काठमाडौं: पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । नेपालले लेवनानलाई २-१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । पहिलो हाफमा १–० गोलले पछि परेको नेपालले दोस्रो हाफमा २ गोल गर्दै फाइनल प्रवेश गरेको हो । नेपालले ७६ औं मिनेटमा सावित्रा भण्डारी साम्बाले बराबरी गोल फर्काएकी थिइन् । नेपालले ३८औं मिनेटमा नेपालले खेलमा गोल खान पुगेको थियो । पूजा रानाले गोलकिपर एन्जिलाको लागि खेलेको ब्याकपास उनिभन्दा धेरै टाढा रहेपछि बल सिधै पोस्टमा गएको थियो । प्रिती राईले खेलको अतिरिक्त समयमा गोल गर्दै नेपालको जित सुनिश्चित गरिन् । नेपालले फाइनलमा जोर्डनको सामना गर्नेछ । जोर्डन पहिलो सेमिफाइनलमा प्यालेस्टाइन माथि ५–० को जित निकाल्दै फाइनल प्रवेश गरेको हो ।
पोखरा: नेकपा समाजवादी पार्टी नवलपुरका जिल्ला अध्यक्षसहित नेता कार्यकताए नेकपा एमाले पाटी प्रवेश गरेका छन् । उनीहरुलाई नेकपा एमाले केन्द्रिय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पाटी प्रवेश गराएका हुन् । नेकपा एमाले जिल्ला कमिटिको आयोजनाको घरफर्क अभियान नेकपा एकीकृत समाजवादी पाटी र नेकपा माओवादी सहितका टोलीलाई नेकपा एमाले प्रवेश गराएका हुन । नेकपा एकीकृत समाजवादी पाटीका जिल्ला अध्यक्ष एवम् गण्डकी प्रदेश कमिटि सचिवालय सदस्य झविलाल लालरान, प्रदेश सचिवालय सदस्य दुर्गा भुर्तेल, गण्डकी प्रदेश कमिटि सचिवालय सदस्य खगराज कडेल, जिल्ला कमिटि उपाध्यक्ष एवम् युवा संघ इन्चार्ज प्रेम पाण्डे सहित जिल्ला कमिटि सदस्य, युवा संघ जिल्ला अध्यक्ष, देवचुली नगर कमिटि, हुप्सेकोट गाँउ कमिटि अध्यक्ष सहित सम्पुर्ण कमिटि नै एमालेमा फर्किएका छन । त्यस्तै नेकपा माओवादी जिल्ला सदस्य तुलसीराम अर्याल , सहित डनु गिरी, टिकाराम पाण्डे , कावासोती १३ का अध्यक्ष जीवन सापकोटासहित एक दर्जन कार्यकर्ता एमाले प्रवेश गरेका हुन गत हप्ता मात्र नेकपा एकीकृत समाजवादी पाटीका केन्द्रिय सदस्य दोय शालिकराम भट्टराई र डा. गोपाल एमाले प्रवेश गरेका थिए ।
पोखरा: एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधिका भिडन्तमा प्रतिभा माध्यमिक विद्यालय र अमरसिंह माध्यमिक विद्यालय भिड्ने भएका छन् । मंगलबार भएको सेमिफाइनल खेलमा जित हासिल गर्दै प्रतिभा र अमरसिंहले फाइनल यात्रा सुरक्षित गरेका हुन् । बि–बग ईभेन्टसको आयोजना र एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिस पोखराको प्रायोजनमा पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगिताको उपाधिका लागि बुधबार फाइनल खेल हुनेछ । सेमिफाइलनमा प्रतिभाले मदरल्यान्ड माविलाई र अमरसिंहले गण्डकी बोर्डिङ स्कुललाई पराजित गरेकोे हो । फाइनल खेल बुधबार विहान १० बजेदेखि सुरु हुनेछ । पहिलो सेमिफाइलनमा मदरल्यान्डलाई प्रतिभाले ६ विकेटले पराजित ग¥यो । मदरल्यान्डले दिएको ८२ रनको लक्ष्य पछ्याएको प्रतिभाले ५२ बल अगावै ४ विकेट गुमाएर पुरा ग¥यो । प्रतिभाका लागि निश्चल श्रेष्ठले सर्वाधिक २० रन बनाए । बब्लु शाह र रोशन पौडेलले १३÷१३, राहुल शर्माले ३ रनको योगदान दिँदा रोहन चन ६ रनमा अविजित रहे । बलिङमा मदरल्यान्डका कप्तान