बस दुर्घटना हुँदा घाइते भएका दुई जनाको ज्यान गयो
तनहुँ | मंसिर १३, २०८०
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान बस दुर्घटना हुँदा घाइते भएकामध्ये दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा धनकुटा सागुरीगढी गाउँपालिका–९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलेका ५० वर्षीय टोपबहादुर मगर रहेको प्रहरी जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।
राईको रत्नहरि अस्पताल र मगरको दमौली अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनामा ३४ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ९ जनालाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ । अरु १९ जनाको रत्नहरी अस्पतालमा र पाँच जनाको दमौली अस्पतालमा उपचार भैरहेको छ ।
एक जना भने उपचारपछि डिस्चार्ज भएका छन् । धरानबाट पोखराका लागि छुटेको ग १ ख ७८९५ नम्बरको बस सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बस तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

