पोखराः ‘१७ औं प्याब्सन स्पोर्टस मिट’को उपाधि टप्स माविले जितेको छ । निजि विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीद्वारा आयोजित प्याब्सन स्पोर्टस मिटमा सर्वाधिक पदक जितेर टप्स च्याम्पियन हुँदै उपाधि जितेको हो । यो सहित प्याब्सन स्पोर्टस मिटमा लगातार ६ पटक च्याम्पियन हुँदै दोश्रो पटक ट्रफी माथि कब्जा जमाएको छ । फुटबल गत मंसिर २० गते देखि सञ्चालन भएको १७ औं प्याब्सन स्पोर्टस मिटमा सम्पन्न मावि सिनियर फुटबलको उपाधि भने स्नो भ्यूले जितेको छ । पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा स्नो भ्यूले शान्तीदिप माविलाई १–० ले पराजित गर्दै उपाधि जितेको हो । टिमलाई उपाधि दिलाउन ६३ औं मिनेटमा दृष्य पुनले एक मात्र गोल गरे । उनी सिनियरतर्फको उत्कृष्ट खेलाडी घोषित भए । मावि सिनियरतर्फको फुटबलमा मेरी गोल्ड मावि तेश्रो भएको छ । मेरी गोल्डले बालोदयलाई २–१ गोलले पराजित गर्दै तेश्रो भएको हो । मेरी गोल्डका लागि मिलन फगामी र गणेश भट्टचनले गोल गरे भने एक गोल नारायण गिरीले बालोदयका लागि फर्काए । त्यस्तै जुनियरतर्फ फुटबलको च्याम्पियन भने इडेन मावि भएको छ । इडेन र रेन्वो एकेडेमीका विच भएको फाइनलमा दुवै टिमले निर्धारित समयमा १–१ गोल गरे पछि खेलको नतिजा टाइ व्रेकरमा पुगेको थियो । निर्धारित इडेनका लागि सुभाष गुरुङ र रेन्वोका लागि अनुप पौडेलले गोल गरेका थिए । टाइब्रेकरमा ३–२ ले पराजित गर्दै इडेन च्याम्पियन बनेको प्याब्सन कास्कीले जनाएको छ । यसै गरी जुनियर तर्फ बेसलाईनले कुमुदिनीलाई १–० गोलले पराजित गर्दै तेश्रो स्थान हात पार्न सफल भयो । उक्त खेलमा बेसलाइनका लागि खालिद मियाँले गोल गरेका थिए । जुनियरतर्फ फुटबलमा इडेनका सुभाष गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । भलिबल छात्र प्याब्सन स्पोर्टस मिटमा बुधबार सम्पन्न छात्र माविको फाइनल खेलमा सिर्जना माविले न्यू मोडललाई २५–१८, २५–११, २३–२५ र २५–२२ ले खेल जित्दै उपाधि जितेको छ । त्यसै गरी कक्षा ११–१२ (प्लस टु) छात्रतर्फ गुरुकुल माविले फाइनल खेल जितेको छ । गुरुकुलले सिर्जनालाई २५–२१, २५–१८ र २५–२० को सोझो सेटमा पराजित गरेको थियो । मवि छात्रतर्फ न्यू मोडलका सुशान्त सिंह ठकुरी र छात्र मावितर्फ टप्सकी सम्पदा गुरुङ उत्कृष्ट खेलाडी घोषित भएका छन् । एथलेटिक्स स्पोर्टस मिट अन्तर्गत सम्पन्न भएको एथलेटिक्स मावि छात्रतर्फ टप्स मावि च्याम्पियन हुँदा बेथानी दोश्रो र लिटिल स्टेप मावि तेश्रो भएको छ । त्यसै गरी मावि छात्रातर्फ टप्स मावि प्रथम, बेसलाइन दोश्रो र प्रगती मावि तेश्रो भएको छ । एथलेटिक्स प्लस टुतर्फ प्रतिभा मावि प्रथम, स्नो भ्यू द्वितिय र सिर्जना मावि तृतिय भएका छन् । एथलेटिक्स छात्रतर्फ टप्सका ओमित गुरुङ उत्कृष्ट खेलाडी घोषित हुँदा छात्रातर्फ टप्सकै सविना खातुन मियाँ उत्कृष्ट बन्न सफल भइन् । बुधबार पोखरा रंगशालामा एथलेटिक्स ट्रयाक एण्ड फिल्डतर्फका खेलहरु सम्पन्न भएका छन् । मावि छात्रतर्फ १५०० मिटर