बागलुङ: हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो । लोकमार्गमा बाक्ल...

बागलुङः   गण्डकीका पूर्वप्रदेशसभा सदस्य कृष्ण थापा अहिले सुन्तला खेतीमा व्यस्त हुनुहुन्छ । राजनीतिमा लाग्दै गर्दा केही समय छुट्याएर स्वरोजगारमूलक कृषि कर्म गर्नुपर्दछ भन्ने मान्यता राख्दै आउनुभएका उहाँले अहिले पूरै समय कृषिमा लगाउनुभएको छ ।  बागलुङको राजनीतिमा राष्ट्रिय जनमोर्चाको छुट्टै पहिचान बनाउन सङ्घर्ष गर्नुभएका उहाँ अहिले राजनीतिबाट अलग जस्तै बनेर सुन्तलाका बोट स्याहार्दै आउनुभएको छ । जैमिनी नगरपालिका–४ सर्कुवाका थापाले २०६२÷६३ सालमा जनमोर्चा बागलुङको नेतृत्व गर्नुभएको थियो । त्यसताका बागलुङमा राष्ट्रिय जनमोर्चाको ठूलो प्रभावसमेत थियो ।  समय बदलिएसँगै उहाँका केही सहयात्री पार्टी परित्यागमा लागे, केही राष्ट्रिय जनमोर्चामा छन् तर उहाँ अहिले कुनै दलमा हुनुहुन्न । उहाँ अहिले आफ्नो जन्मगाउँ फर्केर सुन्तला खेतीमा लाग्नुभएको छ ।       विसं २०७४ मा वाम गठबन्धनका तर्फबाट प्रदेशसभा सदस्यमा बागलुङ क्षेत्र नं १(२) बाट प्रत्यक्ष निर्वाचन जित्नुभएका थापाले आफ्नो पाँचवर्षे कार्यकालसमेत पूरा गर्न पाउनु भएन । पृथ्वी सुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार फेरबलदको समयमा उहाँलाई आफ्नै पार्टी राष्ट्रिय जनमोर्चाले कारबाही गरेर तीन वर्षमै पदबाट हटाएपछि उहाँ गाउँ फर्किनुभएको हो ।  तत्कालीन कांग्रेससहितको गठबन्धनलाई सहयोग नगरेपछि पार्टीले कारबाही गरेको थापाको भनाइ छ । थापा पार्टीबाट निष्कासनविरुद्ध सर्वोच्च अदालत गए पनि फैसला अझै आएको छैन ।  “कृषिमा मेरो अहिलेको मात्रै लगाव हैन, राजनीतिमा लाग्दासमेत थियो, जब प्रदेशसभा सदस्य भए बसाइ बढी पोखरामै भयो, प्रदेशसभा सदस्य भए पनि कृषिमा समय दिन पाइनँ, घरमाथिका ५० सुन्तलाका बोटले स्याहार पाएनन्”, उहाँले भन्नुभयो, “जब पद गयो, त्यसपछि तत्कालै गाउँ फर्केर कृषिको सपना पूरा गर्न थाले, पुराना ५० बोटलाई मलजल गरे, नयाँ जग्गामा सुरुआतमै दुई सय ५० बोट सुन्तला लगाए, पछिल्लो वर्ष पुनः दुई सय बोट थपे, हुर्कन लागेका बोट स्याहार गर्दै नयाँ बोट थप्दै आएको छु, केही तरकारी खेतीसमेत गर्दै आएको छु ।” उहाँले झन्डै १० रोपनी जग्गामा सुन्तला खेती गर्नुभएको छ । थापाले प्लाष्टिक टनेलसमेत बनाएर तरकारी खेती गर्न थाल्नुभएको छ । गाउँमा सुन्तलाखेती विस्तारमा समेत अगुवाइ गर्दै आउनुभएका थापाले सर्कुवालाई सुन्तला गाउँका रुपमा चिनाउने गरी काम गर्ने सोच बनाएको बताउनुभयो ।  “आर्थिक रुपमा सबल हुन कृषि कर्ममै लाग्ने निधोसहित घर फर्किएको हुँ”, थापाले भन्नुभयो, “पहिलैका बोटमा फलेका सुन्तला केही बिक्री गरेर यस वर्ष रु ५० हजार कमाएँ, रु ५० हजारका सुन्तला अझै छन्, यो सुरुआती चरण हो, वार्षिक रु चार÷पाँच लाख कमाउने लक्ष्यका साथ सुन्तलासँगै तरकारीखेती विस्तारमा समेत लागेको छु, अब आर्थिक परिवर्तनमा लाग्न आवश्यक देखँे ।”  सर्कुवाकै अर्का सुन्तला किसान अमृत सेवेदीले यस वर्ष सुन्तला बिक्रीबाटै रु तीन लाख ५० हजार कमाएको बताउनुभयो । सुवेदीको अहिले सुन्तला फल्ने र हुर्कंदै गरेकासहित आठ सय सुन्तलाका बोट छन् । अहिले सुवेदीको सुन्तला बगैचाका तीन सय बोटले उत्पादन दिइरहेका छन् । बिहुँ, सिगाना, भकुण्डे,  तित्याङसँगै जैमिनीको सर्कुवा सुन्तला खेतिका लागि प्रख्यात छ ।

विशिष्टीकरण तालिकाको महत्त्व  १. पन्ध्रौँ आवधिक योजनाले पहिचान गरेका योजनाका चुनौती र अवसरहरू उल्लेख गर्नुहोस् ।  