पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

ढोरपाटन:    बागलुङको तमानखोला गाउँपालिकाले बालगृह सञ्चालनमा ल्याएर अभिभावकविहीन बालबालिकालाई आवासीय शिक्षाको व्यवस्था गरेको छ । गाउँपालिकाले वडा नं ३ को तमान गाउँमा ‘तमानखोला बालगृह’ सञ्चालनमा ल्याएर पालनपोषण र कक्षा १२ सम्म पढाउने व्यवस्था मिलाएको छ ।  सुरुमा ३४ बालबालिका रहेकामा अहिले २७ जना रहेका बालगृह सञ्चालक समितिका संयोजक एवं वडा नं ३ का अध्यक्ष झकबहादुर बुढामगरले बताउनुभयो । गाउँ–गाउँमा पुगेर अनाथ बालबालिका खोजेर ल्याई यहाँ राखेर उनीहरुको पालनपोषण र पढाइको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । अहिले बालबालिको पढाइ राम्रो बन्दै गएको उहाँको भनाइ थियो । तमानखोला गाउँपालिका–६ नर्जाखानीका १५ वर्षीय दीपेन्द्र विक हिजोआज तमानखोला बालगृहमा बस्दै आउनुभएको छ । सानै उमेरमा आमा बितेपछि उहाँलाई हजुरबुबाहजुरआमाको जिम्मा लगाइएको थियो । कक्षा ९ मा पढ्ने उहाँ बुढा हजुरबुबाहजुरआमासँग कष्टकर जीवन बिताइरहनुभएको थियो । दीपेन्द्रलाई गत वर्ष गाउँपालिकाले बालगृहमा ल्याएर निःशुल्क पालनपोषण र पढाइ लेखाइको प्रबन्ध मिलाएको छ । घरमा हुँदा राम्रोसँग पढ्न र पेटभरि खाना नपाएको बताउँदै दीपेन्द्रले अहिले दैनिक विद्यालय जाने र पेटभरि खान पाएको बताउनुभयो । सानैमा आमा गुमाउनुभएका दीपेन्द्रले आमाको माया नपाए पनि हजुरबुबा र हजुरआमाको माया भने प्रशस्त पाउनुभयो । अहिले बालगृहमा साथीभाइबाट पनि उत्तिकै माया पाउनुभएको छ । घरमा हुँदा भोगेका दुःख, कष्टलाई दीपेन्द्रले भुल्न सक्नुभएको छैन । घरपरिवारमा हुँदा दुःख पाएको भए पनि अहिले धेरै सहजरूपमा दैनिकी चलेको उहाँको भनाइ थियो ।  बालगृहमा आफूजस्ता थुप्रै अभिभावकविहीन बालबालिका रहेका भन्दै सबैसँग मिलेर बस्ने गरेको दीपेन्द्रले बताउनुभयो । बेलाबेला गाउँपालिका अध्यक्ष, उपाध्यक्षलगायतका जनप्रतिनिधि आएर नयाँ र सिर्जनशील काम गर्न प्रेरित गर्ने र आफूहरूको समस्या बुझ्ने गरेको उहाँको भनाइ थियो । अहिले बालगृहमा रहेका बालबालिकासँग एउटै परिवारको सदस्यजस्तै मिलेर बस्ने तथा आवश्यक  सामान समयमै पाउने गरेको विकले बताउनुभयो । “म सानै हुँदा आमा बित्नुभएछ, बाजे र बजैले निकै दुःख गरेर मलाई हुर्काउनुभयो, अहिले त अलि ठूलो भएँ, पोहोर सालदेखि गाउँपालिकाका सरहरूले यहाँ लिएर राख्नुभएको छ, बाबाले बिहे गरेर मलाई छाडेर जानुभयो, कहाँ हुनुहुन्छ थाहा छैन । घरमा हुँदा पढ्न मन भए पनि राम्रोसँग पढ्ने वातावरण थिएन”, उहाँले भन्नुभयो, “अहिले धेरै सुविधा पाएको छु । पढाइ पनि राम्रो भएको छ, दिनदिनै स्कुल जान पाएको छु, खुसी लागेको छ ।” तमानखोला गाउँपालिका–२ भयर भोङ्गाकी १४ वर्षीया निता सिर्पाली पनि यही बालगृहमा बस्दै आउनुभएको छ । निताको बुबाको मृत्युपछि आमाले अर्को बिहे गरेर जानुभयो । बुबाआमा नभएपछि हजुरबुबा र हजुरआमासँग बस्दै आउनुभएकी निताले सानोमा निकै दुःखदायी जीवन बिताउनुभयो । अहिले बालगृहमा बस्न थालेपछि उहाँको दैनिकी फेरिएको छ । परिवारको आर्थिक अवस्था निकै कमजोर हुँदा पढ्न लेख्न नपाएको भन्दै अहिले दैनिक विद्यालय जाने र पढाइ सुधार हुँदै गएको उहाँले बताउनुभयो ।  “घरमा हुँदा कापी कलम किन्ने पैसा पनि हुँदैनथ्यो, घरको सबै काम गर्नुपथ्र्यो, बाजे÷बज्यै बुढाबुढी हुँदा काम गर्न सक्नु हुँदैनथ्यो, कहिले स्कुल गइन्थ्यो, कहिले गइन्नथ्यो”, निताले भन्नुभयो, “अहिले त सधैँ स्कुल गइन्छ, पहिला खाना लगाउन राम्रोसँग पाइन्नथ्यो, अहिले राम्रो भएको छ, साथी पनि धेरै छन्, खेल्ने, पढ्ने समय हुन्छ । स्कुल पनि नजिकै छ, पहिलेको जस्तो टाढा जानु पर्दैन ।” बालगृह सञ्चालक समितिका संयोजक बुढामगरले भन्नुभयो, “बालगृह सञ्चालन ताका ३४ जना बालबालिकालाई ल्याएर यहाँ राखेका थियौँ, पछि उनीहरूको आमाबुबा कोही विदेश रहेछन्, आएर लगे । अहिले २७ जनालाई राम्रो व्यवस्थापनका साथ लालनपालन र पढाउने काम भइरहेको छ । समय–समयमा विभिन्न सङ्घसंस्थाले पनि सहयोग गर्ने गरेका छन् ।”  उहाँले बालगृह गाउँपालिकाको लगानीमा सञ्चालन गरिएको जानकारी दिनुभयो । बुढामगरका अनुसार गाउँपालिकाले तमान गाउँमा घरभाडामा लिएर बालगृह सञ्चालन गरेको छ । बालगृहमा कक्षा १ देखि ९ सम्म अध्ययन गर्ने बालबालिका छन् ।  गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले कुनै पनि बेसहारा बालबालिकाले दुःख नपाउन् भन्ने उद्देश्यले बालगृह सञ्चालन गरेको बताउनुभयो । बालबालिकालाई पालनपोषण गर्ने, १२ सम्म पढाउने र विभिन्न किसिमका सीपमूलक तालिम दिने, रोजगारीको व्यवस्था मिलाउनेलगायत काम गरिने उहाँको भनाइ थियो । पालिकाले ‘तमानखोला विकास कोष’ निर्माण गरेर बालगृह सञ्चालन गरेको अध्यक्ष बुढामगरले बताउनुभयो ।  “हाम्रो पालिका अलि पिछडिएको ठाउँमा पर्छ, यसले गर्दा यहाँ थुप्रै चुनौती छन्, त्यसलाई चिर्दै विकास गर्ने हाम्रो लक्ष्य हो, पूर्वाधार विकासका काम त हामीहरूले निरन्तर गर्दै आइरहेका छौँ, पोहोर सालदेखि आमाबाबु गुमाएर बेसहारा बनेका बालबालिकालाई पालिकाले अभिभावकत्व गरी उनीहरूको पालनपोषण र शिक्षादीक्षा दिने कामको थालनी गरेका छौँ”, अध्यक्ष बुढामगरले भन्नुभयो, “अहिले बालबालिकामा छुट्टै खालको खुसी देखिन्छ, उनीहरूको खुसीले हामीलाई पनि खुसी बनाउँछ, पढ्न नपाएका बालबालिका अहिले खुसीका साथ पढ्न पाएका छन् । अब उनीहरूलाई सीपसँग जोडेर स्वरोजगार बनाउने योजनामा छौँ ।” बालगृहमा बस्ने बालबालिकाले स्थानीय धन गौ ज्योति माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका छन् । बालबालिकाको पढाइमा निरन्तर सुधार हुँदै गइरहेको विद्यालयले जनाएको छ ।