दौडमा टप्सका ओमित गुरुङ पहिलो, लिटिल स्टेपका मिलन नेपाली दोश्रो र ढुङ्गे साँघु माविका सुमन गुरुङ तेश्रो भए । एथलेटिक्स ४०० मिटरतर्फ बेथानीका सुरज गुरुङ पहिलो, सिर्जनाका आयूष खड्का दोश्रो र विएमजीका स्वपनिल कार्की तेश्रो हुन सफल भए । मावि छात्रातर्फ ४०० मिटर दौडमा टप्सकी सविना खातुन मियाँ पहिलो, प्रगतीकी पृया सेवा दोश्रो र सगरमाथाकी अनुष्का अधिकारी तेश्रो भइन् । रिले १०० मिटर छात्रतर्फ टप्स मावि पहिलो, शान्तिदिप मावि दोश्रो र नेशनल इन्भेन्टिभ तेश्रो भएका छन् भने छात्रतर्फ टप्स, फिसटेल र सोसल पव्लिक बmमश पहिलो, दोश्रो र तेश्रो भएका छन् । विजयी खेलाडीहरुलाई प्याब्सनका राष्ट्रिय अध्यक्ष डिके ढुङ्गाना, केन्द्रिय सल्लाहाकार गणेशमान सिंह भण्डारी, केन्द्रिय उपाध्यक्ष द्वय बिर बहादुर बुढाथोकी र कृष्ण केसी, प्याब्सनका केन्द्रिय सदस्य प्रेम शर्मा लगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलको अध्यक्षतामा भएको समापन अवसरमा बोल्दै राष्ट्रिय अध्यक्ष ढुङ्गानाले नेपालको समग्र शिक्षाको विकासका लागि निजि विद्यालयहरुको भूमिका महत्वपूर्ण रहेको बताए । उनले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नै दक्ष जनशक्ती उत्पादन संगै सामुदायिक विद्यालयहरुको विकासमा समेत प्रेरणादायी भूमिका खेलेको दावी गरे । अध्यक्ष ढुङ्गानाले शिक्षा संगै खेलकुदको विकासका लागि नेपालमा खेलकुद विश्व विद्यालयको स्थापनका लागि समेत प्याव्सनको तर्फबाट सुझावहरु पेश गरिएको बताउँदै खेलकुद मार्फत समेत राष्ट्रिय पहिचान र व्यवसायिक खेलाडी उत्पादनमा समेत भूमिका रहेको बताए । सो अवसरमा १७ औं प्याब्सन स्पोर्टस मिटकी संयोजक उमा लामिछाने र प्याब्सन कास्कीका सचिव पूष्पराज पराजुलीले स्पोर्टस मिट सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । ७ औं प्याब्सन अन्तर्गत भलिवल छात्रातर्फ १९, छात्रतर्फ १८ टिम, टेवुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेवुल टेनिस छात्र डवल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता रहेको थियो । त्यसै गरी ट्रायक एण्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्टस्मा छात्रतर्फ ६५, छात्रातर्फ ५३ जनाको सहभागिता रहेको थियो । कक्षा ११–१२ प्लस टु अन्तर्गत एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालय र कक्षा ११–१२ छात्र भलिवलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता रहेको थियो । १७ औं प्याब्सन स्पोर्टस सञ्चालन गर्न करिव ५० लाख खर्च भएको कास्की प्याब्सनले जनाएको छ । प्याब्सन कास्कीमा कास्की जिल्लाका १ सय २ वटा निजी तथा आवासीय विद्यालयहरू सदस्यका रूपमा आवद्ध रहेका र संस्थामा आवद्ध विद्यालयहरूमा ७५ हजार भन्दा बढी विद्यार्थी र ७ हजार ३ सय भन्दा बढीको सङ्ख्यामा शिक्षक कर्मचारीहरू कार्यरत रहेको १७ औं प्याब्सन स्पोर्टस मिट प्रचार समितिका संयोजक डिल्लिराम अर्याले जानकारी दिए ।
काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको जनाएको छ। भारतीय प्रशिक्षक प्रभाकरले आजै बिहीबारबाट लागु हुने गरी राजीनामा दिएको क्यानले जनाएको छ। तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गत साउनमा क्यानले प्रभाकरलाई नियुक्त गरेको हो। क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको थियो ।
पोखरा: पोखरामा जारी ‘१७ औं प्याब्सन स्पोर्टस मिट २०७९’ अन्तर्गत मावि तह र प्लस टु (कक्षा ११–१२)तह जारी बास्केटबल र टेबुल टेनिसतर्फ फाइनल खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तर्गतनै भलिबल, फुटबल र एथलेटिक्सतर्फका फाइनल खेल बिहिबार सम्पन्न हुने प्याब्सन स्पोर्टस मिटकी संयोजक उमा लामिछानेले जानकारी दिएकी छन् । भलिबल, एथलेटिक्सतर्फका केही इभेन्ट र फुटबलको फाइनल खेल बिहिबार आयोजना हुने संयोजक लामिछानेले बताइन् । बिहिबार पोखरा रंगशालमा १७ औं प्याब्सन स्पोर्टस मिटको ट्रफी विजेता विद्यालयको समेत टुङ्गो लाग्ने संगै विजेता विद्यालयहरुलाई ट्रफी प्रदान गर्ने कार्यक्रम रहेको प्याब्सन कास्कीले जनाएको छ ।
पोखरा: फिफा विश्वकप कतार २०२२ को गोल्डेन बुट दौडमा लिओनेल मेस्सीले अग्रता लिएका छन् । फ्रान्सेली फरवार्ड किलीयन एमबाप्पेले लगातार दोस्रो खेलमा गोल गर्न नसक्दा फिफा विश्वकप कतार २०२२ को गोल्डेन बुट दौडमा लिओनेल मेस्सीले अग्रता लिएका हुन् । प्रतियोगिताको साविक विजेता फ्रान्स ६० वर्षपछि उपाधि रक्षा गर्ने कीर्तिमान बनाउने लक्ष्यमा छ । यससँगै फ्रान्सका व्यक्तिगत खेलाडी पनि अन्य अवार्ड जित्ने सुरमा छन् । गोल्डेन बुट र गोल्डेन बलका लागि फ्रान्स र अर्जेन्टिनाका खेलाडीलाई दावेदारको रुपमा हेरिएको छ । अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीसँगै युवा फरवार्ड किलियन एमबाप्पे र एन्टोइन ग्रिजमनको नाम यसका लागि चर्चामा छ । गोल्डेन बुटमा लिओनेल मेस्सी र किलियन एमबाप्पेबीच प्रतिस्पर्धा छ । दुवै खेलाडीले ५-५ गोल गरेका छन् । असिस्टको आधारमा लिओनेल मेस्सी सूचिको शीर्षस्थानमा छन् । फिफाको नियम अनुसार गोल्डेन बुट विजेताको निर्धारणमा दुई वा सो भन्दा बढी खेलाडीको समान गोल भएको अवस्थामा असिस्ट संख्या गणना हुनेछ । असिस्ट पनि बराबरी भए कम मिनेट खेल्ने खेलाडीले गोल्डेन बुट पाउनेछन् । हाल मेस्सीको ३ असिस्ट र एमबाप्पेको २ असिस्ट छ । मेस्सीले प्रतियोगिताको ६ खेल खेल्दा एक खेलमा मात्र गोल गर्न सकेका छैनन् । पहिलो खेलमा साउदीविरुद्ध गोल गरेका मेस्सीले दोस्रो खेलमा मेक्सिकोविरुद्ध १ गोल र १ असिस्ट दिएका थिए । तेस्रो खेलमा पोल्यान्डविरुद्ध उनले गोल गर्न सकेनन् । नकआउट चरणको सबै तीन खेलमा मेस्सीले गोल गरेका छन् । अष्ट्रेलियाविरुद्ध एक गोल गरेका मेस्सीले त्यसयता नेदरल्यान्ड्स र क्रोएसिया दुवै विरुद्ध १ गोल र १ असिस्ट दिएका छन् । यता फ्रान्सका फरवार्ड एमबाप्पेले भने ६ मध्य तीन खेलमा कुनै गोल र असिस्ट दिन सकेका छैनन् । नकआउट चरणको पछिल्लो दुई खेलमा उनी गोलविहिन नै छन् । पहिलो खेलमा