प्रत्यक्षतर्फ एक सय सिट जित्ने एमाले अध्यक्ष ओलीको दाबी

झापा | कात्तिक १२, २०७९

प्रत्यक्षतर्फ एक सय सिट जित्ने एमाले अध्यक्ष ओलीको दाबी तस्बिर फाइल

झापा : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ नै एक सय सिट जित्ने दाबी गर्नुभएको छ । उहाँले समानुपातिकतर्फ ५० सिट ल्याएर एकल बहुमत पु¥याउने दाबी गर्नुभयो । 

 

शुक्रबार गृहजिल्ला झापा आउनुभएका अध्यक्ष ओलीले आज दमकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै भन्नुभयो, “प्रत्यक्षमा कमसेकम एक सय पाँच सिट र समानुपातिकतर्फ ५० सिट एमालेले जित्छ ।” 

 

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओली आज दिनभर झापा क्षेत्र नं ५ मा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागी हुँदै अगुवा कार्यकर्तालाई चुनावी गतिविधि बढाउन निर्देशनसमेत दिनुभयो ।


 
अघिल्लो निर्वाचनको स्मरण गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “अघिल्लो निर्वाचनमा हामीले प्रत्यक्षमा ८० सिट र समानुपातिकमा ४१ सिट जितेका थियौँ तर, दुईतिहाइ बहुमत ल्याउन एक सय ३८ सिट चाहिन्थ्यो । अहिले हामी एक्लै एक सय ५० सिट जित्ने योजनाका साथ अघि बढेका छौँ र जित्छौँ पनि ।”

 

झापामा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको छ । झापा क्षेत्र नं ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी मैदानमा हुनुहुन्छ भने झापा–५ मा ओली उम्मेदवारका रूपमा उभिनुभएको छ । उहाँले आम मतदातालाई झापा–३ मा हलोमा मतदान गर्न र झापा–५ मा सूर्य चिह्नमा मतदान गर्न आग्रहसमेत गर्नुभयो ।

 

‘रेलको मुआब्जा समस्या समाधान हुन्छ’  

 

यसैबीच एमाले अध्यक्ष ओलीले रेलको मुआब्जा समस्या समाधान हुने बताउनुभएको छ । झापाको दमकमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले पूर्व–पश्चिम रेल आयोजनाका लागि रोक्का गरिएको जग्गाको मुआब्जा समस्या समाधान गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको हो । 

 

उहाँले भन्नुभयो, “मुुआब्जा दिएर काम सुरु गर्ने बेलामा सरकार परिवर्तनले असर ग¥यो, समस्या समाधान गरिने छ ।” एमालेसहितको गठबन्धनले देश विकासको मुहार फेर्ने अध्यक्ष ओलीले बताउनुभयो ।  “आवश्यक पूर्वाधार निर्माणमा विशेष ध्यान दिन्छौँ”, उहाँले भन्नुभयो ।  

काठमाडौं:  नेपाली कांग्रेसले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाले लामो समय पार्टीमा गर्नु भएको नेतृत्वप्रति आभार व्यक्त गरेको छ।  शनिबार काठमाडौंमा बसेको पार्टीको नव निर्वाचित केन्द्रीय का...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार एक कार्यक्रम गर्दै विश्वकप खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नेपाली कांग्रेसका नेता डा। सुनिल शर्माले नेपाली टोलीको बिदाइ गर्नु ...

थप पढ्नुहोस्

पोखरा: पोखरा महानगरका मेयर धनराज आचार्यले क्वेष्ट नेपालले विद्यार्थीको गुणस्तर सुधारका लागि विद्यार्थीहरुलाई अलराउण्डर बनाएर सञ्चालन गरिने विद्यार्थी गुणीय चक्र कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने र उक्त कार्यक्रम महा...

थप पढ्नुहोस्