पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

अनलाइन बेटिङबाट २४ करोड बराबरको कारोबार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन्।    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले झापा दमक नगरपालिका-१२ का ३० वर्षीय पिन्टुकुमार साहलाई पक्राउ गरेको हो।   कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार उनले गैरकानुनी रूपमा २४ करोड १५ लाख १७ हजार १३८ रुपैयाँको बेटिङ कारोबार गरेको देखिन्छ। वानएक्स बेट, मेल्बेट, रूपी बेट, डब्ल्युडब्ल्युडब्ल्यु ३८८८, स्काइ चेन्ज, बालिज बेट, खेल विन, इन्डिओ २४ बेट, केएनजेम८८ जस्ता वेबसाइटहरूमार्फत साहले बेटिङ गर्न लगाएको प्रहरीले जनाएको छ।  उनले अरूलाई बेटिङ गर्न लगाएको, जुवा, सट्टाबाजीजस्ता अनलाइन खेल खेलाएको आरोप छ।    नेपाल राष्ट्र बैंकको नियमविपरीत कारोबार गरेको भन्‍दै प्रहरीले उनलाई पक्राउ गरेको हो। थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी परिसर टेकुमा पठाएको छ।   

काठमाण्डौ: काठमाण्डौको महाराजगञ्जमा गोली लागेर घाइते अवथामा भेटिएकी शर्मीला चौधरीको उपचारका क्रममा ज्यान गएको छ । उहाँको त्रिवि शिक्षण अस्पतालमा बिहीवार हिजो ज्यान गएको हो ।    यही असोज १० गते काठमाण्डौ महानगरपालिका–४ पञ्चकन्यामा रहेको आफ्नै डेरामा गोली लागेको अवस्थामा भेटिएकी चौधरीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । उहाँको उपचारका क्रममा ज्यान भएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।   मृतक चौधरी नौ दिन अघि उहाँका श्रीमान् नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक लक्ष्मण चौधरीले बोक्ने पेस्तोलबाट गोली लागेर घाइते भएको अवस्थामा निवासमा भेटिनुभएको थियो । उहाँको कोखामा एक राउन्ड गोली लागेको अनुसन्धानबाट खुलेको छ ।   लक्ष्मण चौधरी पूर्वआईजीपी ध्रुवबहादुर प्रधानको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) समेत रहनुभएको छ । 

मनाङ:   हिमाली जिल्ला मनाङ आउने क्रममा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकी नागरिक  ६९ वर्षीय चाल्स केथ डेभिज रहेका छन् ।   डेभिज बुधबार श्रीमती वेथ एन फोड्रियत, पथप्रदर्शक, चालक र पोटरसहित बा६च ७५६ नम्बरको गाडीमा लमजुङबाट मनाङ सदरमुकाम चामे आउँदै गरेका थिए ।   बेँसीसहर–चामे सडकखण्डअन्तर्गत मनाङको नासों गाउँपालिका–३ खोत्रोडाँडाबाट सडकमा झरेको ढुङ्गा पन्छाउने क्रममा बुधबार राति उनी सडकबाट करिब सय मिटर तल मस्र्याङ्दी नदी किनारमा खसेका मनाङका प्रहरी नायब उपरीक्षक फणिन्द्र रानाभाटले जानकारी दिनुभयो।    जिल्ला प्रहरी कार्यालय चामे र इलाका प्रहरी कार्यालय धारापानीबाट खटिएको प्रहरी टोलीले उहाँको राति नै उद्धार गरी उपचारका लागि मनाङ जिल्ला अस्पताल चामे ल्याएको थियो ।   उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएको प्रहरी नायब उपरीक्षक रानाभाटले बताउनुभयो । डेभिजको शव परीक्षणका लागि हेलिकोप्टरमा बिहीबार त्रवि शिक्षण अस्पताल काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । 