अष्ट्रेलियाविरुद्ध १ गोल र १ असिस्ट दिएका उनले डेनमार्कविरुद्ध २ गोल गरे । पोल्यान्डविरुद्ध जितमा २ गोल र १ असिस्ट गरेका एमबाप्पे इंग्ल्यान्ड र मोरक्कोविरुद्ध भने गोल गर्न सकेनन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले प्राप्त गर्ने गोल्डेन बलमा खेलाडीको सबै प्रदर्शन हेरिन्छ । यसमा खेलाडीले आफ्नो टोलीका लागि गरेको योगदान मापन गरिन्छ । हालको अवस्थामा मेस्सी नै गोल्डेन बलको दावेदार रहेका छन् । मेस्सी सर्वाधिक असिस्टको सुचिमा पनि ग्रिजमनसँग बराबरीमा छन् । मेस्सी र ग्रिजमनसँगै पोर्चुगलका ब्रुनो फर्नान्डेस र इंग्ल्यान्डका ह्यारी केनले ३-३ असिस्ट दिएका छन् । केन र ब्रुनो प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
पोखराः साविक विजेता फ्रान्स लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार अल बेयत रंगशालामा भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० ले हराउँदै फ्रान्स उपाधि भिडन्तमा स्थान पक्का गर्न सफल भयो । फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले १-१ गोल गरे । खेलको सुरुवातमै अग्रता लिएको फ्रान्सले दोस्रो हाफमा वैकल्पिक खेलाडीमार्फत अर्को गोल थपेको थियो । साविक विजेता फ्रान्सले यस जितसँगै उपाधि रक्षाका लागि फाइनलमा अर्जेन्टिनासँग भिडन्त पक्का गरेको छ । खेलको सुरुवाती समयमा नै फ्रान्सले अग्रता लिएको थियो । मोरक्कोले खेलअघि मुख्य डिफेन्डर नाएफ अगुएर्डको साथ गुमाएको थियो भने २० मिनेट नबित्दै कप्तान रोमन साइसको साथ पनि निरन्तर पाउन सकेन । दुवै डिफेन्डर चोटका कारण बाहिरिनु परेको थियो । पछि परेको मोरक्कोले लगातार आक्रमण बुन्दा फ्रान्सले पनि केहि अवसर पाएको थियो । दोस्रो हाफमा मोरक्कोले पाएको अवसर पटक पटक सदुपयोग गर्न नसक्दा फ्रान्सले अग्रता कायम राख्यो । खेलाडी परिवर्तन गर्दै फ्रान्सले अग्रता दोब्बर पारेपछि मोरक्को खेलमा फर्कने सम्भावना पातलिएको थियो । अन्त्यसम्म पनि मोरक्कोले आक्रमणमा अवसरको सदुपयोग गर्न नसक्दा हार बेहोर्न पुग्यो । खेलको चौथो मिनेटमा हर्नान्डेजले फ्रान्सलाई अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डबाट आएको बललाई सुन्दर गोलमा परिणत गरे । गोलरक्षक यासिन बोनोसँग वन भर्सेस वनको स्थितिमा रहँदा उनले भलीमा गोल गरेका थिए । १७ औं मिनेटमा ओलिभिएर जिरुडको प्रहार पोस्टमा लागेर बाहिरिंदा फ्रान्स अग्रता दोब्बर पार्नबाट चुक्यो । ३५ औं मिनेटमा जिरुडले नै गोलरक्षक र डिफेन्डर पोजिसनमा नरहँदा बललाई पोस्टको दिशा दिन सकेनन् । पहिलो हाफको अन्तिम मिनेटमा मोरक्कोलाई खेल बराबरी गर्न पोस्टले छेक्यो । एल यामिकको एक्रोब्याटिक प्रहारमा गोलरक्षक लोरिस बिट भएपनि उक्त प्रहार पोस्टमा लागेर फर्केको थियो । दोस्रो हाफको ७९ औं मिनेटमा फ्रान्सले अग्रता दोब्बर पार्यो । रान्दल कोलो मुआनीले बेन्चबाट मैदान छिरेको एक मिनेट नबित्दै गोल गरे । किलीयन एमबाप्पेले पेनाल्टी क्षेत्र भित्र ४ डिफेन्डर बिट गर्दै गरेको प्रहार मुआनीको अघि आएपछि उनले पहिलो टचमै गोल गरे । फ्रान्सले अब उपाधि रक्षाको लागि फाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ । फाइनल आइतबार हुनेछ । एजेन्सीको सहयोगमा