पन्ध्रौँ आवधिक योजना २५ वर्षे दीर्घकालीन सोचसहित तर्जुमा भएको योजना हो । दीर्घकालीन सोच हासिल गर्ने दिशामा पन्ध्रौँ योजनालाई आधार योजनाका रूपमा लिइएको छ । चालू पन्ध्रौँ योजनाले पहिचान गरेका योजनाका चुनौती र अवसर यस प्रकार छन् : क) चुनौतीहरू – समन्यायिक आर्थिक वृद्धि र नागरिकको जीवनमा गुणात्मक सुधार गर्नु, – गुणस्तरीय भौतिक पूर्वाधारको विकास र उपभोगमा वृद्धि गर्नु, – दक्ष मानव संशाधनको विकासद्वारा उत्पादनशील रोजगारीको अवसर वृद्धि गरी जनसाङ्ख्यिक लाभको उपयोग गर्नु, – वित्तीय सङ्घीयताको कुशल कार्यान्वयन गरी समष्टीगत आर्थिक स्थायित्व कायम गर्नु, – सङ्घ, प्रदेश र स्थानीय तहको कार्य जिम्मेवारी पूरा गर्न साधन स्रोतको लागत अनुमान, वितरण, जनशक्ति एवं संस्थागत प्रबन्ध गर्नु । ख) अवसरहरू – सङ्घ, प्रदेश र स्थानीय तहमा क्रियाशील सरकार र संस्थागत स्थायित्व, – तहगत सरकारका बीचमा दिगो विकास, समृद्धि र सुशासनका क्षेत्रमा प्रतिस्पर्धी भावना, – उपलब्ध जनसाङ्ख्यिक लाभलाई मुलुकको विकासमा उपयोगको उच्च सम्भावना, – लगानी केन्द्रित गर्न सहज वातावरण निर्माण, – प्राकृतिक, भौगोलिक, जैविक, पर्यावरणीय  तथा सामाजिक सांस्कृतिक विविधताको बहुआयामिक उपयोग, – निजी क्षेत्रको लगानी, व्यावसायिकता र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, – सामुदायिक क्षेत्रको उत्पादनशील क्षेत्रमा परिचालनद्वारा राष्ट्रिय पुँजी निर्माण ।   २. स्थानीय कार्यपालिका भन्नाले के बुझ्नुहुन्छ ? स्थानीय कार्यपालिकाको निर्वाचन एवं गठन प्रक्रिया उल्लेख गर्नुहोस् ।   स्थानीय तहको कार्यकारिणी अधिकारको प्रयोग गर्ने निकायलाई स्थानीय कार्यपालिका भनिन्छ । यसअन्तर्गत गाउँ कार्यपालिका तथा नगर कार्यपालिका पर्छन् । संविधानको धारा २१५ र धारा २१६ तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ का आधारमा यी निकायको निर्वाचन एवं गठन प्रक्रिया देहायबमोजिम हुने व्यवस्था रहेको छ ः  क) गाउँ कार्यपालिकाको गठन – प्रत्येक गाउँपालिकामा एक जना गाउँ कार्यपालिका अध्यक्ष रहन्छन् । निजको अध्यक्षतामा गाउँ कार्यपालिकाको गठन हुन्छ । – गाउँ कार्यपालिकामा अध्यक्षसँगै एक जना उपाध्यक्ष, प्रत्येक वडाबाट निर्वाचित वडाध्यक्ष, गाउँ सभाका सदस्यले आफूहरूबाट निर्वाचित चार जना महिला सदस्य र दलित वा अल्पसङ्ख्यक समुदायबाट गाउँ सभाले निर्वाचित दुई जना  सदस्य रहन्छन् । – अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षको निर्वाचन गाउँपालिका क्षेत्रभित्रका मतदाताले एक पद एक मतको आधारमा गोप्य मतदानद्वारा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअनुसार गरिन्छ । – गाउँ कार्यपालिकाका चार महिला सदस्य गाउँ सभाका सदस्यले आफूहरूमध्येबाट गोप्य मतदानद्वारा चार जना उम्मेदवारलाई दिने एक एक मतको आधारमा सबैभन्दा बढी मत ल्याउने चार जना निर्वाचित हुने निर्वाचन प्रणालीअनुसार निर्वाचित हुन्छन् । – दलित वा अल्पसङ्ख्यक समुदायबाट निर्वाचित हुने सदस्यहरू गाउँ सभाका सदस्यले गोप्य मतदानद्वारा दुई जना उम्मेदवारलाई दिने एक÷एक मतको आधारमा सबैभन्दा बढी मत ल्याउने दुई जना निर्वाचित हुने निर्वाचन प्रणालीअनुसार निर्वाचित हुन्छन् । ख) नगर कार्यपालिकाको गठन  – प्रत्येक नगरपालिकामा एक जना नगर कार्यपालिका प्रमुख रहन्छन् । निजको अध्यक्षतामा नगर कार्यपालिकाको गठन हुन्छ । – नगर कार्यपालिकामा प्रमुखसँगै एक जना उपप्रमुख, प्रत्येक वडाबाट निर्वाचित वडाध्यक्ष, नगर सभाका सदस्यले आफूहरूबाट निर्वाचित पाँच जना महिला सदस्य र दलित वा अल्पसङ्ख्यक समुदायबाट नगर सभाले निर्वाचित दुई जना सदस्य रहन्छन् । – प्रमुख, उपप्रमुख र वडाध्यक्षको निर्वाचन नगरपालिका क्षेत्रभित्रका मतदाताले एक पद एक मतको आधारमा गोप्य मतदानद्वारा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअनुसार हुने गर्छ । – नगर कार्यपालिकाका पाँच महिला सदस्य नगर सभाका सदस्यले आफूहरूमध्येबाट गोप्य मतदानद्वारा पाँच जना उम्मेदवारलाई दिने एक एक मतको आधारमा सबैभन्दा बढी मत ल्याउने पाँच जना निर्वाचित हुने निर्वाचन प्रणालीअनुसार निर्वाचित हुन्छन् । – दलित वा अल्पसङ्ख्यक समुदायबाट निर्वाचित हुने सदस्यहरू नगर सभाका सदस्यले गोप्य मतदानद्वारा तीन जना उम्मेदवारलाई दिने एक/एक मतको आधारमा सबैभन्दा बढी मत ल्याउने तीन जना निर्वाचित हुने निर्वाचन प्रणालीअनुसार निर्वाचित हुन्छन् । – यसरी स्थानीय कार्यपालिकाको गठन भई पाँच वर्ष जनताको सेवा गर्ने अवसर प्राप्त हुन्छ ।   ३. वनबाट प्राप्त रोयल्टी रकम उपयोगका सम्भावित क्षेत्रहरू के के हुन सक्दछन् उल्लेख गर्नुहोस् ।   वन क्षेत्रको रोयल्टी राष्ट्रिय वन र संरक्षित क्षेत्रबाट प्राप्त हुने गर्दछ । संविधानतः राष्ट्रिय वनको परिचालन तथा व्यवस्थापन प्रदेश सरकार र संरक्षित क्षेत्रको सञ्चालन एवं व्यवस्थापन नेपाल सरकारबाट हुने व्यवस्था छ । प्राकृतिक स्रोतको परिचालन गर्दा राष्ट्रिय वनबाट प्राप्त हुने रोयल्टी प्रदेश सरकार र संरक्षित क्षेत्रबाट प्राप्त हुने रोयल्टी सङ्घ सरकारबाट सङ्कलन भई सङ्घीय विभाज्य कोषमा जम्मा हुँदै आएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विकास गरेको ढाँचाअनुसार वनबाट सङ्कलित रोयल्टी रकमको बाँडफाँट हुँदै आएको छ । साथै आयोगले वन क्षेत्रबाट प्राप्त रोयल्टीलाई उपयोग गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय तहलाई सुझावसमेत दिँदै आएको पाइन्छ । वनबाट प्राप्त रोयल्टी उपयोगका सम्भावित क्षेत्रहरू – नाङ्गा डाँडा, खाली जग्गा, आगलागी एवं पहिरोबाट क्षति पुगेको वनमा वृक्षरोपण गर्न एवं हरियाली प्रवद्र्धनसम्बन्धी कार्य गर्न, – अग्नि नियन्त्रण रेखा निर्माणसम्बन्धी कार्य गर्न, – पहिरो नियन्त्रण कार्य गर्न, – जलाधार क्षेत्र संरक्षण कार्य गर्न, – दिगो वन व्यवस्थापनसम्बन्धी कार्य गर्न, – वन्यजन्तु र मानवबीचको द्वन्द्व व्यवस्थापनका लागि पूर्वाधार निर्माण गर्न, – वन्यजन्तुबाट भएको मानवीय एवं बालीनालीको क्षतिका लागि राहत तथा क्षतिपूर्ति प्रदान गर्न, – संरक्षित क्षेत्रभित्र आवश्यक पूर्वाधार निर्माण एवं मर्मत सम्भार गर्न, – जैविक विविधता, वन्यजन्तु र तिनको वासस्थान तथा दुर्लभ वन्यजन्तु र वनस्पतिको संरक्षण तथा व्यवस्थापन गर्न, – जडीबुटी खेती तथा हरित एवं गैरकाष्ठ उद्यम प्रवद्र्धन गर्न, – मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि आयमूलक कार्यक्रम सञ्चालन गर्न, – वन पैदावारको संरक्षण एवं दिगो उपयोगसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न, – पर्यापर्यटन प्रवद्र्धनसम्बन्धी कार्य गर्न, – प्राकृतिक सम्पदाको अभिलेखीकरण गर्न, – वन पैदावारको अवैध चोरी निकासी नियन्त्रणसम्बन्धी कार्य गर्न । – यसरी वनबाट प्राप्त रोयल्टीलाई वन क्षेत्रको विस्तार, संरक्षण, व्यवस्थापन र दिगो उपयोग सुनिश्चित गर्नका लागि उपयोग गर्न सकिन्छ ।   ४. विशिष्टीकरण तालिका भनेको के हो ? यसको छोटो परिचय दिनुहोस् । यसको प्रयोग किन गरिन्छ ? उल्लेख गर्नुहोस् ।   विशिष्टीकरण तालिकाको परिचय प्रश्नपत्र निर्माणको प्रमुख आधार : विशिष्टीकरण तालिका परिचय : पाठ्यक्रमले अपेक्षा गरेका सिकाइ उपलब्धिअनुरूप परीक्षणीय पक्ष निर्धारण गरी प्रश्नपत्र निर्माण गर्नुभन्दा अगाडि कुन कुन विधा र क्षेत्रबाट प्रश्न बनाउने, ज्ञान, बोध, व्यावहारिक सीप र उच्च दक्षता तहका प्रश्नहरू कति र कस्ता बनाउने, जम्मा प्रश्नसङ्ख्या कति हुने, उत्तर दिनुपर्ने प्रश्न के कति हुने तथा प्रश्नहरूको अङ्कभार र समय कति हुने भनी तयार पारिएको तालिकालाई विशिष्टीकरण तालिका भनिन्छ ।  प्रतिविम्बन : जुनसुकै विषयको मूल्याङ्कनमा विशिष्टीकरण तालिका महìवपूर्ण मानिन्छ । यसमा पाठ्यक्रमको उद्देश्यअनुसार प्रश्नपत्र, परीक्षा र मूल्याङ्कन प्रतिविम्बित भएको हुन्छ ।  भूमिका : पाठ्यक्रमको उद्देश्यअनुरूप मूल्याङ्कन गर्न, मूल्याङ्कनलाई विश्वसनीयता, प्रामाणिकता, विभेदकारिता, विविधता, व्याप्तता, स्तरयुक्त बनाउन र विषयवस्तुगत सन्तुलन मिलाई मूल्याङ्कन गर्न विशिष्टीकरण तालिकाको महìवपूर्ण भूमिका  रहेको हुन्छ ।  