पोखराः पर्यटकीय क्षेत्रको रुपमा रहेको अन्नपूर्ण गाउँपालिकामा वर्षेनी पर्यटनमैत्री कार्यक्रमहरु ल्याउने एमाले उम्मेदवारद्धय दामोदर पौडेल बैरागी र राजीव पहारीले अन्नपूर्णवासीलाई वचन दिएका छन् । उनीहरुले पर्यटनको लागि मात्र वर्षेनी लाखौं रुपैयाँ वजेट विनियोजन गर्ने प्रतिवद्धता जनाए । कास्की ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर पौडेल बैरागी र ३ ख का प्रदेश सभा सदस्य उम्मेदवार राजीव पहारीले बुधवार अन्नपूर्ण गाउँपालिकाका स्थानीयहरुसँगको भेटघाटमा यस्तो प्रतिवद्धता जनाएका हुन् । यसअघि स्थानीयले अन्नपूर्ण गाउँपालिका पर्यटकिय स्थल भएकाले सो क्षेत्रमा पर्यटनमैत्री कार्यक्रमहरु ल्याउन एमाले उम्मेदवारद्वयसँग माग राखेका थिए । मंसिर ४ को निर्वाचन मिति नजिकिंदै गर्दा नेकपा एमाले कास्की क्षेत्र नम्वर ३ का उम्मेदवारद्वय पौडेल र पहारी घान्द्रुक, छोम्रोङ, दाङसिङ, सावेत, उल्लेरी लगायतका स्थानहरुमा पुगेर त्यहाँका जनताहरुको आर्शिवाद लिएका थिए । सो क्रममा त्यस क्षेत्रका जनताहरुले एमाले पार्टी जनताको सुखदुःखको साथी भएको बताउँदै विकासको लहर ल्याउन एमाले उम्मेदवारहरुलाई विजयी गराउने उद्घोष गरे । निवर्तमान सांसद पहारीको कार्यकालमा नयाँपुल–घान्द्रुक पिच, विभिन्न ठाउँमा मोटरेबल बाटाघाटा खुलेका र ति बाटोहरुको स्तरोन्नतीका लागि फेरी एमालेलाई जिताउने स्थानीयको प्रतिवद्धता छ । प्रदेश सभा उम्मेदवार पहारीले विभिन्न समुह, संघसंस्था लगातयसँग सहकार्य गर्दै सामुदायिक भवन, मठमन्दिर निर्माण कार्य लगायतमा सहयोग गरेको भन्दै योजना अन्तर्गत बाँकी रहेका अन्य थुप्रै काम सम्पन्न गर्न पनि एमाले उम्मेदवार विजयी हुनुपर्नेमा उनीहरुको जोड छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार दामोदर पौडेलले अन्नपूर्ण गाउँपालिकामा प्राकृतिक सम्पदा तथा वातावरणको संरक्षण गर्दै कृषि र पर्यटनको समानान्तर विकासबाट नै सो क्षेत्रको मुहार फेर्ने प्रतिवद्धता जनाए ।
पोखरा : पाँच दलीय गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं.२ का उमेदवारहरुले सिङ्गो गण्डकी प्रदेशको शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा पोखराको विकास गरिने बताएका छन् । आगामी मङ्सिर चार गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ को प्रचारप्रसारका क्रममा मतदाताको घरदैलोमा रहेका उनीहरूले यस्तो बताएका हुन् । कास्की २ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको साझा उम्मेदवार रहेका नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका श्रीनाथ बरालले पोखरालाई सिङ्गो गण्डकी प्रदेश कै शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा विकास गरिने बताए । ‘लोकतन्त्रका पक्षधर दलहरूको बिचमा गठबन्धन निर्माण गरी संविधान र व्यवस्थालाई जोगाएका छौं ।