हेम्जा: माछापुछ्रे गाउँपालिका माध्यमिक विद्यालय स्तरीय प्रतियोगिताको उपाधि माछापुछ्रे –४,लाहाचोकको महेन्द्र माध्यमिक विद्यालयले जितेको छ । पालिकाका ११ वटा विद्यालय सम्मिलित प्रतियोगितामा ११ स्वर्ण ५ रजत र ३ कास्य प्राप्त गरि उपाधि चुमेको छ । रनिङ शिल्ड संगै विद्यालयले नगद १५ हजार , पदक र प्रमाणपत्र प्राप्त गरेको छ । यता ४ स्वर्ण ३ रजत र ३ कास्या प्राप्त गरि माछापुछ्रे मा.वि दोस्रो भएको छ । उदय मा.विले ४ स्वर्ण २ रजत २ कास्याका साथ तेस्रो स्थान पाप्त गरेको छ । दास्रो र तेस्रो हुने विद्यालयले क्रमशः १० हजार र ७ हजार ५ सय रुपया पुरस्कार पाप्त गरेका छन् । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ यही मंसिर २५ गते देखि २७ गते सम्म मेहेन्द्र माध्यमिक विद्यालयको खेलमैदान लाहाचोकमा भएको थियो ।
काठमाडौंः गुरु/चेला लियोनल मेस्सी र जुलियन अल्भारेजले प्रभावशाली प्रदर्शन गरेपछि अर्जेन्टिना दोहाको लुसेल रंगशालामा क्रोएसियालाई ३-० ले हराएर छैटौंपल्ट फिफा विश्वकपको फाइनलमा पुगेको छ । लियोनल मेस्सीलाई फुटबलको सबैभन्दा प्रतिष्ठित उपाधि जित्ने सम्भवतः यो अन्तिम अवसर हो । उनको शानदार करिअरमा अहिलेसम्म यो सफलता मिलेको छैन । तर, म्यानचेस्टर सिटीका २२ वर्षीय स्ट्राइकर अल्भारेजको शीर्षस्तरमा शानदार प्रदर्शनले उनीहरुले आगामी आइतबार यही रंगशालामा फाइनल खेल्ने तय भएको छ । बुधबार हुने दोस्रो सेमिफाइनलमा साविक विजेता फ्रान्स र मोरक्को आमनेसामने हुनेछन् । अर्जेन्टिनी टिमका कान्छा स्ट्राइकर अल्भारेज सुरुवातमा ह्याम्स्ट्रिङको समस्यासँग संघर्ष गरिरहेका थिए । तर, ३४औं मिनेटमा क्रोएसियाली गोलरक्षक डोमिनिक लिभाकोभिचले उनलाई फल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पायो । लियोनल मेस्सीले गोल गरेपछि अर्जेन्टिनाले अग्रता बनायो । पाँच मिनेटपछि उनैले टिमको अग्रता दोब्बर बनाए र मेस्सीको हेडर पासमार्फत मध्यभागबाट बल लिएर अघि बढेका अल्भारेजले क्रोएसियाका तीन खेलाडीलाई छक्याउँदै आकर्षक गोल गरे । दोस्रो हाफमा सम्भव भएको तेस्रो गोल तुलनात्मक रुपमा अल्भारेजका लागि सहज थियो । किनभने मेस्सीले क्रोएसियाका सबैभन्दा उत्कृष्ट डिफेण्डरलाई विट गरी ब्याकपास दिएका थिए । उनले गोललाइन नजिकैबाट सहजै लक्ष्य भेट्टाए । अर्जेन्टिनाका लागि यो खेल क्रोएसियासँग उत्कृष्ट बदलासमेत रह्यो । सन् २०१८ को विश्वकप समूह चरणमा क्रोएसियाले अर्जेन्टिनालाई ३(० गोलले पराजित गरेको थियो । मेस्सीका लागि सन् २०१४ मा ब्राजिलको प्रतिष्ठित मराकाना रंगशालामा जर्मनीसँग फाइनलमा भोगेको निराशाको भर्पाई गर्ने अवसर आएको छ ।
