म्याग्दी: म्याग्दीको मालिका गाउँपालिका–४ महभिरको बस्ती पहिरोको जोखिममा परेको छ । बस्तीमाथिको पाखोबाट खसेको पहिरोले दुुई वटा घर भत्किनुुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुुगेको छ । वडासदस्य गर्वे गुुरुङले काले कामी र तुलबहादुुर घर्तीको घर भत्किएको र १३ घर जोखिममा परेको जानकारी दिनुुभयो । पहाडको फेदीबाट शुरु भएको दुुई वटा पहिरो फेदीमा रहेको रितुुङखोला सम्म पुुगेको छु, उहाँले भन्नुुभयो, ट्याङ्की, मुुहान र पाइपलाइनमा क्षति पुुगेकाले २५ घरधुरीले खाने खानेपानीको आयोजना अवरुद्ध भएको छ । फूलबारी–महभिर–च्युरीबोट सडक अवरुद्ध भएको छ । पहिरोले गाउँको बीचमा ठूलाठूला खोल्सी बनाएको छ । खोल्सा छेउछाउको जमिन चिराचिरा भएको छ । दुुई सय रोपनीभन्दा बढी खेतीयोग्य जमिनमा पनि पहिरोले क्षति गरेको छ । गएको बुुधवार राति आएको पहिरोले तुुलबहादुरको गोठमा रहेका एक वटा राँगो र एक वटा गोरु मरेका थिए । हामी त्यो दिन घरमा नभएकाले पहिरोबाट बचियोु, तुलबहादुुर भन्नुुभयो, ११ जनाको परिवार आफन्तकोमा आश्रय लिएर बसेका छौँ । काले कामीले पहिरोले पुुरिएकोबाहेक अर्को ठाउँमा रहेको घडेरीमा पनि पहिरोको जोखिम भएकाले कहाँ बस्ने भन्ने चिन्ताले सताएको बताउनुुभयो । पूर्णदेवी घर्ती, सहबहादुुर घर्ती, सहबहादुुर सुुनार, लालबहादुुर कामी, तिलक कामी, गोरे कामी, पोविसरा सुुनार, वीरबहादुुर कामी, मुक्तिराम सुुनार, कुुलप्रसाद घर्ती, भीमप्रसाद सुुनार, रहमन घर्ती र कुुमारी घर्तीको घर जोखिममा रहेका वडासदस्य गुुरुङले बताउनुुभयो । यो ठाउँमा गएको हिउँदमा पनि सुुक्खा पहिरो खसेर एक वटा घरमा क्षति गरेको थियो । पहिरो प्रभावित क्षेत्रको बिहीवार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जालीले निरिक्षण गर्नुुभएको थियो । पहिरोबाट घरवास गुुमाएकालाई जिल्ला प्रशासन कार्यालय मार्फत राहतको व्यवस्था हुुन्छु, उहाँले भन्नुुभयो, घर पुुनःनिर्माणका लागि तीनै तहका सरकारको साझेदारीमा पाँच लाख रुपैयाँका दरले अनुुदान उपलब्ध गराउने व्यवस्था भएकाले त्यहीअनुुसार सहयोग गर्छौँ। तत्कालीनरुपमा खानेपानी आपूर्ति र सडक मर्मत तथा पहिरोबाट थप क्षति हुुन नदिने र दीर्घकालीन रुपमा पहिरो नियन्त्रण तथा बस्ती संरक्षण अथवा स्थानान्तरणको योजना कार्यान्वयन गरिने उहाँले बताउनुुभयो ।
पोखरा: स्याङजाको पुतलीबजार नगरपालिका ८ बहाकोटमा निर्माण सम्पन्न भएको कोट कालिका मन्दिरको उद्घाटन गरिएको छ । बाइसे राजा पृथ्वी वीर बिक्रम शाहको पालामा स्थापित बहाकोट कोटकालिका मन्दिर जीर्ण बनेसंगै मन्दिरको जिर्णेद्धारा सहिन पुन निर्माण संगै मन्दिरमा ढलोटको मूर्ति समेत स्थापना गरिएको हो । मन्दिरको उद्घाटन गर्दै पुतलीबजार नगरपालिकाका मेयर तुलसीराम रेग्मीले ऐतिहांसिक बहाकोट कालिका मन्दिर पुननिर्माण पश्चात मन्दिर आकर्षण बनेकाले बहाकोटमा आन्तरिक एवं बाह्य पर्यटक भित्रिने बताए । रेग्मीले मन्दिर सम्म आउने सडकको अवस्था अझैपनि दयनिय रहेको बताउदै उक्त सडक निर्माणमा नगरपाकिाले सहयोग गर्ने र संघ र प्रदेश सरकार संग समेत समन्वय गरी सडकलाई बाह्रै महिना सञ्चालन हुने गरी निर्माण गर्न आफु प्रतिवद्ध भएर लाग्ने बताए । ऐतिहासिक एवं धार्मिक मन्दिर दर्शनका लागि बहाकोट भित्रिने पाहुनालाई रैथानेबालीको परिकार खुवाउन र स्थानीय संस्कृतिको प्रवद्र्धन गर्न होमस्टे सञ्चालन गर्न समेत बहाकोट बासीलाई उनको आग्रह रहेको थियो । त्यस्तै अधिवक्ता विश्वराज मरासिनीले बहाकोट बासी दाजुभाइले पहलकदमी थालेर स्वदेश तथा विदेशमा रहेका जनसमुदायको सहयोगबाट