किरण पौडेल, सन्दीप विक, दर्शन सुवेदी र रुनिजमणि बरालले १÷१ विकेट लिए । प्रतिभाविरुद्ध पहिला ब्याटिङ गरेको मदरल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८१ रन बनाएको थियो । मदरल्यान्डका लागि कप्तान किरण पौडेलले सर्वाधिक ३६ रन जोडे । साजन श्रेष्ठले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ प्रतिभाका कुशल अधिकारीले ३, स्वागत अधिकारीले २ र सन्देश गिरीले १ विकेट लिए । प्रतिभाका स्वागत अधिकारी प्लेयर अफ द म्याच घोषित भए । दोस्रो सेमिफाइनलमा अंमरसिंहले गण्डकी बोर्डिङलाई २१ रनले पराजित गरेको हो । अंमरसिंहले दिएको १३१ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी बोर्डिङ १८ ओभरमा १०९ रनमा समेटियो । गण्डकीले ३१ रन एक्सट्रा पाएपनि जितका लागि पर्याप्त हुन सकेन । गण्डकीका उत्सव खड्काले सर्वाधिक १६ रन जोडेका थिए । बलिङमा अमरसिंहका सुमन पन्तले ३, प्रसन्न भण्डारी र कल्यान कुमालले २÷२ विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको अमरसिंहले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३० रन बनाएको थियो । अमरसिंहका विवश रानाभाटले अविजित २८ रनको योगदान दिए । कल्यान कुमालले २७, सुमन पन्त २३ रन बनाएर आउट भए । बलिङमा गण्डकी बोर्डिङका रजत पौडेलले ३, समिर पौडेल र भुमिराज पौडेलले २÷२, सन्देश अधिकारी र उत्सव खड्काले १÷१ विकेट लिए । अंमरसिंहका सुमन पन्त प्लेयर अफ द म्याच घोषित भए । प्रतियोगिताको उपाधि विजेताले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेतालाई ४० हजार रुपैयाँ बराबरको क्रिकेट किट प्रदान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट बलर, ब्याटर तथा खेलाडीलाई पनि किट, ट्रफी तथा मेडल प्रदान गरिनेछ । उत्कृष्ट बलर र ब्याटरले जनही ५ हजार र उत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ पाउनेछन् । प्रतियोगितामा कास्कीका १२ विद्यालयले सहभागी थिए । छक्का आएको बल क्याच गर्ने दर्शकलाई समेत प्रत्येक क्याचको एक हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले नेपाल पत्रकार महासंघ गण्डकीलाई सात दिने अल्टिमेटम र स्मरणपत्र बुझाएको छ । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुन भन्दै मागसहित मंगलबार फोनिज गण्डकीका महासचिव धनबहादुर गुरुङ नेतृत्वको टिमले नेपाल पत्रकार महासंघ गण्डकीमार्फत केन्द्रलाई पत्र बुझाएको हो । महासंघ गण्डकीका तर्फबाट महासचिव गोविन्द सुवेदी र सदस्य राधिका कँडेलले उक्त पत्र बुझेका हुन् । फोनिज लामो समयदेखि नेपाल पत्रकार महासङ्घको गलत इतिहास सच्याउन संघर्षरत रहेको छ । तथ्य र प्रमाणका आधारमा नेपाल पत्रकार महासंघ (तत्कालीन नेपाल पत्रकार संघ)को संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठलाई महासङ्घको संस्थापक अध्यक्ष कायम गर्न २०७९ सालमा नेपाल पत्रकार महासङ्घका सबै समितिमार्फत माग गरिएको थियो । त्यसैको स्मरण गर्दै फोनिज गण्डकीले पुनः स्मरणपत्र बुझाएको हो । २००८ साल बैशाख ९ गते सत्यनारायण बहादुर श्रेष्ठको नेतृत्वमा नेपाल पत्रकार संघ गठन गरेको र २००९ बैशाख २८ मा पुर्नगठन गरेको