पोखराः १७ औं प्याब्सन स्पोर्टस मिट २०७९ अन्तर्गत पोखरामा सिनियर, जुनियर मावितह र प्लस टु (कक्षा ११–१२) तर्फका विभिन्न खेलकुद प्रतियोगिताहरु जारी रहेका छन् । निजि विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीले आयोजना गरेको स्पोर्टस मिट अन्तर्गत मंगलबार सिनियर र जुनियरतर्फ फुटबल, भलिबल, बास्केबल, एथलेटिक्स र टेबुल टेनिसका खेलहरु जारी रहेको स्पोर्टस मिटकी संयोजक उमा लामिछानेले जनाएकी हुन् । केही खेलका सेमीफाइनल र फाइनलका खेलहरु बुधबार सञ्चालन हुने गरी कार्यक्रम तय गरिएको उनले बताइन् । भलिबल प्लस टु तर्फ सेमीफाइनलको समिकरण पुरा प्याब्सन कास्की अन्तर्गत जारी भलिबल खेलमा प्लस टु छात्रा तर्फ प्रतिभा र पश्चिमाञ्चल फाइनलमा प्रवेश गर्न सफल भएको भलिबलका संयोजक नबिन बरालले जनाएका छन् । त्यसै गरी तेश्रो स्थानका लागि करुणानिधि र गुरुकुल आमने सामने हुनेछन् । यस अघि प्रतिभाले करुणानिधिलाई र प्रतिभाले गुरुकुललाई समान २–० को सोझो सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए । यता मावितह छात्रा भलिबलको भने क्वाटरफाइनलको समिकरण पुरा भएको छ । आजको खेलमा रेन्वोले डायमण्डलाई २–१ ले, नेपाल आदर्शले स्टेपबाईस्टेपलाई २–१ ले, ताराकुञ्जले नेशनल इन्भेन्टिभलाई २–० ले, टप्सले धवलागिरीलाई २–० को सोझो सेटमा पाखा लगाउँदै सेमीफाइनलको यात्रा तय गरेका छन् । त्यसै गरी मावि छात्रतर्फको सेमीफाइनलमा निलगिरी, सृजना, न्यू मोडल र धवलागिरी प्रवेश गरेका छन् । आजको खेलमा निलगिरीले नेशनल इन्भेन्टिभलाइ २–०, सृजनाले विद्या निकेतनलाई २–० ले, न्यू मोडलले ताराकुञ्जलाई २–१ ले र धवलागिरीले ढुङ्गेसांघुलाई २–० को सोझो सेटमा पराजित गरेका थिए । बास्केबलको फाइनल खेल बुधबार हुने बास्केटबल प्लस टु छात्रातर्फको खेलमा प्रतिभा र भाष्कर उपाधिका लागि भिड्ने बास्केटबल खेलका संयोजक खिम गुरुङले बताएका छन् । यस अघि प्रतिभाले मेरीगोल्डलाई २८–९ र भाष्करले केफलाई २०–४ को स्कोरमा पराजित गरेका छन् । तेश्रो स्थानका लागि पराजित दुवै टिम भिड्ने छन् । इता छात्रतर्फ प्रतिभा र पारामाउण्ट फाइनलमा प्रतिष्पर्धा गर्नेछन् । यस अघि प्रतिभालो बाल कल्याणलाई ३८–२० र पारामाउण्टले पश्चिमाञ्चलाई ३०–२५ ले पराजित गर्दै फाइनल यात्रा शुरक्षित गरे । बास्केटबल छात्र–छात्रा दुवैतर्फको तेश्रो स्थान र फाइनल खेल बुधबार हुने संयोजक गुरुङले जानकारी दिए । एथलेटिक्स खेल जारी प्याब्सन स्पोर्टस मिट अन्तर्गत एथलेटिक्सका खेलहरु जारी रहेको संयोजक राम गुरुङले बताए । एथलेटिक्स प्लस टु छात्रातर्फ २०० मिटर दौडमा बाल कल्याणकी शुदिक्षा घले प्रथम, सृजनाकी अंशु विक द्वितिय र टप्सकी सम्झाना नेपाली तृतिय भएकी छन् । मावि छात्रा शटपुट तर्फ टप्सकी सम्पदा गुरुङ प्रथम, रेन्वोकी सृष्टि अर्मजा द्वितिय र फिसटेलकी कृष्टिना गुरुङ तृतिय भएका छन् । यस्तै हाइजम्प छात्रातर्फ टप्स सविना खातुन मिया प्रथम, बेसलाइनकी दृष्टि मास्के द्वितिय, स्नो भ्यूकी रिता रसाइली तृतिय भएका छन् । लङ्गजम्पतर्फ शान्ती निकुञ्जकी दिपशिखा रानामगर प्रथम हुँदा, बेसलाइनकी स्वस्तिका मल्ल द्वितिय र