नेपाल टी–२० क्रिकेट: लुम्बिनीको सातौं जित

पाेखरा | पुस १९, २०७९

नेपाल टी–२० क्रिकेट:  लुम्बिनीको सातौं जित

काठमाडौं:  लुम्बिनी अल स्टारले नेपाल टी–२० क्रिकेट लिगमा सातौं जित निकालेको छ । प्लेअफमा स्थान बनाई सकेको लुम्बिनीले मंगलबार भएको खेलमा जनकपुर रोयल्सलाई पाँच रनले हरायो ।


जितका लागि लुम्बिनीले दिएको एक सय ७९ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७३ रन मात्र बनाउन सक्यो । जनकपुरका लागि चाडबिक वाल्टनले अविजित ५९ रन बनाउनुभयो । कप्तान ट्राभोन ग्रिफिथ, शरफुदिन असरफ र सन्दिप जोराले समान २६र२६ रन बनाउनुभयो ।


समिउल्लाह शिनवारीले १८ रन जोड्नुभयो । बलिङमा लुम्बिनीका लागि ह्यारी टेक्टर र विपुल शर्माले दुई दुई विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओधभरमा ६ विकेटको क्षतिमा एक सय ७८ रन बनायो । 


लुम्बिनीका लागि हरमित सिंहले ७३ रन बनाउनुभयो । लाहिरु मिलान्थाले ३३, ह्यारी टेक्टरले अविजित १८, कुशल भुर्तेलले १७ र कप्तान दीपेन्द्र सिंह ऐरीले १४ रन बनाउनुभयो । बलिङमा जनकपुरका सरफुदिन असरफले तीन विकेट लिनुभयो । जितेन्द्र मुखिया, समिउल्लाह शिनवारी र ललित नारायण राजवंशीले एक एक विकेट लिनुभयो ।


जितसँगै शीर्षस्थानमा रहेको लुम्बिनीले आठ खेलबाट १४ अंक बनाएको छ । पराजित जनकपुर समान खेलबाट १० अंक जोड्दै दोस्रो स्थानमा छ । पुस २७ गतेसम्म चल्ने लिगमा ६ टोलीको सहभागिता रहेको छ । लिगको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउने नेपाल क्रिकेट संघ ९क्यान० ले जनाएको छ ।

पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

थप पढ्नुहोस्

पोखरा ।   जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...

थप पढ्नुहोस्

पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

थप पढ्नुहोस्