पोखरा:   पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिगको मंगलबार हुने खेलहरु स्थगित गरिएको छ ।  आयोजक ईन्फिनिटी ड्रिम्स प्रालिले प्रेस विज्ञप्ती जारी गर्दै देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै...

पोखराः   आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा संकटा क्लब र  भुटनिज युथ एससी अमेरिका उपाधीका लागि भिड्ने भएका छन् ।    पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा भुटनिज युथ एससी अमेरिकाले चर्च ब्वाइज युनाइटेड क्लबलाई १–० गोलले पराजित गर्दै फाइनलमा संकटा क्लबसँगको भेट पक्का गरेको हो ।  संकटाले साविक विजेता नेपाल एपिएफ फुटबल क्लबलाई हराउँदै अन्तिम दुईको यात्रा तय गरेको थियो । दश खेलाडीमा सिमित चर्च ब्वाइजविरुद्ध भुटनिज युथले पहिलो हाफमा गरेको गोल नै निर्णायक बनेको छ । रोजित प्रजापतिले भुटनिज टोलीका लागि गोल गरेका थिए । आशिष चौधरीले रातो कार्ड पाउँदै मैदान छाडेपछि चर्च ब्वाइज १० खेलाडीमा सिमित भएको थियो । पहिलो खेलमा भुटनिज युथले मनाङ मस्याङ्दी क्लबलाई हराएको थियो । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

काठमाडौं: पोखरा एभेन्जर्समाथि ६ विकेटको जित निकाल्दै जनकपुर रोयल्स नेपाल टी–२० लिगको प्लेअफमा पुगेको छ । यो जितसँगै जनकपुरको ९ खेलमा ६ जितका साथ १२ भएको छ । जनकपुर प्लेअफ पुग्ने दोस्रो टिम हो । उत्कृष्ट प्रदर्शन गर्दै ९ मध्ये ८ खेल जितेर लुम्बिनी अल स्टार्सले शीर्ष दुईमा रहेर क्वालिफायर खेल्ने निश्चित भइसकेको छ । । विहीबार त्रिवि मैदानमा पोखराले दिएको ६९ रनको लक्ष्य जनकपुरले ९ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । जनकपुरका ओपनर सराफउद्धिन अशरफले सर्वाधिक ३७ रन बनाए । उनले २७ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । अर्का ओपनर तथा कप्तान त्रेभोन ग्रिफिथले १७ रन जोडे । पवन सर्राफ ४ र राजेश पुलामी क्रमशः ४ र १ रनमा अविजित रहे । बलिङमा पोखराका कुशल मल्लले ३ विकेट लिए । असिथा फर्नान्डोजले १ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको पोखरा १२ ओभरमा ६८ रनमै समेटियो । पोखरालाई सस्तैमा समेट्ने क्रममा सोमपाल कामीले ३ तथा सइफउद्धिन र ललित राजवंशीले २÷२ विकेट लिए । पोखराको लागि मध्यक्रमका सिद्धान्त लोहनीले सर्वाधिक १७ रन बनाए । उनले १० बलमा २ चौका प्रहार गरे । आसिफ शेख र कुशल मल्लले समान १६ रन जोडे । अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । सोमपालले ३ ओभरमा ८ रन खर्चेर ३ विकेट लिए । ललितले ३ ओभरमा १ मेडन राख्दै ६ रन खर्चेर २ विकेट लिए । एक ओभरमा ४ रन खर्चेर सइफउद्धिनले २ विकेट लिए । जितेन्द्र मुखिया, ट्रेभोन र पवन सर्राफले १–१ विकेट लिए । यो हारले पोखराको प्लेअपफ पुग्ने सम्भावना लगभग समाप्त भएको छ । ९ खेलबाट ६ अंक जोडेको पोखराले लिगमा एक खेल खेल्न बाँकी छ । प्लेअफमा पुग्न उसले आफ्नो खेल जितेरमात्र पुग्दैन अन्य टिमको नतिजामा पनि भर पर्नुपर्ने छ ।

