निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

  काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज पदभार ग्रहण गर्नुभएको छ ।    चार तथा सूचना प्रविधिमन्त्री कार्कीले कानुन मन्त्रालयको समेत जिम्मेवारी लिनुभएपछि आज पदभार ग्रहण गर्नुभएको हो । सो अवसरमा मन्त्री कार्कीले कानुनी शासन र सुशासनलाई व्यवहारिकरूपमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।       उहाँले भन्नुभयो, “कानुनको पहुँचमा नभएकाहरूलाई केन्द्रमा राखेर कानुन निर्माण र सुधार निरन्तररूपमा चलिरहने प्रक्रिया हो, संसद्मा पेश भएका र पेश हुन नसकेका विधेयकहरूलाई निर्वाचनपछि गठन हुने संसद्मा पेश गर्न सहज हुने तरिकाले मैले आवश्यक गृहकार्य गर्नेछु ।”       मन्त्री कार्कीले स्वतन्त्र न्यायपालिकाप्रति आफ्नो सदैव सम्मान रहेको बताउँदै वर्तमान सरकार निष्पक्ष, शान्तिपूर्ण र विधिसंवत्रूपमा निर्वाचन सम्पन्न गर्नेतर्फ केन्द्रित रहेको बताउनुभयो । आगामी मङ्सिर ४ गतेको चुनावपछि गठन हुने सरकारले मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउने उहाँको विश्वास छ । मन्त्रालयका सचिव उदयराज सापकोटाले मन्त्रालयलयको गतिविधि र भावी योजनाबारे मन्त्रीसमक्ष प्रस्तुत गर्नुभएको थियो ।

  काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित मतदाता शिक्षालाई बृहत्तर बनाउने तयारी गरेको छ ।    आयोगको कार्यालय बहादुर भवनमा आज मतदाता शिक्षाका लागि आयोजित ‘मुख्य प्रशिक्षक प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले प्रशिक्षण प्राप्त गरेपछि प्रशिक्षार्थीले मतदातामा व्यापक जागरण ल्याउन भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।          “निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी बनाउनमा जनशक्तिको भूमिका महत्वपूर्ण हुन्छ”, आयुक्त डा तुलाधरले भन्नुभयो, “यो भूमिकामा यहाँ सक्रिय हुनुहुन्छ भन्ने विश्वास मैले लिएकी छु ।” उहाँले मतदातालाई सुसूचीत बनाउने आयोगको जिम्मेवारी पूरा गर्दै जनस्तरसम्म मतदाता शिक्षालाई मिहीन ढङ्गले बुझाउनुपर्ने बताउनुभयो ।          आयोगका सचिव गोकर्णमणि दुवाडीले मतदातालाई मतादान केन्द्रसम्म ल्याएर बढीभन्दा बढी मतदान गराउन र बढीभन्दा बढी सदर मत गराउन प्रशिक्षण कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा :  मृर्गौला फेल भएपछि उपचाररत पुराना कम्युनिस्ट कार्यकर्ता फणीन्द्र भण्डारी बिहीबार बिहान रानीपौवा पुगे । कास्की प्रेदश सभा २ ‘ख’की एमाले उम्मेदवार मीना गुरुङलाई चुनावी परिचालनका उपाय सुझाउन र आशीर्वाद दिन उनी आएका थिए ।   उनले युगको आकांक्षा, पार्टीको सिद्धान्त र युवाको अपेक्षा पूरा गर्ने गरी लाग्न सुझाव दिए । अर्का ज्येष्ठ नागरिक ईश्वरी आचार्यले कहिलेकाँही देशको कायाकल्प गर्ने राजनीतिमा पैसाकै चलखेल हाबी हुनसक्ने भन्दै सतर्क बन्न आग्रह गरे । उनले भने, ‘राजनीति पैसाको होइन, विचारको खेल हो । अचेल कौडा जस्तो बनाउन खोजिँदै छ ।’   आफूलाई आशीर्वाद र सुझाव दिन जम्मा भएका आफ्नै टोलका ज्येष्ठ नागरिकसँग उम्मेदवार गुरुङले अग्रजको आशीर्वाद, सम्मान र युवाको साथ नै आफ्नो जितको आधार भएको बताइन् । उनले भनिन्, ‘ज्येष्ठ नागरिकको इच्छा भनेको अग्रजको निर्देशन हो, लामो अनुभवको उपज हो । उहाँहरुको आशीर्वाद, सम्मान गर्दै युवाको आकांक्षा सम्बोधन गर्नु हाम्रो मुख्य जिम्मेवारी हो ।’   गुरुङ गण्डकी प्रदेशसभाकी निवर्तमान सांसद हुन् । गएको कार्यकालमा समानुपातिकबाट सांसद बनेकी आफूलाई पार्टी प्रत्यक्षका लागि योग्य ठह¥याएको जनाउँदै जनताले मंसिर ४ मा उत्कृष्ट तवरले अनुमोदन गर्ने अपेक्षा गरिन् ।    एमाले पोखरा ११ का कार्यवाहक अध्यक्ष डा बुद्धिबहादुर थापाले गएको कार्यकालमा गरेको उत्कृष्ट काम र पार्टीका एजेन्डाले आफूहरुको जित पक्का भइसकेको बताए ।    कास्की २ ‘खमा उनका मुख्य प्रतिश्पर्धी कांग्रेसका विन्दुकुमार थापा छन् । कास्की २ प्रतिनिधिसभामा एमालेले विद्या भट्टराई र सत्ता गठबन्धनबाट श्रीनाथ बराल मैदानमा छन् । 

