अनौपचारिक क्षेत्रका श्रमिकको पञ्जिकरणमा जोड दिने उम्मेदवार भट्टराईको प्रतिवद्धता
पाेखरा | कात्तिक २६, २०७९
पोखराः नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले अनौपचारिक क्षेत्रका श्रमिकहरुको पञ्जिकरणमा जोड दिने प्रतिवद्धता व्यक्त गरेकी छन् ।
नेपाल ट्रेड युनियन महासंघ अन्तर्गतको क्यूपेक नेपाल कास्कीद्धारा शनिवार पोखरामा आयोजित निर्वाचन केन्द्रीत कार्यक्रममा बोल्दै उनले श्रमिकलाई रोजगार तथा सेवा सुविधा उपलव्ध गराउन स्थानीय तहमा सुचिकृत गर्न पहल गर्ने प्रतिवद्धता जनाएकी हुन् ।
विश्वव्यापी रुपमा पैmलिएको कोभिड तथा विनाशकारी भूकम्पको समयमा सबैभन्दा बढी श्रमिक वर्ग मर्कामा परेको उल्लेख गर्दै उनले उनीहरु पञ्जिकृत नहुदा राज्यबाट प्राप्त गर्ने सेवा सुविधाबाट समेत बन्चित हुनु परेको स्मरण गरिन् ।
एमाले केन्द्रीय सदस्य समेत रहेकी नेत्री भट्टराईले मंसीर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा केन्द्रीत हुन सवैलाई आव्हान गर्दै श्रम ऐन निर्माणसंगै कार्यान्वयनमा जोड दिन प्रतिवद्ध रहने विश्वास व्यक्त गरिन् ।
समाजका मजदूर, श्रमजिवी, अपाङ्ग एवम् सर्वहारा वर्गको हित अधिकार सुनिश्चितताका साथै उनीहरुलाई आर्थिक रुपमा सम्पन्न गराएर मात्र समृद्ध नेपालको परिकल्पना सार्थक हुनेमा विश्वास व्यक्त गर्दै उनले पार्टीको घोषणापत्रका आधारमा मुलुकको समग्र विकास र हक अधिकार सुनिश्चितताका लागि जिम्मेवार भएर लाग्ने अठोट गरिन् ।
कार्यक्रममा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य एवम् कास्की निर्वाचन नं. २ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार मिना गुरुङले आप्mनो बाँकी जिवन राष्ट्र निर्माण, समाज सेवा र श्रमिक सेवामा समर्पित हुने प्रतिवद्धता जनाईन् ।
निवर्तमान जिफण्ड केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश सभाको पाँच बर्षे भूमिका निर्वाह गरिसकेकी उनले एमालेले मातृशक्तिलाई विश्वास गरेर प्रदेश सभा सदस्यमा प्रत्यक्षको उम्मेदवारी दिएको उल्लेख गरिन् ।
हाम्रो मत सूर्यमा, श्रमशक्तिको विकास र समृद्धिको पक्षमा भन्ने मुख्य नारा सहित आयोजित कार्यक्रममा क्यूपेक कास्कीका अध्यक्ष तिर्थराज मगरले कोभिडको बेलामा मजदूरको चुलो बाल्ने र घरमा पुग्नको लागि मिना गुरुङले आफुले पाउने सरकारी सेवा सुविधा सहित निजी खर्चले सहयोग स्मरण गरे ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले तामाङ समुदायको महान् पर्व ‘२८६२ औं सोनाम ल्होसार’ का अवसरमा शुभकामना प्रदान गर्नुभएको छ । सोमबार शुभकामना सन्देश जारी गर्दै भट्टले आपसी सद्भ...
झापा: पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ । साउनदेखि पुस मसान्तसम्मको छ महिनामा रु सात अ...
पोखरा: तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आज...