इतिहास रहेको स्मरणपत्रमा उल्लेख गरिएको छ । त्यसपछि, २०१२ चैत्र १६ गते पुर्नगठन हुँदा कृष्णप्रसाद भट्टराई सभापति बनेको पनि पत्रमा छ । तथ्यहरुले सत्यनारायण बहादुर श्रेष्ठ संस्थापक सभापति पुष्टि भैसकेको अवस्थामा कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष भनेर भट्टराईको अपमान गरेको स्मरणपत्रमा उल्लेख छ । सर्वमान्य इतिहास स्वीकार्न नेपाल पत्रकार महासङ्घ तयार नभएका कारण गलत इतिहासलाई प्रश्रय दिने महासङ्घको नीतिविरुद्ध फोनिज निर्णायक आन्दोलनको चरणमा पुगेको हो । अल्टिमेटममा ७ दिनभित्र सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष कायम गर्न माग गरिएको छ । माग पूरा नभए नेपाल पत्रकार महासङ्घका केन्द्रसहित देशैभरका कार्यालयहरुमा अनिश्चितकालीन तालाबन्दी गरिने जानकारी पनि गराएको छ । नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले फोनिजको माग सहितको अल्टिमेटम र स्मरणपत्र तत्काल केन्द्रमा पठाउने बताए । सत्य लुकाएर लुक्न नसक्ने उनको भनाई थियो । केन्द्रले अझै गहन अनुसन्धान गरेर यसका बारेमा निर्णय गरेपछि सोही अनुसार अघि बढ्ने उनले प्रतिवद्धता जनाए । फोनिजले देशव्यापीरुपमा नेपाल पत्रकार महासंघलाई पत्र बुझाएको हो । मंगलबार जिल्ला शाखा र प्रदेश शाखाहरुले स्मरणपत्र बुझाएको छ ।
काठमाडौं: नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टी–२०आई सिरिजको पहिलो खेलमा नामिबियासँग २० रनको हार बेहोरेको छ । यसअघि लिग–२ अन्तर्गत दुवै ओडीआईमा हार बेहोरेको नेपाल नामिबियासँग लगातार तेस्रो खेलमा पराजित भएको हो । नामिबियाले प्रस्तुत गरेको २ सय ७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले १८.५ ओभरमा अलआउट हुँदै १ सय ८६ रन मात्र बनाउन सक्यो । कमजोर सुरुवात गरेपछि मध्यक्रममा सम्हालिएको नेपालका लागि फिनिसरको भूमिका पाएका ब्याटर नचल्दा हारको सामना गर्नुपर्यो । दीपेन्द्रसिंह ऐरीले ३२ बलमा २ चौका र २ छक्कासहित ४८ रन जोडे । उनी १९ औं ओभरमा नवौं विकेटको रुपमा कट बिहाइन्ड भए । लगत्तै अर्को बलमा अभिनाश बोहोरा पहिलो बलमै बोल्ड भएपछि नेपालको हार पक्का भएको थियो । त्यसअघि ओपनर कुशल भुर्तेललाई इनिङको पहिलो बलमा गुमाएको नेपालले आसिफ शेखको साथ पनि तेस्रो ओभरमा गुमायो । दुवै रुबेन ट्रम्पलम्यानको शिकार बने । आसिफले ६ बलमा ६ रन जोडे । तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले २८ बलमा ५७ रनको साझेदारी गर्दै नेपाललाई खेलमा कायम राखेका थिए । नेपालका लागि कप्तान रोहितले ४२ रनको योगदान दिए । उनले ३ चौका र ३ छक्का प्रहार गरेका थिए । कुशल मल्लले २१ बलमा ३२ रन जोडे । उनले २१ बलमा ४ चौका र १ छक्का बनाएका थिए । तर कुशल ९.