अव हामी विकास र समृद्धिको लागि यो गठबन्धनलाई समर्पित गछौँ, उनले भने, जनताको जीवनमा परिवर्तन ल्याउन र जनताको जीवनस्तरलाई माथि उठाउन हामीले बाँकी समय खर्च गछौँ, अधिकारका लागि हामी लडिसक्यौ, अव पछाडि परेका समुदायका वर्गहरूको अधिकारलाई संस्थागत गर्न राम्रा ऐन कानुनहरू निर्माण गर्नेछौँ ।’ विगतमा लाहुरे उमेदवारहरुलाई प्राथमिकता दिँदा यस क्षेत्र विकासमा पछि परेको हुँदा अव फेरी पनि त्यही गल्ती दोर्होयाउने छुट कसैलाई पनि नरहेको उनले बताए । ‘म लाहुरे उम्मेदवार होइन, म हजुरहरू कै वारेस हुँ, सेवक हुँ, त्यस कारण पनि म हजुरहरू नै घरदैलोमा बसेर सेवामा समर्पित हुनेछु, उम्मेदवार बरालले भने, विकास र समृद्धिको अर्को पाटो हो, नागरिकको आर्थिक अवस्थालाई सुधार गर्ने, महिला तथा बालबालिकाका लागि छुट्टै सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने योजना सहित हामी आएका छौँ ।’ स्वस्थ बालबालिकाले मात्र भोलिको भविष्य निर्माण गर्न सक्ने भन्दै बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर सुविधा सम्पन्न बाल अस्पताल समेत निर्माण गर्ने उनले बताए । ग्रामीण पर्यटन विकासका लागि होमस्टेहरूको विकास गर्दै डाँडाकाडाँहरुको सौन्दर्यीकरणमा जोड दिने प्रतिबद्धता समेत उनले जाहेर गरे । उनले सम्भावित स्थानहरूको पहिचान गरी ट्रेकिङ रुटहरू निर्माण गर्ने बताए । यस्तै कास्की २(ख) का प्रदेशसभा सदस्य पदका उम्मेदवार विन्दुकुमार थापाले आफूहरूले बितेको पाँच वर्षमा गण्डकी प्रदेशको आधारशिला खडा गरेको बताए । ‘हामीले पाँच वर्षमा गण्डकी प्रदेशको आधार शिला खडा गर्यौँ । अबको समय समृद्धिको समय हो । सुशासनको लागि हो, उनले भने, संविधानको रक्षा र व्यवस्थालाई अझै बलियो बनाउनका लागि गठबन्धन गरिएको हो ।’ उम्मेदवार थापाले वडा नं.१६ को विकासका लागि १ अरब १८ करोड बढीको बजेट चालु आर्थिक वर्षमा छुट्ट्याएको बताए । विकास र समृद्धिमा पछि परेको वडाको रूपमा यसको विकास द्रुत गतिमा गर्ने गरी यो आकारको बजेट पारिएको उनले बताए । यो गठबन्धनको सरकार भएकै कारण सम्भव भएको उनले बताए । उम्मेदवार थापाले यस क्षेत्रको विकास निर्माण, समृद्धि र सुशासन लगायत तमाम विषयहरूमा सुधार ल्याइने प्रतिबद्धता जाहेर गरे । ‘विकास निर्माण, समृद्धि, सुशासन र भ्रष्टाचारलाई न्यूनीकरण गर्ने सन्दर्भमा अव नयाँ ढंगले अगाडी बढ्ने योजना सहित आएका छौँ, मैले व्यक्तिगत रूपमा आफू सार्वजनिक पदमा रहँदाको आफ्नो पारिश्रमिक सामाजिक काममा खर्च गर्ने गरेको छु, आगामी दिनमा पनि मैले कुनै पनि सुविधा व्यक्तिगत रूपमा खर्च गर्ने छैन, थापाले भने, जोगीमणिको पुल निर्माणका लागि विशेष पहल गरिने छ । सहायक सडकहरूको अवस्था सुधारका लागि पनि हामीले काम गर्नेछौँ ।’ नागरिकका आधारभूत आवश्यकताहरूको परिपूर्तिका सन्दर्भमा राज्यको नीति र नियमको परिधिमा रहेर आवश्यक पहल र प्रयत्न गरिने उनले बताए । विकास र समृद्धि हासिल गर्ने सवालमा एकाकार भएर अगाडी बढ्ने उनले प्रतिबद्धता समेत जाहेर गरे । यस्तै कास्की २ (क) का उम्मेदवार विश्वप्रकाश लामिछानेले दोविल्ला क्षेत्रको नदी कटानमा ध्यान दिने बताए । पोखरा १७ र २१ मा पर्ने दोविल्ला क्षेत्रमा भएको घरदैलो अभियानका क्रममा त्यस क्षेत्र नदिले कटान गरेको उनले बताए । आफू लामो समयदेखि सेती नदी र वरपरका बस्ती संरक्षण अभियानमा रहेकाले विजयी गराएमा निरन्तरता दिने उनको भनाई छ । जितेपछिको पहिलो काम नै दोविल्लामा तटबन्धन गर्ने उनले सुनाए । साथै, दोबिल्ला हुँदै बिरौटासम्म चक्रपथ बनाउने योजना बनाएको उनले बताए । दोविल्लाको पुल खतरामा रहेकाले पुल पुनः निर्माण गर्न पहल गर्ने उनको योजना छ । त्यस क्षेत्रमा काँग्रेसको उम्मेदवार नभएको कारण भ्रम छर्ने काम गरीकाले गठबन्धनबाट उठेपछि काँग्रेसको पनि उम्मेदवार भएको हुँदा भ्रममा नपर्न मतदातालाई उनको आग्रह थियो । साझा घोषणापत्रको साथ मतदातासामु पुगेकाले ५ वर्षसम्म सो क्षेत्रबाट सबै पार्टी प्रतिनिधि भएर काम गर्ने उनको प्रतिबद्धता थियो ।
पोखरा : कास्की क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार वेद बहादुर गुरुङ ’श्याम’ले निर्वाचित भएपछि शिक्षा र स्वास्थ्यमा जोड दिने कुरा बताएका छन् । नेकपा एमालेको तर्फबाट उम्मेद्धार बनेका गुरुङले देशलाई समृद्धिको बाटोमा हिडाउन शिक्षा र स्वास्थ्यको बिछट्टै महत्व रहेको कुरा समेत बताए । बुधबार पोखरा महानगरपालिका वडा नम्बर १२ का मतदातासंग गुरुङले भेटघाट गरेका थिए। भेटघाटको क्रममा गुरुङले शिक्षा र स्वास्थ्य जस्तो आधारभूत कुरा दिने दायित्वबाट सरकार भागेको आरोप समेत लगाए। गुरुङले आफू निर्वाचित भएपछि निशुल्क र गुणस्तरीय शिक्षा अनि स्वास्थ्यको लागि नीति बनाउन लाग्ने बताए । ‘शिक्षा र स्वास्थ्यमा समान पहुँच नभएसम्म विकास र समृद्धि सम्भव छैन । त्यसैले विपन्न वर्गका बालबालिकाहरुको निशुल्क शिक्षा प्रदान हुनेछ । सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गरिनेछ ।’ गुरुङले भने, ’ नेताहरु समाजवादको चर्को नारा बोकेर हिडेका छन् । जनतालाई पुरा नहुने सपना बाँड्दै हिडेका छन् । तर समाजवादको प्रस्थानविन्दु नै बिर्सेका छन् । शिक्षा र स्वास्थ्यमा गुणस्तर नआएसम्म देशले वास्तविक विकास असम्भव छ ।’ शिक्षा एवं स्वास्थ्य क्षेत्रमा सरकारले बर्सेनि २ देखि ३ खर्ब बजेट विनियोजन गर्छ । तर समस्या ज्युँको त्युँ छ । अझै गरिब जनताले पढ्न पाएको छैन । जीवनजल नपाएर ज्यान गुमाउनु परेको छ । ’ गुरुङले भने,’ गलत नेता चुन्नु र गलत व्यक्ति सरकारमा जानुको कारणले यस्तो भएको हो। मलाई जिताउनुस्। समस्या समाधान गर्न लाग्नेछु ।’ गुरुङले प्रदेशमा भरि माध्यमिक तहको शिक्षालाई क्रमशः निःशुल्क र अनिवार्य गराइने, विद्यालयलाई अपांगता र बालमैत्री बनाइने, भौगोलिक रूपमा टाढा रहेका प्राविधिक तथा व्यावसायिक विषयका विद्यार्थीका लागि आवासीय शिक्षाको व्यवस्था गरिने कुरा स्थानिय मतदातालाई सुनाए । गुरुङले आफू मादी गाउँपालिकाको अध्यक्ष हुँदा स्वास्थ्य र शिक्षामा उलेखनीय काम गरेको दाबी गरेका थिए । कार्यभार ग्रहण गर्नु अघि ७ वटा मात्र स्वास्थ्य चौकी रहेको मादीमा अरु ६ वटा थपेको र थुम्सीकोटमा १५ शैयाको अस्पताल निर्माण गरेको बताए। त्यस्तै शैक्षिक क्षेत्रमा नीतिगत र व्यवहारिक प्रयासपछि स्तर उन्नति भएको दाबी गरे । मंसिर ४ गते हुने निर्वाचनमा एमालेले राम्रो नतिजा ल्याउने दावी गरे । गठबन्धन सरकारको पछिल्लो गतिविधि देखेर जनताले निरास भएको कुरा सुनाए। नेकपा एमालेले कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा तर्फ जिल्ला अध्यक्ष मन बहादुर गुरुङ, प्रदेश क तर्फ खगराज अधिकारी र ख तर्फ वेद बहादुर गुरुङ श्यामलाई उठाएका छन्। नेकपा एमाले कास्की १ ले निर्वाचन केन्द्रित रहेर उम्मेदवार भेटघाट कार्यक्रमलाई तीव्रता दिइरहेको छ ।
पोखरा : कास्की क्षेत्र न २ (ख) मा सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश लामिछानेले गण्डकी प्रदेशलाई समृद्ध बनाउँदै रोजगारी प्रदान गर्ने बताएका छन । चुनावी घरदैलोको क्रममा पोखरा १५ मा पुगेका लामिछानेले जनतालाई सम्बृद्धिको बाचा गरेका छन । घरदैलो कार्यक्रमका क्रममा स्थानीय मतदातासँग भोट माग्दै लामिछानेले लोकतन्त्रको विकास गरी संविधानको रक्षा गर्ने प्रतिबद्धता पनि ब्यक्त गरेका छन । आफु गणतन्त्रका लागि लडेको सिपाही भएको उल्लेख गर्दै उनले कुनै स्वार्थमा नबिक्ने र जनताको सेवामा निरन्तर लाग्ने पनि बताएका छन । यस क्षेत्रलाई उत्कृष्ठ बनाउदै गण्डकी प्रदेशलाई नेपालकै पर्यटकीय राजधानी बनाउने लामिछानेले बताएका छन । जनताको समस्या समाधान गर्न गठबन्धनका उम्मेद्वारहरुलाई जिताउनुपर्ने उनको जिकिर रहेको छ । आफ्नो जीवनको ४० वर्ष समाजसेवामै बिताएको स्मरण गर्दै आगामी मंसिर ४ गते हुने निर्वाचनमा पनि जनताको राम्रो साथ पाउने विश्वास व्यक्त गरेका छन । लमिछानेले आफ्नो क्षेत्रको विकास र यस क्षेत्रका जनताको सेवा गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको समेत बताएका छन । लामिछाने पोखरा उपत्यका नगर विकास समितिको अध्यक्षमा रहेर काम गरिसकेका ब्यक्ति हुन भने उनले फेवातालको मापदण्ड निर्धारण समितिको संयोजक भएर पनि काम गरीसकेका छन । एमाओवादी भित्र रहेर लामो समय काम गरिसकेका लामिछाने स्वस्छ छविका नेताका रुपमा चिनिन्छन ।
