पोखरा ११ को विकासका लागि गठबन्धनलाई मत दिनुस्: उम्मेदवार थापा
पाेखरा | कात्तिक २६, २०७९
पोखरा: कास्की२(२) बाट प्रदेश सभा सदस्यका उम्मेदवार विन्दु कुमार थापाले पोखरा ११ को विकासका लागि गठबन्धनलाई मत दिन आग्रह गरेका छन् । शनिबार मतदाताहरु सँगै भेट्दै थापाले गठबन्धनले नै स्थानीयको पिरमर्कालाई बुझ्ने र समाधान गर्ने हुँदा विकासका आयामहरुका लागि मत दिन आग्रह गरेका हुन् ।
‘पोखरा ११ मा सडक, सिँचाई, सामाजिक भवन, शिक्षा, स्वास्थ्य र रोजगारीका थुप्रै समस्या छन् । जसमा केही काम हिजो पनि गरियो । अब पनि यहाँहरुले निर्वाचित गराउनुभयो भने गठबन्धन सरकारले नै विकास दिनेछ ।’,उनले भने ।
थापाले सर्वेश्वर मानव सेवा बहुउद्देश्यीय भवन निर्माणका लागि आवश्यक पहकदमी गर्ने प्रतिबद्धता व्यक्त गरे । थापाले विकासको पहिलो खुड्किलो सडक भएकाले पोखरा ११ मा भएका सडक समस्यालाई निर्मुल पार्न महत्वपूर्ण भूमिका खेल्ने बताए । जनताको मतको सम्मान गर्दै आगामी समय पनि जनताकै सेवासुविधामा लाग्ने प्रण उनको छ ।
पोखरा ११ को कृषि सडकका लागि आफ्नै पहलमा एक करोड विनियोजन भएको उनले जानकारी गराए । काहुमा नै कृषि सडक राख्ने तयारी आफुले गरिरहेको भनाई उनको छ । बास खोला नियन्त्रण गर्दै बस्ती सुरक्षाका लागि समेत आवश्यक पहलकदमी गरिएको र संरक्षणमा लाग्ने प्रतिबद्धता उनको छ ।
उनले विगत पाँच वर्ष जनताको मन जित्न सफल भएको र आगामी समय पनि जनताकै सेवकका रुपमा काम गर्ने बताए । विकासका लागि पार्टी भन्दा माथि उठेर मत हाल्न उनले मतदातालाई आग्रह गरेका छन् ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

