पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

दोलखा :       दोलखाको शैलुङ गाउँपालिकाको एक घरमा आगलागी हुँदा निसासिएर एक जनाको मृत्युभएको छ । शैलुङ गाउँपालिका–१ को एक घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा घरमा रहनुभएको ८५ वर्षीया निदकुमारी मगरको निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा विद्युत् सर्ट भएर आगलागी भएको र झ्यालढोका सबै बन्द रहेका कारण घरमा रहनुभएकी वृद्धाको आज मृत्यु भएको प्रहरीले जनाएको छ ।   घरको छुट्टै कोठामा वृद्धा एक्लै सुत्ने गरेको र घरमा आगलागी भएपछि स्थानीयवासीले उद्धारको प्रयास गरे पनि निसासिएर उनको घरभित्रै मृत्यु भइसकेको स्थानीयवासीले बताएका छन् । बिहानीको समयमा घरमा विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीमा परी घर पूर्ण रुपमा नष्ट भएको छ भने घरमा रहेको बाख्रा तथा कुखुरासमेत जलेर मरेका छन् । आगलागीबाट के कति क्षति भयो भन्ने बारेमा विवरण सङ्कलन भइरहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

नवरपरासी:  पूर्वी नवलपरासीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।     हुप्सेकोट गाउँपालिका ३ का वर्ष ६० का कोश बहादुर मल्लको करेन्ट लागेर आज (सोमबार) बिहान मृत्यु भएको हो  ।    गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार मृतक मल्ल हुप्सेकोट गाउँपालिका ४ झ्यालबासस्थित खेतमा पानी लगाउन गएका थिए ।   सोही क्रममा खेत नजिकै रहेको बिजुलीको तारलाई छुदाँ करेण्ट लागेर घटनास्थलमै मृत्यु भएको बताइएको छ ।  

पोखरा:  पोखरा महानगरपालिका १ बगरमा भिमकाली क्लबको व्यवस्थापनमा लागुपदार्थ नियन्त्रणमा युवाहरुको भूमिका विषयक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।   लागुऔषध नियन्त्रण व्युरो गण्डकी  प्रदेशको सहयोगमा भिमकाली क्लबको व्यवस्थापन तथा लागुपदार्थ नियन्त्रण तथा सुधार आमा समुहको आयोजनामा आइतबार सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।   उक्त कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका १ का नवनिर्वाचित अध्यक्ष साहरा प्रधानले गरे । सो अवसरमा बोल्दै वडाध्यक्ष प्रधानले युवाहरु कुलतमा फस्न नहुने धारणा राखे । युवाशक्ति विकासको मेरुडण्ड भएको उल्लेख गर्दै उनले रचनात्मक र सकरात्मक काममा लाग्नुपर्नेमा जोड दिए ।   उनले युवाहरु भविष्यको कर्णधार मात्रै नभई वर्तमानको साझेदारी समेत भएको भन्दै युवालाई समाज रुपान्तरणमा अभिप्रेरित गर्नेगरि क्लब लागेको वडाले काम गर्ने बताए । ‘समाज परिवर्तन गर्न युवाको भूमिका ज्यादै ठुलो हुन्छ, उनले भने, ‘यो कार्यक्रमले पनि लागुऔषधबाट टाढै रहनपर्छ भन्ने सन्देश दिएको छ र समाज विकासमा ठुलो सघाउ पुग्ने विश्वास लिएको छु ।’   अध्यक्ष प्रधानले युवाहरुलाई अग्रसर गराउनका लागि वडाले सधैं पहल गर्ने समेत बताएका थिए ।    यसैगरी मुख्य प्रशिक्षकका रुपमा रहेका लागुऔषध नियन्त्रण व्युरो गण्डकी  प्रदेश प्रहरीका प्रहरी नायव निरिक्षक विद्याधर त्रिपाठीले युवाहरु लागुऔषधमा फस्नु पछाडिका कारण र लागुऔषधको बेफाइदा र  यसको नियन्त्रणमा युवाको भूमिकाबारे प्रशिक्षण दिएका थिए ।    लागुपदार्थ नियन्त्रण तथा सुधार आमा समुहका अध्यक्ष विष्णु गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा भिमकाली क्लबका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

