संकटा क्लब २२ औं आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा

पाेखरा | पुस २०, २०७९

संकटा क्लब २२ औं आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा

पोखराः    सहारा क्लब पोखराले आयोजना गरेको २२ औं आहा ! रारा पोखरा गोल्डकपमा संकटा क्लब  फाइनलमा प्रवेश गरेको छ ।

 

पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल एपिएफ फुटबल क्लबलाई ४–१ ले पराजित गर्दै संकटा दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो । संकटाको जितमा क्यामरुनी फरवार्डद्वय स्टेफन बिनोङ र मेसुके ओलोमोउले२–२ गोल गरे । एपिएफका हरि कार्कीले गरेको गोल सान्त्वना सावित भयो । खेलमा संकटाका गोलरक्षक टिकेन्द्र थापाले पनि केहि उत्कृष्ट बचाउ गरे ।


यसअघि संकटाले २०७७ सालमा भएको २० औं संस्करणमा उपाधि जितेको थियो । गत संस्करणको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको एपिएफ यसपटक भने सेमिफाइनलमा पराजित भएको हो ।


खेलको पाँचौ मिनेटमा बिनोङले एपीएफको डिफेन्समा भएको समन्वयको कमजोरीको फाइदा उठाउँदै गोल गरे । डिफेन्डर दीपेश धिमाल र गोलरक्षक राजु नगरकोटीबीच राम्रो समन्वय हुन नसक्दा बिनोङले गोल गरे । गोलरक्षक राजु निकै अघि बढेको अवस्थामा बिनोङले बल खोस्न गरेको प्रयास नै खाली पोस्टमा गोल भएको थियो ।


४३ औं मिनेटमा मेसुकेले गोल गर्दै अग्रता दोब्बर पारे । खेलको ६१ औं मिनेटमा बिनोङले व्यक्तिगत दोस्रो गोल गरे ।  खेलमा एपिएफका वैकल्पिक फरवार्ड हरि कार्कीले ७३ औं मिनेटमा गोल गर्दै खेलमा फर्कने संकेत दिए । तर मेसुकेले ८५ औं मिनेटमा सुन्दर गोल गर्दै संकटाको जित पक्का गरे । 


संकटाले अब शनिबार हुने फाइनलमा दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । विहीबार हुने दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड र भुटानी युथ स्पोर्ट्स क्लबले खेल्नेछन् । प्रतियोगिताको विजेताले १२ लाख र उपविजेता टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्