५ ओभरमा आउट भएपछि नेपालले रनगतिलाई सोचेजस्तो बढाउन सकेन । गुलशन झा १२, सन्दीप जोरा ५ र विवेक यादव ६ रनमा आउट भएपछि नेपाल समस्यामा परेको थियो । टांगेनी लुंगामेनीको १७ औं ओभरमा सोमपालले २ छक्का र १ चौकासहित १९ रन जोडेपछि नेपाल खेलमा फर्कियो । १८ औं ओभरको पहिलो बलमै सोमपाल क्याच आउट भए । उनले ११ बलमा १ चौका र ३ छक्कासहित २६ रन बनाए । त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ६ रन जोडेको हो । नामिबियाको लागि जान निकोल लोफ्टि(इटनले विष्फोटक ब्याटिङ गर्दै सबैभन्दा छिटो शतक पूरा गरे । अन्तिम ओभरमा क्याचआउट हुनुअघि उनले ३६ बलमा ११ चौका र ८ छक्कासहित १ सय १ रन जोडे । उनले ३३ ३३ बलमा शतक पूरा गर्दै नेपालका कुशल मल्लले राखेको कीर्तिमान तोडेका थिए । कुशलले सन् २०२३ को १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएका थिए । नामिबियाका ओपनर मलान क्रुगरले ४८ बलमा ६ चुअका र २ छक्कासहित नटआउट ५९ रन जोडे । लफ्टि(इटन र क्रुगरले ५४ बलमा १ सय ३५ रनको साझेदारी गरेका थिए । नेपालले अन्तिम ९ ओभरमा १ सय ४० रन खर्चेको थियो । ओपनर माइकल भान लिंगेन १९ बलमा २० रन जोड्दै करण केसीको बलमा क्याच आउट भए । छैटौं ओभरमा उनी आउट हुँदा टोलीको ३६ रन थियो । नवौं ओभरमा जेपी कोट्जे ९ बलमा ११ रन जोड्दै पेभेलियन फर्किए । रोहितको बलमा कोट्जे विवेक यादवको उत्कृष्ट क्याचको शिकार बने । ११ औं ओभरमा जान फ्रिलिंक आउट हुँदा नामिबिया ६२–३ को स्थितिमा थियो । तर त्यसपछि लोफ्टि–इटन र मलान क्रुगरको साझेदारीले नेपाल संकटमा परेको थियो । नेपालले अब दोस्रो खेलमा बुधबार नेदरल्यान्ड्सको सामना गर्नेछ ।
काठमाडौं: नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकले सबै प्रदेशका इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको हो । कोशीमा हरिबोल गजुरेल, मधेशमा लीलामणि पोखरेल, बागमतीमा अग्नि सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेललाई जिम्मेवारी तोकिएको छ । यस्तै, प्रवास अन्तर्गत मध्यपूर्व ब्यूरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीलाई जिम्मेवारी दिइएको छ । विशेष प्रदेशमा हितमान शाक्य र सम्पर्क समन्वय कमिटीमा देव गुरुङलाई जिम्मेवारी दिएको छ । पार्टी सचिव गणेश साहका अनुसार कार्यविभाजन मंगलबार बसेको बैठकले टुंग्याएको र बाँकी विषयमा छलफल गर्न बुधबार पनि बैठक बस्नेछ ।
पोखरा: सोमबारबाट पोखरामा नाटक ‘रिफण्ड’ मञ्चन सुरु भएको छ । हङ्गेरियन लेखक फ्रिज क्यारेन्थिले सन् १९३८ मा लेखेको यो नाटकलाई नारायण न्यौपानेले नेपालीमा अनुवाद गरेका हुन् । परिवर्तनको निर्देशनमा मञ्चन सुरु भएको नाटक बुकिङ शो मार्फत फागुन ३० गतेसम्म हेर्न पाइनेछ । कक्षा ११ को अनिवार्य अंग्रेजी विषयमा समावेश गरिएको यो नाटक विद्यार्थी, शिक्षक, अभिभावक सहित नाटकपारखीका लागि उपयुक्त हुने जनाएको छ । पोखरा थिएटरको प्रस्तुतीमा निर्माण भएको नाटक पहिलो दिन सोमबार गन्धर्व नाटकघरमा दुई शो मार्फत मञ्चन भएको छ । पहिलो शो पोखरा आर्दश माविका विद्यार्थीलाई देखाइएको थियो । उनीहरुले नाटकमा कलाकारले गरेको अभिनयको प्रशंसा गरे । दोस्रो शो मार्फत पोखराका विभिन्न्न विद्यालयमा अध्यापनरत शिक्षक तथा सञ्चारकर्मीलाई देखाइयो । नाटकलाई थप परिमार्जन गर्न र विद्यार्थीलाई नाटक हेर्न उत्पेरित गर्ने उद्धेश्यले यो शो मार्फत मञ्चन गरिएको थियो । मञ्चन पश्चात नाटकलाई थप परिपक्क र आर्कषक बनाउन मञ्चन पश्चात अन्तरक्रिया समेत आयोजना गरियो । सहभागीले सम्रग विषयवस्तु नाटक टीमले गरेको मेहनतको खुलेर तारिफ गरे । नाटकले