बागलुङ: हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो । लोकमार्गमा बाक्ल...

काठमाडौंः   नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनलगायतलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।     नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सिफारिसमा मन्त्री नियुक्त भएकाहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति भण्डारीले आज मन्त्रिपरिषद् विस्तार गरी कार्य विभाजन पनि गर्नुभएको छ । हेर्नुहोस् सूचि   ​  

कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ, के थाहा ? गायिका निरा छन्त्यालको जीवनमा पनि भइदियो त्यस्तै । ख्यालख्यालमै गाएको गीत आफ्नै जीवनमा मेल खान आइपुग्यो । कस्तो दुर्भाग्य ।      प्रत्यक्ष दोहोरीमा चर्चित गायक राजु परियारसँगको घम्साघम्सीमा निराले जवाफ फर्काउनुभएको थियो–   ‘हे.. सब मरिन्छ, त्यही अन्तिम वर्षमा बाँचुञ्जेली बाँचम् न हर्षमा।..’      जीवनलाई खुसीसाथ जिउनुपर्छ भन्ने उनै निरा आज आफन्त र शुभेच्छुकलाई शोकमा छाडेर आफू भने भौतिक संसारबाट अलप हुनुभएको छ । बाइस वर्षको अल्पायुमै उहाँको इहलीला सकिएको हो ।      पोखराको सेतीखोँचमा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनासँगै निराको मखमली आवाज पनि उतैकतै बिलायो । लोकदोहोरी क्षेत्रमा जबर्जस्त उदाउनुभएकी गायिका छन्त्यालले असमयमै मृत्युवरण गर्नुप¥यो ।     गत वर्ष उहाँ आफैंले गाएको गीतले भनेझैँ, निराका लागि यस वर्ष (२०७९) नै अन्तिम बन्यो । न अब कतै युट्युबमा, न मेला र महोत्सवका झकिझकाउ मञ्चमा उहाँलाई प्रत्यक्ष हेर्न र सुन्न नै पाइनेछ । केबल स्वजनका स्मृति र आफ्ना सिर्जनामा निरा बाँचिरहनुहुनेछ ।     बागलुङको बडिगाड गाउँपालिका-३ सिसाखानीमा जन्मनुभएकी निराको जीवनभर नेपाली लोकसङ्गीतको सेवा गर्ने उत्कट अभिलाषामा पनि ठेस पुगेको छ ।       लोकगायक विष्णु खत्रीले नेपाली सङ्गीत जगतले एउटा प्रतिभावान कलाकार गुमाएको प्रतिक्रिया दिनुभयो । “प्रत्यक्ष लोकदोहोरीमा उहाँको छुट्टै पहिचान बनिरहेको थियो, मञ्चीय कार्यक्रममा उहाँको प्रस्तुति आकर्षक हुने गर्थ्यो, गायक खत्रीले सम्झिनुभयो ।     गायक खत्री र गायिका छन्त्यालको सहकार्यमा गतवर्ष पञ्चेबाजा गीत ‘फूल केशरी’ सार्वजनिक भएको थियो । “बैनीले अर्को गीत गर्नुपर्छ है दाइ भनिरहनुभएको थियो, नयाँ शैलीको दोहोरीबारे सरसल्लाहमै थियो, अब अधुरै रहने भयो”, खत्रीले सुनाउनुभयो ।      उहाँहरूबीच बुधबार बागलुङको भीमपोखरामा हुने माघे सङ्क्रान्ति मेलामा एउटै मञ्च साझा गर्ने तय भइसकेको थियो । खत्रीकै समन्वयमा निरा भीमपोखराको मेलामा जाँदै हुनुहुन्थ्यो । स्थानीय प्रगतिशील युवा क्लबले उहाँहरूलाई आमन्त्रण गरेको थियो ।      गायिका निराको निधनले मर्माहत बन्नुभएका गायक खत्रीले भीमापोखराको उक्त मेलामा आफू पनि नजाने निधो लिनुभएको छ । “बैनीको दुःखद घटनापछि मैले पनि त्यो मञ्चमा उक्लिएर एक्लै गीत नगाउने निर्णय गरेँ”, गायक खत्रीले भन्नुभयो, “मैले नै सिफारिस गरेर निरा बैनी भीमपोखरा आउने योजना बनेको थियो ।”     