‘अन्तर्घात’ले चेत खुलेपछि हौसिए खगराज, ढुक्क छन् दिपक

कास्की | कात्तिक २९, २०७९

‘अन्तर्घात’ले चेत खुलेपछि हौसिए खगराज, ढुक्क छन् दिपक

पोखराः समय सँधै एकनासको कहाँ हुँदोरहेछ र ! झन् राजनीतिमा थुप्रै वक्ररेखा हुँदा रहेछन् । यस्तै भएको छ कास्कीको क्षेत्र नम्बर १ (क) मा । 

 

अघिल्लो पटक वाम गठबन्धनमार्फत नेकपा एमालेकै भोट पाएर जितेका नेकपा माओवादी केन्द्रका दिपक कोइराला यसपटक एमाले विरुद्ध चुनावी मोर्चामा छन् । अझ रोचक त ०७४ मा कोइरालाले हराएका नेपाली कांग्रेसका प्रतिष्पर्धी जीवन परियार यतिबेला कोइराला जिताउन चुनावी प्रचारमा अहोरात्र खटिएका छन् । 

 

त्यसबेला कोइरालालाई जिताउन हालका एमाले उम्मेदवार खगराज अधिकारीको चुनावी रणनीतिले काम गरेको थियो । तर उनै अधिकारी अहिले प्रदेशमा कोइरालासँग भिड्दैछन् । 

 

सतहमा हेर्दा एमालेका अधिकारी बलिया देखिएका छन् । केन्द्रमा पहुँच बनाएका नेता र २ पटक मन्त्री भइसकेको उनको छविले धेरै हदसम्म काम गरेको छ । सोही कारण स्थानीय मतदातालाई अधिकारीले जिते योजना र बजेट ल्याउँछन् भन्ने छ । 

 

त्यस्तै, एमालेका अध्यक्ष केपि ओलीले गण्डकीको मुख्यमन्त्रीकारुपमा अधिकारीलाई केन्द्रबाट प्रदेशमा झारेका हुन् भन्ने विश्वासले पनि काम गरेको छ । मिडिया र पत्रकारसँग बोल्दा केही ठाडो शैलीमा प्रस्तुत हुने अधिकारी आफ्नो क्षेत्रमा भने नरम शैलीले प्रस्तुत हुने गर्दछन् । 

 

यद्यपि, अधिकारीले जित्ने सम्भावनालाई उल्लेख गरिरहँदा सत्ता गठबन्धनबाट चुनौती दिइरहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार दिपक कोइरालालाई कम आँक्न मिल्दैन । ‘कोइरालाजीले जित्नुहुन्छ, हामी जिताएर देखाइदिन्छौं’ चुनावी ¥यालीमा व्यस्त कांग्रेसका एक कार्यकर्ताले ठोकुवा गरे । 

 

कार्यकर्ताको ठोकुवासँगै कोइराला ‘युवा’ हुन् । राजनीतिमा युवाले हस्तक्षेप गर्नुपर्छ, भन्ने पछिल्लो सोंच अनुसार कोइरालालाई फाइदा पुग्न सक्छ । यसैगरी, प्रदेशसभामा सांसद रहेका कोइराला विवादरहित नेता हुन् । कास्कीमा माओवादीलाई भोट हाल्न कुनै कांग्रेसको हात काम्दैन भने त्यो उम्मेदवार हुन् कोइराला । 
 

 

चुनावी प्रचारका दौरान रेल र पानीजहाज हैन, खानेपानी र सिंचाइको विकास गर्छु भन्दै आएका कोइरालाकालागि साना मुद्दा उठाइरहँदा ग्रामीण परिवेशमा प्रभावकारी बन्न सक्छ । खेलकुद क्षेत्रमा काम गरेका कोइरालाले भण्डारढिक रंगशाला स्तरोन्नतीको एजेण्डाबाट पनि युवाहरुको मत तान्ने सम्भावना रहेको छ । 

 

 

पोखरा महानगरभित्र ६ वटा वडा रहेपनि प्रायः वडाहरु नगर भनिन लायकको नहुँदा यस क्षेत्रमा भौतिक पुर्वाधारकै मुद्दा बिकाउ मेटेरियल हुन् । कृषिमा व्यस्त जनसंख्या र बिस्तारै नगोन्मुख हुँदै गएको यस चुनावी क्षेत्रमा रुपा गाउँपालिकासमेत रहेको छ । जहाँ ‘विकासे एजेन्डा’लाई नै प्राथमिकता दिइन्छ । 

 

यही बुझेर एमालेका अधिकारी पनि सोही लाइनमा छन् । अधिकारीले विशेषतः स्वास्थ्य बीमा र स्थानीय विकासमा आवश्यक पूर्वाधारलाई ५ वर्षभित्र निर्माण गर्ने दोहो¥याइरहेका छन् । 

 

अधिकारी स्थानीय निर्वाचनको नतीजाबाट तर्सिए । उनीमात्रै तर्सिएनन् सिंगो जिल्ला कमिटी नै कोमामा गएजस्तै भयो । नेपाली कांग्रेसको पेवा झैं भएको घात–अन्तर्घात एमाले कास्कीमा थाहै नपाई छि¥यो । यसमा संगठन विभाग प्रमुखसमेत रहेका अधिकारी र प्रदेशका पूर्वमुख्यमन्त्री एवं उपमहासचिव पृथ्वी सुब्बा गुरुङबीच चलेको सिंगौरीले स्थानीय निर्वाचनमा सिंङ खुस्किएपछि अहिले एमाले ब्युँतिएको छ । 

