राष्ट्रिय क्रिकेट प्रशिक्षकमा मोन्टी देसाई नियुक्त
काठमाडाैं | माघ २३, २०७९

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षणमा भारतका मोन्टी देसाई नियुक्त हुनुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार देसाईलाई प्रशिक्षक नियुक्त गरेको हो ।
देसाईले एक साताअघिनै नेपाली टोलीको प्रशिक्षण सम्हाल्न थाल्नुभएको थियो । क्यानले एक महिना लामो प्रक्रिया पूरा गरी युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को समेत स्वीकृतिमा देसाईलाई प्रशिक्षक नियुक्त गरेको पनि जनाएको छ ।
नेपाली टोलीले देसाईको प्रशिक्षणमा त्रिवि मैदानमा आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिविया र स्कटल्याण्डसँग त्रिकोणात्मक सिरिज खेल्नेछ । क्यानले पुस २४ गते प्रमुख प्रशिक्षकका लागि खुला आवेदन आह्वान गरेको थियो ।
आवेदन दिएका २४ जनाबाट पाँच जनालाई सटलिस्टमा राखेर माघ ४ गते अन्तरवार्ता लिई अन्तिममा देसाईलाई छनोट गरेको हो । देसाईले सन् २०१७ मा नेपाली यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीका ब्याटिङ कन्सल्ट्यान्ट हुनुहुन्थ्यो । त्यसभन्दा अगाडी देसाईले सन् २०१५ को आइसिसी टी–२० विश्वकप छनोटका क्रममा राष्ट्रिय टोलीमा पनि काम गर्नुभएको थियो ।
विराटनगर: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताउनुभएको छ । विर...
काठमाडौं: लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि सूचना टाँस गरेर जेठ २५ गते आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । विपक्षी दलले गृहमन्त्रीको राजीनामा सहितका माग गर्दै सदन सञ्च...
धनुषा: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्...