पोखराः    सहारा क्लब पोखराले आयोजना गरेको २२ औं आहा ! रारा पोखरा गोल्डकपमा संकटा क्लब  फाइनलमा प्रवेश गरेको छ ।   पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल एपिएफ फुटबल क्लबलाई ४–१ ले पराजित गर्दै संकटा दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो । संकटाको जितमा क्यामरुनी फरवार्डद्वय स्टेफन बिनोङ र मेसुके ओलोमोउले२–२ गोल गरे । एपिएफका हरि कार्कीले गरेको गोल सान्त्वना सावित भयो । खेलमा संकटाका गोलरक्षक टिकेन्द्र थापाले पनि केहि उत्कृष्ट बचाउ गरे । यसअघि संकटाले २०७७ सालमा भएको २० औं संस्करणमा उपाधि जितेको थियो । गत संस्करणको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको एपिएफ यसपटक भने सेमिफाइनलमा पराजित भएको हो । खेलको पाँचौ मिनेटमा बिनोङले एपीएफको डिफेन्समा भएको समन्वयको कमजोरीको फाइदा उठाउँदै गोल गरे । डिफेन्डर दीपेश धिमाल र गोलरक्षक राजु नगरकोटीबीच राम्रो समन्वय हुन नसक्दा बिनोङले गोल गरे । गोलरक्षक राजु निकै अघि बढेको अवस्थामा बिनोङले बल खोस्न गरेको प्रयास नै खाली पोस्टमा गोल भएको थियो । ४३ औं मिनेटमा मेसुकेले गोल गर्दै अग्रता दोब्बर पारे । खेलको ६१ औं मिनेटमा बिनोङले व्यक्तिगत दोस्रो गोल गरे ।  खेलमा एपिएफका वैकल्पिक फरवार्ड हरि कार्कीले ७३ औं मिनेटमा गोल गर्दै खेलमा फर्कने संकेत दिए । तर मेसुकेले ८५ औं मिनेटमा सुन्दर गोल गर्दै संकटाको जित पक्का गरे ।  संकटाले अब शनिबार हुने फाइनलमा दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । विहीबार हुने दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड र भुटानी युथ स्पोर्ट्स क्लबले खेल्नेछन् । प्रतियोगिताको विजेताले १२ लाख र उपविजेता टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

काठमाडौं:  लुम्बिनी अल स्टारले नेपाल टी–२० क्रिकेट लिगमा सातौं जित निकालेको छ । प्लेअफमा स्थान बनाई सकेको लुम्बिनीले मंगलबार भएको खेलमा जनकपुर रोयल्सलाई पाँच रनले हरायो । जितका लागि लुम्बिनीले दिएको एक सय ७९ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७३ रन मात्र बनाउन सक्यो । जनकपुरका लागि चाडबिक वाल्टनले अविजित ५९ रन बनाउनुभयो । कप्तान ट्राभोन ग्रिफिथ, शरफुदिन असरफ र सन्दिप जोराले समान २६र२६ रन बनाउनुभयो । समिउल्लाह शिनवारीले १८ रन जोड्नुभयो । बलिङमा लुम्बिनीका लागि ह्यारी टेक्टर र विपुल शर्माले दुई दुई विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओधभरमा ६ विकेटको क्षतिमा एक सय ७८ रन बनायो ।  लुम्बिनीका लागि हरमित सिंहले ७३ रन बनाउनुभयो । लाहिरु मिलान्थाले ३३, ह्यारी टेक्टरले अविजित १८, कुशल भुर्तेलले १७ र कप्तान दीपेन्द्र सिंह ऐरीले १४ रन बनाउनुभयो । बलिङमा जनकपुरका सरफुदिन असरफले तीन विकेट लिनुभयो । जितेन्द्र मुखिया, समिउल्लाह शिनवारी र ललित नारायण राजवंशीले एक एक विकेट लिनुभयो । जितसँगै शीर्षस्थानमा रहेको लुम्बिनीले आठ खेलबाट १४ अंक बनाएको छ । पराजित जनकपुर समान खेलबाट १० अंक जोड्दै दोस्रो स्थानमा छ । पुस २७ गतेसम्म चल्ने लिगमा ६ टोलीको सहभागिता रहेको छ । लिगको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउने नेपाल क्रिकेट संघ ९क्यान० ले जनाएको छ ।