अनिवार्यता : यो परीक्षण विधि, प्रक्रिया, साधन र स्रोत छनोट गर्न र प्रश्न निर्माणमा त्रुटिरहित परीक्षण योजना तयार पार्न अनिवार्य मानिन्छ । त्यसैले मूल्याङ्कनको समग्र पक्षलाई प्रभावकारी, योजनाबद्ध तथा व्यवस्थित गर्न विशिष्टीकरण तालिका महìवपूर्ण मानिन्छ । विषयगत वैधता : पाठ्यक्रमका उद्देश्य प्राप्त हुने गरी पाठ्यक्रमका सबै विषयवस्तु समेटेर पाठ्यक्रमद्वारा निर्दिष्ट मूल्याङ्कन प्रक्रिया अपनाई मूल्याङ्कनका साधनका रूपमा परीक्षालाई प्रयोगमा ल्याउन विशिष्टीकरण तालिकाको महìवपूर्ण भूमिका रहेको हुन्छ । यसले शिक्षक तथा प्रश्नपत्र निर्माणकर्तालाई प्रश्नपत्र बनाउँदा विषयवस्तुगत वैधता निर्धारण गर्न निर्देशित गर्दछ । निर्देशिका : विशिष्टीकरण तालिका नमुना प्रश्नपत्र निर्माणकर्ता र उत्तरपुस्तिका परीक्षणकर्ताका लागि एक प्रकारको मार्गदर्शन वा निर्देशिका पनि हो । त्यस्तै शिक्षकले शिक्षण प्रक्रिया सञ्चालन गर्दा पनि कुन विषयवस्तु, कसरी, कुनै उद्देश्य प्राप्तिका लागि गर्ने भन्ने मार्गनिर्देश पनि यस तालिकाले गर्दछ । यसमा पाठ्यक्रमको उद्देश्यअनुसार परीक्षा र मूल्याङ्कन प्रतिविम्बित भएको हुन्छ ।  विशिष्टीकरण तालिकाको आवश्यकता र प्रयोग – पाठ्यक्रममा निर्धारण गरेका तहगत सक्षमता तथा कक्षागत सिकाइ उपलब्धि पूरा गर्नका लागि विशिष्टीकरण तालिका निर्माण गर्न आवश्यक छ । यसका साथै पाठ्यक्रमका सम्पूर्ण पक्ष समेट्ने गरी प्रश्नपत्र तयार पार्न र सोहीअनुसार परीक्षा सञ्चालन एवं परीक्षण र पृष्ठपोषण प्रदान गर्न यसको आवश्यकता रहेको छ । मूलतः विशिष्टीकरण तालिकाको आवश्यकतालाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ ः १. शैक्षणिक योजना निर्माण गर्न  सबै प्रकारका शैक्षणिक योजना तयार पार्न विशिष्टीकरण तालिकाले सहयोग पु¥याउँछ । विद्यार्थीको सिकाइ उपलब्धि मापन गर्न आवश्यक मूल्याङ्कन सामग्री कस्तो हुने, कति अङ्कभारको हुने र प्रश्नसङ्ख्या के कस्ता हुने भन्ने कुरा शैक्षणिक योजनामा राख्न विशिष्टीकरण तालिकाले  सघाउ पु-याउँछ । २. प्रश्नपत्र निर्माण गर्न एक निश्चित अवधिभित्र पाठ्यक्रम वा उद्देश्यअनुरूप विद्यार्थीका सिकाइ उपलब्धि मूल्याङ्कन गर्न सिकाइका तहअनुसार प्रश्नहरूका प्रकार र सङ्ख्या, अङ्कभार, समय आदि यसमा राखिने हुँदा प्रश्नपत्र निर्माण गर्न विशिष्टीकरण तालिकाले सहयोग पु¥याउँछ । ३. विद्यार्थीको सिकाइमा अभिवृद्धि गर्न  – विशिष्टीकरण तालिकामा सिकाइका कुन कुन तहलाई मापन गर्ने र हरेक तहका सिकाइलाई कति अङ्कभार दिने भन्नेजस्ता कुरा राखिएको हुन्छ । तसर्थ शिक्षण सिकाइ क्रियाकलापमा यी कुरालाई सामञ्जस्य कायम गराउन सकेमा विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि हुन्छ । विशिष्टीकरण तालिकामा ज्ञान, बोध, व्यावहारिक सीप तथा उच्च दक्षता मापन गर्ने गरी प्रश्नहरू तहअनुसार निर्माण गर्ने प्रक्रिया उल्लेख हुनाले यस तालिकाको प्रयोगबाट विद्यार्थीको सिकाइमा अभिवृद्धि गर्न सकिन्छ । – उल्लिखित बुँदाहरूका आधारमा विशिष्टीकरण तालिकाले शिक्षक, विद्यार्थी र प्रश्नपत्र निर्माणकर्तालाई सिकाइ, परीक्षा र मूल्याङ्कन कार्य सञ्चालन गर्न निम्नानुसारको सहयोग पु-याउँछ : (क) विद्यार्थीगत आवश्यकता – विद्यार्थीमा सम्पूर्ण विधा र क्षेत्र समेटेर पढ्ने बानीको विकास गर्न, – विद्यार्थी–विद्यार्थीबीचको उपलब्धि तुलना गर्न, – विद्यार्थीको सिकाइमा अभिवृद्धि गर्न, – ज्ञान, बोध, व्यावहारिक सीप तथा उच्च दक्षताका प्रश्नबारे परिचित हुन । (ख) शिक्षकगत आवश्यकता  – पाठको उद्देश्य र विद्यार्थीको उपलब्धिका बीच तुलना गर्न, – शैक्षणिक योजना निर्माणमा मूल्याङ्कनका प्रश्न तय गर्न, – विभिन्न विधा वा क्षेत्रबाट सोधिने प्रश्नअनुसार शिक्षण गर्न, – पाठ्यक्रमका उद्देश्य एवं विषयवस्तुका सम्पूर्ण क्षेत्रअनुसार शिक्षण गर्न । (ग) प्रश्नपत्र निर्माणकर्तागत आवश्यकता – पाठ्यक्रमका उद्देश्य एवं विषयवस्तुका सम्पूर्ण क्षेत्र र विधा समेटेर प्रश्न निर्माण गर्न, – समय, पूर्णाङ्क र प्रश्नसङ्ख्या तय गर्न,  – कुन विधा वा क्षेत्रबाट के कस्ता र कति प्रश्न निर्माण गर्ने भन्नेबारे निर्देश गर्न, – सबै सीप र दक्षता समेट्ने गरी प्रश्नपत्र निर्माण गर्न, – प्रश्नपत्र निर्माणकर्ता र शिक्षकलाई पथ प्रदर्शन गर्न, – प्रश्नपत्रलाई वैज्ञानिक र व्यवस्थित बनाई  एकरूपता ल्याउन, – परीक्षामा विश्वसनीयता ल्याउन आदि ।  