दिएको सन्देश, प्रस्तुती, विषयवस्तु, प्रयोग गरिएका सामाग्री समेतको बारेमा दर्शकले आ–आफ्नो धारणा राख्दै नाटकलाई थप आर्कषित बनाउनका लागि गर्न सकिने सुझाब समेत राखे । उनीहरुले कक्षा ११ मा अध्ययनरत विद्यार्थीको दृष्टिकोण र अपेक्षालाई आधार मान्दै सुझाब दिएका थिए । नाटक विद्यार्थीको लागि उपयुक्त बनाउनका लागि नै मञ्चन गर्न लागिएको कारण यसरी सुझाब मागेर परिमार्जन गर्न खोजिएको निर्देशक परिवर्तनले खुलाए । उनीहरुका सुझाब सुनेपछि आएका केही सुझाबलाई सम्बोधन गर्ने प्रतिवद्धता निर्देशक परिवर्तनले जनाए । उनले नयाँ पुस्तामाझ नाटकलाई पु¥याउनका लागि पाठ्यक्रममा समावेश गरिएको विषयवस्तुमा नाटक मञ्चन गर्न थालिएको र त्यसले नयाँ पुस्तालाई नाटक प्रतिको आर्कषण बढाउन सफल भएको समेत बताए । यस अगाडि विद्यार्थीलाई लक्षित गरेर मञ्चन भएका एक चिहान, दुई नाटक, करेसा कन्र्सट लगायतलाई समेत विद्यार्थीले रुचाएको उनको भनाई थियो । निर्देशक परिवर्तनले कमेडी जनरामा निर्माण भएको यो नाटकले सन्देश समेत बोकेकाले सबै दर्शककोे लागि उपयुक्त भएको बताए । ४० मिनेट अवधिको नाटकले घोकन्ते शिक्षा भन्दा व्यवहारीक र सिपमुलक शिक्षामा जोड दिएको छ । नाटकले हाम्रो शिक्षा प्रणालीबारेमा बहस गर्दै सुधार गर्न सघाउने उनको विश्वास छ । नाटकमा रमेश बाबु तिमल्सिना, धनकाजी श्रेष्ठ, मिलन श्रेष्ठ, रोहीत पौडेल, आदित्य सुनार, ज्योती हमाल, सुसन पौडेल, रोशनी रामदामको अभिनय हेर्न पाइन्छ । उनीहरुले आफ्नो भूमिकालाई न्याय गर्दै दर्शकको ध्यान तान्न सफल भएका छन् । नाटकलाई धेरैं दर्शकमाझ आर्कषक शैलीमा पु¥याउनका लागि प्रकाश संयोजनमा मिलन श्रेष्ठ, ध्वनी संयोजनमा रोहित पौडेल, प्रचारप्रसारमा प्रथम श्रेष्ठ, स्टेज निर्माणमा विकास अधिकारी, बक्स अफिसमा सुभेक्क्षा शर्मा, डिजाइनमा अनिषा खरेल र बजार व्यस्थापकमा रहेर प्रकाश पराजुलीले साथ दिएको थिएटरले जनाएको छ । सबै टीमको मेहनतका र नाटकप्रेमीको मायाको कारण मञ्चन सफल हुने अपेक्षा गरेको थिएटरका संस्थापक सदस्य दील प्रसाद गुरुङले बताए । बुकिङ शो मार्फत बिहान, दिउँसो र साँझमा नाटक मञ्चन हुनेछ । खुल्ला शो मार्फत भने नाटक फागुन २६ देखि ३० सम्म साझँ ५ बजे हेर्न पाइनेछ । नाटक हेर्न विद्यार्थीको लागि २ सय र अन्यको लागि तीन सय र पाँच सय रुपैयाँ शुल्क लाग्नेछ । नाटक हेर्न इच्छुक विद्यालय तथा समुहगत दर्शकको लागि शो बुकिङ भैरहेको पोखरा थिएटरले जनाएको छ । नाटक मञ्चनलाई व्यवस्थित बनाउन मिडिया पार्टनरको रुपमा पब्लिक फोर के टेलिभिजन र इन्टरनेट पार्टनरको रुपमा वल्ड लिंकले सघाएकाछन् । पछिल्लो समयमा नाटकप्रति स्कुलमा अध्ययनरत विद्यार्थीको आर्कषण समेत बढेको छ । पोखरा थिएटरको संयोजनमा पोखराका १७ विद्यालयमा नाटकको कक्षा समेत सञ्चालन भैरहेको थिएटरका अध्यक्ष समेत रहेका परिवर्तनले खुलाए । थिएटरले निरन्तर आयोजना गरिरहेको विद्यालय नाटक महोत्सवले समेतले पोखरा तथा समग्र गण्डकी प्रदेशका विद्यालयमा नाट्य गतिविधि बढाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ ।