काठमाडौं:  बझाङमा गत मंगलबारको भूकम्पपछि परकम्प जाने क्रम जारी छ । गएराति पनि दुई पटक परकम्प गएको रेकर्ड छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको रेकर्ड अनुसार गएराति चैनपुर आसपास केन्द्रविन्दु भएर १० बजेर ५२ मिनेटमा ४.५ र १२ बजेर २३ मिनेटमा ३.९ म्याग्निच्युडको परकम्प गएको छ ।   केन्द्रका अनुसार मंगलबारयता तीन सयभन्दा धेरै साना–ठूला परकम्प गएका छन् ।   गत मंगलबार बझाङको तालकोट केन्द्रविन्दु भएर ५.३ र चैनपुर केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।   प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले अहिले पनि परकम्प जाने र धक्का महसुस भइरहेको जानकारी दिए ।

हिमाली जिल्ला हुम्लाबाट सुत्केरी व्यथा लागेर  थला परेकी महिलालाई १७ घन्टापछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।   व्यथा लागेर थला परेकी अदानचुली गाउँपालिका–४ की २३ वर्षीया राजकला ढकाल ९पाण्डे०लाई हेलिकोप्टरबाट उद्धार गरी कालागाउँस्थित सुर्खेत प्रदेश अस्पतालमा बिहीबार बिहान पुर्‍याइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हंशबहादुर महताराले बताए।   आमा र शिशुको ज्यान बचाउन विभिन्न निकायमा पहल गरी आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको हो। पाण्डेको गर्भमा रहेको शिशुको यसै महिनाको २० गतेका लागि समय तोकिएको थियो।   व्यथा लागेपछि श्रीनगर स्वास्थ्यचौकीमा भर्ना भएकी उनको जटिलस्थिति  ९ब्रिज प्रिजेन्टेसन० भएकाले बुधबार नै रेफर गरिएपनि यातायातका साधनको अभावमा विहीबार बिहान मात्र सुर्खेत पुर्‍याइएको महताराले बताए।   पाण्डेको उद्धारका लागि प्रयोग भएको नेपाली सेनाको हेलिकोप्टर खर्च संघीय सरकारको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उद्धारकार्यक्रमबाट ब्यहोरिने भएको छ।  

भक्तपुरमा कारको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।    बिहीबार बिहान साढे ६ बजे मध्यपुर थिमि नगरपालिका वडा नम्बर ९ निकेरास्थित दुवाकोट मोडमा कार र मोटरसाइकल जुध्दा दुर्घटना भएको थियो। पुरानो थिमी जाँदै गरेको बागमती प्रदेश ०२(०४१प ३३१९ नम्बरको मोटरसाइकल र राधेराधे जाँदै गरेको बा ५ च। २०४९ नम्बरको कार जुधेको थियो।   कार अनियन्त्रित भई पैदल यात्रीलाई ठक्कर दिएको भक्तपुर प्रहरी परिसरका डिएसपी बसन्त पाठकले बताए। दुर्घटनामा मध्यपुर थिमि नगरपालिका(९ राधेराधेका ५८ वर्षीय योगराज बराल गम्भीर घाइते भएका थिए। उपचारका क्रममा बरालको आज बिहान करिब ७ बजे भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोटका २० वर्षीय मिलन कार्की सामान्य घाइते भएका छन्। उनी उपचारपछि डिस्चार्ज भइसकेका छन्।  कार्की र कार चालक मध्यपुरथिमी नगरपालिका वडा नम्बर ६ का २९ वर्षीय अनुज प्रजापतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

