काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिका लागि पहल गर्ने बताउनुभएको छ । एक सय ३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा आज यहाँ आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै उहाँले आगामी दिनमा श्रमिक र मजदुरको हितलाई केन्द्रमा पारिश्रमिक बढाउन आफू लागिपर्ने बताउनुभयो । “मेरो नेतृत्वको सरकारले अर्थतन्त्रले चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको परिप्रेक्ष्यमा समेत मजदुर एवं श्रमजीवी वर्गको हितलाई केन्द्रमा राखी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको थियो,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “भविष्यमा न्यूनतम पारिश्रमिक वृद्धिका निम्ति निरन्तर पहल गरिने विश्वास दिलाउँछु । साथै रोजगारदाता संस्थाहरूसमेत श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिका निम्ति लचिलो रूपमा प्रस्तुत हुने विश्वास व्यक्त गर्दछु ।” प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरूप सामाजिक सुरक्षालाई सङ्घ वा प्रदेशको मात्र नभई स्थानीय तहको समेत दायित्वका रुपमा लिँदै कानुनी आधार तयार गर्न लागिएको जानकारी दिनुभयो । स्थानीय तहमा रहेका अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमार्फत सामाजिक सुरक्षाको दायरामा ल्याउन सक्नेगरी कानुनी आधार तयार गरेको उहाँले बताउनुभयो । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको अनिवार्य कार्यान्वयन र सफलतामा सरकारले आफ्नो सफलता देखेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सम्पूर्ण नेपाली नागरिकको ‘कोखदेखि शोकसम्म’को सामाजिक सुरक्षा प्रदायक संस्थाका रूपमा समाजिक सुरक्षा कोषलाई विकास गराइने बताउनुभयो । उहाँले सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म पु¥याउन सरकारका तर्फबाट गर्नुपर्ने समन्वय तथा सहयोगमा कुनै कमी नहुने विश्वास दिलाउनुभयो । “सीमित साधनस्रोत र असीमित आकाङ्क्षाका बीच सन्तुलन कायम गर्दै श्रमिकमैत्री नीति, कानुन र कार्यक्रमका निम्ति सरकार सधै सकारात्मक रुपमा प्रस्तुत हुनेछ,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “मुख्यतः विदेशमा रहेका नेपालीको स्वाभिमान र हितरक्षा, नीति निर्माणमा श्रमजीवी वर्गको सम्मानजनक प्रतिनिधित्व, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, श्रमको सम्मान र श्रम संस्कृतिको विकासमा सरकारले प्राथमिकताका साथ काम गर्नेछ ।” देश आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम र बजेट निर्माणको सङ्घारमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “यसपटकको नीति तथा कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सृजनालाई उच्च प्राथमिकताका साथ अगाडि बढाउने गृहकार्यमा सरकार जुटिरहेको छ ।” सत्ता साझेदार दलहरूको तर्फबाट प्रस्तुत साझा न्यूनतम कार्यक्रममा उल्लिखित ‘निरासा चिर्दै, भरोसा जगाउँदै’ मूलमन्त्रलाई व्यावहारिक रूपमा सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दैै प्रधानमन्त्री दाहालले राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान गर्नाका साथै यसले बेरोजगारी न्यूनीकरण र रोजगारी अभिवृद्धिका निम्ति गुणात्मक योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । “सरकारको प्राथमिकतालाई सबै राजनीतिक दल, ट्रेड युनियनहरू, निजी क्षेत्रलगायत सबैको साथ रहने मेरो विश्वास छ,” प्रधानमन्त्री दाहालले भन्नुभयो ।