शिसुकल्याणकी तेजश्वी गुरुङ तृतिय बन्न सफल भइन् । प्लस टु छात्रतर्फ ८०० मिटर दौडमा केफका बिबेक परियार पहिलो, स्नो भ्यूका शुसन घिमिरे दोश्रो र सृजनाका हेमन्त गुरुङ तेश्रो भएका छन् । छात्र हाइजम्पमा एक्स आर्मीका जोल तामाङ पहिलो, मनकामनाका दिल बहादुर पुन दोश्रो हुँदा ग्लोबल कलेजियटका आनन्द घले र लिटिल स्टेपका निशान तामाङले तेश्रो स्थान प्राप्त गरे । टेबुल टेनिसका खेल सुरु प्याब्सन स्पोर्टस मिट अन्तर्गत नै मावितर्फ छात्र–छात्राको टेबुल टेनिस खेल सुरु भएका छन् । प्रतियोगिता अन्तर्गत आज सम्पन्न डवल्स छात्रातर्फ सिर्जनाले टप्स विरुद्ध तथा ग्लोवलले केफ संग सेमीफाइनलमा भिड्नेछन् । त्यस्तै छात्रतर्फ रेन्वोले ग्लोबल संग र नेशनल इन्भेन्टिभले सिर्जना संग सेमीफाइनलमा भेट पक्का गरेका छन् । सिंगल्सतर्फ भने पहिलो राउण्डका खेलहरु जारी रहेको प्याब्सन कास्कीले जनाएको छ । सेमीफाइनल र फाइनलका खेलहरु पोखरा रंगशाला टेबुल टेनिस कोर्टमा बुधबार सम्पन्न हुनेछन् । फुटबल सिनियर र जुनियरतर्फ क्वाटरफाइनल खेल सम्पन्न पोखराका विभिन्न खेल मैदानमा जारी सिनियर र जुनियर छात्र फुटबलमा क्वाटरफाइनलका समिकरण पुरा भएको प्रचार प्रसार समितिका संयोजक डिल्लिराम अर्यालले जानकारी दिएका छन् । आज जुनियरतर्फको खेल परिणामा भने रोचक बनेको छ । शान्तीदिप खेल मैदानमा भएको खेलमा दुई विद्यालयहरु खेलाडीको कारण प्रोटेष्ट लाग्दा खेलनै गुमाउन पुगेका छन् । प्रतियोगिताको न्यायिक समितिले छानविन पश्चात मेट्रोपोलिटान र भ्यू पोइन्टलाई कार्वाही गरेको छ । खेलमा मेट्रोपोलिटानले वेसलाइनलाई ३–१ ले पराजित गरेको थियो भने भ्यू पोइन्टले कुमुदिनीलाई २–० ले पराजित गरेको थियो । तर दुवै टिम विरुद्ध उजुरी परेपछि पराजित दुवै टिमले अन्तिम चारमा स्थान बनाएका छन् । यसै गरी रेन्वोले स्नो भ्यूले ५–० ले र इडेनले मनकामनालाई २–० ले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरे । त्यसै गरी सिनियर छात्रतर्फको खेल समेत क्वाटरफाइनलका समिकरण पुरा भएको छन् । अन्तिम चारमा स्थान बनाएको स्नो भ्यूले बालोदय सङ्ग र शान्ती दिपले मेरी गोल्ड संङ्ग भेट पक्का गरे । यस अघि स्नो भ्यूले बालविद्यालाई ३–१ गोल र बालोदयले शिसु कल्याल्याणलाई २–० ले पराजित गरेको प्याब्सनले जनाएको छ । प्रतियोगिता अन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीहरूका बिच छात्र–छात्रा भलिबल, छात्र–छात्रा बास्केटबल, छात्र तथा छात्रा एथलेटिक्स जस्ता इभेन्टहरूमा ७७१२ भन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्ने र दैनिक ११ हजारभन्दा बढी विद्यार्थी अभिभावक र अन्य दर्शकहरूले अवलोकन गर्ने प्यावसन कास्कीले जनाएको छ । प्रतियोगिता अन्तर्गत भलिवल छात्रातर्फ १९, छात्रतर्फ १८ टिम, टेवुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेवुल टेनिस छात्र डवल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता रहेको छ । त्यसै गरी ट्रायक एण्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्टस्मा