नवलपरासी: नवलपरासी पश्चिममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । विद्युतको खम्बामा बल्दै गरेको बत्ती निभाउने क्रममा करेन्ट लागेर आज बिहान रामग्राम नगरपालिका–७ बस्ने जयप्रकाश यादवको ज्यान गएको हो ।    उहाँलाई उजैनीमा रहेको खम्बाको बत्ती निभाउने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताउनुभयो ।   करेन्ट लागेका यादवलाई उपचारका लागि पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको थियो । उहाँको उपचारका क्रममा ज्यानगएको हो । यादवलाई करेन्ट लागेको ठाउँमा वाइफाइ तथा अन्य तार भूइँसम्म लत्रिएको अवस्थामा भेटिएको स्थानीयले बताएका छन् । 

ताप्लेजुङ:  ताप्लेजुङको हिमाली बस्तीका बासिन्दालाई यतिबेला याक र चौँरीलाई  खुराक ९घाँस० को जोहो गर्ने चटारो छ । हिउँदमा हिमपात हुने हुँदा उनीहरु चौँरी र याकको लागि हिउँदे खुराकको जोहो गर्न व्यस्त भएका हुन् ।   ओलाङचुङ्गोलावासीले प्रत्येक वर्ष असोज ३ गतेको दिन घाँस काट्ने पर्वकै रुपमा लिने गरेको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ । चौँरी याक पालक परिवार सबै मिलेर एक ठाउँमा घाँस संरक्षण गरेका हुन्छन् । त्यस क्षेत्रमा कसैले पनि  चरन गर्न पाउँदैन । संरक्षण गरेपछि हुर्किएको घाँसलाई यस दिन सबै परिवार मिलेर घाँस काट्ने गर्दछन् ।   पशुपालक सबै परिवार जुटेर घाँस काट्ने गरिएको र घाँसलाई चार–पाँच दिनसम्म सुकाएर आ–आफ्नो घर गोठमा भण्डारण गरेर राख्ने गर्दछन् । राम्ररी सुकाएर घर–गोठमा भण्डारण गरेर राखेको घाँस हिमपातको अवधिभर याक र चौँरीलाई खुवाउने पर्ने स्थानीय बताउँछन् ।   हिमाली बस्तीका बासिन्दाको मुख्य पेसा नै याक र चौँरी पालन हो । कात्तिक अन्तिमदेखि चैतसम्म नै करिब पाँच महिना बढी हिमपात हुने भएकोले अहिले हिउँदे घाँसको जोहो गर्न थालेको स्थानीयले बताएका छन् । हिमाली क्षेत्रमा हिमपात हुन थालेपछि चरन क्षेत्रमा हिउँले ढाक्ने र त्यसबेला याक र चौँरीका लागि घाँसको अभाव हुने फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङ्गोलाका स्थानीय तेन्जिङ शेर्पाले बताउनुभयो ।    उहाँका अनुसार हिउँले चरन क्षेत्र ढाक्ने हुँदा हिमपातको मौसममा चौँरी र याकलाई खुवाउने घाँस यही बेला जोहो गर्नुपर्ने बाध्यता छ । हिमपातले गर्दा चरन क्षेत्रको अभाव हुने भएकै कारण हिउँदको मौसममा याक र चौँरी बचाउनलाई अहिले अनिवार्य हिउँदे घाँसको जोहो गर्नुपर्ने अवस्था रहेको ओलाङचुङ्गोलाकै अर्का स्थानीय छेतेन फिन्जो शेर्पाले बताउनुभयो ।   स्थानीयले सामूहिकरुपमा घाँस सङ्कलन गर्ने गरी घाँसे क्षेत्रको संरक्षण गर्दै आएको र अहिले त्यही क्षेत्रमा स्थानीय सबै जुटेर घाँस सङ्कलन गरिरहेको फुपुफुटी शेर्पाले बताउनुभयो । विगतदेखि नै ओलाङचुङ्गोलाका याक र चौँरी पालक किसानले संरक्षण गर्दै आएको घाँसे क्षेत्रमा घाँस सङ्कलन गर्ने गरिएको उहाँले बताउनुभयो ।    कुनै वर्ष हिमपातको मौसम लम्बिने हुँदा यतिबेला भण्डारण गरेर राखेको घाँस नै थोर–थोरै खुवाएर भए पनि याक र चौँरीको प्राण बचाउने गरिएको ओलाङचुङ्गोलाका स्थानीय छिरिङ दोर्जे शेर्पाले बताउनुभयो । मुख्य पेसा र आम्दानीको प्रमुख स्रोत नै याक तथा चौँरी पालन भएकाले ओलाङचुङ्गोलासहित याङ्मा, तोक्पेगोला, फले र घुन्सा क्षेत्रका बासिन्दा हिउँद र बर्खा नै याक र चौँरीको गोठ सम्हाल्ने गर्दछन् । घाँस ९खुराक० नपाएर वा अन्य कारणले एउटा मात्र याक वा चौँरी मरेमा डेढ लाख रुपैयाँसम्म घाटा हुने स्थानीय बताउँछन् ।   