पोखरा: ‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’ मा अफिसियल ड्रिङ्किङ वाटरमा ‘ग्लेज’ जोडिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख २८ गते पोखरा सभागृहमा आयोजना गर्ने पोखरा स्पोर्टस् अवार्ड–२०८० मा पोखरा नेचुरल फुड एण्ड वेभरेज प्रा।लि।द्वारा उत्पादित ‘ग्लेज’ अफिसियल ड्रिङ्किङ वाटरको रुपमा जोडिएको हो । बुधबार सो सम्बन्धी ग्लेजका सञ्चालक विनोद बराल र मञ्चका अध्यक्ष दीननाथ बरालविच समझदारी पत्र आदन प्रदान भएको छ । पोखरा–१३ आर्वामा समुदायस्ततरमा सञ्चालित ग्लेज मुलबाट निस्केको प्राकृतिक मिनरलयुक्त पिउने पानी हो । प्रतिघण्टा ४ हजार लिटर क्षमता भएको उद्योगबाट २० लिटरको जार, एक लिटर र ५ सय मि.लि.को बोत्तलमा बजारमा उपलब्ध छ । यसैगरिसहारा क्लव हङकङले संस्थागत सहयोग गर्ने भएको छ । बुधबारनै क्लवका कार्यवहाक अध्यक्ष खमबहादुर गुरुङ ९सरोज०ले अवार्डलाई नगद रु। १५ हजार संस्थागतरुपमा उक्त सहयोग गरेका हुन् । मञ्चले आयोजना गर्ने उक्त अवार्डले खेलाडी र यस क्षेत्रमा लाग्नेहरुका लागि प्रोहोत्साहन हुने बताउँदै उनले सहयोग गरेको बताए । यस्तै नेपाली महिला राष्ट्रिय महिला भलिबल टोलीका पूर्व उपकप्तान मञ्जु गुरुङले उक्त अवार्डलाई नगद रु २५ हजार सहयोग गरेकी छन् । अवार्डको मिति नजिकिँदै गर्दा नेपाल बाहिरबाट समेत सहयोगी संघसंस्था तथा मनहरु जोडिने क्रममा जारी रहेको अन्तराष्ट्रिय समन्वय समिति सह–संयोजक सुर्दशन रञ्जितले जानकरी दिए । मञ्चले अवार्ड अन्र्तगत वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका नोमिनेसनमा पर्न सफल ३÷३ जना खेलाडीको नाम सार्वजनिक गरिसकेको छ । ७ विधामा वितरण अवार्ड अन्र्तगत लाईफटाईम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल पत्रकार अवाड र वर्ष उत्कृष्ट खेल संघ अवार्डको छनौट केहि दिनपछि गरेर सार्वजनिक गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । मञ्चले बैशाख २८ गते पोखरा सभागृहमा पोखरा स्पोर्टस अवार्ड–२०८० आयोजना गर्दैछ । जहाँ सर्वोत्कृष्ट पुरुष र महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, लाईफटाईम अचिभमेन्ट अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार विधामा अवार्ड वितरण गरिनेछ । मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५÷३५ हजार प्रदान गर्ने मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए । अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्नेछ । पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ । यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपालले प्रायोजन गर्ने सम्झौता भएको छ । यसका अलावा टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोर्टस् प्रा।लि।, सहारा क्लब पोखरा, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप÷आभ्या क्लब, मादी गाउँपालिका, बुम¥याङ रेष्टुरेन्ट लेकसाइड, सिटीजन फर्निचर , परिचय एड्भटाइजिङ, नेपाल भुतपूर्व खेलाडी मञ्च, रुपा गाउँपालिका, निसीखोला गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ«े गाउँपालिका, गण्डकी प्रदेश क्रिकेट संघ, इन्द्रधारा विष्ट (मुस्ताङ गल्फकोर्ष), लक्ष्मी हाउस प्रालि, थ्रीसिक्स इञ्जिनियर रेजिमेट एण्ड क्यूजिईका संयोजक क्याप्टेन कृष्ण पुन, गुरुङ व्युटी पार्लर प्रा.