पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

गुल्मी:  पहिरोमा पुरिएर गुल्मीमा १ जनाको ज्यान गएको छ । पहिरोमा पुरिएर प्युठानको गौमुखी गाउँपालिका–३ का १७ वर्षीय डोरबहादुर घर्तीको ज्यान गएको  जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक ९एसपी० नविनकिशोर प्रधानले जानकारी दिनुभयो ।   रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा शेरबहादुर बेलबासेको घर निर्माण गर्ने क्रममा माथिबाट पहिरो खस्दा घर्तीको घटनास्थलमै ज्यान गएको एसपी प्रधानले बताउनुभयो ।   पहिरोमा परेर घरधनी ७९ वर्षीय शेरबहादुर बेलबासे र प्युठानको गौमुखी–३ का २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएका छन् ।   गुल्मीमा गएको ३ दिनदेखि लगातार पानी परिरहेको छ । वर्षाका कारण गुल्मीको जनजीवन प्रभावित भएको छ ।

तुलसीपुर: सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा मृत्यु भएका दुवै जना तुलसीपुरका रहेको खुलेको छ ।    जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार चालक तुलसीपुर उपमहानगरपालिका–१८ बस्ने २५ वर्षीय भक्तबहादुर घर्ती र गाडी धनी ५० वर्षीय गणेश बुढाको घटनास्थलमै मृत्यु भएको थियो ।  त्यस्तै घाइते हुनेमा तुलसीपुर–२ निवासी ३५ वर्षीय नारायण योगी रहेका छन् । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।  मृतक दुवै जनाको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपर ल्याउने तयारी रहेको छ ।  रोल्पाबाट तरकारी लिएर दाङतर्फ आउँदै गरेको जीप राप्ती लोकमार्गअन्तर्गत कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै सेतापैरामा दुर्घटनामा परेको हो । आज बिहान ६ः३० बजे रा१च १०२५ नम्बरको जीप तीन सय ५० मिटर तल खसेको थियो । दुर्घटनामा परेको जीप टुक्राटुक्रा परेको छ । अनियन्त्रित भएर जीप दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । 

काठमाण्डौ: नागरिकता र लिखतसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । उनलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।   पक्राउपर्नेमा भारतको बिहार राज्य पूर्वी चम्पारण वडा नं १० खरतरीका जागा चौधरी भन्ने जग्गाप्रसाद जैसवाल रहेका छन् । उनले रौतहटको साविक सरमुजवा गाविस वडा नं ९ बाट नागरिकता लिएको पाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।    नागरिकता तथा लिखतसम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा चौधरीले विसं २०६३ मा नागरिकता बनाउने टोली स्थलगतरुपमा खटिएको समयमा झुठो विवरण पेस गरी नेपाली नागरिकता लिएको अनुसन्धानबाट खुलेको छ ।    यसैगरी उनले नागरिकता प्राप्त गरी नेपालका विभिन्न ठाउँमा व्यापार व्यवसायसमेत गरी बसेको र जागा चौधरी नामको भारतीय आधारकार्ड र जग्गाप्रसाद जैयसवालको नामको नेपाली नागरिकताबाट लिएको सवारी चालक अनुमति पत्रसमेतका नेपाली कागजात फेला परेको प्रहरीले जनाएको छ ।    जैसवाललाई नागरिकता तथा लिखतसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाइ अनुसन्धान भइरहेको प्रवक्ता रेग्मीले बताउनुभयो ।  

बझाङमा २८ वर्षीया अशक्त महिलामाथि बलात्कार गरेको आरोपमा एक बालक पक्राउ परेका छन्।   जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार पक्राउ पर्नेमा छबिसपाथिभेर गाउँपालिकाका १३ वर्षीय बालक छन्। उनलाई आइतबार पक्राउ गरेको हो।   शारीरिक रूपमा अपांग भएकी महिलालाई बेडमा सुतिरहेको अवस्थामा बालकले जबरजस्ती गरेको देखपछि उनकी आमाले प्रहरीलाई खबर गरेकी थिइन्।   उनकी आमाले खबर गरेको दुईर तीन घन्टाभित्र बालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङको डिएसपी भरतबहादुर शाहलले जानकारी दिए।

पोखरा:  पोखरा–१७, छोरेपाटनमा रहेको अनमोल वचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।   कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १७ की अध्यक्ष राधिका कुमारी शाही योगीले उद्घाटन गर्दै सहकारीले आफ्नो उद्धेश्य अनुरुप संचालन हुनुपर्ने वताउँदै शेयर सदस्यहरु नै सहकारीका प्रथम अभिभावक भएकाले आफ्नो जिम्मेवारी निभाउनु पर्ने वताइन ।   सहकारीका अध्यक्ष खेमराज वराल ध्रुबले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ६२ जनाले प्रतिशेयर सदस्य ५ हजारका दरले स्थापना गरेको सहकारीमा हाल ८ सय ९७ जना शेयर सदस्यको शेयर पुजीं ७ करोड १४ लाख ८५ हजार पुगेको जानकारी गराए । साथै उनले सहकारीको कारोबार दिनप्रतिदिन वढ्दै जानुले भविष्य कति उज्जवल छ भन्ने देखाउने पनि वताए ।   कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका कोषाध्यक्ष नवराज बराल, निवर्तमान अध्यक्ष बद्रीनाथ पहारी, गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण वास्तोला, शेयर सदस्य विष्णुप्रसाद शर्मा, निलगिरी वचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष लेखनाथ बराल, छोरेपाटन माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्लंीराम शर्मा, सावित्रा पौडेल लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।   सभाले अध्यक्ष खेमराज वराल ध्रुबको प्रगति प्रतिवेदन, कोषाध्यक्ष विष्णुप्रसाद शर्माको आर्थिक प्रतिवेदन, लेखा तथा सुपरिवेक्षण समिति संयोजक माधव भट्टराईको प्रतिवेदन पारित गरेको छ ।   सो अवसरमा निवर्तमान अध्यक्ष बद्रिनाथ पहारी, जेष्ठ सदस्यहरु डिल्लीराम शर्मा र विष्णु प्रसाद पहारी, उत्कृष्ट वचत कर्ता लिलबहादुर कामी र यमुना पहारी, उत्कृष्ट कारोबार कर्तामा मदन कुमार मैनाली र अञ्जु अधिकारी भण्डारी क्षेत्री,सहकारीका व्यवस्थापक खेमराज सुवेदी,  विभिन्न तह उत्तिर्ण शेयर सदस्यका छोराछोरीहरु सागर सुवेदी, अजय कुमार थापा, ममता ढकाल, नम्रता रेग्मी, सृष्टी थापा, सविन थापा, समिर पहारी, संगम लम्साललाई सम्मान गरिएको सचिव एकनारायण भण्डारीले वताए ।   संस्थाका अध्यक्ष खेमराज वराल ध्रुबको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष टिकाराम बरालले र संचालन सचिव एकनारायण मण्डारीले गरेका थिए ।  

