कांग्रेसको केन्द्रीय प्रचार प्रसार समितिमा कास्कीका नेताहरु मनोनित

काठमाडाैं | कात्तिक ५, २०७९

कांग्रेसको केन्द्रीय प्रचार प्रसार समितिमा कास्कीका नेताहरु मनोनित

 

पोखरा । नेपाली कांग्रेसले आसन्न निर्वाचनको लागि गठन गरेको केन्द्रीय प्रचार प्रसार समितिमा कास्कीबाट पनि पत्रकारिता पृष्ठभूमि भएका कांग्रेस नेताहरु सहित पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरुलाई मनोनयन गरिएको छ ।


पार्टीको बिधान अनुसार केन्द्रीय सभापति शेर बहादुर देउवाले नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिका सदस्य एवं प्रवक्ता डा प्रकाश शरण महतको संयोजकत्वमा गठन गरेको केन्द्रीय प्रचार प्रसार समितिको सदस्यमा एक दर्जन भन्दा बढी नेताहरुलाई मनोनयन गरिएको हो ।


आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन(२०७९ लाई लक्षित गरि गठन गरिएको उक्त समितिमा पत्रकारिता पृष्ठभूमि रहेका गंगाधर पराजुली र अन्य नेपाली कांग्रेसका नेताहरु रहेका छन । पराजुली नेपाल सरकारको न्युनतम पारिश्रमिक निर्धारण समितिका पुर्व अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपसभापति समेत हुन ।


नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनको पुर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका पराजुली पछिल्लो समयमा नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील छन । उनि नेपाली कांग्रेसको १४ औं महाधिवेशनका क्रममा पोखरा महानगरको सभापति पदमा थोरै मत नपुगेको कारण पराजित हुन पुगेका थिए । हाल उनि नेपाली कांग्रेस कास्की जिल्ला कार्य समितिको सदस्य रहेका छन ।


प्रचार समितिमा मनोनित अन्य सबै जसो नेताहरु पार्टीको राजनीतिको मुल प्रवाहमा छन । गत असोज ३१ गते प्रथम चरणमा गठित समितिमा कास्कीबाट ७ जना मात्र रहेकोमा कार्तिक २ गते थप ७ जना सदस्यहरु मनोनित गरिएको छ ।


जस अनुसार नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बराल , नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तिलक रानाभाट , पुर्व महाधिवेशन प्रतिनिधि दुर्गा तिमिल्सिना, पुर्व सांसद शारदा पौडेल, नेपाली कांग्रेस कास्की क्षेत्र नं ३ का सभापति एवं नेपाल तरुण दल कास्कीका सभापति मनोज गुरुडं र कास्की घर भएपनि हाल क़तारमा रहेर कांग्रेसको राजनीतिमा सक्रिय बिमल सुवेदीलाई पहिलो चरण अर्थात असोज ३१ गतेका दिन प्रचार प्रसार समितिको सदस्य मनोनयन गरिएको थियो ।


यसैगरि सोही समितिमा कार्तिक २ गते थप गरिएका सदस्यहरुमा कास्की कांग्रेसका पुर्व सभापति एवं पुर्व मन्त्री यज्ञ बहादुर थापा, नेपाली कांग्रेसका नेता एवं महासमिति सदस्य देवराज चालिसे, महासमिति सदस्य एवं कास्की कांग्रेसका पुर्व सभापति शोभियत बहादुर अधिकारी, कास्की कांग्रेसका निवर्तमान सभापति कृष्ण केसीलाई पनि समितिको सदस्यमा मनोनयन गरिएको छ ।


समितिका अन्य सदस्यहरुमा गण्डकी प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री एवं पुर्व केन्द्रीय आमन्त्रित सदस्य कुमार खड्का , नेपाली कांग्रेसका महासमिति सदस्य एवं वरिष्ठ अधिवक्ता रामचन्द्र त्रिपाठी, र महाधिवेशन प्रतिनिधि तथा कास्की कांग्रेसका पुर्व सचिव पोषनाथ शर्मालाई पनि प्रचार प्रसार समितिको सदस्यमा मनोनित गरिएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।

काठमाडौं:  डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका रुपन्देहीमा सञ्चालित चार उद्योगले सोमबार प्रिमियम महसुलको बक्यौता तिरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई ती उद्योगले पहिलो किस्तावापतको रकम तिरे...

थप पढ्नुहोस्

म्याग्दी:  कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो ।  ...

थप पढ्नुहोस्

काठमाडौं:  स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला रु एक हजार ४०० र चाँदी प्रतितोला रु ४५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ...

थप पढ्नुहोस्