लि., पूर्व नेपाली राष्ट्रिय महिला भलिबल उपकप्तान लक्ष्मी गुरुङ, दीपक थापा (हक्की संघ गण्डकी), पोखरा १५ वडा कार्यालय लगायत सहयोगी रहेका छन् । लाइभ पार्टनरका रुपमा पब्लिक फोर के टेलिभिजनले साथ दिनेछ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको हो । देश संघीयतामा गएसँगै यसलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको छ । खेल क्षेत्रमा उर्जा थप्न मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ । मञ्चमा हाल ७४ जना पत्रकार आवद्ध छन् ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले हरेक मानिसले श्रममा विश्वास गर्नुपर्ने बताउनुभएको छ । १३५ औं श्रमिक दिवसको अवसरमा पोखरामा आयोजना भएको श्रमिक सभामा बोल्दै मुख्यमन्त्री अधिकारीले यस्तो बताउनुभएको हो । श्रमको सम्मान नगर्नेहरू असभ्य नागरिक भएको उहाँको भनाई छ । ‘श्रम हामीहरूको लागि अत्यन्त मूल्यवान् विषय हो, श्रमबाट नै राष्ट्रिय पुँजी निर्माण हुन्छ, रगत र पसिनाको गन्ध जुन माटोमा बग्छ, त्यो माटो सुगन्धित हुन्छ, त्यहीं माटोको सम्मान गर्न मे दिवसले प्रेरणा दिनेछ’ उहाँले भन्नुभयो । उहाँले नेपालमा अधिकार प्राप्तिको आन्दोलन सकिएर श्रमिक वर्गको हक, हितको लागि ऐन कानुन निर्माण भएपनि पूर्ण कार्यान्वयन भइनसकेको बताउनुभयो । यसको कार्यान्वयनको लागि रोजगारदाता र श्रमिक दुवैले आफ्नो कर्तव्य र दायित्व बुझ्न सक्नुपर्नेमा उहाँको जोड छ । सामाजिक विकास मन्त्रालयमा निष्कृय जस्तो देखिएको समन्वय केन्द्रलाई सक्रिय बनाउँदै श्रमिकको हितको लागि कार्यगर्ने प्रतिवद्धता मुख्यमन्त्री अधिकारीले जनाउनुभयो । ‘तपाईँहरूसँग निरन्तर सहकार्य गरेर रोजगारदाता, सरकार र श्रमिककोबीचमा आपसमा समन्वय गरेर अत्यन्त श्रममैत्री र उद्योग मैत्री वातावरण बनाएर मे दिवसमा खुशी साट्नेगरी अगाडि बढ्न मेरोतर्फबाट हुने सम्पूर्ण प्रयत्नहरू केन्द्रित गर्नेछु’ उहाँले भन्नुभयो । गण्डकी प्रदेश सरकार समृद्ध प्रदेश खुशी प्रदेशवासी बनाउने प्रष्ट धारणाका साथ अगाडि बढिरहेको उहाँले खुलाउनुभयो । उद्योग फस्टाए रोजगारी प्राप्त हुने र स्वाधीन अर्थतन्त्रमा टेवा पुग्ने उहाँको भनाई छ । ‘जबसम्म उद्योग फस्टाउन सक्दैन तबसम्म रोजगारी प्राप्त हुन सक्दैन । देशको स्वाधीन अर्थतन्त्र निर्माण हुन सक्दैन’ उहाँले थप्नुभयो । श्रम क्षेत्रबाट प्राप्त भएका महत्वपूर्ण सुझाबहरूलाई व्यवस्थित ढंगले सुत्रबद्ध गर्दै काम गर्ने उहाँको प्रतिवद्धता थियो । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र गण्डकी प्रदेश पोखराले आयोजना गरेको सभामा नेपाली कांग्रेस गण्डकी प्रदेश अध्यक्ष शुक्रराज शर्मा, नेकपा एमाले गण्डकी प्रदेश सचिव धनञ्जय दवाडी, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, नेपाल ट्रेड युनियन कांग्रेस उपाध्यक्ष राधिका कुइँकेल, अखिल नेपाल ट्रेड युनियन महासंघ उपाध्यक्ष सोमबहादुर थापा, नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी अध्यक्ष मुरारी शर्मा, जिफन्ट गण्डकी अध्यक्ष रुद्र खत्री र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र गण्डकीका सदस्य रुद्र गौतम लगायतले ट्रेड युनियन अधिकार र श्रमिक दिवसको महत्वबारे बोल्नुभएका थियो । श्रमिक सभा अगाडि गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी समेतको सहभागीतामा पोखराको लखन चोक (पृथ्वीचोक)देखि साइमन पार्टी प्यालेस सिर्जनाचोकसम्म श्रमिक ¥यालीको आयोजना गरिएको थियो ।