आइतबार माघे सङ्क्रान्तिका अवसरमा पोखरामा हुने छन्त्याल समुदायको कार्यक्रममा भाग लिएर गायिका छन्त्याल मङ्गलबार म्याग्दी महोत्सवमा पुग्ने समयतालिका थियो । त्यहीँबाट बागलुङको भीमपोखरा जाने कार्यक्रम थियो ।      “बैनी निरासँग मञ्चीय कार्यक्रममा दर्शक, श्राेतालाई मनोरञ्जन दिलाउने कला र शैली अनौठो थियो”, गायक खत्रीले भन्नुभयो, “त्यहीँ कारण मेला, महोत्सवमा उहाँको व्यस्तता बढ्दो थियो, धेरैतिर बोलाउँथे ।”     प्रत्यक्ष दोहोरीको प्रवर्द्धन गरिरहेको ‘सारङ्गी संसार’ युट्युब च्यानलका सञ्चालक ताराकान्त विकले गायिका निरालाई ऊर्जाशील कलाकारका रूपमा स्मरण गर्नुभयो । “एउटा आशलाग्दो प्रतिभा हुनुहुन्थ्यो, हँसिलो, चञ्चल, ऊर्जा पनि उस्तै”, विकले भन्नुभयो, “मञ्चीय कार्यक्रममा दर्शक र श्राेतालाई अडाइरहन सक्ने क्षमता उहाँमा थियो ।”   ‘सारङ्गी संसार’का छवटा भागमा गायिका निरा मुख्य भूमिकामा प्रस्तुत हुनुभएको थियो । प्रत्यक्ष दोहोरीमा खरो उत्रन सक्ने उहाँको आफ्नै युट्युब च्यानल पनि छ । चर्चित गायकहरूसँगको उहाँको दोहोरी घम्साघम्सीले युट्युबमा उल्लेख्य दर्शक पाएको छ ।    तीज गीत, पञ्चेबाजालगायत गीत सार्वजनिक गर्नुभएकी निरा प्रत्यक्ष दोहोरीबाट अझ बढी चिनिएको विकले बताउनुभयो । “प्रत्यक्ष दोहोरीमा गज्जबले जम्न सक्नुहुन्थ्यो, मौलिक शब्द र बागलुङे लवज उहाँको गायनमा झल्कन्थ्यो”, विकले भन्नुभयो, “अब त्यो सम्झनामा मात्र रहने भयो, एल्बम र युट्युबमा मात्र उहाँका गीत बाँकी रहे ।”    बडिगाड–८ का टीका पाइजाले छन्त्यालले सानैदेखि रुचि लिएर गायन क्षेत्रमा लागेको बताउनुभयो । “पछिल्लो पटक गत मङ्सिरमा बडिगाडको न्वागी मेलामा आउनुभएको थियो, जिल्लामा हुने मेला, महोत्सवमा आइरहनुहुन्थ्यो”, पाइजाले भन्नुभयो, “दुई–तीन वर्षयता उहाँ लोकदोहारीमा बढी चिनिन थाल्नुभएको थियो, युट्युबमा पनि उहाँका गीत चलेका थिए ।”   सङ्गीत क्षेत्रमा भविष्य खोज्दै छन्त्याल चार वर्षअघि काठमाडौँ छिर्नुभएको थियो । गायनमा सफल हुँदै गएपछि उहाँका माग पनि बढ्दै गएको थियो । शनिबार मात्र काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले प्रस्तुति दिनुभएको थियो । सोही दिन टुँडिखेलामा सिसाखानीको ऐतिहासिक घाटुनाच प्रदर्शनका लागि पनि उहाँ सक्रिय भएर लाग्नुभएको थियो ।    पोखरा उड्नुअघि निराले सामाजिक सञ्जालमार्फत माघे सङ्क्रान्ति पर्वको शुभकामना दिनुभएको थियो । फेसबुकमा अरुले फर्काएका शुभकामनाका सन्देश हेर्न नपाउँदै छन्त्याल सेतीखोँचमा अस्ताउनुभएको हो । बडिगाड–८ का वडाध्यक्ष खडक पुनले गायिका निराको अप्रत्याशित निधनले आफूहरू स्तब्ध बनेको बताउनुभयो ।   “सङ्गीत क्षेत्रमा सङ्घर्षशील, आफ्नै प्रतिभा र क्षमताले स्थापित गाउँकी चेलीलाई गुमाउनुपर्दा गहिरो पीडाबोध भएको छ”, उहाँले भन्नुभयो, “विद्यालयमा पढ्दादेखि नै नाच्ने गाउनेमा उहाँको बढी रुचि थियो, गाउँमा हुने वैशाखे पूर्णिमालगायत मेला, कार्यक्रममा सानैदेखि गीत गाउनुहुन्थ्यो ।”   छन्त्यालले विद्यालय तहको पढाइ गाउँकै सिसाखानी माविमा पूरा गर्नुभएको थियो । बुवा मनबहादुर र आमा लीला छन्त्यालको कोखबाट जन्मनुभएकी निराको निधनपछि जन्मगाउँ सिसाखानीमा पनि शोक छाएको छ । उहाँको शव बुझ्न वडाध्यक्षसहित आफन्त पोखरा झरेका छन् ।  -रासस