निष्कर्ष  – परीक्षाको स्तरीयता, एकरूपता र वैधताका लागि विशिष्टीकरण तालिकाले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । यसमा सिकाइ र परीक्षाका सम्पूर्ण पक्ष समेटिएको हुनुपर्छ । पाठ्यक्रमका सम्पूर्ण क्षेत्रबाट प्रश्न निर्माण गर्न सकिने गरी ज्ञान, बोध र अन्य तहका प्रश्नहरू निर्माण गर्न, प्रश्न सङ्ख्या, समय र अङ्क निर्धारण गर्न तथा मूल्याङ्कन गर्ने प्रक्रियासमेतलाई निर्धारण गर्ने हुँदा शिक्षण सिकाइ सहजीकरण प्रक्रियामा विशिष्टीकरण तालिकाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । प्रस्तुतकर्ता : हेमचन्द्र शर्मा   

पोखरा: वडा कार्यालय –१५ तथा सहयोगी संस्थाहरूको सहयोगमा पोषणयुक्त खाद्यान्न तथा न्यानो लुगा वितरण गरिएको छ ।   पोखरा महानगरपालिका वडा नं –१५ को सुत्केरी महिला पोषण कार्यक्रम तथा ’ग्लो संस्था र थ्री एन्जेल नेपालको सहयोगमा वडामा बसोबास गर्ने अपाङ्ग, दृष्टिविहिन, एकल तथा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई सहयोग प्रदान गरिएको हो ।  सहयोग हस्तान्तरण गर्दै वडा अध्यक्ष तोरण बहादुर बानियाँले वडाको वार्षिक बजेटबाट सुत्केरी महिलाहरूका लागि चामल, घ्यू, हर्लिक्स र साबुन तथा ’ग्लो संस्था’ ले न्यानो लुगा र ’थ्री एन्जेल नेपाल’ले ब्ल्यांकेट सहयोग गरेको जानकारी दिए। बानियाँले वडा तथा सहयोगी संस्थाहरूले दिएको सामग्रीको सही रूपमा उपयोग गर्न आग्रह गर्दै टोल छिमेकमा कोही त्यस्ता विपन्न व्यक्ति वा परिवार छुटेको भए वडामा पठाउन आग्रह गरे ।   ग्लो संस्थाकी संस्थापक अध्यक्ष सिता पौडेलले अभाव र अप्ठेरोमा परेका व्यक्तिहरूलाई विशेष जोड दिँदै चिसोबाट बचाउन वयस्कका लागि ११० र बच्चाहरूका लागि ४० जना गरी १५० जनालाई न्यानो लुगा वितरण गरिएको जानकारी दिइन्। उनले वयस्कहरूका लागि ज्याकेट, सुत्केरीका लागि ट्राउजर, ज्याकेट, र ब्ल्यांकेट तथा बच्चाहरूका लागि स्विटर वितरण गरिएको जानकारी दिइन् ।   यस्तै थ्री एन्जेल नेपालले ६० पिस ब्ल्यांकेट सहयोग गरेको छ ।  सहयोग कार्यक्रममा अध्यक्ष बानियाँसहित जनप्रतिनिहरू आशिष भण्डारी, बलराम पौडेल र सेतीमाया गुरुङले सहयोग सामाग्री हस्तान्तरण गरेका थिए भने, सहयोगी संस्थाका प्रतिनिधिहरू उपस्थित भएका थिए । 

तनहुँ: अती दुर्लभ मानिने हिमचितुवाको तस्वीरबाट अन्तराष्ट्रिय बन्यजन्तु तथा बातावरण क्षेत्रमा चर्चित नेपालका वाइल्डलाइफ फोटोग्राफर टासी आर घले फोटोग्राफरहरुकै संस्था फाटोग्राफर संघ गण्डकीद्धारा सम्मानित भएका छन । बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय फोटोग्राफी पुरस्कार र सम्मान पाई सकेका चर्चित ब्यक्तित्व घलेलाई ब्यास न.पा. तनहुँको तनहँुसुरमा गण्डकी फोटोग्राफर संघ गण्डकीको आयोजनामा भएको सम्मान कार्यक्रममा  संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेलले दोसल्ला ओढाई सम्मान पत्र सहित सम्मान गरेका छन ।  कार्यक्रममा टासी आर घलेले दुर्लभ बन्य जन्तु त्यसमाथी पनि अत्यन्त कठिन हिमाली क्षेत्रमा रहने हिउचितुवाको तस्वीर खिच्नका लागी  एक फोटोग्राफरका नाताले गरेका संघर्ष र त्यसबाट पाएको उपलब्धी बारे चर्चा गरेका थिए । ब्यास न.पा. तनहुँको तनहँुसुर देवस्थल सामुदायिक होमस्टेमा भएको सो कार्यक्रममा गण्डकी प्रदेशका बिभिन्न जिल्लाका फोटोग्राफरहरुको उपस्थिती रहेको थियो । स्थानिय ब्यवस्थापन  फोटोग्राफर एसोसियसन तनहुँले गरेको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव तुलसीराम सुबेदीले गरेका थिए । फोटोग्राफर संघ गण्डकीको आयोजनामा भएको सो कार्यक्रममा उपस्थित सहभागीहरुले तनहुसूर ऐतिहासिक दरबार, गढी र सहिदस्मारक पार्क लगायत पुरानो हटिया बजारको बदलिदो स्वरुपबारे पनि अवलोकन गरेका थिए । सोही दिन तनहू फोटोग्राफर एसोशियसनले आयोजना गरेको फोटोग्राफरहरुका