साढे दुई वर्षदेखि कोरोना महामारीका कारण तिब्बततर्फ याक र चौँरी बिक्री नभएकाले सङ्ख्या पनि बढेको र हिमपातको मौसममा खुराक पुर्याउनलाई समेत हैरानी हुने उनीहरूको भनाइ छ । अहिले ओलाङचुङ्गोला क्षेत्रमा मात्र सातवटा जति याक र चौँरीको गोठ रहेका छन् । यो गोठमा करिब साढे चार सय याकको सङ्ख्या रहेको स्थानीयले बताएका छन् ।   मिक्वाखोला गाउँपालिकाको तोक्पेगोला क्षेत्रमा करिब ३५ वटा याक र चौँरीका गोठ रहेको मिक्वाखोला गाउँपालिका उपाध्यक्ष डण्डु लामाले बताउनुभयो । उहाँका अनुसार तोक्पेखोला क्षेत्रमा दुई हजार बढी याक र चौँरी रहेका छन् । त्यस्तै याङ्मा, फले र घुन्सा, सिदिङवा गाउँपालिकाको कालीखोला, सिरिजङ्गा गाउँपालिकाको याम्फुदी क्षेत्रका समुदाय याक पालनमै आत्मनिर्भर हुँदै आएका छन् ।  

म्याग्दी: म्याग्दीको मालिका गाउँपालिका–४ महभिरको  बस्ती पहिरोको जोखिममा परेको छ । बस्तीमाथिको पाखोबाट खसेको पहिरोले दुुई वटा घर भत्किनुुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुुगेको छ । वडासदस्य गर्वे गुुरुङले काले कामी र तुलबहादुुर घर्तीको घर भत्किएको र १३ घर जोखिममा परेको जानकारी दिनुुभयो ।    पहाडको फेदीबाट शुरु भएको दुुई वटा पहिरो फेदीमा रहेको रितुुङखोला सम्म पुुगेको छु, उहाँले भन्नुुभयो, ट्याङ्की, मुुहान र पाइपलाइनमा क्षति पुुगेकाले २५ घरधुरीले खाने खानेपानीको आयोजना अवरुद्ध भएको छ ।   फूलबारी–महभिर–च्युरीबोट सडक अवरुद्ध भएको छ । पहिरोले गाउँको बीचमा ठूलाठूला खोल्सी बनाएको छ । खोल्सा छेउछाउको जमिन चिराचिरा भएको छ । दुुई सय रोपनीभन्दा बढी खेतीयोग्य जमिनमा पनि पहिरोले क्षति गरेको छ ।    गएको बुुधवार राति आएको पहिरोले तुुलबहादुरको गोठमा रहेका एक वटा राँगो र एक वटा गोरु मरेका थिए । हामी त्यो दिन घरमा नभएकाले पहिरोबाट बचियोु, तुलबहादुुर भन्नुुभयो, ११ जनाको परिवार आफन्तकोमा आश्रय लिएर बसेका छौँ ।   काले कामीले पहिरोले पुुरिएकोबाहेक अर्को ठाउँमा रहेको घडेरीमा पनि पहिरोको जोखिम भएकाले कहाँ बस्ने भन्ने चिन्ताले सताएको बताउनुुभयो । पूर्णदेवी घर्ती, सहबहादुुर घर्ती, सहबहादुुर सुुनार, लालबहादुुर कामी, तिलक कामी, गोरे कामी, पोविसरा सुुनार, वीरबहादुुर कामी, मुक्तिराम सुुनार, कुुलप्रसाद घर्ती, भीमप्रसाद सुुनार, रहमन घर्ती र कुुमारी घर्तीको घर जोखिममा रहेका वडासदस्य गुुरुङले बताउनुुभयो ।    यो ठाउँमा गएको हिउँदमा पनि सुुक्खा पहिरो खसेर एक वटा घरमा क्षति गरेको थियो । पहिरो प्रभावित क्षेत्रको बिहीवार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जालीले निरिक्षण गर्नुुभएको थियो ।    