काठमाडौं: नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ । वेस्ट इन्डिज ए ले नेपाललाई ७६ रनले पराजित गरेको हो । वेस्ट इन्डिज ए ले दिएको २२८ रनको लक्ष्य पछाएको नेपालले १९.२ ओभरमा अलआउट हुँदै १५१ रन बनाएको थियो । नेपालका लागि लोकेश बमले २८, कुशल मल्लले २०, करण केसीले २८, बिनोद भण्डारीले १९, अनिल शाहले १४, आरिफ सेखले ३, गुलशन झाले ६, दिपेन्द्र सिंह ऐरीले ७ रन बनाएका थिए । त्यसैगरी वेस्ट इन्डिज ए का बलर हेडेन वाल्शले ३ विकेट लिए भने गुडाकेश मोतीले २ तथा फाबियन एलेन, म्याथुज फोर्ड र ओबेड म्याककोयले एक एक विकेट लिएका थिए । यस अघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनाएको थियो । वेस्ट इन्डिज ए का लागि जोन्सन चार्ल्सले सर्बाधिक अविजित ११९ रन बनाए भने आन्द्रे फ्लेचरले ५३ रन बनाएका थिए । त्यस्तै फाबियन एलेनले १९ र एलिक अथानाजले १७ रन बनाएका थिए । त्यस्तै किमो पाउलले १३ रन बनाएका छन् । त्यसैगरी नेपाली बलर करण केसी र सागर ढकालले एक एक विकेट लिएका थिए । वेस्ट इन्डिज ए ले यो जितपछि ५ खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ । अब सिरिजको चौथो खेल भोलि खेल्दै छ भने पाँचौं खेल मे ४ मा हुने छ ।
कैलाली: कैलालीको कैलारी गाउँपालिका–३ का ३१ वर्षीय रुवि चौधरीको गाउँमा सानो कच्ची घर छ । आर्थिक अवस्था दयनीय भएकै कारण पक्की घरमा बस्ने सपना पूरा नभएको बताउने रुविले निम्न माध्यमिक तहको अध्ययन पूरा गर्न सक्नुभएन । घरको अवस्थाकै कारण २० वर्षे तन्नेरी अवस्थामा घर बनाउने काममा मजदुरी सुरु गरेका उहाँले दशकपछि मिस्त्री काम गरेर घर बनाउन जान्नुभयो । तर आफ्नो कच्ची घर अझै पक्कीमा परिणत गर्न सक्नुभएको छैन । अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँरदा रुवि दिवसको प्रवाह नगरी महेन्द्रनगरस्थित एयरपोर्ट रोडमा घर बनाउने काममा खटिनुभएको छ । एक दशकदेखि घर बनाउने काममा लागेका उहाँले धनगढी र महेन्द्रनगरमा गरेर ३५ देखि ४० ठूला र साना गरी पक्की घर बनाएको सुनाउनुभयो । “ज्याला मजदुरीका क्रममा अरुका पाँचतले महलसम्म बनाए तर समयसापेक्ष हाम्रो ज्याला दर बढ्न सकेन”, उहाँले भन्नुभयो, “मजदुरीको पैसा जम्मा गरेर सानो भए पनि पक्की घर बनाउँला, परिवार राखाँैला सोचेको अझै पूरा हुने छाँट छैन ।” रुविसँगै उहाँका भाइ पनि कैलालीमा घर बनाउने काममै सक्रिय हुनुहुन्छ । दुईजनाको कमाईले घर खर्च मुस्किलले टर्ने गरेको उहाँको भनाइ छ । “मिस्त्रीको दैनिक एक हजारदेखि एक हजार दुई सयसम्म ज्याला छ”, उहाँले भन्नुभयो, “लेबरीमा खटिनेको त झन् पाँच सय ७५ मात्रै छ ।” बुबा÷आमाको जेठो छोरा रुविले घर बनाउने मिस्त्री काममा लागेपछि मन लगाएर खटिरहेको बताउनुभयो । “ज्याला मजदुरी गर्न विदेश जान पनि त पैसा लाग्छ”, उहाँले