पोखरा:   पोखरामा आयोजना हुने साँस्कृतिक कार्यक्रम तथा र्यालीमा चिलको भेषमा देखिने क्याप्टेन सोलाल गुरुङ बेपत्ता भएका छन् ।   पोखरामा ‘चिल बाजे’ भनेर चिनिने क्याप्टेन सोलाल गुरुङ पोखरा महानगरपालिका १३ को पत्रपछि परिवार र आफन्तको सम्पर्क बाहिर पुगेका हुन् ।     वडाध्यक्ष किरण बरालद्वारा हस्ताक्षरित पत्र अनुसार पोखरा महानगरपालिका १९  निवासी अन्जना भण्डारीको नाममा उक्त जग्गा श्रेष्ता पुर्जा देखिएपछि घर खाली गराउन मागसहित अन्जना भण्डारीले वडा कार्यालयमा निवेदन दिएकी थिइन् ।   सोही निवेदनका आधारमा त्यसपछि वडा कार्यालयले सोलाल र उनको श्रीमती मनिषा घर्तीलाई पत्र पठाउदै ७ दिनभित्र घर खाली गराउन उर्दी जारी गरेको थियो ।    त्यसपछि चिल बाजे एकाएक परिवार र आफन्तको सम्पर्क बाहिर पुगेको तमु प्हे ल्हु संघ युवा केन्द्रीय समितिका अध्यक्ष शुक्रराज तमुले बताए ।    चिल बाजे निकटस्थ आफन्तका अनुसार सोलालको नाममा रहेको उक्त घर कान्छी श्रीमतीसमेत रहेकी मनिषा घर्तीले ललाई फकाई आफ्नो नाममा नामसारी गराएकी थिइन् ।   त्यसपछि उक्त घर अन्जनालाई बेचेको हुनसक्ने आफन्तको बुझाई छ ।  त्यसपछि मनिषा र सोलाल सम्पर्क बिहीन भएका हुन् ।   यद्यपी सोलाल मनिषाको पनि सम्पर्कमा नभएको आफन्तको बुझाई छ । सोलाले प्रयो गर्ने मोटरसाइकल र समाग्रीहरु घरै छाडिएका छन् ।   सोलाल एक महिनादेखि बेपत्ता भएपछि उनका आफन्तले चिल बाजेलाई खोजी गर्न प्रहरीलाईसमेत गुहारेका छन् ।    यस्तो छ वडाको पत्र 

कपिलवस्तुमा सर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको ज्यान गएको छ ।   अस्ति मङ्गलवार राति सर्पले डसेर बिरामी भएका वाणगङ्गा नगरपालिका–९ जिनुवाका मोतीलाल क्षेत्रीका ३ वर्षीया छोरी रीतिका र ८ वर्षीया छोरी इशिकाको ज्यान गएको वडाअध्यक्ष कमल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आमासँग सुतिरहेका उनीहरुलाई राति सर्पले डसेको थियो । उनीहरुको उपचारको क्रममा हिजो लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएको हो ।   सर्पले डसेको थाहा पाएपछि दुवैलाई उपचारका लागि कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेमा लगिएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । 

