मारमा आफूहरु परेको गुनासा पछि वडा नं १ र २ मा भएका कार्यक्रमहरुमा उम्मेदवार भण्डारीले आफू विजयी भएर गएपछि प्रदेश सरकारसँग जनतालाई राहतमुलक कार्यक्रम ल्याउनका लागि दवाव दिने प्रतिवद्धता जनाए । उनले भने, ‘साँच्चै महङ्गीले जनताको ढाड सकेको छ । म पनि सामान्य परिवारको मान्छे भएकाले गहिरो अनुभुति मलाई पनि छ । हामी विजयी भएर गईसकेपछि मुल्यवृद्धि रोक्न र जनतालाई महङ्गीबाट राहत दिने कार्यक्रम सरकारबाट ल्याउन लाग्नेछु ।’ उम्मेदवार भण्डारीले पाँच वर्ष स्थिर सरकार बनाएर विकास र समृद्धिको नेतृत्व गठबन्धनले गर्ने बताए । उनले अबको युग समृद्धिको युग बन्ने उल्लेख गर्दै संघ, प्रदेश र स्थानीय तहमा गठबन्धनको सरकार बन्ने र सो सरकारले समृद्धि सहित सुशासन दिने स्पष्ट पारे । बागलुङ् बसपार्कको स्तरोन्नति, प्राचिन मौलिक घर तथा मठमन्दिरको संरक्षण लगायतका कामको  नेतृत्व आफूले गर्ने भण्डारीले बताए । उम्मेदवार भण्डारी सहितको गठबन्धनको टोलीले वडाका बागबजार, ट्याक्सीचोक, नयाँगल्ली, मिरुवा, विन्ध्यवासिनी लगायतका स्थानमा घरदैलो गर्दै सुशासन र विकासका लागि मत दिएर विजयी गराउन आग्रह गरेको थियो ।   

  पोखरा:  आम निर्वाचन सम्मुखमा आउँदै गर्दा पोखरा महानगरपालिका वडा नम्बर २१ मा डेढ सय भन्दा बढी युवा एमाले छोडेर माओवादी प्रवेश गरेका छन् । एमालेले व्यवस्था जोगाउने र विकास गर्ने एजेण्डा छोडी सत्तालिप्सा मात्रै देखाएको भन्दै उनीहरुले एमाले परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी प्रवेश गर्ने युवामा अधिकाँश दलित समुदायका छन् । उनीहरुको असन्तुष्टि एमालेले दलितलाई सत्ताको भर्याङ् मात्रै बनाएकोमा छ । पोखरा २१ का स्थानीय ईन्द्रबहादुर नेपाली भन्छन्, ‘एमालेले दलित दुखीका समस्या समाधान गर्न सकेन, अब माओवादीले हाम्रा समस्या समधान गर्ने विश्वासमा भएर नै पार्टी प्रवेश गरियो ।’ उनले विपन्नको हकको लागि काम गर्ने पार्टी माओावदी मात्र भएको बताए । ‘बेरोजगारीको लागि योजना आएपनि दलित जनताको माझमा पुगेको छैन ।’ उनले भने, ‘गाउँमा वेरोजगार छन्, चुनाव आएपछि रोजगारीका नारा मात्रै लिएर आउँछन् ।’ स्थानीयको माग विकाससँगै स्थानीय मठ मन्दिरको संरक्षण गर्नुपर्ने, प्राकृतिक सम्पदाहरुको प्रवद्र्धन गर्नुपर्ने सामाजिक रुपान्तरण अभियान चलाउनुपर्ने रहेको छ । पार्टी प्रवेश कार्यक्रममा कास्की २ (१) मा ५ दलीय गठबन्धनका साझा उम्मेदवार विश्वप्रकाश लामिछानेले आफुले यस क्षेत्रको सामाजिक समस्या बुझेको, यो ठाउँमा कस्तो बिकास र कुन प्रकारको सामाजिक अभियान चाहिन्छ भन्ने सवालको जानकार रहेकोले आफ्नो प्रतिवद्धता प्रति ईमान्दार भएर जनताको सेवा गर्ने दावी गरे । ‘अबको लडाईं गरिबीको अन्त्य गर्ने लडाईं हो, गठबन्धनले सोही अनुसारको घोषणापत्र पनि बनाएको छ, सोही घोषणापत्र अनुसारका कार्यक्रम लिएर आउने छु ।’ उनले भने । 

  पोखरा: नेकपा माओवादीका नेता एवं गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर २(१)मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकास लामिछानेले अबको लडाई गरिबी विरुद्धको लडाइँ रहेको बताएका छन् । पोखरा २१ लेवाडेमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  उनले देशमा राजनीतिक परिवर्तन आएको र अब विकास र समृद्धिका लागि काम गर्ने बेला आएको उनको भनाई छ । तर, केही तत्व प्राप्त उपलब्धिलाई उल्ट्याउने खेलमा रहेको हुँदा जनता सचेत बन्नुपर्ने उनले बताए । राजनीतिक परिवर्त भयो । अब विकास र समृद्धिका लागि काम गर्ने हो ।’ एमाले तर्फ संकेत गर्दे उनले भने, ‘यहीबेला एउटा शक्ति परिवर्तन उल्ट्याउन लागिपरेको छ । संसद विघटन गर्ने र प्रतिगामी शक्तिसंगको साँठगाठले यसलाई पुष्टि पनि गरेको छ । उनीहरुको चलखेल रोकेर अब विकास र समृद्धि तर्फ अगाडि बढ्ने हाम्रो अभिभारा हो ।’ उम्मेदवार लामिछानेले विपन्न हकको लागि आफूले काम गर्ने बताए । उनले आफूहरु जनताको असल साथी बनेर आएको चर्चा गर्दै तीन वर्षभित्र वर्ष भित्र खानेपानीको समस्या हल गर्ने प्रतिवद्धता जनाए । उनले राज्यबाट पाउने सेवा सुबिधा नलिई गरिब र उत्पिडितको लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् ।  कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादी कास्की जिल्ला सदस्य खड्क बहादुर नेपाली दलित अहिलेसम्म पार्टीको लागि भर्याङ भएको बताए । उनले बेरोजगारीको लागि योजना आएपनि दलित जनताको माझमा नपुगेको उल्लेख गरे । उक्त अवसरमा एमाले पार्टी परित्याग गरि विभिन्न १५० जना स्थानीय माओवादीमा प्रवेश गरकेका छन् । उनीहरुले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने प्रतिवद्धता जनाएका छन् ।  यसैबीच कास्की २ मा गठबन्धनका उम्मेदवारको घरदैलो कार्यक्रम तीव्ररुपमा अगाडि बढेको छ । अहिले पोखरा १५ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बराल र कास्की २(१) मा प्रदेशसभा सदस्य उम्मेदवार विश्वप्रकास लामिछानेसहित गठबन्धनका नेता कार्यकर्ता घरदैलामा छन् ।  पोखरा ८ मा गठबन्धनको तर्फबाट कास्की २(२) मा प्रदेशसभा सदस्य पदका उम्मेवदवार विन्दु कुमार थापासहित गठबन्धन दलका उम्मेदवार घरदैलोमा रहेका छन् ।