लागि फोटोपत्रकारिता प्रशिक्षण कार्यक्रम पनि सञ्चालन भएको थियो । गण्डकी प्रदेशका लमजुड., मनाड., पर्वत, कास्की र तनहुका फोटोग्राफरहरु संलग्न रहेको सो फोटोग्राफरका लागि फोटोपत्रकारिता तालिम कार्यक्रममा पत्रकार घनश्याम पौडेलले प्रशिक्षण दिएका थिए । साथै नेपाल फोटोपत्रकार संघ कास्कीका अध्यक्ष समेत रहेका फोटोग्राफर संघ गण्डकीका अध्यक्ष दुर्गा प्रसाद पौडेलले समेत आफ्रनो फोटोपत्रकारिताका अनुभव आदनप्रदान गरेका थिए । २ दिन संम्म चलेको सो कार्यक्रममा अन्य सम्मानका कार्यक्रम लगायत यस क्षेत्रका फोटोग्राफरहरुलाई आगामी दिनमा आफ्नो पेशा तथा ब्यक्तित्व बिकासमा के कसो गर्न सकिन्छ भन्ने बारेमा समेत छलफल भएको थियो ।  स्थानिय तनहूसुरको देवस्थल सामुदायिक होमस्टे र त्यसले गाउलेमा पारेको  प्रभावबारे होमस्टेका अध्यक्ष मदन आलेले प्रकास पार्दै होमस्टे सञ्चालन अगाडी गाउघरको सरसफाई र चेतनामा होमस्टे सञ्चालन पछि आएको परिर्वतनले धेरै प्रभाव पारेको बताएका थिए । कार्यक्रममा लमजुड. फोटोग्राफर संघका अध्यक्ष मिलन शर्मा दनाइ, मनाङ फोटोग्राफर संघका अध्यक्ष नविन लामिछाने अंकुर, पर्वत फोटोग्राफर संघका अध्यक्ष नारायण बहादुर के सी, पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोख्रेल, फोटोग्राफर एशोशियशन तनहुँका अध्यक्ष आलोक कुमाल, मिराज विडिड. फोटोग्राफी एवार्डका संस्थापक भक्त तामाड. साथै स्थानिय कार्यक्रम ब्यावस्थापक तथा  तनहू फोटोग्राफर संघका भूपू अध्यक्ष बलभद्र श्रेष्ठ, फोटोग्राफर एशोशियशन तनहुँका सल्लाहकार कुमारमोहन श्रेष्ठ  लगायतले आफनो मन्तब्य राखेका थिए । सोहि कार्यक्रममा तनहू फोटोग्राफर एशोसियसनले तनहूका अग्रज फोटोग्राफर बालकृष्ण श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गरेको थियो ।

पोखरा:  पोखराको अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवको दशौं दिन सम्म आइपुग्दा १ लाख ७० हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेका छनभने ७ करोड बरावरको कारोवार भएको छ ।  महोत्सवमा आउने अधिकांश दर्शकहरुले स्टलमा राखिएका सामाग्री किनमेल गर्नेको समेत घुइचो बढेको हो । स्टलमा राखिएका विशेष गरी जाडो यामका लत्ता कपडा संगै घरायसी सामाग्रीहरु किनमेल गर्नेहरुको घुइचो बढेको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।    महोत्सवको दशौं दिन चर्चित दोहोरी गायक आलिफ खानको एकल र दोहोरी मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिएभने खान संगै जीवन दाहाल, शिवहरी ढुंगाना, रेशम निर्दोश, ज्योती लोहोनी, कमला गैरे, चिना थापा लगायतको प्रस्तुती मार्फत दर्शकहरुले मनोरन्जन लिएका थिए ।  त्यसैगरी महोत्सवमा हास्य प्रहसन तर्फ राजेन्द्र गिरी जादुगर गुन्द्रुके र मुना गिरीको प्रहसन र २३ इन्चका मनोज गोर्खालीको नृत्यले दर्शकहरुको मन जित्न सफल भएको थियोभने सांझको लाइभ कन्सर्टमा अनुप्रस्थाको प्रस्तुुती मार्फत युवाहरुले भरपुर मनोरन्जन लिएको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।  महोत्सवमा शनिवार लोकदोहोरी तर्फ चर्चित लोकदोहोरी गायक रामजी खाँड, जीवन दाहाल, शिवहरी ढुंगाना, कृष्ण अखेली, सुदीप क्षेत्री, घनश्याम रिजाल, सुमन खड्का, सविना गुरुङ, माया केसी, पुजा गुरुङको प्रस्तुती रहनेछभने कार्यक्रमको सञ्चालन नेत्रपाणी बास्तोलाले गर्नेछन । त्यसैगरी महोत्सवमा शनिवार पुरुषोत्तम भण्डारी (पुर्खे बा) को हास्य ब्यंग्य प्रहसन र सांझको लाइभ ब्याण्डमा भिटेनको प्रस्तुती रहने छ ।   

