पोखरा: जिल्ला भलिबल संघ स्याङ्जाले नवलपुर माथि रोमाञ्चक जित निकाल्दै स्वर्गीय सन्तोष थापामगर स्मृति भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनल खेलमा जिल्ला भलिबल संघ स्याङ्जाले नवलपुरलाई ३–२ को सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो । स्याङ्जाले नवलपुरलाई १९–२५, १९ २५, २५–१५, २५– १९ र १५–१३ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । पहिलो र दोस्रो सेट गुमाएको स्याङ्जाले तेस्रो, चौथो र पाँचौ सेटमा उत्कृष्ट पूनरागमन जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । दोस्रो सेमिफाइनल खेल जिल्ला भलिबल संघ बागलुङ र पर्वतबीच प्रतिस्पर्धा हुने भलिबल संयोजक राजन दर्लामी मगरले जानकारी दिए । स्वर्गीय सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता ७ जिल्लाको सहभागिता रहेको छ । ७ समूहलाई २ समूहमा विभाजन गरिएको खेलमा स्याङ्जा समूह ‘ए’को विजेता र पर्वत समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका थिए । यस्तै समूह ‘बी’बाट बागलुङ समूह विजेता र नवलपुर समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका थिए । चापाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रो चापाकोट महोत्सवमा गण्डकी प्रदेशका भलिबल खेलाडी स्वर्गीय सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो । स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटार खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक दर्लामीले बताए । उनका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट स्पार्ककर, ब्लकर, सेटर, डिफेन्डर,सर्भर प्रशिक्षकले जनही ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । चापाकोट उद्योग वाणिज्य संघको आयोजनामा सुन्तलीटारमा दोस्रो चापाकोट महोत्सवमा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता फागुन ८ देखि १३ गतेसम्म सञ्चालन हुदै छ । फागुन ३ देखि १३ गतेसम्म सञ्चालन हुने महोत्सवमा कृषि प्रर्दशनी, धार्मिक तथा पर्यटकीयस्थलहरुको फोटो प्रर्दशनी, रतौली गीत प्रतियोगिता, भजन प्रतियोगिता, नृत्य प्रतियोगिता, राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
पोखरा: पोखरामा कल बाइपास गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका ४ घरभइ अहिले पोखरा–११ बस्ने २७ वर्षीय ईमरान अहमद र पर्साको सखुवापर्सौनी–५ घर भई पोखरा–११ बस्ने ३७ वर्षका विशाल साह रहेका कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए । प्रहरीले बरामद गरेको कल बाइपास गर्ने उपकरण । फोटो: नेपाल प्रहरी हिजो पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले ६४ पोर्टका भिओआइपी गेटवे (सिम बक्स), सिम, चार्जर, मोबाइल, पेनड्राइभ तथा राउटर बरामद गरेको प्रहरीको भनाइ छ । उनीहरूलाई दूरसञ्चार ऐन २०५३ अन्तर्गत दफा ४७ को उपदफा २ अनुसार ५ वर्षसम्म कैद र बिगो बराबरको जरिबाना वा दुवै सजायँ हुन सक्छ । नेपालमा अवैध भीओआइपी धन्दामा गिरोह नै सक्रिय रुपमा लागेको देखिएको र अनुसन्धान तथा पक्राउ गर्ने काम भैरहेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक प्रदीप खत्रीले बताए ।
