यति एयरलाइन्सको दुर्घटनामा परेको जहाजमा सवार यात्रुहरुको उद्धारपछि अस्पतालमा पु¥याउँदा जीवित अवस्थामा नपाइएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा स्रोतले जनाएको छ । यसअघि केही यात्रु घाइते भेटिएको र उपचारार्थ अस्पताल लगिएको भन्ने सूचना गलत भएको अस्पतालका एक सिनियर चिकित्सकले बताएका छन् । नाम उल्लेख नगर्ने शर्तमा चिकित्सकले भने, ‘प्लेन क्रयासको खबर सुन्नासाथ हामी स्ट्यान्डबाइ थियौं, केही यात्रुको जीवितै उद्धार हुनेमा आश पनि थियो तर यहाँ ल्याइएका यात्रु कोही पनि जीवित थिएनन् ।’ अहिले अस्पतालमा करिब ३३ शव रहेको उनले जनाए । ‘ठ्याक्कै यति नै शव छन् भनेर यकिन गरिहाल्न गाह्रो छ’ उनले भने ‘करिब ३२–३३ शव भएको अनुमान छ ।’ शव जलेको र क्षतविक्षत भएकाले पहिचान गर्न नसकिएको र सोही कारण यकिन संख्यासमेत खुलाउन नसकिएको उनले जानकारी दिएका छन् ।
काठमाण्डौंबाट पोखराको हवाई दूरी मात्र २५ मिनेटको हो । यही दूरी मापन गर्दा यति एयरलाइन्सको जहाज सेती नदीको खोंचमा पुग्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग सम्पर्कमा रहेको पाइएको छ । कलसाइन कलसाइन नाइन एन–एएनसीको जहाज काठमाण्डौबाट बिहान १०ः ३२ मा पोखरा उडेको थियो । उक्त जहाज पोखरा टावरसँग १०ः५० मा सेती खोेच भन्ने स्थानबाट सम्पर्कमा आएको र लगत्तै दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार विमानमा चालक दलका सदस्यहरू कमल केसी, अन्जु खतिवडा सृजना होंगचुन र ओसिन आले मगर थिए।
काठमाडौँ — आइतबार बिहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिए । विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए । दुर्घटनाअघि विमानले अवतरणको अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज विहान १०ः३३ बजे काठमाडौँ विमानस्थलबाट उडान भरेको सो विमानले दुर्घटनाअघि अतवरणको अनुमति लिएको जानकारी दिए । 'मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छु, उनले भने यो, विमानमा आकाशमै आगोको झिल्को देखिएको जानकारी प्राप्त भएको छ । -रासस
काठमाण्डौबाट पोखरा आउँदै गरेको यतिको विमान सेती खोंचमा दुर्घटना भएपछि उद्धारार्थ जुटेका एम्बुलेन्स र प्रहरीका गाडीहरु त्यहाँ पुग्न कठिनाई भइरहेको छ । पोखराभित्र रहेका एम्बुलेन्सहरु आपतकालीन उद्धारकालागि निस्केपन िसडकमा अत्यधिक जाम भएको छ । आज बिदाको दिन रहेकाले पनि स्थानीयहरु घटनास्थलमा पुग्ने क्रममा सडक जाम भएको छ । प्रहरी र ट्राफिकहरुले यथाशक्य प्रयास गर्दा पनि सडक खोल्न हम्मे पर्दा उद्धार र शव संकलनार्थ एम्बुलेन्सहरु बाटैमा रोकिएका छन् । ६८ जना यात्रु बोकेको यतीको एटीआर ७२ विमान पोखराको सेती खोंचमा दुर्घटनामा परेको हो । उक्त विमान काठमाण्डौबाट आउँदै गर्दा विमानस्थलबाट करिब २ किलोमिटरको दुरीमा दुर्घटना परेको छ । घटनास्थलमा हेर्न जानेको संख्याले गर्दा एम्बुलेन्सले बाटो पाउन नसकेको हाम्रा सम्वाददाता बिबि रोकाले जनाएका छन् ।
पोखरा: ६८ जना यात्रु बोकेको यतीको एटीआर ७२ विमान पोखरामा दुर्घटना ग्रस्त भएको छ । काठमाडौंबाट पोखराका लागि बिहान उडेको विमान अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पुग्न लाग्दा नयाँगाउँमा दुर्घटनामा परेको हो। हाल घटनास्थलबाट शव संकलन गरिदै छ ।
झापाः दमक–६ स्थित नमूना बजारमा रहेका नौवटा पसलमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । वडाध्यक्ष टेकबहादुर थापाका अनुसार आज बिहान करिब २ बजेतिर अचानक आगलागी हुँदा पसलका सम्पूर्ण सामान जलेर नष्ट भएको थियो । मुख्य बजारका ती ठाउँमा जुत्ता तथा कपडाका पसल रहेका थिए । आगलागीबाट जुत्ताचप्पल व्यवसायी राज श्रेष्ठको पसलसहित नौ पसलका सम्पूर्ण सामान नष्ट भएको उहाँले बताउनुभयो । आगलागी कसरी भयो, कारण खुल्न सकेको छैन । आगलागी विद्युत् सर्ट भई लागेको हुनसक्ने प्रारिभ्मक अनुमान गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताउनुभयो । क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । आगलागी दमकसहित कमल, गौरादह, कानेपोखरीलगायतका बारुणयन्त्र, प्रहरी तथा स्थानीयवासीको प्रयासमा करिब तीन घण्टापछि नियन्त्रणमा आएको थियो ।