हेटौँडा :     पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा  उपमहानगरपालिका– १५स्थित सडकखण्डमा यात्रुबाहक बसको ठक्करबाट एक अटो चालकको मृत्यु भएको छ ।आज बिहान २ बजे हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ०२४२ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ अ ६४ नं को अटोलाई ठक्कर दिँदा बाराको रतनपुर घर भएका २६ वर्षीय मिलन सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।   ठक्करबाट सख्त घाइते हुनुभएका सुनारको हेटौँडाको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उक्त अटोमा सवार हेटौँडा–१२ का ३५ वर्षीय सुवास सुनार घाइते हुनुभएको र उहाँको उपचार भइरहेको छ । अटोलाई ठक्कर दिने बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

 सर्लाही:    गर्मी बढेसँगै  तराईका जिल्लामा सर्पदंशका बिरामीको सङ्ख्या  बढ्न थालेको छ  । गर्मी याममा सर्प शीतल ताप्न बाहिर निस्कने र मानिसलाई डस्ने हुँदा सर्पदंशका बिरामी बढेका हुन् ।     गर्मी बढेसँगै  सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामीको चाप बढेको छ । केन्द्रमा वार्षिक करिब ८०० बिरामी आउने र तीमध्ये पाँच प्रतिशतलाई आइसियु र भेन्टिलेटर आवश्यक पर्ने भए पनि सरोकारवाला निकायको बेवास्थाका कारण ती उपकरण प्रयोगविहीन भएको उक्त केन्द्रका डा हंशनारायण झाले बताउनुभयो ।    उहाँका अनुसार आफूहरुले आइसियु र भेन्टिलेटर प्रयोग गर्न सक्ने भए पनि व्यस्तताका कारण आइसियु र भेन्टिलेटर चलाउन नपाएको र त्यसका लागि छुट्टै जनशक्ति राख्न समितिसँग आर्थिक अभावसमेत रहेको बताउनुभयो ।   जेठ महिनामा मात्रै ४० सर्पदंशका बिरामी उपचारका लागि आइसकेका केन्द्रले जनाएको छ । गएको वैशाख महिनामा ६४ जना बिरामीको उपचार गरिएको थियो । केन्द्रमा बिरामीको चाप बढे पनि सञ्चालन गर्ने व्यक्तिको अभावमा ती उपकरण लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको उक्त केन्द्रका व्यवस्थापन समिति अध्यक्ष उद्वव पौडेलले बताउनुभयो ।    उहाँले स्थानीय निकायले राम्रो सहयोग गरिरहे पनि दक्षजनशक्ति अभाव रहेको बताउनुभयो । ती उपकरण सञ्चालनमा ल्याउन नसक्दा राख्नु र नराख्नुको कुनै अर्थ नरहेको सर्पदंशका बिरामी मानबहादुर मोक्तानले बताउनुभयो ।उहाँले ती उपकरण सञ्चालनमा नल्याउँदा बिरामीलाई अन्यत्रै लैजना परेको र समयमै पुर्याउन नसक्दा धेरैले  अकालमै ज्यान गुमाउनु परेको छ भन्नुभयो ।   मधेश प्रदेश सरकारको सहयोगमा केन्द्रमा आइसियु र भेन्टिलेटरको व्यवस्था गर्नाका साथै दुईजना एमबिबिएस चिकित्सक  भएर पनि ती उपकरण सञ्चालन गर्ने व्यक्तिको अभावमा अहिले प्रयोगविहीन अवस्थामा रहेको लालबन्दी नगरपालिका– १ का वडाध्यक्ष हरिबहादुर भट्टराईले बताउनुभयो ।  