मन्दिर निर्माण हुनु बहाकोट बासीको गौरवको विषय भएको वताउदै स्याङजा जिल्लामा नया धार्मिक पर्यटकीय गन्तब्य थपिएको वताए । बहाकोट कालिकाले बहाकोट आसपासको पर्यटकीय गतिविधीलाई टेवा प¥याएको बताउदै बहाकोट कालिकाको मन्दिर संरक्षणमा समेत सम्पूर्ण बहाकोटबासी जुट्नुपर्नेमा जोड दिए । पुतलीबजार नगरपालिका वडा नम्बर ८ का अध्यक्ष इम बहादुर सेनले सहयोगी हातबाट करोडौको लगानी गर्न सफल भएको बताउदै सहयोगी मनकै कारण बहाकोट कोटकालिका मन्दिर स्थापना भएको बताए । सहयोग गर्नेहरुलाई धन्यवाद ब्यक्त गर्दै वडाअध्यक्ष शाहीले आगामी दिनमा मन्दिर जाने बाटो आफ्ठेरो रहेको बताउदै सडक निर्माणका लागी र बहाकोटमा थ्री फेस लाइन जडानका लागीसमेत पहलकदमी थाल्ने वताए । बहाकोट संग मिलिनियम ट्रेक कोल्मा, कैलाश गुफा र भारकोट स्तुपालाइ जोडेर पर्यटन प्रवद्र्धन संगै आर्थिक बिकासमा अगाडि बढ्ने सकिने उनको भनाइ रहेको थियो । मन्दिर निर्माण समितिका अध्यक्ष भरतकुमार रानाले सिपाहीले मन्दिर अगाडी सुतिरहेको बाघलाई तरबारले काटेकाले सो ठाउँको नाम बाघकाट र समयान्तरमा अपभ्रम्स भई बहाकोट रहन गएको किंवदन्ती रहेको बताए । सुतेकै बाघलाई सिपाहीले काटेकाले बहाकोट कोटकालिकाको मौला समेत सुताइएर राख्ने गरिँदै आएको र आगामी दिनमा बाघ काटेको मूर्ति समेत बनाउने आफुहरुको योजना रहेको बताए । पुतलीबजार नगरपालिका, गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय स्थानीय र बाह्य सहयोगी एंव चन्दादाताको सहयोगमा संकलित एक करोड एक लाख ३५ हजार ८ सय ८ रुपैया लागतमा बहाकोट कोट कालिका मन्दिर निर्माण सम्पन्न गरिएको आर्थिक संकलन संयोजक इन्द्र बहादुर थापाले वताए । मन्दिरमा बडादसैंको महाअष्टमीको रातमा कालरात्रीको बिशेष पूजापाठ हुने साथै बडादसैको नवमी र चैतेदसैंको अष्ठमीमा पञ्चवली सहित विशेष पूजा हुने गर्दछ ।
चितवनमा नारायणी नदीमा नुहाने क्रममा आज बिहान दुई जना युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भारत आसाम घर भइ धनगढीमा रहेको लक्ष्मीनारायण मन्दिरमा संस्कृत विषय अध्ययनरत १९ वर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने १७ वर्षीय पंकज दाहाल रहेका छन् । धनगढी उपमहानगरपालिका र लक्ष्मी नारायण मन्दिरको संयुक्त आयोजनामा उनीहरु देवघाट आएका थिए । बेपत्ता भएका दुवै युवकको खोजी भइरहेको चितवनका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभएको छ ।
दोलखामा प्रहरीले चार किलो सुन बरामद गरेको छ। इलाका प्रहरी कार्यालय सिंगटीबाट खटिएको टोलीले बुधबार अन्दाजी चार किलो सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक खड्काले जानकारी दिए। बुधबार सुन बरामद भएपछि अनुसन्धान गरी केही व्यक्तिहरूलाई समेत पक्राउ गरिएको छ। उनीहरूको परिचय खुलाएको छैन। सुन परीक्षण गर्न प्रहरीले सुन चाँदी व्यवसायी महासंघमा पठाएको छ।
पाेखरा: मणिपाल अस्पतालमा उपचाररत बिरामीको मृत्यृ भएपछि शुरु भएको प्रकरणमा प्रहरीको भूमिकासमेत अलोकप्रिय भएपछि वडा प्रहरी कार्यालय, बैदाम प्रमुख डिएसपी वेद जोशीलाई जिम्मेवारीबाट हटाइएको छ । त्यस्तै, घटनाकै दिन उत्पन्न तनावबीच प्रहरी निरीक्षक मदन श्रेष्ठले चिकित्सकमाथि कुटपिट गरेको र त्यसपछि उक्त बखान गरेको भिडियो सार्वजनिक भएपछि उनी पनि यहाँबाट हटाइएको छ । विश्वस्त सुत्रकाअनुसार दुबै प्रहरीलाई काठमाण्डौं सरुवा गरिसकिएको छ । यस विषयमा जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डिएसपी श्रवणकुमार बिकले ‘ठ्याक्कै थाहा नभएको, काजमा सरुवा भएको हुनसक्ने' प्रतिक्रिया दिएका छन् ।
