मणिपाल प्रकरण: बैदामका डिएसपी जोशी र जिल्लाका इन्सपेक्टर श्रेष्ठ जिम्मेवारीबाट हटाइए
पाेखरा | असोज १०, २०८०

पाेखरा: मणिपाल अस्पतालमा उपचाररत बिरामीको मृत्यृ भएपछि शुरु भएको प्रकरणमा प्रहरीको भूमिकासमेत अलोकप्रिय भएपछि वडा प्रहरी कार्यालय, बैदाम प्रमुख डिएसपी वेद जोशीलाई जिम्मेवारीबाट हटाइएको छ ।
त्यस्तै, घटनाकै दिन उत्पन्न तनावबीच प्रहरी निरीक्षक मदन श्रेष्ठले चिकित्सकमाथि कुटपिट गरेको र त्यसपछि उक्त बखान गरेको भिडियो सार्वजनिक भएपछि उनी पनि यहाँबाट हटाइएको छ ।
विश्वस्त सुत्रकाअनुसार दुबै प्रहरीलाई काठमाण्डौं सरुवा गरिसकिएको छ ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डिएसपी श्रवणकुमार बिकले ‘ठ्याक्कै थाहा नभएको, काजमा सरुवा भएको हुनसक्ने' प्रतिक्रिया दिएका छन् ।
काठमाडौं: भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सु...
काठमाडौं: हरितालिका (तीज) पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तीजका अवसरमा भगवान् श्रीपशुपतिनाथ...
पोखरा: पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ अन्र्तगत सोमबारदेखि ढिकि जातो प्रतियोगिता सुरु भएको छ । ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्...