पहिरोबाट घरवास गुुमाएकालाई जिल्ला प्रशासन कार्यालय मार्फत राहतको व्यवस्था हुुन्छु, उहाँले भन्नुुभयो, घर पुुनःनिर्माणका लागि तीनै तहका सरकारको साझेदारीमा पाँच लाख रुपैयाँका दरले अनुुदान उपलब्ध गराउने व्यवस्था भएकाले त्यहीअनुुसार सहयोग गर्छौँ।   तत्कालीनरुपमा खानेपानी आपूर्ति र सडक मर्मत तथा पहिरोबाट थप क्षति हुुन नदिने र दीर्घकालीन रुपमा पहिरो नियन्त्रण तथा बस्ती संरक्षण अथवा स्थानान्तरणको योजना कार्यान्वयन गरिने उहाँले बताउनुुभयो । 

पोखरा:   स्याङजाको पुतलीबजार नगरपालिका ८ बहाकोटमा निर्माण सम्पन्न भएको कोट कालिका मन्दिरको उद्घाटन गरिएको छ । बाइसे राजा पृथ्वी वीर बिक्रम शाहको पालामा स्थापित बहाकोट कोटकालिका मन्दिर जीर्ण बनेसंगै मन्दिरको जिर्णेद्धारा सहिन पुन निर्माण संगै मन्दिरमा ढलोटको मूर्ति समेत स्थापना गरिएको हो । मन्दिरको उद्घाटन गर्दै पुतलीबजार नगरपालिकाका मेयर तुलसीराम रेग्मीले ऐतिहांसिक बहाकोट कालिका मन्दिर पुननिर्माण पश्चात मन्दिर आकर्षण बनेकाले बहाकोटमा आन्तरिक एवं बाह्य पर्यटक भित्रिने बताए । रेग्मीले मन्दिर सम्म आउने सडकको अवस्था अझैपनि दयनिय रहेको बताउदै उक्त सडक निर्माणमा नगरपाकिाले सहयोग गर्ने र संघ र प्रदेश सरकार संग समेत समन्वय गरी सडकलाई बाह्रै महिना सञ्चालन हुने गरी निर्माण गर्न आफु प्रतिवद्ध भएर लाग्ने बताए । ऐतिहासिक एवं धार्मिक मन्दिर दर्शनका लागि बहाकोट भित्रिने पाहुनालाई रैथानेबालीको परिकार खुवाउन र स्थानीय संस्कृतिको प्रवद्र्धन गर्न होमस्टे सञ्चालन गर्न समेत बहाकोट बासीलाई उनको आग्रह रहेको थियो । त्यस्तै अधिवक्ता विश्वराज मरासिनीले बहाकोट बासी दाजुभाइले पहलकदमी थालेर स्वदेश तथा विदेशमा रहेका जनसमुदायको सहयोगबाट मन्दिर निर्माण हुनु बहाकोट बासीको गौरवको विषय भएको वताउदै स्याङजा जिल्लामा नया धार्मिक पर्यटकीय गन्तब्य थपिएको वताए । बहाकोट कालिकाले बहाकोट आसपासको पर्यटकीय गतिविधीलाई टेवा प¥याएको बताउदै बहाकोट कालिकाको मन्दिर संरक्षणमा समेत सम्पूर्ण बहाकोटबासी जुट्नुपर्नेमा जोड दिए । पुतलीबजार नगरपालिका वडा नम्बर ८ का अध्यक्ष इम बहादुर सेनले सहयोगी हातबाट करोडौको लगानी गर्न सफल भएको बताउदै सहयोगी मनकै कारण बहाकोट कोटकालिका मन्दिर स्थापना भएको बताए । सहयोग गर्नेहरुलाई धन्यवाद ब्यक्त गर्दै वडाअध्यक्ष शाहीले आगामी दिनमा मन्दिर जाने बाटो आफ्ठेरो रहेको बताउदै सडक निर्माणका लागी  र बहाकोटमा थ्री फेस लाइन जडानका लागीसमेत पहलकदमी थाल्ने वताए । बहाकोट संग  मिलिनियम ट्रेक कोल्मा, कैलाश गुफा र भारकोट स्तुपालाइ जोडेर पर्यटन प्रवद्र्धन संगै आर्थिक बिकासमा अगाडि बढ्ने सकिने उनको भनाइ रहेको थियो । मन्दिर निर्माण समितिका अध्यक्ष भरतकुमार रानाले सिपाहीले मन्दिर अगाडी सुतिरहेको बाघलाई तरबारले काटेकाले सो ठाउँको नाम बाघकाट र समयान्तरमा अपभ्रम्स भई बहाकोट रहन गएको किंवदन्ती रहेको बताए । सुतेकै बाघलाई सिपाहीले काटेकाले बहाकोट कोटकालिकाको