पोखरा:  पोखरा २५ हेमजा स्थित बाबियातारामा मानवसेवा आश्रमको भवन निर्माण गर्न माघ २० देखि २७ गतेसम्म महायज्ञ हुने भएको छ । निर्माणाधिन अवस्थामा रहेको भवन निर्माणका लागि रकम अभाव हुने भएपछि महायज्ञ गर्न लागिएको शुक्रबार पत्रकार सम्मलेन मार्फत जानकारी गराइएको हो ।  मानव सेवा आश्रमको भवन निर्माण सँगै लक्ष्मी नारायण मन्दिर निर्माण सम्पन्न गर्न र आश्रमको अक्षयकोष श्रीवृद्धि गर्ने उद्देश्यका साथ मानवसेवा आश्रमले महायज्ञको आयोजना गर्न लागेको मानवसेवा आश्रमका परिकल्पनाकार रामजी अधिकारीले बताए ।  ‘पोखरामा बन्दै गरेको मानवसेवा आश्रमको निर्माणका लागि केही रकम अपुग हुने भएपछि हामीले महायज्ञको आयोजना गर्न लागेका हौं । यसअघि नेपथ्य लाइभ कन्सर्टको समेत आयोजना गरिएको यहाँहरुलाई विदितै छ । लक्ष्मी नारायण मन्दिरको निर्माण कार्य सम्पन्न गर्नेदेखि आश्रमको अक्षयकोष श्रीवृद्धिमा समेत यो कार्यक्रमबाट मदत पुग्ने विश्वास लिएका छौं ।’,उनले भने ।  जन्मिएर सामान्य न्युनतम मानवअधिकार प्राप्त गर्न नसकी खुला आकाशमुनि, सडकपेटी एवं सार्वजनिक स्थलमा अत्यन्त कष्टपूर्ण जीवनयापन गरिरहेका र आफ्ना लागि आफैँले केही गर्न नसक्ने अवस्थाका मानवको उद्धार, पालन पोषण र संरक्षण गर्दै मानव सेवा आश्रमले सेवा प्रवाह गरिरहेको उनले बताए । असहाय र अशक्तहरुको सेवामा नमूना काम गर्दै आएको आश्रमको भवन निर्माणका लागि आर्थिक जोहोका साथै उनीहरुको पालनपोषणमा सहयोग पुगोस् भन्ने हेतुले श्रीमद् भागवत् ज्ञानविज्ञान महायज्ञ २०७९ गर्न लागिएको उनले उल्लेख गरे ।  महायज्ञमा कमलनयन गौतमले कथावाचन गर्ने छन् । महायज्ञमा नियमित रुपमा बिहान ७ बजेदेखि पूजा एवं पाठपारायण, ११ बजे देखि ४ बजेसम्म कथावाचन, ४ः१५ बजे आरती, साँढे ४ बजे प्रसादग्रहण तथा ७ बजेदेखि ९ बजेसम्म सन्ध्याकालीन भजन प्रस्तुत हुनेछ । महायज्ञ अन्तर्गत २६ गते भने लक्ष्यवर्ती दीप प्रज्ज्वलन गरिने आयोजकले जानकारी गराएको छ ।  मानवसेवा आश्रमको भवन निर्माणलाई सम्पन्न गर्न सरकारी निकायबाट समेत सहयोग मिलेको छ । स्थानीय, प्रदेश र संघ सरकारको सहयोगबाट नै आफुहरुले भवन निर्माणको कार्यलाई अगाडि बढाएको अभिव्यक्ति अधिकारीको छ । तर दिर्घकालिन सोचअनुसारको योजना बनाउँदै थप परिस्कृत रुपमा मानवसेवा आश्रम अगाडि बढीरहेको उनले बताए ।  मानव सेवा आश्रमको संचालनमा ४० प्रतिशत अपनत्व सरकारको छ भने बाँकी सहयोगी मनहरुको रहेको जानकारी उनले गराएका छन् । ७० प्रतिशत अधिकार सरकारले लिएर बाँकी ३० प्रतिशत अधिकार सहयोगी मनहरुलाई सुम्पिने लक्ष्य मानव सेवा आश्रमको छ ।  अधिकारीका अनुसार मानव सेवा आश्रमले पोखरामा बन्दै गरेको भवन जस्तै अन्य १५ जिल्लामा समेत निर्माण गरिरहेको छ । आर्थिक मन्दी भएता पनि महायज्ञलाई सफल पार्न सम्पूर्ण पोखरेलीहरुले सहयोग गर्नेमा उनी आशावादी देखिन्छन् ।  मानव सेवा आश्रमले अहिलेसम्म सहयोगी दाताहरुको सहयोगबाट नै खर्च व्यवस्थापन गरिरहेको जानकारी उनले गराए ।  पोखरा २५ का वडाध्यक्ष मोती तिमिल्सिनाले मानवसेवा सँग समर्पित भएको मानवसेवा आश्रम आफ्नो वडामा स्थापना भएको देख्दा खुशी लागेको बताए । महायज्ञ होस् या मानव सेवा आश्रम संचालनमा परेका समस्याहरुलाई समाधान गर्ने गरी आफु लाग्ने प्रतिबद्धता उनको छ ।  कथावाचक कमल नयन गौतमले सरकारको मात्रै भर पर्नुभन्दा आफु पनि सामाजिक सेवा सक्रिय भए पुण्य मिल्ने बताए । उनले सेवाको सन्देश प्रवाह गर्न मानव सेवा आश्रमले महत्वपूर्ण भुमिका खेलेको उल्लेख गरे ।  मानवसेवा आश्रम विगत १ दशकदेखि सामान्य अभिभावकत्वसमेत नपाई जीवन नै जोखिममा रहेका, सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अभिभावकविहिन) सडक मानवको मानवोचित व्यवस्थापनका साथै औषधोपचार र जीवन रक्षाका लागि सेवा गर्दै आएको संस्था हो । यसरी आश्रमले संरक्षणमा रहेका व्यक्तिहरुलाई औषधोपचारपछि परिवार पहिचान भएमा पुनःमिलनसमेत गराउँदै आएको छ । हाल आश्रमले मुलुकभरबाट झण्डै आठ हजार सडक आश्रित मानवको उद्दार गरिसकेको छ । त्यसमध्ये एक हजारलाई पुन परिवारमा मिलन गराउन सफल भएको छ । पोखरा आश्रमले मात्र एक हजार जनाको उद्दार गरिसकेको जानकारी मानव सेवा आश्रमले गराएको छ । छोरेपाटन स्थित सेवा केन्द्र र हेमजा स्थित सेवा केन्द्रमा गरि १६३ जना सडकआश्रित मानवहरुले सेवा प्राप्त गरिरहेका छन् ।  मानव सेवा आश्रमको भवन निर्माणमा हालसम्म ५ करोड खर्च भइसकेको र अब ४ करोड लाग्ने अनुमान गरिएको छ । हालसम्म पहिलो तल्लाको निर्माण पुराहुने चरणमा छ । अब भोजनका लागि डाईनिङ हल, स्टोर, भवनको दोस्रो, तेस्रो तल्लाको निर्माण, लिफ्ट, आँगन, कम्पाउन्ड, मेडिकल, थेरापि कक्ष निर्माण हुन बाँकी छ । 