भन्नुभयो, “तीन महिनाको तालिम गरेर मिस्त्री काम थालेको वर्षौ भइसक्यो ।” कञ्चनपुरको महेन्द्रनगरमा एक वर्षअघि मात्रै मिस्त्री कामका लागि आएका उहाँले यहाँ कामको भने अभाव नरहेको बताउनुभयो । “यहाँ बास बस्ने डेरा पनि लिएको छैनौँ”, उहाँले भन्नुभयो, “जहाँ घर बनाउन सुरु गर्यौँ, त्यही त्रिपाल टाँगेर रात काट्छौँ ।” त्यसैगरी, कैलारी(७ भुइँयाफाँटाका २२ वर्षीय दीपक चौधरी पनि महेन्द्रनगरमा घर बनाउने काममा मजदुरी गरिरहेको अवस्थामा आज भेटिनुभयो । “मजदुर दिवस भनेको के हो थाहा नै छैन”, उहाँले भन्नुभयो, “दिवस मनाएर बसे बेलुकी के खाने रु” उहाँले दिवस मनाउनुभन्दा पनि मजदुरहरुको हकहित र सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । “यत्रो महँगीको जमानामा पाँच सय दिनको ज्यालाले के हुन्छ र रु”, एसइईसम्मको अध्ययन गरेका दीपकले भन्नुभयो, “पुस्तौँदेखि कच्ची घरमा बसेका हामी मजदुर कमाएर कहिले पक्की घरमा बस्ने टुङ्गो नै छैन ।” उहाँले समयक्रमअनुसार मजदुरहरुको ज्याला पनि वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । “पाँच सय ज्यालाले खर्च त चल्दैन तर पनि बाध्यताले जेनतेन चलाउनु त परिहाल्यो”, उहाँले भन्नुभयो, “मुलुकको समृद्धिमा मजदुरको भूमिका महत्वपूर्ण भए पनि हामीहरुको अवस्थामा सुधार आउन सकेन ।” त्यसैगरी घर बनाउने कामको ठेक्का लिने ठेकेदारको सम्पर्कमा रहेर महेन्द्रनगरमा विगतदेखि मिस्त्री काम गर्दै आएका कैलारीकै शिवकुमार चौधरीको पनि छाक टार्न नै चर्को काम नभनी काममा सक्रिय हुनुहुन्छ । “घरमा भएको १० कट्ठा जमिनले खानसम्म पुग्छ”, उहाँले भन्नुभयो, “त्यो बाहेकको सबै खर्च मजदुरीबाटै चलाएको छु ।” धनगढी हुँदै कामको शिलशिलामा महेन्द्रनगर पुगेका उहाँले पनि यहाँ दर्जनौँ घर निर्माण गरिसक्नुभएको छ । “हामी त अरुका पक्की घर बनाउँदै जिन्दगीको महत्वपूर्ण समय बिताउने भयौँ”, उहाँले भन्नुभयो, “कमाएर परिवारसहित पक्की घरमा कहिले बस्न पाइने हो, त्यो सपना जस्तै छ ।” मजदुरीबाट घर बनाउने काममा लागेका शिवकुमारले पनि दातृ निकायबाट तीनमहिने तालिम लिएर मिस्त्री काममा लागेको बताउनुभयो । त्यसैगरी, बर्दिया राजापुरका रामबहादुर चौधरीले महेन्द्रनगरमा काम गर्न थालेको नौ वर्ष भयो । सुरुआतमा घर बनाउने काममा मजदुरीबाट सुरु गरेका चौधरीले मिस्त्री, सटरिङको काम हुँदै अहिले घर बनाउने ठेक्का लिन थाल्नुभएको छ । “मजदुरीबाट सुरु गरेको अहिले अघि बढ्दै जाँदा १२ जना काम गर्ने मसितै छन्”, उहाँले भन्नुभयो, “मिस्त्री काम गर्दा बिहान साँझ अटो चलाउने र दिउँसो घर बनाउने काम पनि गरेँ ।” उहाँले हाल सो कामबाट मासिक ४० देखि ४५ हजार कमाउने गरेको बताउनुभयो । “यही कमाईबाट भीमदत्त नगरपालिका(२ महुलियामा १५ धुर जग्गा किनेर घर पनि बनाएँ”, उहाँले भन्नुभयो, “गाउँ बर्दिया राजापुरमा भने अझै कच्ची घरमै छौँ ।” उहाँले मिस्त्री हुँदादेखि घर बनाउने ठेक्का लिने अवस्थासम्म आइपुग्दा यहाँ ४०÷५० को हाराहारीमा पक्की घर बनाएको बताउनुभयो ।