बागलुङ : पाँच जनाले उम्मेदवारी फिर्ता लिएपछि आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि बागलुङमा ३१ उम्मेदवार कायम भएका छन् ।   मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बागलुङ–१ बाट एक जना र २ बाट चार जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । प्रतिनिधिसभा सदस्यका लागि बागलुङ–१ मा उम्मेदवारी दिनुभएका कृष्णशङ्कर श्रेष्ठले बुधबार उम्मेदवारी फिर्ता लिनुभएको हो ।   बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिनुभएका गणेशकुमार थापा, प्रदेशसभा सदस्यका लागि बागलुङ–२ (क) का उम्मेदवार भीमलाल पोखरेल, (ख)का दीपक थापा र करमती पुनले उम्मेदवारी फिर्ता लिनुभएको हो ।   स्वतन्त्र उम्मेदवार श्रेष्ठको उम्मेदवारी फिर्तासँगै बागलुङ–१ मा प्रतिनिधिसभा सदस्यमा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (एमाले)बाट सूर्यप्रसाद पाठक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मीप्रसाद सापकोटा, नेपाली कांग्रेस (बिपी)बाट शिवलाल सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट खिमानन्द कँडेल र स्वतन्त्रबाट चन्द्रबहादुर क्षेत्रीको उम्मेदवारी कायम रहेको छ ।   बागलुङ–१ (क)मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापा, नेकपा (एमाले)का हीराबहादुर खत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका डिल्लीप्रसाद आचार्य, सामाजिक एकता पार्टीका भक्तबहादुर विक र स्वतन्त्ररूपमा दीपेन्द्र हमालको उम्मेदवारी कायम छ ।    बागलुङ–१ (ख)मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डिल्लीराम सुवेदी, एमालेबाट नवराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोविन्द सापकोटा र मङ्गोल नेशनल अर्गनाइजेशनका सहवीर थापाको उम्मेदवारी कायम छ ।    बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेल, एमालेबाट मञ्जु शर्मा चालिसे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट तिला खत्री, नेकपा जनमुक्ति पार्टीका चित्रप्रसाद गुरुङ, सामाजिक एकता पार्टीका टेकप्रसाद कामी, स्वतन्त्रबाट तुलसीराम अर्याल र डिलबहादुर कार्कीको उम्मेदवारी कायम छ ।    बागलुङ–२ (क)मा सत्ता गठबन्धनका जीत शेरचन र स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीको उम्मेदवारी कायम छ । बागलुङ–२ (ख) मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका दोर्ण कुँवर, एमालेका लक्ष्मण पुन, जनता समाजवादी पार्टीका गङ्गाबहादुर घर्ती, नेशनल अर्गनाइजेशन पार्टीका ताराबहादुर घर्ती, सामाजिक एकता पार्टीका टेकप्रसाद विक,  स्वतन्त्रबाट नरबहादुर गुरुङ र दुर्गादेवी घर्तीको उम्मेदवारी कायम छ । मुख्य निर्वाचन अधिकृत डा दिवाकर भट्टले उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै बुधबार नै उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएको जानकारी दिनुभयो ।  

