बागलुङ: हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो । लोकमार्गमा बाक्ल...

काठमाडौं:  उपप्रधान एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देन र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । उर्जा जलस्रोत  तथा सिँचाइ मन्त्रालयमा आज शुक्रवार भएको भेटमा उहाँहरूबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो । बेलायत नेपालको सबैभन्दा भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री लिङ्देनले बेलायतले सङ्कट र प्रकोपको समयमा महत्त्वपूर्ण सहयोग गरेको स्मरण गर्नुभयो। त्यस अवसरमा राजदूत पोलिटले नेपालको ऊर्जा खपतमा सहयोग गर्न बेलायत सरकार इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि ऊर्जा मन्त्रालयसँगको सहकार्यलाई अझै बिस्तार गर्ने बताउनुभयो । नवीकरणीय ऊर्जा उत्पादन तथा विधुत व्यापारमा पनि सहजीकरण गर्न बेलायत सरकार तयार रहेको राजदूत पोलिटले बताउनुभयो । ऊर्जा क्षेत्रका निकायको संस्थागत सबलीकरणमा पनि सहयोग गरिरहेको उहाँले उल्लेख गर्नुभयो । अहिलेको सरकारको प्राथमिकता राष्ट्रिय एकता, शुसासन र सेवा प्रवाह भएको उल्लेख गर्दै उपप्रधानमन्त्री लिङ्देनले त्यसमा बेलायत सरकारको पूर्ण सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । फरक प्रसंगमा उपप्रधानमन्त्री लिङ्देनले भूपू व्रिटीश गोर्खा सैनिकको समस्या समाधानका लागि राजदूत पोलिटसमक्ष आग्रह गर्नुभयो । 

सुनसरी:  सुनसरीको इटहरीमा शुक्रबार सार्वजनिक सडक र जग्गा ओगटेर बनाएका संरचना भत्काइएको छ।    यसअघि इटहरी उपमहानगरपालिकाले संरचना हटाउन पटक पटक सूचना जारी गरे पनि चासो नदेखाएपछि भवन भत्काइएको उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले बताउनुभयो ।

काठमाडौं:  नेपाल टेनिस संघको आयोजनामा जे ६० काठमाडौं आईटीएफ जुनियर टेनिस च्याम्पियनसिपअन्तर्गत सर्किट–१ सोमबारदेखि हुने भएको छ। यु–१८ उमेरसमूहको प्रतियोगितामा ब्वाइजतर्फ ८ तथा गल्र्समा ७ राष्ट्रको सहभागिता रहने आयोजक संघका सदस्य समेत रहेका प्रतियोगिताका निर्देशक अजय विष्टले जनाएका छन्।  ब्वाइजरगल्र्समा दुवैमा समान ६४–६४ खेलाडी रहेकाले दुवै समूहमा समान ३२–३२ खेलाडीको ‘मेन ड्र’ का लागि शनिबार र आइतबार छनोट खेल खेलाइने छ। छनोटको ब्वाइजमा नेपालबाट ९, भियतनाम, चाइनिज ताइपेइ, चीन र दक्षिण कोरियाबाट समान ३–३, अमेरिका र हङकङबाट समान २–२ तथा भारतबाट ३९ खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।  गल्र्समा नेपालबाट ९, हङकङ, बेल्जियम, रुस र थाइल्यान्डबाट १–१, मंगोलियाबाट २ र भारतबाट ४९ खेलाडी सहभागी हुने छन्। प्रतियोगिताअन्तर्गत सर्किट २ फेब्रुअरी ६ देखि ११ तारिखसम्म हुनेछ। खेलहरू सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ। प्रतियोगिता सञ्चालन गर्न करिब १२ लाख खर्च हुने आयोजकले जनाएको छ।

पोखरा:     जिल्ला प्रहरी ट्राफिक कार्यालय कास्कीले सवारी दुर्घटना न्यूनिकरण गर्न स्कुल बसलाई चेकिङ गर्न थालेको छ ।  पोखराको बजारभित्र सञ्चालन भएको स्कुल बसहरुमा क्षमता भन्दा बढी विद्यार्थीहरु राखेको पाइएपछि स्कुल बसहरुलाई चेकिङ गर्न थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए ।  १४१ वटा बस चेकिङ गरिएको थियो । पाठकले भने, ‘११७ वटा बसमा गल्ति भेटिएको छ । ७ वटा बस कारवाहीमा परेका छन् ।’ ‘पोखरा भित्र रहेका स्कुल बसहरुले ट्राफिक नियम पालना नगरेको व्याकप गुनासो आएपछि अनुगमनलाई तिव्रता दिएका छौं, पाठकले भने, ‘अनुगमनको क्रममा स्कुल बसमा क्षमता भन्दा बढी विद्यार्थीहरु राखेको पाएका छौं ।’  ‘स्कुल बसका चालकहरुले लाइन्सेस देखि बसको कागजपत्रहरु समेत साथमा नराखेको पाइएको छ । सम्बन्धित विद्यालयलाई पत्र काटेर यसलाई नियन्त्रण गर्न छलफल गरेर कारवाहीको प्रक्रिया अगाडी बढाउँछौं ।’ पाठकले भने ।  बुधबारदेखि स्कुल बसहरुलाई बढी चेकिङ गर्न सुरु गरेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।