 

अन्तर्घातले दिएको परिणामबाट चेत खुलेपछि एमाले गण्डकीलाई मिलाउन अध्यक्ष ओलीले नै हस्तक्षेप गर्नु¥यो । फलतः कास्कीको टिकट वितरणमा ‘नरम–करम’ मिलाएपछि अधिकारीलाई लमजुङ्बाट गुरुङले खेल्लान् भन्ने आशंका रहेन । र, यहीबाट हौसिएका छन् अधिकारी । 

 

यसअघि केही दिन पोखराको मेयर उम्मेदवार भएर बलीको बोका बनाइएका दीपक पौडेल पनि अन्तर्घात बिर्सेर सुरुवाति दिनदेखि पार्टीको चुनावी प्रचारमा निस्किएपछि प्रफुल्लित छन् अधिकारी । 
 

 

यसबीच, अधिकारीले नेकपा माओवादी केन्द्रका रुपा गाउँपालिका अध्यक्ष नवराज बराललाई एमालेमा भित्र्याए । त्यस्तै, रुपा २ का माओवादी अध्यक्ष पुष्प सुवेदी र तरुण दल, कास्की सदस्य मेख लामासहितका युवालाई एमालेमा प्रवेश गराएपछि अधिकारी गमक्क परेका छन् । यो क्षेत्र अधिकारीको ‘थातथलो’ हो । 
 

 

सामान्यतयः निर्वाचन जित्न मतदातालाई ‘लालच’ देखाउन पनि सक्नुपर्छ । र, लालच देखाउनै प¥यो भने कोइराला भन्दा अधिकारी बढी सक्षम हुन सक्छन् । मन्त्री भइसकेका र केन्द्रमा पहुँच भएका नेतासँग बाँड्ने सपना जति हुन्छन् प्रदेशका सभासद्सँग त्यति हुँदैनन् । यसर्थ, यस दृष्टिकोणबाट कोइराला कमजोर हुनसक्छन् । 

 

तरपनि अधिकारीले जे–जस्ता रणनीति वा तिकडम चलाएपनि कोइराला जित पक्का भइसकेको विश्वासमा छन् । स्थानीय निर्वाचनमा सहभागी मतदाताले ‘धर्म’ नछाडिदिए कोइरालाको जितलाई ब्रेक लगाउन एमालेलाई गाह्रो छ । स्वयं कोइराला पनि माओवादी नेताबीच आफ्नो छवि र गठबन्धनकै मतबाट जित्नेमा ढुक्क छन् । 

 

स्थानीय निर्वाचनमा रुपा गाउँपालिकाबाट जितेर नवराज ओझाले कार्यकाल दोहो¥याए । यहाँबाट एमालेले ५ हजार ७४९ मत प्राप्त गरेको थियो । कांग्रेसको खातामा ४ हजार १३७ मत रह्यो । यहाँबाट वडा नम्बर १ अध्यक्षमा कांग्रेसको बर्चश्व रह्यो । बाँकी ६ वडामा एमालेले जित्यो । 

 

त्यस्तै, पोखरा महानगरका २६, २७, २९, ३०, ३१ र ३२ वडा यस क्षेत्रमा रहेका छन् । यहाँबाट वडा नम्बर २९ मा मात्रै एमालेले जित्न सफल रह्यो । अझ रोचक त स्वयं अधिकारीकै वडामा कांग्रेसले अध्यक्ष जितेर देखाइदियो । अधिकारीको जन्म गाउँ वडा नम्बर ३१ हो । यहाँ कांग्रेसले वडाध्यक्षसहित एक सदस्यमा जित हात पारेको छ । 
 

 

समग्रमा यहाँको मतान्तर न्यून रहेको छ । स्थानीय निर्वाचनमा गाउँपालिकातर्फ एमाले १ हजार ६१२ मतले अघि रह्यो भने नगर क्षेत्रमा कांग्रेसले १७ हजार ३६९ मत पाउँदा एमालेले १७ हजार ५० मत पाएको छ । यहाँ कांग्रेस ३ सय १९ मतले अघि रहेको छ । 

 

हाल वडा २६, २७ र ३२ मा गठबन्धनको स्थिति अत्यन्तै सुदृढ देखिन्छ । एमाले २९ र ३१ मा गठबन्धनमाथि हावी हुने देखिन्छ । ३० मा दुबै पक्षको जोडबल भएपनि गठबन्धनको मत केही बढी आउन सक्छ । यसर्थ, अधिकारीले जिते भने पोखराले हैन रुपाले जिताउन सक्छ । 

 

यस क्षेत्रबाट जनता समाजवादी पार्टी, जनमत पार्टी, हाम्रो नेपाली पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिष्पर्धामा छन् भने २ जना स्वतन्त्र उम्मेदवारसमेत मैदानमा छन् । 


 

काठमाडौं:      नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वेस्ट इन्डिज ‘ए’ टोलीले दोस्रो टी–२० खेलमा जितको लागि मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने न...

थप पढ्नुहोस्

काठमाडौंः  चीनले नेपाली नागरिकलाई भिसा निःशुल्क गरेको छ ।   १ मे २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क नलिने निर्णय गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । नेपालका ला...

थप पढ्नुहोस्

काठमाडौंः   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गर्नुभएको छ ।   ‘नेपाल लगानी ...

थप पढ्नुहोस्