दार्चुला : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि हो भनेर संसद्ले एक मतले पास गरेको बताउनुभएको छ । आज दार्चुलाको गोकुलेश्वरमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले मात्रै पास गरेको जस्तो गरेर झुटा कुरा गरिरहेको आरोप लगाउनुभयो । “कांग्रेस, माओवादी केन्द्रलगायतका सबै दल मिलेर एक आवाजमा संसद्बाट पास भएको हो”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “अहिले ओलीले अरुले केही गरेकै छैन, आफूले मात्रै गरेँ भनेर झुटो कुरा गर्दैछन् ।” उहाँले केही दिनअघि ओली दार्चुला पुगेर गफ लगाएर फर्किएको आरोपसमेत लगाउनुभयो । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले राष्ट्रलाई कुन दिशामा लैजाने भन्ने निर्णय लिने उहाँको भनाइ थियो । “अहिले धेरै किसिमका अफवाह पmैलाउने काम भइरहेको छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “मुलुकलाई समृद्ध बनाउन गठबन्धन दल एकजुट भएर अघि बढेको छ ।” उहाँले केही महिनाअघि दार्चुलामा नेपाल–भारत पक्की पुलको शिलान्यास भएको भन्दै उक्त पुल चाँडै निर्माण सम्पन्न हुने बताउनुभयो । गोकुलेश्वर विमानस्थल सञ्चालनमा ल्याइने भन्दै देउवाले दार्चुलालाई दुई वर्षभित्र अँध्यारोमुक्त जिल्ला बनाइने धारणा राख्नुभयो । “दार्चुलालाई तुइनमुक्त क्षेत्र घोषणा गरिनेछ”, उहाँले भन्नुभयो, “दार्चुला धेरै सम्भावना रहेको जिल्ला हो, यसको विकासमा हामी लाग्छौँ ।” मेरै प्रस्तावमा ओली दुई पटक प्रधानमन्त्री : अध्यक्ष दाहाल सोही चुनावीसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नै प्रस्ताव गरेर एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाएको बताउनुभयो । उहाँले ओली अब प्रधानमन्त्री बन्ने सम्भावना नरहेकोसमेत ठोकुवा गर्नुभयो । पहिलो पटक संविधान बनाउन सहमत गराउन र दोस्रो पटक वाम एकताको प्रस्तावसहित ओलीलाई प्रधानमन्त्री बनाएको अध्यक्ष प्रचण्डको भनाइ थियो । भूमि फिर्ताका विषयमा उहाँले नक्सा मात्रै बनाएर नहुने भन्दै भारतसित कूटनीतिक तवरबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो । “चुनाव आएपछि ओलीले राष्ट्रवादको कुरा गर्दै गोहीका आँसु चुहाउँछन्”, उहाँले भन्नुभयो, “प्रतिगमनलाई हराउन गठबन्धन बनाएका हौँ ।” सत्ता गठबन्धनबाट दार्चुलामा प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू हुनुहुन्छ । उहाँसँगको प्रतिस्पर्धामा एमालेका नेता एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्ना रहनुभएको छ ।
पोखरा : पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र १ (ख) का दिपक गुरुङ माइलाले स्थानीय सरकारसँग सहकार्य गरेर नमुना पोखरा बनाउने बताएका छन् । पोखरा–१० मा बुधबार भएको घरदैलोमा उहाँले मतदातामाझ पोखरालाई अझ स्तरीय बनाउने भिजन रहेको सुनाए । ‘यहाँको विकास गर्न भनेर नै मेरो उम्मेदवारी हो । एक पटक जिताएर पठाउनुहोस् । पोखरा साँच्चिकै पोखरा जस्तो बनाउनेछु,’ उनले भने, ‘योजना बनाउन सजिलो हुन्छ तपाईको साथ पाए भने कार्यान्वयन पनि तत्काल हुनेछ ।’ उनले समुन्नत नेपाल र सम्मानित नेपाली भन्ने मुल अवधारण सहित चुनावी मैदानमा उत्रेको सुनाए । ‘म उम्मेदवार बन्दै गर्दा प्रदेशले लिएका समृद्धिका आधार, पर्यटन, कृषि, उर्जा, उद्यमशीलता र पूर्वाधारलाई आत्मसाथ गर्ने प्रतिबद्धता गर्दछ,’ उनले भने, ‘समुन्नत प्रदेशको लागि सरकराले लिने नीति, योजना, रणनीतिक योजनलाई समर्थन गर्दै आफ्नो भूमिकामा खरो उत्रिने प्रण गर्दछु ।’ उनले निर्वाचनले प्रदेश संरचनाप्रति नागरिकको आकर्षण बढाउने र जनतलाई व्यवस्थाप्रति उत्साहपूर्ण आशाको सन्देश दिने विश्वास लिएको बताए । देशलाई काँध थाप्न सक्ने नेपालको मुल पार्टी नेपाली काँग्रेस र काँगे्रस सहितको गठबन्धनका उम्मेदवारलाई विजयी गराउन उनले पोखरा –१० का मतदातासँग आग्रह गरे । उनले स्वास्थ्यको क्षेत्रमा बिमा कार्यक्रम अन्र्तगत सबै नागरिकको पहुँचसम्म पु¥याउन सरोकारवालासँग आवश्यक समन्वय र सहकार्य गरेर काम गर्ने पनि प्रतिबद्धता व्यक्त गरे । ‘स्वास्थ्य क्षेत्रको स्तरबृद्धि गर्नेछु ,’ उनले भने, ‘अस्पतालहरुमा दक्ष चिकित्सकको व्यवस्था गरिनेछ । उपकरण सहितको स्वास्थ्य सेवा वडाबाटै उपलब्ध गराउन पहल गर्नेछु ।’ गुरुङले सिँचाई कार्यक्रम योजनालाई पनि अघि सारेको सुनाए । ‘घरमा प्रयोग गरि खेरजाने पानीबाट करेसाबारी सिँचाई गर्न सकिने खालका कार्यक्रम सञ्चालन गरिनेछ,’ उनले भने, ‘वर्षातको पानी संकलन गरि सदुपयोग गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।’
पोखरा : ५ वर्षको कार्यकालभरी राज्यले दिएका सबै सेवा सुविधा र तलव भत्ता नागरिकको नाममा गरे । दुख विमारमा परेकाहरुलाई सकेको सहयोग गरे । उनलाई छैन, आर्थिक लोभ । छैन, भ्रष्टाचारको छनक । मात्र जनतालाई दिनका लागि जनप्रतिनिधि बनेका छन्, विन्दुकुमार थापा । २०७४ मा निर्वाचित भएपछि थापाले वर्षेनी १५ लाख हाराहारी सेवा सुविधा र तलव भत्ताको रकम जनतालाई दिए । आगामी कार्यकालको चुनावी संघारमा रहेका उनले, चुनाव जितेपछि पुनः सेवा सुविधा जनताकै लागि खर्चिने घोषणा गरेका छन् । ‘अघिल्लो कार्यकाल जस्तै यस कार्यकालमा पनि प्रदेश सभा सदस्यको रुपमा मलाई प्राप्त हुने सम्पूर्ण तलब तथा सेवा सुविधाहरु यसै क्षेत्रको विकासका लागि विभिन्न सामाजिक कार्यमा खर्च गर्नेछु,’ उनले भने, ‘सदाझैं सुशासन, पारदर्शिता र भ्रष्टाचारमा शून्य सहनशीलता प्रमुख मन्त्र रहनेछ ।’ थापाले आफ्नो ५ वर्षे कार्यकालको प्रतिबद्धता पत्र सार्वजनिक गर्दै गण्डकी प्रदेशको उत्पादन र बजारीकरणमा जोड दिएका छन् । प्रदेशलाई समृद्ध बनाउन उर्जा, कृषि, उद्यमशिलता, पर्यटन र पुर्वाधारमा उनको फोकस छ । ‘कोरला नाकादेखि गण्डकी प्रदेशको नवलपुरबाट भारतको सीमासम्म जोडिने सडक प्रदेशको लाइफलाइन हो । यसलाई उच्च प्राथमिकतामा राखी चीन र भारत दुबै बिचको व्यापारिक सेतुका रुपमा पोखरालाई जोड्न पहल गर्नेछु,’ उनले भने, ‘गण्डकी प्रदेशलाई जलविद्युत उत्पादनको केन्द्र बनाउने योजनासहित यस क्षेत्रमा भएका जलप्रवाहलाई उच्चतम रुपमा सदुपयोग तथा सौर्य उर्जा र उपल्लो हिमाली भेगमा वायुऊर्जा उत्पादन गर्नका निमित्त आवश्यक नीति निर्माणमा जोड दिन पहल गर्नेछु ।’ थापाले प्रदेशको एकीकृत पर्यटन विकासका लागि ग्रेटर पोखराको अवधारणालाई अघि सारेका छन् । उनले त्रिवेणीदेखि मुक्तिनाथ, कालिगण्डकीदेखि बुढीगण्डकी र यस बीचमा पर्ने सबै धार्मिक तथा ऐतिहासिक गन्तब्यहरुको प्रबद्र्धन गर्ने योजना सुनाए । उनले गण्डकीमा बाह्य लगानी भित्र्याउन र निजी क्षेत्रलाई लगानीमा आकर्षित गर्न आवश्यक पर्ने अनुकुल कानुन निर्माण र लगानीको सुरक्षामा विशेष जोड दिने बताए ।
ढोरपाटन : बागलुङको निसीखोला–२ का वीरबहादुर विकले गाउँमा खानेपानी आउने आश्वासन पाएको ३०औँ वर्ष भयो । ३० वर्षको अवधिमा धेरै सरकार फेरिए । यस क्षेत्रले धेरै सांसद पायो । कति त मन्त्रीसमेत भएँ । तर, उहाँले घरमा खानेपानीको जोहो गर्न दैनिक चार घण्टा खर्चिनुपर्छ । गाउँका सयौँ जनता सहज र स्वच्छ खानेपानी उपभोग गर्नबाट बञ्चित छन् । मङ्सिर ४ को निर्वाचनका लागि अहिले पनि नेता घर–घरमा पुगेर पुरानै आश्वासन दोहो¥याइरहेका छन् । विकसहित गाउँलेले यसपाली पानी ल्याइदिने प्रतिबद्धता गराएर मात्रै भोट दिने योजनामा छन् । “गाउँ नजिक खानेपानीको मुहान नहुँदा हामीहरुले वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका छ, विक भन्नुहुन्छैँ”, विक भन्नुहुन्छ, “अहिलेसम्म हाम्रो क्षेत्रबाट धेरैलाई नेता बनाइयो, हामीहरु एकजुट भएर पानी ल्याइ दिने प्रतिबद्धता गराएर मात्रै भोट दिन्छौँ ।” निसीखोला गाउँपालिका–२ को अर्नाकोट र सिँडेरीका दुई सय २० भन्दा बढी घरधुरीका सयौँ नागरिक अहिले सहज र स्वच्छ खानेपानीबाट बञ्चित छन् । वर्षातको समयमा घ्याम्पोमा सङ्कलन भएको पानी करिब डेढमहिना पु¥याउनुपर्ने बाध्यता आफूहरुलाई रहेको स्थानीयवासी छलिबिरा विकले बताउनुभयो । उहाँले लामो समय खडेरी परेपछि गाउँमा खानेपानीको हाहाकारनै मच्चिने बताउनुहुन्छ । “चुनाव आयो की नेता पानी बाँड्न आउँछन्, उनीहरुले पानी ल्याइदिन्छौँ भन्न लागेको दशकौँ भयो”, उहाँले भन्नुभयो, “बिहान उठेदेखि पानी बोक्न सुरु गरेको राति नसुतुञ्जेल पानी बोक्नुपर्छ ।” उहाँले घण्टौँ हिडेर पानी बोकेर ल्याउनुपर्दा बालबालिकालाई समयमा विद्यालय पठाउन नसक्दा छोराछोरीको पढाइसमेत विग्रिने गरेको गुनासो गर्नुभयो । खानेपानीको धारा र विद्यालय टाढा हुँदा गाउँका धेरै बालबालिका पढ्दापढ्दै छोड्ने गरेको विकको भनाइ छ । अर्नाकोट र सिँडेरी गाउँका सयौँ नागरिकमाथि नेताहरुले भ्रम छर्ने मात्रै गरेको उहाँ बताउनुहुन्छ । “भोट माग्न आउँदा एक घर एक धारा बनाउँछौँ, चुनाव जितेर गए पछि कहिलै समस्या राख्न पाइँदैन, एक पटक पनि फर्किएर गाउँमा आउँदैनन्, चुनाव आयो भने नमस्कार गर्दै आश्वासन देखाउन आउँछन्,” उहाँले भन्नुभयो,“नमस्कार र आश्वासनले हाम्रो तिर्खा मेटिदैन ।” अर्नाकोटका अधिकांश स्थानीयवासी पानी बोक्नको लागि ढोरपाटन नगरपालिका–५ को बसुन्धरा, बाँसखोला र बराहथान