पोखरा:  पाल्पाको बगनासकाली गाउँपालिकाले स्क्वासका राष्ट्रिय खेलाडी अर्जुन गाहामगर (सुशान्त) लाई सम्मान गरेको छ ।  पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्क्वास खेलमा लुम्बिनी प्रदेशको तर्फबाट कास्य पदक विजेता बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडाका गाहामगरलाई १३ औं गाउँसभाको अवसरमा सोमबार सम्मान गरेको हो ।  गाहामगरलाई गाउँपालिकाका प्रमुख सरस्वती दर्लामी चिदीमगर, उपप्रमुख हरिप्रसाद पाठक र प्रमुख प्रशासकीय अधिकृत विष्णु धर्तीले ढाकाको टोली, दोसल्ला, नगद राशी तथा सम्मानपत्र अर्पण गरे ।   सो अवसरमा बोल्दै गाउँपालिका प्रमुख सरस्वती चिदीले आगामी दिनमा थप सफलताका लागि शुभकामना व्यक्त गरिन् ।  उनले प्रदेशको नेतृत्व गर्दै राष्ट्रियस्तरको प्रतियोगितामा पदक जित्नु गौरवपूर्ण इतिहास रहेको बताउदै अन्य खेलाडीहरुलाई प्रेरणा मिल्ने बताइन् । ‘हाम्रो गाउँपालिकाको खेलाडी जो लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गरेर राष्ट्रिय प्रतियोगितामा पदक जित्नु गौरवपूर्ण कुरा हो, उनले भनिन्, यहाँहरु जस्तो खेलाडीकै कारण उदीयमान खेलाडीहरुलाई थप प्रोत्सहान मिल्छ । आगामी दिनमा अझ उत्तरोत्तर प्रगतीको कामनासमेत व्यक्त गर्दछु ।’ प्रमुख चिदीमगरले स्वस्थ्य शरिरका लागि खेलकुद अपरिहार्य रहेको बताउदै अनुशासनको मर्यादामा रहनसमेत मद्दत पुर्याउने धारणा व्यक्त गरेकी थिइन् । पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्क्वास खेलमा टिम इभेन्ट तर्फ सम्मानित गाहामगरले लुम्बिनी प्रदेशको तर्फबाट प्रदेश नम्बर १ का धनबहादर घलेलाई ३–० को सोझो सेटमा पराजित गर्दै टिम इभेन्टतर्फ लुम्बिनीलाई कास्य पदक दिलाएका थिए ।  गाहामगर खेलसँगै पत्रकारितामासमेत सक्रिय छन् । उनी पोखराबाट सञ्चालित सुनगाभा न्यूज डटकममा समाचार प्रमुखका रुपमा कार्यरत छन् भने एबिसी न्यूज टेलिभिजनका पोखरा संवाददातासमेत हुन्  ।  

पोखराः   सहारा क्लब पोखराले आयोजना गरेको २२ औं आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।  आज (मंगबार) पोखरा रंगशालामा भएको अन्तिम क्वाटरफाइनल खेलमा मनाङ मस्याङ्दी क्लबलाई पराजित गर्दै अमेरिकी टिम भुटनिज युथ स्पोट्स  क्लब बीवार्ईएससी जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो ।  ६ पटकको आहा ! रारा पोखरा गोल्डकप विजेता तथा ६ पटकको उपविजेता मनाङलाई आमन्त्रित अमेरिकी क्लब बीवाईएससीले १–० ले पराजित गरेको हो । बाई पाएर सिधै क्वाटरफाइनमा पुगेको साविक उपविजेता मनाङ पहिलो खेलबाटै बाहिरिएको छ । बीवाईएससीले पहिलो हाफको सुरुवातमै अग्रता लिएको थियो । खेलको १७ औं मिनेटमा बीवाईएससीका प्रविण बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले हेक्टर ओर्टेगाले ब्याकमा फालिदिएको बल डिबक्सबाट रिसिभ गर्दै अवसरलाई गोलमा परिणत गरिदिएका थिए । दोस्रो हाफमा केहीसुधार गरेर मैदान प्रवेश गरे पनि मनाङले नतिजा उल्टाउन भने सकेन । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टिमले डिबक्स क्षेत्र नजिकै पटकपटक मौका पाए पनि अवसरको सदुपयोग गर्न सकेनन् ।