पोखरा: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख लक्ष्य बनाएको बताउनुभएको छ । थारू तथा मगर समुदायलगायत समुदायले मनाउने चाड माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति)को अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेको सरकार जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने सङ्कल्पका साथ अवस्था बदल्न दृढ संकल्पित रहेको बताउनुभएको छ । प्रधानमन्त्रीले यस पर्वका अवसरमा सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न तथा यस पर्वलाई राष्ट्रिय एकता, सद्भाव र सहकार्यलाई थप बलियो बनाउने ऐतिहासिक अवसरमा रूपमा मनाउन अपील गर्नुभएको छ । नेपालीको बीचमा सहकार्य, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षा गर्दै प्रधानमन्त्री दाहालले यस अवसरमा मुलुकको विकासमा एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान भएको बताउनुभएको छ । नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीका आआफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक चाडपर्व रहेको र त्यसले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ, “भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्न–भिन्न भेग र समुदायमा भिन्न–भिन्न ढङ्गले मनाउने प्रचलन छ ।” माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारू समुदायले माघीलाई नयाँ वर्षका रुपमा पनि मान्ने गर्छन् । मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रूपमा धुमधामका साथ मनाउँछन् । हिमाल, पहाड र तराईका बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ आदि जातजातिले यस पर्वलाई आआफ्ना परम्परा, भिन्न–भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन्
काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनेकतामा एकता हाम्रो साझा पहिचान भएको बताउनुभएको छ । थारू समुदायको चाड माघी तथा माघेसङ्क्रान्ति (मकर सङ्क्रान्ति)को अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले भन्नुभएको छ, “नेपालका जातजाति र धर्मावलम्बीका आ–आफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक चाडपर्व छन् । यी चाडपर्वले एकापसमा एकता तथा सद्भाव स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् ।” उहाँको सन्देशमा भनिएको छ, “यस अवसरमा सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न र राष्ट्रिय एकता, सद्भाव र सहकार्यलाई थप बलियो बनाउने ऐतिहासिक अवसरका रूपमा मनाउन हार्दिक अपिल गर्दछु ।” प्रधानमन्त्री प्रचण्डले माघी पर्वले सम्पूर्ण नेपालीबीचमा सहकार्य, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृति निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षा पनि व्यक्त गर्नुभएको छ । माघ १ गते मनाइने माघी पर्वलाई थारू समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडका रूपमा मनाउँछन् । नेपालको समस्त भू–भाग, हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बू, नेवार, गुरुङ आदि सबै जातजातिले यस पर्वलाई आ–आफ्नो परम्परा र विशेषताअनुसार मनाउँदै आएको पाइन्छ ।
काठमाडौंः सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जनविश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने आयुर्वेदका चिकित्सकको भनाइ छ । तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रूपमा समेत प्रयोग गरिन्छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ । माघ महिनामा माघमाहात्म्यको पनि ठूलो महत्त्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि शुरु हुन्छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ । यस वर्ष पौष शुक्ल पूर्णिमा अर्थात् पुस २२ गतेदेखि श्री स्वस्थानी व्रतकथा शुरु भइसकेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यो व्रत गर्नेले चान्द्रमासअनुसार माघ महिनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजा आराधना गर्छन् । यसैले यसलाई माघस्नान पनि भनिन्छ । माघे सङ्क्रान्तिका अवसरमा यस वर्षदेखि कृषि तथा पशु पंक्षी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउने भएको छ । माघ १ गते तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गरिने भएकाले यो दिवस मनाउन लागिएको जनाइएको छ ।