पर्वतः  पर्वतबाट दुई पटक प्रतिनिधि सभा चुनाव जित्नुभएका नेकपा एमालेका केन्द्रीय सदस्य पदम गिरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा नियुक्त हुनुएको छ ।   नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुनप्रसाद जोशीलाई प्रतिनिधि सभा चुनावमा दुई पटकसम्म लगातार हराउनुभएका गिरी जिल्लाबाट मन्त्री बन्नेमा पहिलो व्यक्ति हुनुहुन्छ ।  पर्वतले अहिलेसम्म राज्य र सहायकमन्त्री बाहेकको मन्त्री भने पाउन सकेको थिएन । पञ्चायतकालको सुरुवातमा मोदी गाउँपालिकाअन्तर्गत देउराली लाङ्दीका गणेशबहादुर गुरुङ २०२२–२३ सालमा राज्यमन्त्री बन्नुभएको थियो । त्यसको केही वर्षपछि त्यही ठाउँका पूर्व भारतीय सेना लालसिंह गुरुङ सहायकमन्त्री बन्नुभएको थियो ।  यस्तै २०३९ सालमा जलजला–४, मल्लाज माझफाँटका डम्मरबहादुर मल्ल यातायात राज्यमन्त्री बन्नुभएको थियो । त्यसपछि क्षेत्रबहादुर गुरुङ सहायक यातायात मन्त्री र पर्वत फलेवास–६ देवीस्थानकै डिल्लीराज पौडेल भूमिसुधार सहायकमन्त्री बन्न सफल हुनुभएको थियो ।  पर्वतमा यसअघि छ जनामन्त्री बनेको भए पनि राज्यमन्त्री र सहायकमन्त्रीमै सीमित थिए । यस पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पर्वतका पदम गिरीले मन्त्रीको रूपमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो । ‘पर्वतलाई लामो समयदेखि उपेक्षामा राखिएको थियो’, स्थानीय राजु पौडेलले भन्नुभयो, ‘अहिले मन्त्री पाएपछि पर्वतको विकास हुने अपेक्षा गरेका छौँ ।’  विसं २०३३ मा पर्वतको दुर्लुङमा जन्मिएका गिरीले समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ । विसं २०४७ मा अखिल पाँचौँमा सङ्गठित गिरी पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन सदस्य, उपसभापति हुँदै सभापति बन्नुभएको थियो । विसं २०७२ मा आठौँ जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएका गिरी २०७५ मा गण्डकी प्रदेश कमिटी सदस्य बन्नुभएको थियो ।

काठमाडौंः  नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज मङ्गलवार राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुभएको हो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरूले शपथ लिएका हुन् । एमालेबाट हरि उप्रेती रक्षा, विमला राई पौड्याल परराष्ट्र, पदम गिरी स्वास्थ्य, भगवती चौधरी महिला तथा बालबालिका, ज्वालाकुमारी साह कृषि, राजेन्द्र राई भूमि व्यवस्था सहकारी र दामोदर भण्डारी उद्योग मन्त्री बन्नुभएको छ ।  माओवादीबाट रेखा शर्मा सञ्चार , सुदन किराती संस्कृति पर्यटन, अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासन, सुशीला श्रीपाली संस्कृति पर्यटन राज्यमन्त्री हुनुभएको छ ।   राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल शिक्षा, डिपी अर्याल श्रम र तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री हुनुभएको छ । राप्रपाबाट राजेन्द्र लिङ्देन उपप्रधान एवम् ऊर्जा, ध्रुवबहादुर प्रधान कानुन, विक्रम पाण्डे सहरी विकास र दीपक सिंह ऊर्जा राज्यमन्त्री हुनुभएको छ ।

काठमाडौंः   नेपाल टेलिकमको सेवा देशभर अवरुद्ध भएको छ । कम्पनीको ल्यानलाइन, प्रिपेड तथा पोस्पेट सेवा केहीबेर अघिदेखि अवरुद्ध भएको हो । टेलिकमको आधिकारिक वेबसाइट पनि बन्द छ । 

पोखराः  आइतबार पोखरामा भएको जहाज दुर्घटनामा परी मृत्यु भएका ४८ जनाको शव काठमाडौँ लैजाने तयारी गरिएको छ ।   पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानमा राखिएका शव काठमाडौँ लगिने भएको कास्कीका प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले जानकारी दिए ।    काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको जहाजमा ४ चालक दल सहित ६८ यात्रु सवार थिए । आइतबार बिहान पोखराको सेती खोचमा जहाज दुर्घटना हुँदा ७० जनाको मृत्यु भएको छ भने दुर्घटना स्थलमा २ जना अझै बेपत्ता छन् ।    पहिचान भएका पोखरा र आसपासका २२ जनाको शव पोस्टमार्टमपछि आफन्तलाई बुझाउन थालिएको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए । 

काठमाडौं:  विद्यालयहरुले अबदेखि  कक्षा १ मा विद्यार्थी भर्नाको लागि प्रवेश परीक्षा लिन नपाउने भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रारम्भिक बालविकास शाखाले कक्षा १ मा प्रवेश परीक्षा लिन नपाउने निर्णय गरेर सम्बन्धित निकायलाई निर्देशन दिएको हो । यस्तै केन्द्रले कक्षा १ मा भर्ना तथा प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गर्न पनि रोक लगाएको छ । कुनै संस्थाले प्रवेश परीक्षा सञ्चालन गरेको वा नगरेको विषयमा आ-आफ्नो क्षेत्रभित्र अनुगमन गरी यस्ता कार्य हुन नदिन केन्द्रले सबै पालिका र जिल्ला समन्वय समिति तथा आवश्यक समन्वय एवं सहजीकरणका लागि सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको केन्द्रका प्रवक्ता रुद्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । अहिले सहरका विभिन्न ठाउँमा कक्षा १ मा विद्यार्थीलाई प्रवेश परीक्षाका लागि भनेर महिनौँदेखि घोकाउने तथा कण्ठस्थ गराउनेजस्ता गतिविधि भइरहेका छन् । यस्ता गतिविधिले बालबालिकाको सिर्जनात्मक र अन्तर्निहित प्रतिभामा हानि पुर्याउने भन्दै विरोध भइरहेको छ ।    

काठमाडौं:   आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ । अहिले पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली नै रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार आज प्रदेश १, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको सम्भावना छ । तर पानी भने पर्ने सम्भावना नरहेको उहाँले बताउनुभयो । आज काठमाण्डौको मौसम पनि आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव पर्न थालेकाले मौसम बदलीसँगै हिमपात हुन लागेको हो । तर, पानी पर्ने गरी भने यो प्रणाली सक्रिय नभएको मौसमविद्ले बताएका छन् । यसपालि हिउँदमा अहिलेसम्म वर्षा हुन सकेको छैन । मौसमविद्ले यसअघि नै यसपालि हिउँदमा कम पानी पर्ने र तापक्रम औसत भन्दा बढी हुने पूर्वानुमान गरेका थिए । 

काठमाडौंः   राष्ट्रपति, सभामुख कसलाई बनाउने र कुन पार्टीले पाउने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाउनु भएको छ । सभामुखको चुनाव नजिकिँदै गर्दा प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाउनु भएको हो । पर्सि हुने सभामुखको चुनावका लागि भोलि मनोनयन दर्ता गर्ने कार्यतालिका छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सभामुखमा उम्मेदवारी दिनेरनदिने निर्णय सर्वदलीय बैठकपछि मात्रै लिनुपर्ने बताउनु भएको छ । गएको पुस १०  गतेको समझदारीअनुसार राष्ट्रपति पाउनेमा एमाले निश्चित भए पनि देउवा राष्ट्रपति पद कांग्रेसमा आउनेमा आशावादी हुनुहुन्छ । यही पृष्ठभूमि बनाउन कांग्रेसले गएको २६ गतो प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको थियो । अघिल्लो संसदीय चुनावमा सहकार्य र पार्टी एकीकरण गरे पनि तिक्त सम्बन्धले अलग भएका दाहाल र ओलीको पुनर्मिलन भए पनि विश्वासको वातावरण बन्न सकेको छैन । हिजो ओलीसँग लामो छलफल गरेका प्रचण्डले विश्वासको मत दिने सबै पार्टीलाई सरकारमा समेट्न खोज्नु भएको छ । यसले एमालेमा शंसय उत्पन्न भएको छ । सर्वदलीय बैठक अघि आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।