पोखराः   नवौं खेलकुद पछि विभिन्न प्रतियोगिता सम्पन्न भएको पोखरामा पुनः १७ औं सफल पोखरा अन्तरराष्ट्रिय म्याराथनको तयारी तिव्र पारिएको छ ।  भूतपूर्व खेलाडी मञ्चको आयोजनामा फागुन ६ गते हुने १७ औं सफल पोखरा अन्तरराष्ट्रिय म्याराथनको प्रतियोगिताको तयारी तिव्र बनाएको आज (मंगलबार) पोखरामा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।  सफल पोखरा अन्तरराष्ट्रिय म्याराथनमा ८ वटा इभेन्टमा एकै पटक प्रतियोगिता सञ्चालन हुने नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताए ।  ‘पोखरालाई खेलकुद पर्यटन प्रवद्र्धनको रुपमा विकास गर्न, वर्षको एक दिन पोखरा अन्तरराष्ट्रिय म्याराथनलाई सहरकै उत्सवको रुपमा विकास गर्न चाहान्छौं, पराजुलीले भने, ‘८ वटा इभेन्ट एकै दिन सञ्चालन गर्नेछौं, प्रतियोगिता आउन ४५ दिन बाँकी छ तयारी तिव्र बनाएका छौं ।’  १७ औं सफल पोखरा म्याराथनमा ८ इभेन्टमा खुल्ला म्याराथन ४२.१९५ किमि, २१.०९७ हाफ म्याराथन महिला, १० किमि महिला/पुरुष, विद्यालय स्तरीय छात्र/छात्रा ५ किमि दौड, महिला/पुरुष ह्विल चियर तथा दृष्टिविहिन दौडसँगै वर्षको एक दिन दौडिन पर्छ भन्ने सन्देश दिन ‘रन फर फन’ हुने अध्यक्ष पराजुलीले बताए । खुल्ला म्याराथनतर्फ गण्डकी प्रदेशका खेलाडीहरुलाई प्रोत्साहन गर्न छुट्टै पुरस्कारको समेत व्यवस्था गरिएको मञ्चका महासचिव कृष्ण तिमल्सिनाले जानकारी दिए ।  म्याराथनमा नेपालसहित केन्या, युगोेस्लाभिया लगायतका देशका खेलाडीहरुले सहभागिता जनाउने छन् । पत्रकार सम्मेलनमा बोल्दै मञ्चका पूर्व अध्यक्ष तेज बहादुर गुरुङले पछिल्लो म्याराथनका दिन ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएकाले हरेक घर र टोलले सहजीकरण गरेमा सहजता हुने बताए । उनले पोखरा म्याराथनले (एम्स) को मान्यता प्राप्त गर्नु गर्वको विषय भएको सुनाए ।  यस वर्षदेखि पोखरा म्याराथनले म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेसेस (एम्स) को मान्यता प्राप्त गरेको छ । प्रतियोगितालाई सुजल डेरी प्रा.लि.ले २०७२ देखि मुख्य प्रायोजन गर्दै आइरहेको छ । प्रतियोगिता सम्पन्न गर्न ९३ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । म्याराथनको पुरस्कार राशी १० हजारदेखि ५ लाख    खुल्ला ४२.१९५ किमि म्याराथनको विजेता धावकले ५ लाख, उपविजेता धावकले २ लाख, तेस्रो हुने धावकले २ लाख र  ३ लाख, सान्त्वना हुने धावकले ३० हजार पुरस्कार पाउनेछन् ।  खुल्ला म्याराथनतर्फ गण्डकी प्रदेशका विजेता धावकले ५० हजार, उपविजेता धावकले ३० हजार र तेस्रो हुने धावकले २० हजार पुरस्कार पाउने छन् । २१.०९७ हाफ म्याराथन तर्फ विजेता धावक महिलाले १ लाख ५० हजार, उपविजेता धावकले १ लाख र तेस्रो हुने धावकले ७५ हजार र सान्त्वना हुने धावकले १५ हजार पुरस्कार पाउने छन् ।  १० किमि महिला/पुरुष तर्फ विजेता धावकले समान ३० हजार, उपविजेता धावकले २० हजार, तेस्रो धावकले २०, , विद्यालय स्तरीय छात्र/छात्रा ५ किमि दौड तर्फ विजेता, उपविजेता, तेस्रो हुने धावकले समान १५ हजार, १० हजार र ७ हजार पुरस्कार पाउनेछन् भने, , महिला/पुरुष ह्विल चियर तथा दृष्टिविहिन विजेता धावक, उपविजेता, तेस्रो हुने धावकले समान १० हजार, ७ हजार र ५ हजार पुरस्कार पाउने महासचिव तिमल्सिनाले बताए ।     