काठमाण्डौँ :     मुलुकमा मलको अभावले किसानको पीडा छचल्किरहेका अवस्थामा आज प्रतिनिधिसभामा खेतमा हाल्ने मलकै विषयमा केन्द्रित रहेर सांसदहरुले आवाज उठाउनुभएको छ ।      प्रमुख प्रतिपक्षल दलका सांसदहरुले मलको आपूर्ति गर्न नसकेको भनी सरकारको आलोचना गर्नुभएको छ भने सत्ता गठबन्धन दलले मल आपूर्ति गर्नुपर्ने सवाल महत्वपूर्ण भएको तर विनियोजन विधेयकमाथि छलफल भइरहेका बेला त्यसलाई रोकेर उक्त प्रस्ताव ल्याउनु सान्दर्भिक नरहेको बताउनुभएको छ ।      मल जस्तो अत्यावश्यक वस्तु आपूर्तिमा ख्याल ठट्टा गर्न नहुनेमा सांसदहरुको जोड छ । प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको विषयको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद खगराज अधिकारीले मुलुकलाई चाहिने चार लाख मेट्रिकटन मल कहिले ल्याउने हो भनी सरकारसँग प्रश्न गर्नुभयो ।      मलको हाहाकार भएकाले सार्वजनिक महत्वको प्रस्ताव ल्याउनुपरेको उल्लेख गर्दै सांसद अधिकारीले भन्नुभयो, “हमीलाई मल आजै चाहियो किसानलाई खेतमा हाल्न अहिल्यै चाहियो ।”      उहाँले मुलुकमा १० लाख मेट्रिकटन धान अभाव रहेको, विश्वका कतिपय मुलुकले निर्यातमा रोक लगाइसकेका बेला अब नेपालले किन्नसमेत पाउने अवस्था नरहेपछि धान, चामल किन्न कहाँ जाने भन्दै प्रश्न गर्नुभयो । उहाँले समयमै मलखाद दिन सकेनौँ भने उत्पादकत्व घट्ने र मुलुक ठूलो खाद्यान्न अभावमा पर्ने देखिएको बताउनुभयो ।     प्रतिनिधिसभा सदस्य मीन विश्वकर्माले मल समयमा किसानले पाउनुपर्नेमा जोड दिँदै विगतमा अनियमितताको आशङ्कामा अख्तियारले पत्र काटेकाले कृषि सामग्री संस्थानले टेण्डर रद्द गरेको बताउनुभयो ।        अर्का सदस्य पार्वती डिसी चौधरीले किसानले समयमा मल पाएन भने उनका परिवार समस्यामा पर्ने हुँदा उनीहरुलाई मल दिनुपर्नेमा जोड दिनुभयो ।       अर्का सदस्य डिला सङ्ग्रौलाले सरकारले भारत सरकारसँग सम्झौता (जिटुजी) गरी मल ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले आत्मनिर्भर अर्थतन्त्र बनाउन कृषि क्षेत्रको महत्व रहेको र जनताले मल पाउनुपर्ने कुरा महत्वपूर्ण रहेको बताउनुभयो ।      अर्का सदस्य गोपालबहादुर बमले किसानले मल नपाउने समस्या सबै दलको साझा समस्या भएकाले एकजुट हुनुपर्ने विचार व्यक्त गर्नुभयो । सांसद लक्ष्मी परियारले प्रत्येक वर्ष मलको अभाव हुने गरेको सन्दर्भ जोड्दै समस्या समाधान गर्न संवेदनशील हुनुपर्ने बताउनुभयो ।       सांसद गणेशकुमार पहाडीले जनताले रोपेको धान नफल्ने र रोप्न नपाइने भन्दै चिन्ता गरेकाले दीर्घकाल समाधानका लागि मल उद्योगको विकल्प नै नभएको बताउनुभयो ।       सांसद नरबहादुर धामीले ६० प्रतिशत किसान भएको मुलुकमा कूल गार्हस्थ्य उत्पादन २५ प्रतिशत रहेको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले गत वर्ष धानखेती नष्ट भएका किसानले क्षतिपूर्ति नपाएको जानकारी दिँदै मलको अभाव हुनु दुःखदायी भएको बताउनुभयो ।     सांसद सूर्यप्रसाद पाठकले सरकारले मल खरिद गर्ने प्रक्रिया पूरा गर्न २२६ दिन लाग्ने हुँदा दीर्घकालीन समाधान भनेको जैविक तथा प्राङ्गरिक मलको विकास गर्नुपर्नेमा जोड दिनुभयो । 