काठमाडौँ:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा देशलाई केही दिने गरी काम हुने बताउनुभएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आयोजना गरेको २९औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्रीले तेस्रो कार्यकालमा विदेशमा रहेका नेपालीहरूको हितलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, “म दोस्रोपटक प्रधानमन्त्री हुँदा विदेशमा रहेका नेपालीको हितका पक्षमा केही महत्वपूर्ण काम गरेको थिएँ । विदेशमा रहेका नेपालीहरूको बीमा, श्रम स्वीकृति, क्षतिपूर्तिको रकममा वृद्धिलगायत महत्वपूर्ण काम भएका थिए । यसपटक विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राखेर थप काम गर्नेछु, म त्यो गर्छु ।” प्रधानमन्त्रीले आफ्नो तेस्रो कार्यकाल मुलुकको विकास, समृद्धि र सुशासनका निम्ति चुनौतीपूर्ण अवसर भएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “देशलाई केही दिनैपर्ने परिस्थितिमा प्रधानमन्त्री भएको छु, देशलाई केही न केही परिणाम दिनुछ र दिन्छु ।” प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेको भन्दै त्यसतर्फ विशेष ध्यान दिन व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अघिल्लो वर्ष वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेका समाचार मैले सुनेको छु । यो व्यवसाय संवेदनशील छ । यसलाई व्यवस्थित र मर्यादित बनाउनैपर्छ । यसभित्र थुप्रै विकृति र विसङ्गति छन्, त्यसको अन्त्य गर्नुपर्छ । मेरो विश्वास छ, सरकारको प्रयासमा तपाइँहरूको सा हुनेछ ।” कार्यक्रमका सहभागीले वैदेशिक रोजगारीमा रहेका समस्या, विकृति तथा विसङ्गतिको अन्त्य गर्दै मर्यादित व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।।

सुर्खेत:  कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले संविधानलाई कागजको खोस्टो बनाइरहेको टिप्पणी गरेका छन् ।   मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिनेबारेको सैद्धान्तिक छलफलमा शाहीले यस्तो बताएका हुन् । साथै उनले हामी सवै संविधानको विपरित हिँडिरहेको भन्दै आक्रोश समेत पोखे । उनले प्रश्न गरे, ‘ प्रदेशमा एउटा मन्त्री बनाउन पनि केन्द्रको मुख ताक्ने भए प्रदेश आवाश्यक हो वा होइन ?’ साथै उनले यही तरिकाले अघि बढ्ने हो भने संघीयताको अर्थ नरहेको टिप्पणी समेत गरे ।  साथै केन्द्रमा कांग्रेसले विश्वासको मत दिएपनि प्रदेशमा नदिने बताए ।  ‘विश्वासको मत दिन मन छ , तर म बस्ने सीट अगाडि विपक्षी दल लेखिएको छ । यस्तो अवस्थामा मैले विश्वासको मत दिनुको के अर्थ ?’ उनले भने, ‘मैले विश्वासको मत दिन त्यो लेखिएको वस्तु झिक्नुपर्छ ।’ साथै उनले मुख्यमन्त्री शर्माले मागेको विश्वासको मतको मन्तव्य गतिलो नभएको भन्दै सल्लाहकार राम्रो राख्न सुझाव समेत दिए ।  ‘मुख्यमन्त्री ज्यूले विश्वासको मत माग्नुभएको हो की नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो, म अलमलमा परेँ,’ उनले भने ।

काठमाडौैं:   नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने तयारी गरेको छ । यादवलाई उप सभामुखको उम्मेदवार बनाउन लागिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । सभापति शेरबहादुर देउवा निवासमा शुक्रबार विहान बसेको शीर्ष नेताहरुको बैठकले यादवको नाममा सहमति गरेको थियो । धनुषाकी यादव समानुपातिक सांसद हुन् । १४ औं महाधिवेशनमा यादवले केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएकी थिइन् । संसद सचिवालयले उपसभामुखको मनोनयन दर्ता गर्ने समय शुक्रबार तोकेको छ।  उपसभामुखको चुनाव भोलि हुँदैछ । यसअघि कांग्रेसले सभामुखमा ईश्वरी न्‍यौपानेलाई उम्‍मेदवार बनाएको थियो ।