काठमाडौं: वेस्ट इन्डिज ‘ए’ ले जारी टी–२० सिरिजको तेस्रो खेलमा नेपाल सामू विशाल लक्ष्य पेश गरेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनायो । चार्ल्सले अविजित रहँदै ६१ बलमा १३ चौका र ७ छक्का प्रहार गर्दै ११९ रन बनाए । १७औ ओभरको पाचौँ बलमा एक रन लिँदै उनले शतक पुरा गरेका थिए । दोस्रो विकेटका लागि उनले आन्द्रे फ्लेचरसँग मिलेर १४५ रनको विशाल साझेदारी समेत गरेका थिए । ओपनर एलिक अथान्जेको विकेट सस्तैमा लिएको नेपालले दोस्रो विकेटका लागि भने धेरै समय कुर्नु पर्यो । चौथो ओभरको पहिलो बलमा नेपालले पहिलो सफलता पाएको थियो । एक रन लिने क्रममा जोनसन चार्ल्सले नन(स्ट्राइकर एन्डमा फर्काइदिएपछि अथान्जे १० बलमा १७ रन बनाएर रनआउट भए । तर त्यसपछि चार्ल्स र आन्द्रे फ्लेचर मिलेर विशाल साझेदारी गरेसँगै वेस्ट इन्डिज विशाल योगफल तर्फ अग्रसर भएको थियो । सो साझेदारी १६औ ओभरमा सागर ढकालले फ्लेचरको विकेट लिएर तोडेका थिए । फ्लेचर ३३ बलमा ४ चौका र ३ छक्का सहित ५३ रन बनाएर दीपेन्द्र सिंह ऐरीद्वारा लङ(अनमा क्याच आउट भएका थिए । चौथो नम्बरमा क्रिजमा पुगेका फाबिएन एलेन ९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १९ रन बनाएर करण केसीको बलमा दीपेन्द्रद्वारा नै क्याच आउट भए । किमो पल ७ बलमा १३ रन बनाएर नटआउट रहे । नेपालका लागि करण केसी र सागर ढकालले एक–एक विकेट लिए । नेपालले ६ वटा बलरको प्रयोग गरेको थियो । गुलशन झाले ४ ओभरमा २४ रन दिनुबाहेक अन्य बलर महँगो सावित हुन पुगे । करणले ४ ओभरमा ५४ रन खर्चिए भने कमल सिंह ऐरीले ४ ओभरनै बलिङ गर्दै ५३ रन दिए । यस्तै सागर ढकालले ४ ओभरमा ४१ रन दिए । विवेक यादव र कुशल मल्लले समान २÷२ ओभरमा क्रमसः २८ र २६ रन खर्चिए । नेपालले आज टोलीमा ४ परिवर्तन गरेको छ । कप्तान रोहित सँगै कुशल भुर्तेल, सोमपाल कामी र आकाश चन्द पनि बेन्चमा छन् । करण केसी, विवेक यादव, विनोद भण्डारी र कमल सिंह ऐरी टिममा आएका छन् । वेस्ट इन्डिजले पेस बलर ओसेन थोमस बाहिर राख्दै अलराउन्डर फाबियन एलनलाई पहिलो पटक टोलीमा राखेको छ । सिरिज हाल १÷१ को बराबरीमा छ । नेपालले शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो । कप्तान रोहित पौडेलको शानदार शतकमा नेपालले पहिलो खेल जितेको थियो । दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जित निकालेको थियो ।
पोखरा: गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले नागरिकलाई सुसूचित गराउन स्वतन्त्र प्रेसको अहम् भूमिका रहेको बताउनुभएको छ । उहाँले नीर्भिकताका साथ आफ्नो स्वतन्त्रताको उपयोग गर्दै समाजलाई सुसूचित गर्न, सरकारलाई पहरेदारी गर्न नेपाली प्रेस जगतलाई थप प्रेरणा र हौसला मिलोस् भन्ने कामना पनि गर्नुभयो । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको चौथो वार्षिक साधारणसभालाई पोखरामा सम्बोधन गर्दै उहाँले लोकतन्त्र, गणतन्त्र स्थापना एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि अग्रज पत्रकार तथा पत्रकारिता जगतले खेलेको भूमिका अविस्मरणीय रहेको उल्लेख गर्नुभयो । ‘नेपाली पत्रकारले दबाब र अभावसँग सम्झौता नगरी आफ्नो कर्मप्रति देखाएको सेवाभाव अनुकरणीय छ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘सामाजिक उत्तरदायित्व बहन गर्दै सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गर्ने जिम्मेवारीलाई आत्मसाथ गरी सत्य, निष्पक्ष, सन्तुलित र मर्यादित रुपमा सूचना प्रवाह गर्नु पत्रकारिताको धर्म र जिम्मेवारी पनि हो ।’ उहाँले प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा अवसर र चुनौती दुवै सिर्जना भएको उल्लेख गर्दै डिजिटल मिडियाको अत्यधिक सदुपयोग गर्दै पत्रकारिताको विश्वसनियता अभिवृद्धि गर्ने दिशामा पत्रकार स्वयं क्रियाशील हुनेमा विश्वस्त रहेको बताउनुभयो । पत्रकारिताका नयाँ आयाम र प्रविधिको प्रयोगबारे पत्रकारलाई दक्ष बनाउनका लागि राज्यको महत्वपूर्ण भूमिका रहने बताउँदै प्रदेश प्रमुख भट्टले सत्य तथ्य, विश्वसनीय र भरपर्दो सूचना पाउने नागरिकको नैसर्गिक अधिकारलाई हामी सबैले सम्मान गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । विश्वव्यापी आर्थिक संकटको संवेदनशील घडीमा सञ्चारजगत र पत्रकारिता पेशालाई पारेको असरबारे आफू जानकार रहेको र आर्थिक सङ्कटले सञ्चारसंस्थाहरूको दिगोपनामा समस्या पार्ने खतरा देखापरिसकेको तथा नेपाली पत्रकारको पेसागत असुरक्षा र न्यूनतम पारिश्रमिक कार्यान्वयनमा समस्या रहेको बताउनुभयो । नेपाली सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरोकार पक्षसँग व्यापक सहकार्य गर्ने वातावरण बनोस् भन्ने शुभेच्छा राख्नुभयो । उहाँले भन्नुभयो – ‘पत्रकारिता क्षेत्रमा म आफै संलग्न रही नजिकबाट चिनेको छु। २०३८ सालमा सुदूर पश्चिमको पहिलो पत्रिका भीम सन्देश त्रैमासिकको संस्थापक सम्पादक भएर पत्रकारिताको अनुभव बटुलेको छु।’ गण्डकी प्रदेशको प्रदेश प्रमुख नियुक्तिपछि पहिलो विधेयक प्रमाणिकरण पत्रकार सम्बन्धित आमसञ्चार ऐन २०८० रहेको स्मरण गर्दै उहाँले यो ऐन पत्रकारहरुकै प्रत्यक्ष सहभागिता र आवश्यकताका आधारमा निर्माण भएको उल्लेख गर्नुभयो। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चार र सूचनाको हकलाई नेपालको संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको बताउँदै भट्टले संवैधानिक रूपमै व्यवस्थित गरिएका ती हकहरूको पूर्णरूपमा संरक्षण र कार्यान्वयन गर्दै जिम्मेवार र मर्यादित पत्रकारिताको विकासका लागि प्रतिबद्ध रहेको जनाउनुभयो । श्रमजीवी पत्रकारको पेशागत अधिकार स्थापित गर्दै सञ्चार संस्था तथा पत्रकारहरुको सबिलकरणको दिशामा काम अघि बढोस् भन्ने कामना पनि गर्नुभयो ।
पोखरा: आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई सिटिजन फर्निचरले सघाउने भएको छ । नेपाल खेलकुद पत्रकार गण्डकी प्रदेशले यहि बैशाख २८ गते पोखरा सभागृहमा आयोजना गर्ने पोखरा स्पोर्टस अवार्ड–२०८०’लाई यस वर्षपनि पोखराको न्यूरोडस्थित सिटिजन फर्निचरले सघाउने भएको हो । मंगलबार सिटिजन फर्निचरका सञ्चालक दीपक कार्की र मञ्चका अध्यक्ष दीननाथ बरालबिच अवार्डलाई ५० हजार रुपैयाँ सहयोग गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ । सिटिजन फर्निचरले तेस्रो मुलकुबाट आयातित अत्याधुनिक आकर्षक घरायसी तथा अफिसियल फर्निचर र फर्निसिङका सामान विक्री गर्दै आएको छ । यसैगरि मंगलबारनै नेपाली महिला राष्ट्रिय भलिबल टोलीका पूर्व उपकप्तान मञ्जु गुरुङले उक्त अवार्डलाई नगद रु २५ हजार सहयोग गर्ने घोषणा गरेकी छन् । मञ्चले आयोजना गर्ने उक्त अवार्डले खेलाडी र यस क्षेत्रमा लाग्नेहरुका लागि प्रोहोत्साहन हुने बताउँदै आफुले सहयोग घोषणा गरेको उनले बताइन् । प्रथम पोखरा स्पोर्टस् अवार्ड–२०७२ मा वर्ष उत्कृष्ट खेलाडी (महिला) तर्फकीे विजेतासमेत गुरुङ हाल हङकङमा छिन् । कास्कीकी गुरुङले पोखराको ज्ञानु बाबा आवासिय मा.