काठमाडौं:  विराटनगर सुपर किङ्ग्सलाई ३४ रनले पराजित गर्दै काठमाडौं नाईट्सले प्रतियोगितामा चौथो जित हात पारेको छ । खेलाडीको पारिश्रमिक विवादका कारण ढिलो गरी खेल सुरू भएकाले ९ ओभरमा घटाइएको खेलमा काठमाडौंले विराटनगरलाई ९३ रनको लक्ष्य दिएको थियो । तर विराटनगर खेल सकिन १ बल बाँकी छँदै ५८ रनमा अलआउट भयो । विराटनगरका लागि गौरान्सु शर्माले सर्वाधिक २२ रन बनाए । विवेक कुमार यादवले १२ र नन्दन यादवले ११ रन बनाए । अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । काठमाडौंका लागि कमल सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । उनले अन्तिम ओभरमा लगातार २ विकेट लिनुका साथै सूर्य तामाङलाई रन आउट गराए । काठमाडौंका अनिल खरेल र सुनम गौतमले समान २–२ विकेट लिए । वसिर अहमद र अभिनाश बोहोराले समान १–१ विकेट लिए । यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित ९ ओभरमा ५ विकेट गुमाएर ९२ बनाएको थियो । काठमाडौंका सन्दीप रजालीले २२ बलमा २ चौका र २ छक्कासहित अविजित ३२ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ल ११ बलमा १ चौका प्रहार गर्दै १४ रनमा आउट हुँदा कमलसिंह ऐरी ५ बलमा २ छक्कासहित १४ रनमा अविजित रहे । एलेक्स ब्लेकले १३ रनको योगदान गरे । विराटनगरका नन्दन यादवले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा १ मेडन राख्दै ८ रन राख्दै सर्वाधिक तीन विकेट लिए । हुसेन तलत र केयोन जोसेफले समान एक विकेट लिए । जितपछि काठमाडौंको ७ खेलबाट ८ अंक छ र उ तेस्रो स्थानमा छ । पराजित विराटनगर भने ७ खेलबाट ४ अंकमात्र बटुलेर तालिकाको पाँचौ स्थानमा छ ।

पोखराः   पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपमा संकटा क्लब सेमिफाइनल प्रवेश गरेको छ ।  सहारा क्लब पोखराले आयोजना गरेको २२ औं आहा ! रारा पोखरा गोल्डकपमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै संकटा क्लब सेमिफाइनल प्रवेश गरेको हो ।   आज (सोमबार) पोखरा रंगशालामा भएको क्वार्टरफाइनल खेलमा आर्मीलाई ३–१ ले पराजित गर्दै संकटा अन्तिम ४ मा पुगेको हो । संकटाका लागि मेसुके, सुरजज्यू ठकुरी र स्टेफन बिनोङले गोल गरे भने विभागीय टिम त्रिभुवन आर्मीका तर्फबाट नवयुग श्रेष्ठले गोल गरे । अब संकटाले फाइनल प्रवेशका लागि एपीएफसँग खेल्नेछ । १५ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई अग्रता दिलाए पनि आर्मीले जागाउन सकेन । १४ औं मिनेटमा बल अगाडि बढाउन प्रयासरत दिनेश हेम्जनलाई संकटाका निशान खड्काले डिबक्स क्षेत्रमा लडाएपछि आर्मीले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीको सदुपयोग गर्दै नवयुगले गोल गरेका हुन् । त्यसपछि ३५ औं मिनेटमा संकटाका मेसुकेले गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले कप्तान सुनिल बलको असिस्टमा गोल गरेका हुन् । खेलको ७३ औं मिनेटमा संकटाका सुरजज्यू ठकुरीले गोल गर्दै टिमलाई अग्रता दिलाए । संकटाका मेसुकेले विपक्षी पोस्टमा प्रहार गरेको बल बारमा लागेर फर्किँदा सुरजले सुन्दर फिनिसिङ दिए । खेलको अन्तिम समयमा स्टेफन बिनोङले गोल थप्दै संकटाको जित निश्चित गरे । मेसुकेले दिएको पासलाई ‘वन एन वन’मा बिनोङले गोल गरे । पोस्ट नजिक पुगेर आर्मीका टंक बस्नेतले बचाउन प्रयास गरे पनि सफल भएनन् ।