कास्कीः जनयुद्धका दौरान कास्कीबाट सहिद भएका राजविक्रम भुर्तेल र सीता भुर्तेलकी छोरी अनिता भुर्तेलले आफ्नो प्रतिनिधि सभा कास्की ३ मा उम्मेदवारी कायम राखेकी छिन् ।    उम्मेदवारी फिर्ता गर्ने निर्धारित समयमा पछि नहटेपछि उनको उम्मेदवारी कायम भएको हो । निर्वाचन आयोगको तालिका अनुसार उनले हिजै चुनाव चिन्ह ‘ग्याँस सिलिण्डर’ पाएकी छिन् ।    चुनाव चिन्ह पाएसँगै अनिताले आफ्नो उम्मेदवारी भ्रष्टाचार र परिवारवादविरुद्ध भएको भन्दै प्रचारमा जुटेकी छिन् ।    बुवा–आमा सहिद भएको समय मात्र १५ वर्षकी अनिता पार्टीमा निरन्तर थिइन् । तर यसपटक समानुपातिकमा नाम सिफारिश भएपनि अन्त्यमा नाम नपरेपछि उनले स्वतन्त्ररुपमा उम्मेदवारी दिएकी छिन् ।      अभिभावकाको मृत्युपछि तीन बहिनी र एक भाइको लालनपालनमा जुटेकी अनितालाई पार्टीले स्थान नदिएपछि उनी चुनावी मैदानमा उत्रेकी हुन् ।    अनिताको चुनावी क्षेत्रमा नेकपा माओवादी केन्द्रबाट रामजी बरालले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेबाट दामोदर वैरागी प्रतिष्पर्धामा छन् ।    बुवा राजविक्रम र आमा सीताको तत्कालिन शाही नेपाली सेनाले ०६१ वैसाख ३१ गते पामेमा घर घेरा हालेर हत्या गरेको थियो ।    अनिता माओवादी केन्द्र निकट अखिल जनस्वास्थ्यकर्मी महासङ्घमा समेत आबद्ध छिन् । 

काठमाडौं  :  स्थानीय तहमा निर्वाचित कार्यपालिकाका पदाधिकारीले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाउने भएका छन् ।    आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता, २०७९ मा ती पदाधिकारीले आफू निर्वाचित भएको स्थानीय तहबाहेकको स्थानमा कुनै उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न चाहेमा सरकारी साधन स्रोत (सवारी साधन, सुरक्षाकर्मी आदि)को प्रयोग नगरी मात्रै गर्न पाइने व्यवस्था छ ।   आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज जारी गर्नुभएको विज्ञप्तिमा आचारसंहिताविपरीत आफू बहाल रहेको स्थानीय तहमा कुनै उम्मेदवारका पक्षमा प्रचारप्रसार कार्यमा संलग्न भएको भन्ने उजुरी आएको तथा आयोगको अनुगमनबाट समेत देखिएकाले स्पष्टीकरण सोधी कारबाही गर्न जिल्ला अनुगमन समितिलाई निर्देशन दिइएको जनाउनुभएको छ ।   आयोगले स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको पाइएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम निजलाई कारवाही गर्न स्पष्टीकरण सोधी तत्काल कारवाहीको प्रक्रिया अघि बढाउन जिल्ला आचारसंहिता अनुगमन समितिका अधिकृत ९कोष तथा लेखा नियन्त्रक कार्यलयका प्रमुख०लाई निर्देशन दिएको हो ।    साथै सोको सम्पूर्ण विवरण तत्काल जिल्ला आचारसंहिता अनुगमम समिति र आयोगमा पठाउने र कारवाही प्रक्रिया अघि बढाउन आवश्यकताअनुसार जिल्ला आचारसंहिता अनुगमन समिति तथा निर्वाचन कार्यलयले आवश्यक सहजीकरण र सहयोग गर्न भनिएको छ ।          स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको पाइएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा ७ बमोजिम आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउन सम्बन्धित स्थानीय तहको कार्यालय तथा प्रमुख प्रशासकीय अधिकृतलाई पनि आयोगले निर्देशन दिएको हो ।