मौला समेत सुताइएर राख्ने गरिँदै आएको र आगामी दिनमा बाघ काटेको मूर्ति समेत बनाउने आफुहरुको योजना रहेको बताए । पुतलीबजार नगरपालिका, गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय स्थानीय र बाह्य सहयोगी एंव चन्दादाताको सहयोगमा संकलित एक करोड एक लाख ३५ हजार ८ सय ८ रुपैया लागतमा बहाकोट कोट कालिका मन्दिर निर्माण सम्पन्न गरिएको आर्थिक संकलन संयोजक इन्द्र बहादुर थापाले वताए ।  मन्दिरमा बडादसैंको महाअष्टमीको रातमा कालरात्रीको बिशेष पूजापाठ हुने साथै बडादसैको नवमी र चैतेदसैंको अष्ठमीमा पञ्चवली सहित विशेष पूजा हुने गर्दछ ।

चितवनमा नारायणी नदीमा नुहाने क्रममा आज बिहान दुई जना युवक बेपत्ता भएका छन् ।    बेपत्ता हुनेमा भारत आसाम घर भइ धनगढीमा रहेको लक्ष्मीनारायण मन्दिरमा संस्कृत विषय अध्ययनरत  १९ वर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने १७ वर्षीय पंकज दाहाल रहेका छन् ।    धनगढी उपमहानगरपालिका र लक्ष्मी नारायण मन्दिरको संयुक्त आयोजनामा उनीहरु देवघाट आएका थिए । बेपत्ता भएका दुवै युवकको खोजी भइरहेको चितवनका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभएको छ । 

दोलखामा प्रहरीले चार किलो सुन बरामद गरेको छ।    इलाका प्रहरी कार्यालय सिंगटीबाट खटिएको टोलीले बुधबार अन्दाजी चार किलो सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक खड्काले जानकारी दिए।    बुधबार सुन बरामद भएपछि अनुसन्धान गरी केही व्यक्तिहरूलाई समेत पक्राउ गरिएको छ। उनीहरूको परिचय खुलाएको छैन।    सुन परीक्षण गर्न प्रहरीले सुन चाँदी व्‍यवसायी महासंघमा पठाएको छ।

पाेखरा:  मणिपाल अस्पतालमा उपचाररत बिरामीको मृत्यृ भएपछि शुरु भएको प्रकरणमा प्रहरीको भूमिकासमेत अलोकप्रिय भएपछि वडा प्रहरी कार्यालय, बैदाम प्रमुख डिएसपी वेद जोशीलाई जिम्मेवारीबाट हटाइएको छ ।    त्यस्तै, घटनाकै दिन उत्पन्न तनावबीच प्रहरी निरीक्षक मदन श्रेष्ठले चिकित्सकमाथि कुटपिट गरेको र त्यसपछि उक्त बखान गरेको भिडियो सार्वजनिक भएपछि उनी पनि यहाँबाट हटाइएको छ ।    विश्वस्त सुत्रकाअनुसार दुबै प्रहरीलाई काठमाण्डौं सरुवा गरिसकिएको छ ।    यस विषयमा जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डिएसपी श्रवणकुमार बिकले ‘ठ्याक्कै थाहा नभएको, काजमा सरुवा भएको हुनसक्ने' प्रतिक्रिया दिएका छन् । 

दाङमा ९ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय पुरूष पक्राउ परेका छन्।    घोराही उपमहानगरपालिका-१४ भेटनरी बस्ने ४० वर्षीय टेकबहादुर विक पक्राउ परेका हुन्। उनलाई अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो।    बालिकाका परिवारले सोमबार दिउँसो जबरजस्ती करणी गरी फरार भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएका थिए। सोही उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।  यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।