कारको ठक्करबाट भक्तपुरमा एकको मृत्यु

काठमाडाैं | असोज १८, २०८०

कारको ठक्करबाट भक्तपुरमा एकको मृत्यु सांकेतिक तस्बिर

भक्तपुरमा कारको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। 

 

बिहीबार बिहान साढे ६ बजे मध्यपुर थिमि नगरपालिका वडा नम्बर ९ निकेरास्थित दुवाकोट मोडमा कार र मोटरसाइकल जुध्दा दुर्घटना भएको थियो। पुरानो थिमी जाँदै गरेको बागमती प्रदेश ०२(०४१प ३३१९ नम्बरको मोटरसाइकल र राधेराधे जाँदै गरेको बा ५ च। २०४९ नम्बरको कार जुधेको थियो।

 

कार अनियन्त्रित भई पैदल यात्रीलाई ठक्कर दिएको भक्तपुर प्रहरी परिसरका डिएसपी बसन्त पाठकले बताए। दुर्घटनामा मध्यपुर थिमि नगरपालिका(९ राधेराधेका ५८ वर्षीय योगराज बराल गम्भीर घाइते भएका थिए। उपचारका क्रममा बरालको आज बिहान करिब ७ बजे भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।


मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोटका २० वर्षीय मिलन कार्की सामान्य घाइते भएका छन्। उनी उपचारपछि डिस्चार्ज भइसकेका छन्। 


कार्की र कार चालक मध्यपुरथिमी नगरपालिका वडा नम्बर ६ का २९ वर्षीय अनुज प्रजापतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

झापा : एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा नेपाल प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ ।   मृत्यु हुनेमा मोरङ जिल्ला केराबारी गाउँपालिका –२ घर भई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत ...

थप पढ्नुहोस्

काठमाडौँ:  नेपाल प्रहरीका दुईजना एआईजीको विभाग हेरफेर भएको छ ।   अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीलाई मानवश्रोत विकास विभागमा सरुवा गरिएको छ ...

थप पढ्नुहोस्