बझाङमा दाजुको हत्या गरेको आरोपमा भाई पक्राउ परेका छन्।   छबिसपाथिभेर गाउँपालिका-६ का घट्टेलेकका ५० वर्षीय बिजुली मन्डेला पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान पक्राउ गरेको हो। उनले शुक्रबार धारिलो हतियार प्रयोग गरी ६० वर्षीय दाजु जैलु मण्डेलाको हत्या गरेको बझाङका डिएसपी भरतबहादुर शाहले जानकारी दिए।   हत्यापछि आरोपी बिजुली फरार भएका थिए। हत्याको कारणबारे भने हालसम्म खुलेको छैन। पक्राउ परेका बिजुलीलाई कार्यालय ल्याइरहेको डिएसपी शाहले बताए। 

पर्साको वीरगञ्जमा आज धार्मिक सद्भाव र्‍याली निकाल्ने तयारी भएको छ । वीरगञ्ज महानगरपालिकाको अगुवाइमा बिहान ११ बजे सद्भाव र्‍याली निकाल्ने तयारी भएको हो । वीरगञ्जको आदर्शनगरमा रहेको स्वीमिङपुलबाट सद्भाव र्‍याली निकाल्ने महानगरपालिकाले जनाएको छ ।   यसैबीच हिजो जिल्ला प्रशासन कार्यालय पर्सामा भएको सर्वपक्षीय बैठकले सबै धर्म र समुदायबीच आपसी सद्भाव कायम राख्ने सहमति भएको छ । धर्म, संस्कृतिको सम्मान गर्दै आपसी सद्भाव कायम राख्ने सहमति भएको हो ।   राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक समुदायका अगुवालगायतको उपस्थितिमा बसेको बैठकमा अबदेखि शान्ति सुरक्षा अमनचैनमा असर पर्ने गरी धार्मिक एवम् सामुदायिक प्रकारको र्‍याली, जुलुस, प्रदर्शन र बन्द हड्ताल नगर्ने सहमति भएको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिनुभयो ।   मूर्ति विर्सजनको क्रममा सर्लाहीको मलगङ्वामा दुई पक्षबीच विवादलाई लिएर विभिन्न ठाउँमा प्रदर्शन हुन थालेपछि आपसी सद्भाव कायम राख्न सबै पक्षले अनुरोध गर्दै आएका छन् ।   गएको बिहीवार मूर्ति विसर्जनको क्रममा दुई पक्षबीच झडप भएपछि मलङ्गवामा लगाइएको अनिश्चितकालीन कर्फ्यु कायमै छ ।  

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ र एक जना घाइते भएका छन् ।   रोल्पाबाट तरकारी बोकेर ल्याएको रा १ च १०२५ नम्बरको जीप राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा बिहान सवा ६ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएकाहरुको परिचय खुल्न बाँकी छ ।   घाइतेलाई उपचारका लागि दाङ पठाइएको प्रहरीले जनाएको छ । 

काठमाडौं:  विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरूमा २०७९ कात्तिक २० गतेदेखि संचालित प्रहरी जवान आधारभूत तालिमबाट कुल २ हजार ४ सय ११ जना प्रहरी जवान दीदक्षित भएका छन् ।   ती मध्ये ४ सय ६७ जना महिला र १ हजार ९ सय ४४ जना पुरूष रहेका छन् ।   कुन केन्द्रबाट कति ?   नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालबाट १ सय १ जना, काठमाडौं उपत्यका प्रहरी शिक्षालय महाराजगंजबाट १ सय ३ जना, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासीबाट १ सय ८९ जना, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरबाट २ सय ९५ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।    यस्तै मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर राजविराजबाट २ सय ८३ जना, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीबाट २ सय ८० जना, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रबाट २ सय ७७ जना, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलबाट २ सय ८७ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् ।    यस्तै कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज)बाट ३ सय जना, सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलबाट १ सय ९६ जना, सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र (प्रहरी प्रशिक्षण स्थल बुडर, डोटी) बाट १ सय जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् ।   दीक्षान्त समारोहका प्रमुख अतिथिहरूले आ–आफ्नो दीक्षान्त समारोहमा प्रहरी जवान आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरूलाई बधाई तथा सफलताको कामना व्यक्त गर्दै आवश्यक निर्देशनसमेत दिएका थिए ।