दाङमा ९ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय पुरूष पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका-१४ भेटनरी बस्ने ४० वर्षीय टेकबहादुर विक पक्राउ परेका हुन्। उनलाई अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो। बालिकाका परिवारले सोमबार दिउँसो जबरजस्ती करणी गरी फरार भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएका थिए। सोही उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
बनेपामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मंगलबार राति ९ बजे बनेपा नगरपालिका-७ धनेश्वर गेट नजिकै टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। बनेपाबाट पनौती जाँदै गरेको बा-८४ प ६९५९ न को मोटरसाइकललाई विपरीत दिशाबाट आएको बा-४ ख-९९७५ न को टिपरले ठक्कर दिएको थियो। ठक्करबाट काभ्रे रोशी गाउँपालका-८ खार्पाचोकका ३९ वर्षीय सिद्धिकुमार लामा घाइते भएका थिए। घाइतेपछि उनलाई उपचारका लागि शिर मेमोरियल अस्पतालमा लगिएको थियो। उनको टाउकोमा गम्भीर चोट लागेको थियो।थप उपचारका लागि उनलाई अन्नपूर्ण न्युरो अस्पतालमा लगिएको थियो। त्यहाँ बुधबार बिहान सवा ५ बजे मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दियो।
रुकुमपश्चिम: रुकुमपश्चिममा वनको रुख फँडानी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक वडाध्यक्ष छन् । अवैध रूपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा चौरजहारी नगरपालिका–११ का वडाध्यक्ष तुल्से ओलीसहित चार जनालाई डिभिजन वन कार्यालयले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वडाध्यक्ष ओलीसहित ५१ वर्षीय कुले नेपाली, २६ वर्षीय विशाल केसी र ५१ वर्षीय दिलबहादुर शाह रहेका छन् । डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारका अनुसार वडाध्यक्ष ओलीलाई मङ्गलबार, नेपाली र केसीलाई यही असोज ८ गते र शाहलाई भदौ २९ गते नै पक्राउ गरिएको हो । उहाँहरूविरुद्ध चौरजहारी–११ स्थित जनकल्याण सामुदायिक वन र सोही स्थानमा अवस्थित सर्केना सामुदायिक वन क्षेत्रका रुख अवैध ढङ्गले फँडानी गरेको आरोप छ । आरोपी चारै जनालाई अदालतबाट पक्राउ पूर्जी जारी भएपछि डिभिजन वन कार्यालयले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ । पक्राउ परेका वडाध्यक्ष ओली २०७९ वैशाखमा भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित हुनुभएको हो । रासस
बैतडी: गाडीको ठक्करबाट बैतडीमा एक सशस्त्र प्रहरीको ज्यान गएको छ । ज्यान जानेमा पाटन नगरपालिका–८ हरिचन घर भइ सशस्त्र प्रहरी बाजुराको आश्रित गुल्ममा कार्यरत हवल्दार ४० वर्षीय नरेन्द्रसिंह महरा रहेका छन् । बाजुराबाट घर आइरहेका महरालाई दशरथचन्द राजमार्गअन्तर्गत हरिचन मोडमा गाडीले बिहान ठक्कर दिएको र उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । बाजुराबाट बझाङ जाने गाडीमा घर आएका महरा खोड्पे बजारमा झरेका र खोड्पेबाट हिँडेर घर आइरहेका बेला उनलाई गाडीले ठक्कर दिएको बताइएको छ । महरालाई ठक्कर दिने गाडीको पहिचान हुनसकेको छैन । यसैबीच महरालाई ठक्कर दिने गाडीको पहिचान गर्न माग गर्दै मृतकका आफन्तले दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन् । राजमार्ग अवरुद्ध हुँदा अहिले तराईबाट बैतडी तथा दार्चुलाका लागि छुटेका गाडीहरु बीचबाटोमै रोकिएका छन् । घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ । महरालाई ठक्करदिने गाडीको पहिचान गर्ने कार्य र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।