छात्रतर्फ ६५, छात्रातर्फ ५३ जनाको सहभागिता हुने प्रतियोगिताकी संयोजक तथा प्याब्सन कास्कीका सचिव पुष्पराज पराजुलीले जानकारी दिएका छन् । कक्षा ११–१२ प्लस टु अन्तर्गत एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालयको सहभागिता रहेको छ । कक्षा ११–१२ छात्र भलिवलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता रहेको छ । १७ औं प्याब्सन स्पोर्टस सञ्चालन गर्न करिव ५० लाख खर्च हुने अनुमान रहेको कास्की प्याब्सनले जनाएको छ । प्याब्सन कास्कीमा कास्की जिल्लाका १ सय २ वटा निजी तथा आवासीय विद्यालयहरू सदस्यका रूपमा आवद्ध रहेका र संस्थामा आवद्ध विद्यालयहरूमा ७५ हजार भन्दा बढी विद्यार्थी र ७ हजार ३ सय भन्दा बढीको सङ्ख्यामा शिक्षक कर्मचारीहरू कार्यरत रहेको अध्यक्ष मथुरा प्रसाद पौडेलले बताए ।
पोखरा: स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद ” भन्ने मुल नाराका साथ माछापुछ्रे गाउँपालिकाको आयोजनामा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दास्रो दिन विभिन्न विदाका खेल सम्पन्न भएको छ । सोमबार भएको पहिलो खेल ज्यामलिङग छात्रा तर्फ प्रथम निष्पक्ष मा.वि कि मोनिका जौसी, द्धितिय उदय मा.वि कि बर्षा सुनार ,तृतिय शारदा मा.वि कि सलिना सुनार साथै छात्र तर्फ प्रथम अमृत भौजाकोटी, द्धितिय माछापुछ्रेमा.वि का निरान परियार ,तृतिय सुकलागण्डकीका अभिषेक नेपालीले जित हात पारेका छन् । ३००० मि. दौड छात्र तर्फ प्रथम शुकलागण्डकीका मनविर कार्की ,द्धितिय गौरीशंकर मनिलालका देव बहादुर क्षेत्री , तृतिय महेन्द्र मा.वि का रोहित सुनार भएका छन् । छात्रा तर्फ प्रथम गौरीशंकर मनिलाल मा.वि कि विन्दु वि.क ,द्धितिय माछापुछ्रे मा.वि कि शुष्मा कुँवर ,तृतिय उदय मा.वि की गंगा कुमाईले जित्न सफल भए । लङजम्पको फाईनलमा छात्र तर्फ प्रथम माछापुछ्रेमा.विका रोजित वि.क ,द्धितिय महेन्द्र मा.विका अरुण परियार ,तृतियमा ज्ञानज्योती इ.बो.स्कुलका एमरण थापा भएका छन् । छात्रा तर्फ पृथ्वीनारयण मा.वि की बिनिता वि.क , द्धितिय महेन्द्र मा.कि कुसुम नेपाली , तृतियमा गौरीशंकर मनिलाल मा.वि की दिक्षाँ दाहालले जितेका छन् । हाईजम्प छात्रा तर्फ प्रथम सोया सुनार, ज्ञानज्योती ई.वो.स्कुल द्धितिय पुजा भुजेल, भुमेश्वर मा.वि तृतिय करुण कुमाइ ,उदय मा।वि साथै छात्र तर्फ प्रथम अमन नेपाली , महेन्द्र मा.वि द्धितिय सुजन बुढाथोकी, निष्पक्ष मा.वि र तृतिय शारदामा विका निसान परियार भएका छन् । मंसिर २५ गतेदेखि सुुरु भएको खेल २७ गतेसम्म महेन्द्र माध्यमिक विद्यालयको खेलमैदान लाहाचोकमा हुनेछ । सरकारले विद्यालयतहबाटनै खेलकूद प्रतिभाको खोजी गर्दै सम्वद्र्धन र प्रवद्र्धन गर्ने लक्ष्य सहित देशको संघीय संरचना अनुसार स्थानीय, प्रदेश र संघस्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्दै आएको छ । राष्ट्रपति रनिङ शिल्ड एक राष्ट्रिय स्तरको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हो ।