पोखरा  ः  नेकपा एमाले केन्द्रीय सदस्य एवम् कास्की निर्वाचन क्षेत्र नंं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराईले अग्रजले देखेका  सपना पुरा गर्न सके मात्र उहाँहरुप्रति सच्चा सम्मान हुने बताउनु भएको छ ।    नेकपा एमाले पोखरा १७ द्धारा मुस्ताङचोकमा आज आयोजित प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वर्गीय चित्र बहादुर गुरुङको ३२ औं स्मृति सभामा बोल्दै उहाँले मुलुकको प्रत्येक परिवर्तनमा अग्रजको अतुलनिय योगदान रहेको स्पष्ट पार्नुभयो ।   मुलुकको प्रजातान्त्रिक आन्दोलनसंगै नेपालमा कम्युनिष्ट पार्टीको , स्थापनामा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने गुरुङले राष्ट्र निर्माण देखाएको सपना पुरा गर्न सवै एकतावद्ध भएर लाग्नुको विकल्प नभएकोमा उहाँको जोड थियो ।नेकपा एमाले केन्द्रीय सदस्य तथा निर्वाचन क्षेत्र २ (क) का प्रदेश सभा सदस्यका उम्मेदवार भिम कार्कीले पार्टी नीति, विचार र सिद्धान्तका आधारमा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।    अधिवक्ता तिलक पराजुलीले स्व. चित्रबहादुर गुरुङ मुलुकमा परिवर्तनका लागि रोजगारी सिर्जना गर्दै विकास निर्माणमा जुट्न प्रेरित गर्ने अभियान्ता भएको स्मरण गर्नुभयो ।   त्यस अघि पार्टीका नेता तथा कार्यकर्ता, जनप्रतिनिधि, नेकपा एमालको तर्पmबाट प्रदेश सभा निर्वाचन क्षेत्र २ (ख) का उम्मेदवार मिना गुरुङ, गठवन्धनका निर्वाचन क्षेत्र नं. २ (क) का उम्मेदवार विश्वप्रकाश लामिछाने, स्व.गुरुङका परिवारजन,  लगायत उपस्थित सर्वसाधारणले गुरुङको अर्धकदको शालिकमा माल्यार्पण गर्दै श्रद्धासुमन अर्पण गर्नुभएको थियो ।    पार्टी वडा कमिटि १७ अध्यक्ष ऋषव तिमिलाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव विक्रम गुरुङ लगायतले स्व. गुरुङले राजनैतिक एवम् विकास निर्माण पु¥याउनु भएको योगदानका वारेमा चर्चा गर्नुभएको थियो ।

पोखरा :  कास्की क्षेत्र नम्बर ३ प्रनिनिधिसभामा दामोदर पौडेल बैरागीविरुद्ध बागी उम्मेदवारी दिएका जगनान्नथ बास्तोलाले उम्मेदवारी फिर्ता लिएका छन् ।    मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ को प्रतिनिधिसभामा एमालेले दामोदरलाई उम्मेदवार बनाएको छ। त्यसमा असन्तुष्ट जनाउँदै उम्मेदवारी दिएका एमाले प्रदेश कमिटी सदस्य जगन्नाथले बुधबार उम्मेदवारी फिर्ता लिएका हुन् । 

पोखरा  :  निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा एनजीओसम्बद्ध कर्मचारीलाई चुनावी प्रचारप्रसारमा रोक लगाएको छ ।    गैरसरकारी संस्था, विकास साझेदार संस्था सम्बद्ध पदाधिकारी तथा कर्मचारीहरुले राजनीतिक दल वा उम्मेदवारहरुको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न आयोगले एक सूचना जारी गर्दै रोक लगाएको हो ।    आयोगले निर्वाचन अवधिभर कुनै योजनाको शिलन्यास, उट्घाटन, सर्वेक्षण, सम्भाव्यता अध्ययन गर्ने वा सोको लागि अनुदान दिने जस्ता  कार्यक्रमसमेत रोक्न निर्र्देशन गरेको छ ।    निर्वाचन आचारसंहिता विपरित सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा समाजिक सञ्जालमार्फत मत माग्न समेत रोक लगाएको छ ।