नेपाल टी–२० लिग: विराटनगरलाई पराजित गर्दै काठमाडौं नाईट्सको चौथो जित
काठमाडाैं | पुस १९, २०७९
काठमाडौं: विराटनगर सुपर किङ्ग्सलाई ३४ रनले पराजित गर्दै काठमाडौं नाईट्सले प्रतियोगितामा चौथो जित हात पारेको छ ।
खेलाडीको पारिश्रमिक विवादका कारण ढिलो गरी खेल सुरू भएकाले ९ ओभरमा घटाइएको खेलमा काठमाडौंले विराटनगरलाई ९३ रनको लक्ष्य दिएको थियो । तर विराटनगर खेल सकिन १ बल बाँकी छँदै ५८ रनमा अलआउट भयो ।
विराटनगरका लागि गौरान्सु शर्माले सर्वाधिक २२ रन बनाए । विवेक कुमार यादवले १२ र नन्दन यादवले ११ रन बनाए । अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । काठमाडौंका लागि कमल सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । उनले अन्तिम ओभरमा लगातार २ विकेट लिनुका साथै सूर्य तामाङलाई रन आउट गराए ।
काठमाडौंका अनिल खरेल र सुनम गौतमले समान २–२ विकेट लिए । वसिर अहमद र अभिनाश बोहोराले समान १–१ विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित ९ ओभरमा ५ विकेट गुमाएर ९२ बनाएको थियो । काठमाडौंका सन्दीप रजालीले २२ बलमा २ चौका र २ छक्कासहित अविजित ३२ रन बनाए ।
कप्तान ज्ञानेन्द्र मल्ल ११ बलमा १ चौका प्रहार गर्दै १४ रनमा आउट हुँदा कमलसिंह ऐरी ५ बलमा २ छक्कासहित १४ रनमा अविजित रहे । एलेक्स ब्लेकले १३ रनको योगदान गरे ।
विराटनगरका नन्दन यादवले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा १ मेडन राख्दै ८ रन राख्दै सर्वाधिक तीन विकेट लिए । हुसेन तलत र केयोन जोसेफले समान एक विकेट लिए ।
जितपछि काठमाडौंको ७ खेलबाट ८ अंक छ र उ तेस्रो स्थानमा छ । पराजित विराटनगर भने ७ खेलबाट ४ अंकमात्र बटुलेर तालिकाको पाँचौ स्थानमा छ ।
पोखरा । गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...
पोखरा । गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