बारा: निजगढ नगरपालिका–७ मा सोमबार शङ्कास्पद वस्तु विस्फोट हुँदा थप दुई जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । घटनामा गम्भीर घाइते भएकामध्ये वीरगञ्ज महानगरपालिका–९ बस्ने २० वर्षीय रितु रजत र भारतको मोतिहारी जिल्ला ढाकाथाना गवाई गाउँ बस्ने ३५ वर्षीय राकेश जयसवालको मृत्यु भएको छ । वीरगञ्जस्थित नेपाल मेडिसिटी वयोधा अस्पतालमा उपचारको क्रममा रजतको सोमबार राति पौने १० बजे र जयसवालको मङ्गलबार बिहान ७ः३० बजे मृत्यु भएको हो । निजगढ नगरपालिका–७ मा रहेका रोहित वर्कसपका सञ्चालक ४५ वर्षीय रेशम मगरको सोही अस्पतालमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए । यस्तै गम्भीर घाइते भारतको रामगढवा बस्ने २० वर्षीय अरविन साहको आईसियू कक्षमा उपचार भइरहेको छ भने वीरगञ्ज महानगरपालिका–९ बस्ने ३४ वर्षीय फिरोज देवान र निजगढ नगरपालिका–५ बस्ने ४५ वर्षीय सूर्यबहादुर थापाको सामुदायिक अस्पताल निजगढमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ । आईसियूमा उपचाररत साहको अवस्था गम्भीर छ भने देवान र थापाको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने बताए । दुई जना पक्राउ सो घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो १२ बजे (हाई एक्सफ्लोसिप) शङ्कास्पद वस्तु ग्यासले काट्ने क्रममा विस्फोट हुँदा भएको घटनाको अनुसन्धानका क्रममा कवाडी खरिद गर्ने भारत मोतिहारी जिल्ला बस्ने अन्दाजी ४० वर्षीय राज भनिने रमेश जैसवाल र कवाडी बिक्री गर्ने निजगढ नगरपालिका–९ बस्ने २९ वर्षीय टीकाराम पाख्रिनलाई पक्राउ गरिएको हो । डिएसपी न्यौपानेका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
काठमाडौं: नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा राष्ट्रिय सभाको अध्यक्ष पद माओवादीले पाउनुपर्ने माग उठेको छ । मंगलबार पार्टी मुख्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी समितिको बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरूले राष्ट्रिय सभा अध्यक्षको पदमा पार्टीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अडान राख्नुपर्ने सुझाव दिएका हुन् । बैठकबारे जानकारी दिँदै पार्टी प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले बैठकमा अधिकांश स्थायी समिति सदस्यहरूले राष्ट्रिय सभाको अध्यक्ष पद माओवादीले पाउनुपर्ने धारणा राखेको बताए । आजको बैठकले कार्यविभाजनबारे टुङ्गो लगाउने भनिए पनि आज सो कुरा हुन सकेको सापकोटाले जानकारी दिए । बैठकमा पूर्वनिर्धारित एजेन्डा अनुसार कार्यविभाजन, अभियान सञ्चालन र पार्टीको आगामी योजनाबारे टुङ्गो लगाउने भनिए पनि भजन शिरोमणि भक्तराज आचार्यको श्रद्धाञ्जली सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड जानुपर्ने भएकाले बैठक छोट्याइएको उनले बताए । सापकोटाको अनुसार आजको बैठकमा वर्तमान राष्ट्रिय परिस्थितिबारे छलफल भएको थियो । त्यस्तै भर्खरै सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकमा भएको छलफल र पारित गरेका विषयका बारेमा पनि छलफल भएको थियो । ‘अध्यक्षले आज खासै कुरा राख्नुभएन । अब उहाँले भोलि आफ्ना कुराहरू राख्नुहुन्छ होला,’ उनले भने । बैठक बुधबार बिहान पुन: बस्ने उनको भनाई छ ।