काठमाडौं:  राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै सो जानकारी दिएको हो।  निर्वाचन प्रयोजनका लागि राष्ट्रिय सभाको अर्को बैठक माघ २३ गते दिनको १२ बजे बस्नेछ। 

काठमाडौं: सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा आजै फैसला सुनाउने तयारी गरेको छ । संवैधानिक इजलासका पाँचै जना न्यायाधीशहरु खाजापछि छलफलमा जुटेका हुन् । ‘एक त खाजा समयअघि नै सुनुवाइ सकिएर इजलास उठेको छ, अर्कोतर्फ मगाउनुपर्ने कागजात र बहसनोट केही बाँकी छैन’ सर्वोच्च अदालत स्रोतले भन्यो, ‘संवैधानिक इजलासका सबै न्यायाधीश छलफलमा जुटेकाले केही न केही आउँछ ।’ स्रोतले भन्यो, ‘विस्तृत नआए पनि संक्षिप्त आदेश र ठहरको व्यहोरा सहितको निर्णय सर्वाजनिक हुनेछ ।’ गत बुधबारदेखि सुरु भएको अन्तिम सुनुवाइ त्यो दिन नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको हो र आज सुनुवाइ पूरा भएको छ । सर्वोच्च अदालतमा गत बुधबार नै सबै लिखित जवाफ, बहसनोट र लामिछानेको नागरिकता छानबिनका कागजात पेश भइसकेको छ ।

काठमाडौं:  चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले सर्वोच्च अदालतमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ । सर्वोच्चमा आज (शुक्रबार)देखि सञ्चालनमा आएको हेल्थ डेस्कको उद्घाटन अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र अस्पतालका प्रमुख डा.भूपेन्द्रकुमार बस्नेतले गर्नुभएको हो । डा। बस्नेतले मुख्य रजिष्ट्रार कुँवरको स्वास्थ्य जाँच गरी हेल्थ डेस्क सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार हेल्थ डेस्क हप्ताको तीन दिन (आइतबार, मङ्गलबार र बिहीबार) बिहान १० देखि २ बजेसम्म सञ्चालन हुनेछ ।

पोखरा:   माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ । अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो ।                                                                                                                                                                                                                                                                                                                                       “जनवरी महिना पर्यटनका हिसाबले अफसिजन हो, फेब्रुअरी र मार्च सिजन भएकाले पर्यटकले बुकिङ गरेका थिए । तर विमान दुर्घटनापछि बुकिङ रद्द हुन थालेक छन्”, रेवान पोखराका अध्यक्ष एवम् होटल माउण्ट कैलाशका सञ्चालक नरेश भट्टराईले जानकारी दिनुभयो ।  “अहिले झण्डै ४० प्रतिशत बुकिङ रद्द गर्दै २० प्रतिशतमा झरेको छ, अझै रद्द गर्ने क्रम जारी छ”, उहाँले भन्नुभयो । हवाई दुर्घटनाको असरले गर्दा उडानका लागि मानसिकरुपमा तयार हुन नसक्नु, सडक पूर्वाधार व्यवस्थित र सहज नहुनु जस्ता कारणले पर्यटक घटेको उहाँको भनाइ छ । यतिबेला पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले पनि बुकिङ रद्द गर्न थालेका छन् । होटल सरोवरका सञ्चालक प्रतीक पहारीले पछिल्लो समय आन्तरिक पर्यटकको आगमन उल्लेख्य देखिएकोमा विमान दुर्घटनापछि यो सङ्ख्या घटेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “विमान दुर्घटनापछि मानिसहरु मानसिकरुपमा घुम्न तयार छैनन्, कति कार्यक्रम लागि बुकिङ भएका थिए तर बुकिङ रद्द भइरहेका छन् ।” उहाँका अनुसार होटल सरोवरमा  जनवरीमा ६० र फेब्रुअरीमा ७० प्रतिशत कार्यक्रम बुकिङ भएका थिए, अहिले २० प्रतिशतमा झरेको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले विमानस्थल सञ्चालनसँगै उत्साहित भएका पर्यटन व्यवसायी माघ १ को घटनापछि भावात्मक र व्यावसायिकरुपमा समेत दुखी भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिले पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ । पर्यटकीय सिजनका लागि बुकिङ गरिएका कतिपय होटलमा बुकिङ रद्द भइरहेका छन् ।” उहाँले हवाई उडान सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउनुपर्ने साथै सडक पूर्वाधारमा पनि राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले विमान दुर्घटना हुनु अघिल्लो दिनसम्म लेकसाइडका होटलमा ३०÷४० प्रतिशत बुकिङ रहेको दुर्घटनापछि झरेर १०÷१५ प्रतिशतमा पुगेको बताउनुभयो । “ विस्तारै चलायमान हुँदै गरेको पर्यटन क्षेत्र जहाज दुर्घटनापछि पुनः सुस्ताएको छ । सडक पूर्वाधार राम्रो छैन त्यसैले अधिकांशले हवाईमार्ग प्रयोग गरेर घुम्न आउने गर्थे दुर्घटनासँगै हवाई मार्ग प्रयोग गर्न पर्यटक तयार देखिएका छैनन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार लेकसाइड र ड्याम साइडमा पर्यटकीयस्तरका सात सय र पोखरा आसपास गरी १२ सय पर्यटकीयस्तरका होटल छन् । जहाज दुर्घटनाको असर पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा पनि देखिएको छ । सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले सङ्ग्रहालयमा दैनिक सिजनको बेला १५ सयदेखि दुई हजार आन्तरिक, बाह्य, विद्यार्थी अवलोकनका लागि आउने गरेको  र सामान्य अवस्थामा पनि पाँचसयको हाराहारीमा आउने गरेको तथ्याङ्क अहिले घटेको जानकारी दिनुभयो । उहाँले बाह्य पर्यटक नआए पनि आन्तरिक पोखरा र आसपासबाट आउने विद्यार्थी एवम् अन्य पर्यटक पनि नआएको उहाँको भनाइ छ । माघ १ मा काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको जहाज सेतीको खोंचमा दुर्घटना हुँदा जहाजमा सवार सबैको निधन भएको थियो ।