कास्की:  राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा अब राज संस्थाको स्थापना सम्भव नभएको बताएका छन् । राप्रपा नेपाल गण्डकी प्रदेश समितिद्वारा आज (सोमबार) पोखरामा आयोजित पत्रकार पत्रकार सम्मेलनमा  बोल्दै थापाले यस्तो अभिव्यक्ति दिएका हुन् ।   उनले राजाले चाहेको भए राजतन्त्र स्थापना हुन सक्ने बताउदै राजाको व्यवहारकै कारण घुँडा टेक्न बाध्य भएको धारणा राखे । ‘पूर्व राजा ज्ञानेन्द्र शाहको सकारात्मक भूमिका भएको भए राजसंस्था फर्किन सक्थ्यो, उनले भने, ‘हामी राज संस्थाको वकालत गर्दै देशव्यापी रुपमा परिचालित भयौं, तर, राजाको सकारात्मक भूमिका भएन, उल्टो राजनीतिक दलसँग झन दुरी बढाउने काम भयो अब राजसंस्थाको स्थापना सम्भव छैन ।’   अध्यक्ष थापाले व्यक्तिगत रुपमा पूर्व राजाप्रति सम्मान भएपनि राप्रपा नेपालले राजसंस्थाको मुद्दालाई छोडिसकेको प्रष्ट पारे । उनले राप्रपा र राप्रपा नेपालले राजसंस्थाको वकालत गर्दा पूर्व राजाले सकारात्मक भूमिका खेल्न नसकेको आलोचना गरे ।   राजसंस्थासँग धेरैको गुनासो नभएपनि राजा बन्ने पात्रहरु सम्झिदा अब सम्भव नभएकै कारण मुद्दालाई र छाडेको उल्लेख गरे । उनले ढिलो चाँडो राजेन्द्र लेङदेन लगायतका पनि राप्रपा नेपालको बाटोमा आउने दाबी गरे ।   उनले फरक प्रसंगमा बोल्दै दुइ तहको संघीय संरचना मात्र नेपालको लागि उपयुक्त भएको टिप्पणी गरे ।    प्रदेश सरकार आवश्यक नभएको उल्लेख गर्दै थापाले भने, ‘विगतको अनुभवलाई दृष्टिगत गर्दै केन्द्रमा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा बढी अधिकार प्राप्त स्थानीय सरकार रहने गरी संघीय संरचना बनाउँनु पर्दछ ।’

काठमाण्डौँ :      भदौ १० गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र प्रकाशको विदेश राईट महंगो मुल्यमा बिक्री भएको छ । दिनेश राउतले निर्देशन गरेको चलचित्र ‘प्रकाश’को विदेश राइटस् महंगो मूल्यमा बिक्री भएको हो । चलचित्रको अष्ट्रेलिया, क्यानडा, अमेरिका र यूरोपमा महंगो मूल्यमा विदेश राईटस् बिक्री भएको चलचित्रका निर्माता महेन्द अधिकारीले जानकारी दिएका छन् ।   चलचित्रमा पछिल्लो समयका चर्चित नायक प्रदिप खड्का, दिया मास्के लगायतको अभिनय रहेको छ । एक युवाले शिक्षक बन्ने दौडमा गरेको  संघषलाई चलचित्रमा  देखाईएको छ । धेरै चलचित्रमा लबर बोईको रोलमा देखिने प्रदिप यो चलचित्रमा भने फरक रुपमा देखिएका छन यसै कारण पनि चलचित्रको प्रखाईमा छन् दर्शकहरु ।   महेन्द| अधिकारीको लगानीमा निर्माण भएको चलचित्रलाई बिनिस इन्टरटेनमेन्टले निर्माण गरेको हो । बिकास सुबेदीको लेखनमा रहेको चलचित्रमा राजेश श्रेष्ठको छायंकन , जीवन थापाकोे सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । चलचित्र भदौ १० गतेबाट नेपालभर प्रदर्शनमा आउदै छ ।

तनहुँ:  माछा मार्ने क्रममा दुईजनाको मृत्यु भएपछि तनहुँको भानु नगरपालिका–२ मोहरिया गाउँ यतिबेला शोकमग्न बनेको छ ।   आइतबार साँझ तनहुँमा एकै गाउँका ३५ वर्षीय धनबहादुर गुरुङ र सोही वडा निवासी २२ वर्षीय सागर गुरुङ ( मामा र फुपूको छोरा) मिलेर माछा मार्ने क्रममा पौडी खेल्दा डुबेर मृत्यु भएपछि यतिबेला गाउँ नै शोकमग्न बनेको स्थानीयवासी राजेश कार्कीले जानकारी दिनुभयो ।   उहाँले भन्नुभयो, “अझै पनि उनीहरुको तस्बीर आँखा अगाडि झलझली घुमिरहेको छ ।” मृतकका आफन्तजनलाई सम्झाइबुझाइ गर्ने पनि भावविह्ल हुँदा सम्माल्न कठिनाइ भएको छ ।   भानु नगरपालिका–२ र ५ को सिमानामा पर्ने चुदीखोलामा पौडी खेल्ने क्रममा उनीहरुको डुबेर मृत्यु भएको भानु इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनुभयो ।