छठपर्वका लागि सिङ्गारिए भक्तपुरका पोखरी र खोला
भक्तपुर | कात्तिक १२, २०७९
भक्तपुर : सामाजिक सद्भाव एवं एकताको पर्वका रूपमा छठपर्व मनाउन भक्तपुरका पोखरी एवं खोला सिङ्गारिएका छन् ।
छठपर्वको तयारीमा भक्तपुरका पोखरी र खोला सिङ्गारिएका हुन् । तराईबाट स्थायी तथा अस्थायीरूपमा भक्तपुरमा बसाइँ सरेर आएकाले भक्तपुरमा छठपर्व मनाउन पोखरी सिङ्गारेको कमलविनायक निवासी आत्मराम श्रेष्ठले जानकारी दिनुभयो । उहाँले छठपर्वका लागि यहाँका स्थानीय बासिन्दाले सघाउने गरेको बताउनुभयो ।
छठपर्वको अवसरमा आइतबार अस्ताउँदो सूर्य र सोमबार सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि विधिवतरूपमा समापन हुने छठपर्वका लागि भक्तपुर र मध्यपुरथिमिका पोखरी तथा मनोहरा खोला सिङ्गारिएका हुन् ।
सूर्यलाई अघ्र्य दिन भक्तपुरको कमलविनायकस्थित कमलपोखरी, हनुमानघाटका त्रिवेणीको जलाशयको किनार, मध्यपुरथिमिको विष्णु कुण्ड र मनोहरा खोला किनारा सिङ्गारिएका पर्वको तयारीमा जुटेका सप्तरी स्थायी घर भई भक्तपुर व्यापार गरी बस्दै आएका यवती यादवले बताउनुभयो ।
तराईका बासिन्दाले यो पर्व मनाउने भए पनि पहाड एवं भक्तपुरका बासिन्दाले समेत छठपर्वलाई सहयोग गर्दै आएका छन् । छठको रौनकताले यहाँका पोखरी एवं खोला झिलीमिली भएका छन् ।
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...
पोखरा: ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...
पोखरा । तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