जानुपर्छ । लामो समयदेखि खानेपानीको माग गरे पनि काकाकुल अर्नाकोटवासीको चित्कार कसैले नसुनेको स्थानीयवासी झमबहादुर कुँवरले बताउनुभयो । उहाँले गाउँको समस्याको बारेमा सरोकारवाला निकाय सबै ठाउँमा हारगुहार गरे पनि खानेपानी समस्याको समाधान गर्न नसकेको बताउनुभयो । “गाउँको समस्या लिएर धेरै ठाउँमा माग राखियो, जताततैबाट आश्वासन मात्रै आयो तर पानी अहिलेसम्म आएन, अर्नाकोट उच्च पडाडी क्षेत्रमा भएको हुँदा खानेपानीको मुहान वरपर छैन”, उहाँले भन्नुभयो, “सानोतिनो भएका मुहान पनि सक्दै गए, पानीको स्रोत छैन ।” स्थानीय दीपक विकले खानेपानीको समस्याले गर्दा गाउँका अधिकांस हुनेखाने बसाइँसराइ गरिरहेको बताउनुभयो । उहाँले अर्नाकोटवासीको मुख्य समस्या खानेपानी भएको भन्दै नेताहरुले उनीहरुको पीडा नबुझ्ने तर चुनावमा तिनै स्थानीयवासीको मतको महत्व बुझ्ने गरेको बताउनुहुन्छ । यो ठाउँ पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको छ । तर, खानेपानी र यातायातको सहज उपलब्धता नहुँदा ओझेलमा परिरहेको छ ।
पोखरा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले मुस्लिमका अधिकार पाँचदलीय गठबन्धनमा आबद्ध पार्टीहरुले मात्र सुनिश्चित गर्न सक्ने दाबी गर्नुभएको छ । मङ्सिर ४ गतेको निर्वाचनको पूर्वसन्ध्यामा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सतारलले मुस्लिम समूदाय समक्ष आफ्नो अधिकार स्थापित गर्नका लागि पाँचदलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो । नेपालको संविधानले मुलुकभर छरिएका समूदाय, आदिवासी, जनजाति, मुस्लिम, दलित, अल्पसङ्ख्यक र पिछडिएको वर्गको अधिकार सुनिश्चित गरेको भए पनि अघिल्लो सरकारले मुस्लिमहरुले पाउँदै आएको राष्ट्रिय विदासमेत कटौती गरेको प्रति उहाँले आपत्ति प्रकट गर्नुभयो । अघिल्लो सरकारले संविधानमाथि नै प्रहार गरी निरङ्कुश अधिनायकवाद र स्वेच्छाचारी ढङ्गले संविधान प्रदत्त अधिकार कटौती गरेकै कारण धार्मिक, सांस्कृतिक तथा संवैधानिक अधिकार सुनिश्चितताका लागि पाँचदलीय गठबन्धनको साथ आवश्यक उहाँको भनाइ छ । जनगणना–२०६८ अनुसार नेपालमा चार प्रतिशत मुस्लिम समूदाय रहेको भन्दै ण्राज्यका हरेक निकायमा मुस्लिमको समान प्रतिनिधित्व हुनुपर्नेमा उहाँले जोड दिनुभयो । नेकपा (एकीकृत) समाजवादीका तर्फबाट प्रतिनिधिसभा सदस्यका समानुपातिक उम्मेदवार जैनब खातुनले मुस्लिम समूदायलाई राज्यले सधैँ पछाडि पारेकै कारण अधिकार प्राप्त नभएसम्म सङ्घर्ष गरिरहनुपर्ने बताउनुभयो । मुस्लिमहरुको अधिकार प्राप्तिका लागि आफू सङ्घर्षरत रहेको र संसद्मा पुगेपछि पनि मुस्लिम अधिकारका बारेमा बुलन्द आवाज उठाउने उहाँको भनाइ छ । सो अवसरमा नेकपा माओवादी (केन्द्र) गण्डकी प्रदेशसभामा समानुपातिक उम्मेदवार रहनुभएकी जुविदा खातुनले मुस्लिम समूदायलाई राज्यका हरेक निकायमा पछाडि पारिएको दाबी गर्नुभयो ।