वि.बाट भलिबल खेलको शुरुवात गरेकी थिइन् । अवार्डको मिति नजिकिदै गर्दा सहयोगी संघसंस्था तथा मनहरु जोडिने क्रममा जारी रहेको मञ्चका कोषाध्यक्ष तथा आर्थिक व्यवस्थापन उपसमिति संयोजक कविता घर्तिमगरले जानकरा दिइन् । मञ्चले सोमबारमात्रै अवार्ड अन्र्तगत वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका नोमिनेसनमा पर्न सफल ३÷३ जना खेलाडीको नाम सार्वजनिक गरिसकेको छ । मञ्चले वार्षिक रुपमा आयोजना गर्ने पोखरा स्पोर्टस अवार्डमा ७ विधामा अवार्ड वितरण गर्दै आएको छ । बाँकी ३ विधा लाईफटाईम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल पत्रकार अवाड र वर्ष उत्कृष्ट खेल संघ अवार्डको छनौट केहि दिनपछि गरेर सार्वजनिक गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । मञ्चले बैशाख २८ गते पोखरा सभागृहमा पोखरा स्पोर्टस अवार्ड–२०७८ आयोजना गर्दैछ । जहाँ सर्वोत्कृष्ट पुरुष र महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, लाईफटाईम अचिभमेन्ट अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार विधामा अवार्ड वितरण गरिनेछ । मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५÷३५ हजार प्रदान गर्ने मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए । अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्नेछ । पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ । यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपालले प्रायोजन गर्ने सम्झौता भएको छ । यसका अलावा टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोर्टस् प्रा.लि., सहारा क्लब पोखरा, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप÷आभ्या क्लब, मादी गाउँपालिका, बुमराङ रेष्टुरेन्ट लेकसाइड, नेपाल भुतपूर्व खेलाडी मञ्च, रुपा गाउँपालिका, निसीखोला गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ«े गाउँपालिका, गण्डकी प्रदेश क्रिकेट संघ, इन्द्रधारा विष्ट (मुस्ताङ गल्फकोर्ष), लक्ष्मी हाउस प्रालि, थ्रीसिक्स इञ्जिनियर रेजिमेट एण्ड क्यूजिईका संयोजक क्याप्टेन कृष्ण पुन, गुरुङ हर्वल व्युटी पार्लर, दीपक थापा (हक्की संघ गण्डकी), पोखरा १५ वडा कार्यालय लगायत सहयोगी रहेका छन् । लाइभ पार्टनरका रुपमा पब्लिक फोर के टेलिभिजनले साथ दिनेछ । सहयोग विवरण आगामी दिनमा जानकारी दिँदै जाने मञ्चले जनाएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको हो । देश संघीयतामा गएसँगै यसलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको छ । खेल क्षेत्रमा उर्जा थप्न मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ । मञ्चमा हाल ७४ जना पत्रकार आवद्ध छन् ।
काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी-२० सिरिजको तेस्रो खेल आज खेल्दैछ । खेल टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १२ः१५ बजे सुरु हुनेछ । सिरिज हाल १/१ को बराबरीमा छ । नेपालले शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो । कप्तान रोहित पौडेलको शानदार शतकमा नेपालले पहिलो खेल जितेको थियो । दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जित निकालेको थियो ।