काठमाडौं: साउदी अरेबियामा भइरहेको वाफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले समूह चरणको अन्तिम खेलमा आज प्यालेस्टाइनसँग खेल्दैछ । समूह बीबाट यसअघि नै दुवै टोली सेमिफाइनल पुगिसकेकोले आजको खेलले समूह विजेताको निर्णय हुनेछ । यो खेल जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा नेपाली समय अनुसार राति १०ः४५ बजे सुरु हुनेछ । पहिलोपटक यस प्रतियोगिता खेलिरहेको नेपालले पहिलो खेलमा सिरियालाई ४–१ र दोस्रो खेलमा इराकलाई ५–० ले पराजित गरेको थियो । उता प्यालेस्टाइनले पहिलो खेलमा इराकलाई ३-० र दोस्रो खेलमा सिरियालाई १-० ले हराएको थियो । प्यालेस्टाइनलाई पराजित गर्दै समूह विजेता बनेमा नेपालले सेमिफाइनलमा लेवानानसँग खेल्नुपर्नेछ । यदि प्यालेस्टाइनसँग पराजित हुँदै समूह उपविजेता बनेमा समूह ए को विजेता जोर्डनको सामना गर्नुपर्नेछ । साविक विजेता जोर्डन समूह ए मा तीनै खेल जित्दै समूह विजेता बनेर सेमिफाइनल पुगिसकेको छ । २ खेल जितेको लेवानान समूह ए को उपविजेता बन्दै सेमिफाइनल पुगेको छ ।
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व सल्लाहकार, पोखराका अग्रज फोटो पत्रकार सुर्दशन रञ्जितले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई अक्षकोष सञ्चालनका लागि रकम हस्तान्त्रण गरेका छन् । शुक्रबार पोखरा–९ पृथ्वीचोकस्थित सहारा बाल आधारभुत विद्यालयको २७ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रमका बिच रु २५ हजार रुपैयाँ मञ्चका अध्यक्ष दीननाथ बराललाई हस्तान्त्रण गरेका हुन् । रञ्जितले हालै एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डमा स्पेशल अवार्ड सहित प्राप्त गरेको पचास हजार नगद सहितको पुरस्कारबाट प्राप्त रकम मध्यबाट मञ्चले सञ्चालन गर्न लागेको अक्षकोषमा जम्मा हुने गरि उक्त रकम हस्तान्त्रण गरेका हुन् । मञ्च गण्डकीले आगामी एक बर्ष भित्रमा दश लाख अक्षयकोष पु¥याउने अध्यक्ष बरालले बताउदै आएका छन् । अध्यक्ष बरालले यस अघि उक्त कोषमा दश हजार सहयोग गर्दै अक्षकोषको शुरुवात गरेका थिए । रकम हस्तान्त्रण कार्यक्रममा पूर्व अध्यक्ष केशव पाठक, उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशी पौडेल र सदस्य रोहितराज पराजुलीको उपस्थिती रहेको थियो । यस्तै रञ्जितले सोही पुरस्कार मध्य केही रकम थप गरी सहारा आधारभूत प्रा.वि. पृथ्बीचोकलाई ३० हजार बराबरको सहयोग गरेका छन् । विद्यालयका अध्यक्ष विक्रम थकाली र प्रधानाध्यापक लोचना अधिकारीलाई उक्त रकम बराबरको चेक नै रञ्जितले सहयोग हस्तान्त्रण गरे ।
बलेवा: सुक्खा पहिरोका कारण शुक्रबार रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडकखण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा पर्ने बागलुङको जैमिनी नगरपालिका–८ बरालवाको भिरमा गए राति सुक्खा पहिरो खसेको हो । पहिरोले बागलुङ–गृल्मीखण्डअन्तर्गत मालढुङ्गा–अर्वेनी सडक पूर्णरुपमा अवरुद्ध भएको छ । बागलुङको मालढुङ्गादेखि गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ । काम चलिरहेकै बेला राति पहिरो खसेपछि सडक अवरुद्ध भएको र काम रोकिएको कालोपत्रको काम गरिरहेको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका इञ्जिनियर छकबहादुर गुरुङले जानकारी दिए । ‘दुवैतर्फबाट डोजर लगाउँदा पनि कम्तीमा एक साता पहिरो पन्छाउन लाग्छ’, उनले भने, ‘ढुङ्गा खसिरहेकाले पन्छाउने काम गर्न सकिएको छैन ।’ पहिरोको विषयमा कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पालाई जानकारी गराइएको उनले बताए । सडक अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् । सदरमुकाम बागलुङ बजार, जैमिनी र बरेङ गाउँपालिकाबाट बुटवललगायतका ठाउँमा चल्ने सवारीसाधन बाटोमै रोकिएका छन् । भिरालो जमिन रहेको उक्त स्थानमा बेलाबेलामा सुक्खा पहिरो जाने गरेको छ ।
काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले जाजरकोट भूकम्प पीडितका लागि २० लाख सहयोग गरेको छ । आईसीसी टी–२० विश्वकप(२०२४ को एसिया छनोटअन्तर्गत नेपाल र ओमानबीच भएको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत रकम क्यानले सहयोग गरेको हो । प्रतियोगिताकै बेला गरेको बाचाअनुसार उक्त रकम आज प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरेको क्यानले जानकारी दिएको छ । गत कात्तिक १७ गते जाजरकोटको रामिडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । उक्त भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय क्षति भएको थियो ।
पोखरा: पोखरा कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा मदरल्यान्ड माध्यमिक विद्यालय र गण्डकी बोर्डिङ स्कुल विजयी भएका छन् । पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगिताको तेस्रो दिनको खेलमा मदरल्यान्डले हिमालयन मावि र गण्डकीले कास्की मोडनाइजलाई पराजित गरेका हुन् । पहिलो खेलमा हिमालयनले दिएको १३० रनको विजयी लक्ष्य मदरल्यान्डले १६ ओभरमा ३ विकेट गुमाएर पुरा ग¥यो । मदरल्यान्डका लागि किरण पौडेलले अविजित ५८ रन बनाए । प्रज्वल बानियाले २७ रनको योगदान दिए । बलिङमा हिमालयनका सफल थापा र नसिर भण्डारीले १–१ विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको हिमालयनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनाएको थियो । हिमालयनका अभिषेक थापाले ३२ र राजकुमार क्षेत्रीले २१ रनको योगदान दिए । बलिङमा मदरल्यान्डका सन्दीप विकले ४ विकेट लिए । सन्दीप प्लेयर अफ द म्याच चुनिए । शुक्रबार नै भएको दोस्रो खेलमा गण्डकीले कास्की मोडनाइजमाथि ९ विकेटको सहज जित निकालेको हो । कास्की मोडनाइजले दिएको ८५ रनको सामान्य लक्ष्य गण्डकीले १० ओभर ३ बलमा १ विकेट गुमाएर पूरा ग¥यो । गण्डकीका रजत पौडेल १३ र मनोज भण्डारी २८ रनमा अविजित रहे । दिवस पौडेल २२ रनमा आउट भए । मोडनाइजका सोहेल कुँवरले १ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कास्की मोडनाइज १७ ओभर १ बलमा ८४ रनमा समेटिएको थियो । कास्की मोडनाइजका लागि सोहेल कुँवरले ५६ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा गण्डकीका समीर पौडेलले सर्वाधिक ५ विकेट लिए । ४ ओभर बलिङ गरेका समीरले १ मेडनसहित ६ रन खर्चेर ५ विकेट लिए । उनी प्लेयर अफ द म्याच चुनिए । प्रतियोगितामा कास्कीका १२ विद्यालयले सहभागि छन् । प्रतियोगिताका विजेताले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किट र उपविजेताले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