पोखरा:  असोज ९ गतेदेखि सोह्र श्राद्ध सुरुभएपछि पोखरामा बुवाको श्राद्ध गर्ने निर्णय भयो ।    यो निर्णय डम्मरबहादुर थापाको एक्लै थिएन । उनले विदेशमा रहेका दाई र भाईसँग सल्लाह गरेर घरबाट निस्किएका थिए ।    बागलुङको ताराखोला गाउँपालिका ३ हिल इदीका ५० वर्षीय डम्मरबहादुर थापा गत १३ गते बागलुङबाट पोखरा हिडेका थिए तर डम्मरबहादुर बिच बाटैमा अस्ताए ।    पितृकार्यका लागि पोखरा निस्केका डम्मरबहादुर अब कहिल्यै आफ्नो स्वर्गीय बुवालाई सम्झन पाउनेछैनन् । उनी बेपत्ता भएपछि अहिले थापा परिवार शोकमा डुबेको छ ।   १५ वर्षे शिक्षण पेशाबाट अवकाश लिएका थापा गाउँमै अलैची खेतीमा गर्दै आएका थिए । उनी गाउँमै बस्दै आएपनि उनको दाजु भने पोखराको औद्योगिक बस्दै आएका छन् ।    ‘डम्मर गाउँमै अलैची खेती गरेपनि उनको दाजुको औद्योगिक क्षेत्रमा दाजुको घर छ, उनका एक आफन्तले सुनगाभा सहकर्मीसँग भने, ‘यसपटक उनको बुवा नरबहादुर थापाको श्राद्ध गर्न पूर्व योजना अनुसार नै उनी बागलुङको हिल घुस्मेलीबाट बागलुङ बजारसम्मका लागि गाडी चढेका थिए । तर बाटैमा अस्ताए ।’    बागलुङकै काफलठुट्टामा आएर विदेशमा रहेका दाजुलाई सम्पर्क गरेका थापाले साँझपख बागलुङ बजार आएर पुनः दाजुलाई फोनमा भनेका  थिए, ‘दाई म पोखरा हिड्न बागलुङ बजारबाट गाडी चढे’, उनको भनाईलाई उद्धत गर्दै ती आफन्तले भने ।   त्यसपछि (असोज १३ गते शनिबार ) राति एकाएक तमादीखोलामा आएको बाढीले जीप बगाएको खबर आगोसरी फैलिदै गयो ।    गाडीसहित तीन जना बाढीमा बेपत्ता भएको खबर आएपनि को को बेपत्ता भए भन्ने पुष्टि भएको थिएन । तर उनको दाजुले आशंका गर्दै डम्मरका आफन्त र विदेशमा रहेका दाजु र भाईले डम्मरलाई फोन गरिरहे तर फोन लागेन ।   अन्तत: शनिबार बागलुङबाट गाडी चढेका थापासहित कास्कीको अन्नपूर्ण गाउँपालिका घर भएका विजय पौडेल र रुपन्देही घर भएका गोपाल बस्याल बाढीमा परेको सुरक्षाकर्मीको टोलीले पुष्टि गर्याे । अहिलेसम्म तिनै डम्मरको अवस्था अज्ञात छ ।   गोपाल बस्यालको शवसोही दिन प्रहरीले भेट्टाएको थियो भने पौडेलको शव हिजो मात्र स्याङ्जाको मिर्मिस्थित कालाीगण्डकी ए जलविद्युतको ड्यामममा फेला परेको थियो ।    असोज १३ गते बागलुङबाट पोखरा आउँदै गरेको ग १ ज ६२१३ नम्बरको टाटा सुमो गाडी तमादीखोलामा एक्कासी आएको बाढीले बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएका थिए ।    पर्वतको कुश्मा नगरपालिका ७/८ स्थित तमादीखोलामा गाडीमा ओट लागेपछि त्यसलाई निकाल्न सवारी चालक निस्किएको समयमा एक्कासी आएको बाढीले गाडी बगाएको थियो ।   जिल्ला प्रहरी कार्यालय पर्वतले सो घटनाको बारेमा अनुसन्धान गर्न सवारी चालकलाई नियन्त्रणमा लिएको छ ।   मास्टर थिए डम्मरबहादुर    बागलुङको ताराखोला गाउँपालिका ३ हिल इदी घर भएका डम्मरबहादुर थापा, स्वर्गीय नरबहादुर थापाका माहिला छोरा हुन् ।    १५ वर्षसम्म हिल इदीस्थित हरी माध्यमिक विद्यालयमा नै अध्यापन गराएका थापा ०७४ को स्थानीय निर्वाचनमा बागलुङको ताराखोला गाउँपालिका ३ मा राष्ट्रिय जनमोर्चाबाट वडाध्यक्षका उम्मेदवारसमेत थिए । तर उनले जित हाँसिल गर्न भने सकेनन् ।   विद्यालयमा उनीसँगै अध्यापन गराएका शिक्षक गणेश कार्कीका अनुसार थापा शिक्षण पेशाबाट अवकाश लिएपछि सामाजिक क्षेत्रमासमेत आवद्ध थिए ।    ‘शिक्षक पेशासँगै उहाँ सामाजिक काममासमेत जोडिनुभएका व्यक्तित्व हुनुहुन्थ्यो । शिक्षक पेशाबाट विदा लिए लगत्तै संयोगवश ०७४ मा स्थानीय निर्वाचन भयो । त्यसमा प्रत्यासी समेत हुनुभएको थियो, कार्कीले भने, ‘निर्वाचनमा थोरै मतान्तरले पराजित भएपनि गाउँको विकासका लागि उहाँको योगदान सम्झन लायक छ । आज त्यस्तो राम्रो मान्छे हामीमाझ रहनुभएन । उहाँ अविस्मरणीय रहनुनहुनेछ ।’   उनका अनुसार अहिले थापाले गाउँमै अलैची खेती गर्दै आएका थिए ।