 काठमाडौं:  चालकहरुले आफ्नै पेट्रोलियम ट्यांकर चलाउन पाउनुपर्ने माग नेपाल पेट्रोलियम ट्यांकर चालक संघले  राखेको छ । शुक्रबार काठमाडौंमा आयोजित नेपाल पेट्रोलियम ट्यांकर चालक संघको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै संघका अध्यक्ष ईश्वर लामाले चालकहरुले आफ्नै ट्यांकर चलाउन पाउनुपर्ने माग राखेका हुन् । उनले सधैँ परनिर्भर हुनुभन्दा भविष्यमा आत्मनिर्भर हुनुपर्ने भएकाले आफ्नै ट्यांकर चलाउन पाउनुपर्ने माग आफूहरुले राखेको बताए । देशभर १ हजार ९०० जना पेट्रोलियम ढुवानी गर्ने चालकहरु रहेको उल्लेख गर्दै उनले चालकहरुको भूमिका महत्वपूर्ण रहेको बताए । अध्यक्ष लामाले एकपटक चालकहरुका लागि कन्ट्याक्ट नामसारी खुलाइदिन पनि माग गरे । उनले आफूहरुको माग सुनुवाइ नभएमा ३० दिनभित्र ट्यांकरको साँचो हस्तान्तरण गरेर आन्दोलनमा उत्रिने बताए । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले ट्यांकर चालकहरुको माग सम्बोधन गर्नका लागि विद्यमान ऐन, कानुनहरुमा संशोधन गर्न आवश्यक रहेको बताए  । उनले विनियमावलीमा भएका केही व्यवस्थाहरु समेत परिमार्जन गर्नुपर्ने अवस्था रहेकाले सम्बन्धित निकायहरुले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए । उनले भने, ‘यो विषयमा भएका विद्यमान ऐन, कानुनमा केही संशोधन गर्नुपर्ने अवस्था छ । विनियमावलीको केही व्यवस्था परिमार्जन गर्नुपर्ने अवस्था छ । त्यसको लागि आ–आफ्नो ठाउँबाट सबै जनाले पहल गर्नुहुनेछ भन्ने मैले अपेक्षा राखेको छु ।’ कार्यक्रममा सांसद राजन केसीले ट्यांकर चालकहरुको स्वरोजगार बन्न पाउनुपर्ने माग सम्बोधनका लागि निर्णय गराउन आफू लागिपर्ने बताए । उनले ट्यांकर चालकहरुको पेशा मर्यादित पेशा भएको भन्दै आफूमा हिनताबोध नराखी काम गर्न चालकहरुलाई आग्रह गरे । कार्यक्रमका बीच नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र बिहार ट्यांकर चालक उपचालक संघका बीचमा आपसी सहयोग आदान–प्रदान गर्नेगरी ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।