पोखरा: प्राचीन मौलिक संस्कृतिको जगेर्नाको उद्देश्यका साथ पोखरा महानगरपालिका वडा नं २६ सक्नेरीमा यही फागुन १९ गते भजन चुड्का प्रतियोगिता गरिने भएको छ । स्थानीय लोक सांस्कृतिक संरक्षण समिति र उज्वल आमा समूहको संयुक्त आयोजनामा भजन चुड्का प्रतियोगिता गर्न लागिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक एवम् लोक सांस्कृतिक संरक्षण समितिका अध्यक्ष जगन्नाथ तिमल्सिनाले जानकारी दिनुभयो । संरक्षणको अभावमा मौलिक संस्कृतिहरू हराउँदै समाजमा विकृति विसंगति बढ्दै गएको वास्तविकतामा मौलिक संस्कृतिको जगेर्ना र उत्थानलाई जोड दिइएको उज्वल आमा समूहका अध्यक्ष सरस्वती गौतमले बताउनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः २५ हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रतियोगितामा आर्थिक सहयोगका लागि विभिन्न निकायमा प्रस्ताव पेश गरिएको जानकारी गराउँदै संयोजक तिमल्सिनाले कुल पाँच लाख ५५ हजार रुपैयाँ संकल हुने अपेक्षा गरिएको बताउनुभयो । प्रतियोगितामा तीन लाख ७० हजार रुपैयाँ खर्च हुने र बचत रकम स्थानीय संस्कृति, रितिरिवाजको संरक्षण एवम् सामाजिक काममा खर्च गरिने उहाँले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा उज्वल आमा समूहका उपाध्यक्ष शारदादेवी बराल, सचिव तारा शर्मा लगायतले लोक सांस्कृतिक संरक्षण समिति र उज्वल आमा समूहको सहकार्यमा ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन लगायत विभिन्न सामाजिक काममा जोड दिइएको जानकारी गराउनुभयो ।
पोखरा: रविन्द्र माकाजुुद्वारा लिखित दीपक बाटाजुुद्वारा प्रकाशित पं.ऋषिकेशव पराजुलीको जीवनीमा आधारित ‘उदाहरणीय व्यक्तित्व पं.ऋषिकेशव’ नामक पुस्तक विमोचन गरिएको छ । राष्ट्रिय मा.वि.को हिरक जयन्तीका अवसरमा एक कार्यक्रमका बीच नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले आज पुस्तकको विमोचन गर्नुभयो । पोखराका बरिष्ठ शिक्षाशसेवी स्व.ऋषिकेशव पराजुली पोखराको पृथ्वी नारायण क्याम्पस, राष्ट्रिय मा.वि., कन्या स्कुल, नबिन मा.वि. र पोखरा बृद्धाश्रमका संस्थापक रहनुभएको थियो । कार्यक्रममा प्राज्ञ सरुभक्तले निस्वार्थ कर्मयोगिहरू कहिल्यै नहार्ने बताउँदै गण्डकी प्रदेशमा शिक्षा, समाजसेवा र लोकतन्त्रका लागि आजीवन संघर्ष, समन्वयको भुमिका निर्वाह गर्दै आउनु भएका पण्डित ऋषिकेशव पराजुलीको जीवन आगामी पुस्ताका लागि अनुकरणीय रहेको बताउनुभयो । सामाजिक उन्नयनका लागि पराजुलीले पु¥याउनु भएको योगदान भुल्न नसकिने बताउँदै उहाँले हाम्रो समाजमा ईतिहासको अभिलेखन हुन नसकेको र त्यस्लाई पूरा गर्ने जिम्मेवारी आँफूहरूको भएको बताउनुभयो । ऋषि केशव जस्ता सामाजिक व्यक्तित्वलाई स्थानीयस्तरमा पठनपाठनको लागि पाठ्यक्रममा राखिनुपर्ने बताउँदै उहाँले पोखरा महानगरले त्यस्ता ऐतिहासिक व्यक्तित्वको सम्मान गर्नुपर्ने बताउनुभयो । बरिष्ठ नाट्यविद् प्रा.डा. रामचन्द्र पोखरेलले स्व.ऋषिकेशव पराजुली स्वयम् बिबेकशील श्रष्टा र द्रष्टा दुबै रहनुुभएको बताउनुभयो । सेवा नै धर्म हो भनेर आफ्नो जीवन अर्पिएका पराजुलीले आफ्नो उत्तरार्धमा असहाय बेवारिसे ज्येष्ठ नागरिकहरुलाई उद्दार हुने कर्म गर्नुभएको उहाँले बताउनुभयो । पोखराको साठीघरे पराजुलीको बंशमा जन्मिएका पराजुलीले नेपालको सबैभन्दा ठूलो पृथ्वीनारायण क्याम्पस स्थापनाका लागि करिब दुई सय रोपनी भन्दा बढि जग्गा दान गर्न प्रेरित गर्नुभएको पोखरेलले बताउनुभयो । कार्यक्रममा राष्ट्रिय मा.वि.का अध्यक्ष रामबिक्रम राणा, लेखक रबिन्द्र माकाजु, प्रकाशक दीपक बाटाजु, साठीघरे पराजुली समाजका अध्यक्ष बिश्वगोपाल पराजुली, प्रेस स्वतन्त्रता सेनानी कुसुम केशव पराजुली, समाजसेवी बरुणविक्रम राणा लगायतले उहाँले समाजिक एवम् राजनीतिक क्षेत्रमा गर्नुभएको योगदान बारे चर्चा गर्नुभएको थियो ।