पोखराको सुन्दरतामा ध्यान दिन्छौं: गठबन्धन
पाेखरा | कात्तिक २६, २०७९
पोखराः कास्की क्षेत्र नम्बर २ बाट उम्मेद्वार बनेका नेताहरुले पोखराको सुन्दरतामा ध्यान दिने बताएका छन् ।
शनिबार पोखरा १७ घारीपाटनमा पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी अभियानमा कास्की २ का उम्मेदवार श्रीनाथ बरालले पोखराको सौन्दर्यीकरणमा ध्यान दिने बताए ।
कास्की २ भित्र पोखरा महानगरका ११ वटा वडा मात्र पर्ने भएकाले पोखरा सौन्दर्यतामा आफूहरुको विषेश ध्यान जाने उनले सुनाए । ‘पछिल्लो समय पोखरामा भिडभाड बढेको छ । काठमाडौं, बुटवल, र नारायणगढ लगायत शहरबाट पोखरामा गाडीहरु थुप्रने गरेका छन्,’ उनले भने, ‘पोखरामा नयाँ विमानस्थल बनेको अवस्थामा बाईबास रोड बनाउने र पोखरालाई सफा सुन्दर राख्ने कुरामा ध्यान दिनेछौं ।’ पोखराको मुख्य समस्या फोहर व्यवस्थापन रहेकाले ल्याण्डफिल बनाउन पोखरा महानगरलाई सहयोग गर्दै पोखरालाई सफा र सुन्दर राख्ने प्रतिवद्धता जनाए ।
यसबाहेक भूमिहीन दलित, भूमिहीन सुकुुम्वासी र अव्यवस्थीत बासोबासीको समस्या समाधान गर्ने बताए । पोखराका केही क्षेत्र कृषिका लागि योग्य भएकाले पनि कृषिमा आधुनिकीकरणमा ध्यान दिने उनले बताए । स्वरोजगार, तालिम, पर्यटन, साना घरेलु उद्योग, विना भेदभाव विकासका काम लगायतमा ध्यान दिने उनले बताए । यसका लागि मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन उनको आग्रह थियो ।
गठबन्धनबाट कास्की २ (क) का उम्मेदवार विश्व प्रकाश लामिछानेले व्यवस्था परिवर्तन भए अनुसार अबस्था परिवर्तन गर्न गठबन्धनले जित्नुपर्ने बताए ।
यसैका लागि आफूहरु गठबन्धन गरेर आएको उनले बताए । आफ्नो क्षेत्रमा विजयी भएमा स्वास्थ्य र शिक्षासँगै विकास निर्माणका काममा ध्यान दिने उनले प्रतिवद्धता जनाए । ‘अहिले देशका लागि असल नेतृत्वको अहिले आवश्यक परेको छ यसैका लागि हामी गठबन्धन गरेर आएका हौं,’ उनले भने, ‘कास्की २ (क) मा मलाई विजयी गराउनुभयो भने यस क्षेत्रको नमुना बिकास गरेर देखाउने छु । बिजयका लागि मतदान गर्न अनुरोध गर्छु ।’
यसैगरी, कास्की २ (ख) का उम्मेदवार विन्दुकुमार थापाले पोखरा ११ को विकासका लागि गठबन्धनलाई मत दिन आग्रह गरेका छन् ।
शनिबार मतदाताहरु सँगै भेट्दै थापाले गठबन्धनले नै स्थानीयको पिरमर्कालाई बुझ्ने र समाधान गर्ने हुँदा विकासका आयामहरुका लागि मत दिन आग्रह गरेका हुन् । ‘पोखरा ११ मा सडक, सिँचाई, सामाजिक भवन, शिक्षा, स्वास्थ्य र रोजगारीका थुप्रै समस्या छन् । जसमा केही काम हिजो पनि गरियो । अब पनि यहाँहरुले निर्वाचित गराउनुभयो भने गठबन्धन सरकारले नै विकास दिनेछ ।’,उनले भने ।
पोखरा ११ को कृषि सडकका लागि आफ्नै पहलमा एक करोड विनियोजन भएको उनले जानकारी गराए । काहुमा नै कृषि सडक राख्ने तयारी आफुले गरिरहेको भनाई उनको छ । बास खोला नियन्त्रण गर्दै बस्ती सुरक्षाका लागि समेत आवश्यक पहलकदमी गरिएको र संरक्षणमा लाग्ने प्रतिबद्धता उनको छ ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

