पोखरा:    पोखरामा प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने भएको छ ।  गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा आगामी बिहिबारदेखी राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिता हुन लागेक...

पोखरा:    सेती नदीमा हाम फालेर बेपत्ता भएका पोखरा–१६का सुगम बास्तोलाको खोजतलाजको लागि दोस्रो पटक ड्याम खोलिने भएको छ ।  गत फागुन १८ गते सेती नदीमा हाम फालेर बेपत्ता भएका बास्तोला नभेटिपछि कास्की प्रहरीले भोलि (सोमबार) ड्याम खोलेर खोज्ने तयारी गरेको हो ।  पोखरा महानगरपालिका–३ नदीपुरस्थित सेती नदी माथि बनाइएको पुलबाट हाम फालेर बेपत्ता भएका बास्तोलाको खोजतलाजको लागि दोस्रो पटक ड्याम खोल्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।   पोखरा महानगरपालिका–१६ दिपस्थित सेती नदीमा बनाईएको ड्याम भोलि खोलेर पानीको बहाव बढाई बास्तोलाको खोजतलाज गर्ने कास्की प्रहरीले जनाएको छ ।  गत फागुन १८ गते सेती नदीमा हाम फालेर बेपत्ता भएका बास्तोलालाई प्रहरीले परिवारको आग्रहपछि फागुन २२ गतेपनि ड्याम खोलेर खोजतलाज गरेको थियो ।  बास्तोलाको परिवारले पुनः दोस्रो ड्याम खोलेर पटक खोजतलाजको लागि आग्रह गरेपछि ड्याम खोलेर खोजतलाज गर्न लागिएको कास्की प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय कास्कीले चैत १५ गते ड्याम खोलेर नदीमा बेपत्ता बास्तोलाको खोजतलाज गर्ने तयारी गरेपनि मौसममा आएको परिवर्तनका कारण ड्याम खोल्न सूचना स्थगित गरेको थियो ।   

बाजुराः  नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै जिल्लाका स्थानीय तहका विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका यहाँका सामुदायिक विद्यालयले यस वर्ष शैक्षिकसत्र सुरु हुनु एक महिनाअगावै पाठ्यपुस्तक पाएका हुन् ।    जिल्लाको तल्लो क्षेत्रका बूढीगङ्गा, त्रिवेणी र बडीमालिका नगरपालिकाका साथै खप्तड छेडेदह र गौमूल  गाउँपालिकाका सामुदायिक विद्यालयमा जनकशिक्षा सामग्री केन्द्रको आधिकारिक बिक्रेता करुणा पुस्तक पसलले पाठ्यपुस्तक खरिद गरी पु¥याएको हो ।    पूर्वी उत्तरी भेगका चार पालिकाका सामुदायिक विद्यालयमा पनि पाठ्यपुस्तक वितरण गर्न थालिएको छ । यहाँका बूढीनन्दा नगरपालिका तथा हिमाली, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकामा रारा कर्णाली पुस्तक पसल कोल्टीले जिम्मेवारी लिएसँगै वितरण सुरु गरिएको जनाइएको छ ।    प्रत्येक वर्ष सामुदायिक विद्यालयले पाठ्यपुस्तक अभावका कारण पठनपाठनमा समस्या हुने गरेकामा यस वर्ष शैक्षिकसत्र सुरु हुनु एक महिनाअगावै पुस्तक पाइएको पशुपति माविका प्रधानाध्यापक दयाराम जोशीले बताउनुभयो ।    शैक्षिकसत्र सुरु हुनुभन्दाअगावै पाठ्यपुस्तक पुगेको भन्दै केही अपुग भएमा विद्यार्थी भर्नापश्चात् सोहीअनुसार पुनः माग गर्न सकिने प्रअ जोशीले बताउनुभयो । समयमै पुस्तक पुगेसँगै शैक्षिकसत्र सहजरुपमा सञ्चालन गर्न सकिने उहाँको भनाइ छ ।   विगतका वर्षमा शैक्षिकसत्र सुरु भएको महिनौँ बितिसक्दा पनि विद्यालयमा पुस्तक अभाव हुने गरेको थियो । आगामी शैक्षिकसत्र २०८१ का लागि भने विद्यालयमा चैत १५ गते नै पुस्तक पुगिसकेको प्रअ जोशीले जानकारी दिनुभयो ।   जनकशिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय धनगढीले यही चैत १३ गते सुदूरपश्चिम प्रदेशको बाजुराबाट वितरण सुरु गरेको जनाएको छ । जिल्लामा एक लाख १० हजार ३७ थान पाठ्यपुस्तक पुगिसकेको कार्यालयका प्रमुख रामबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार बाजुरामा आठ बिक्रेतामध्ये सात जनाले पुस्तक लिइसकेका छन् भने एक जना लिने क्रममा छन् ।   बाजुरामा विसं २०८१ का लागि अनुमानित एक लाख २७ हजार आठ सय छ थान पाठ्यपुस्तक रहेको कार्यालयका प्रमुख कुँवरले बताउनुभयो । सोमध्ये ८६ प्रतिशत पुस्तक जिल्लामा पुगिसकेका भन्दै बाँकी केही दिनमा पुग्ने उहाँले जानकारी दिनुभयो ।    करुणा पुस्तक तथा डेल्टा स्टोरका सञ्चालन नृप खातीका अनुसार पहिलो पटक बाजुराका विद्यालयमा चैत महिनामै पाठ्यपुस्तक पुगेका बताउनुभयो । “आफूले वितरण गर्ने कार्यक्षेत्रमा ९५ प्रतिशत विद्यालयमा पुस्तक पुगिसकेको छ”, उहाँले भन्नुभयो, “बाँकी रहेका विद्यालयमा केही दिनमा पु¥याउने छौँ ।”   केन्द्रले प्रदेशका विकट तथ दुर्गम गाउँलाई पहिलो प्राथमिकतामा राखेर पुस्तक बिक्री तथा वितरण सुरु गरिएको जनाएको छ । बाजुरापछि दार्चुला र बझाङमा पनि वितरण भइसकेको प्रादेशिक कार्यालयका प्रमुख कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार दार्चुलामा ९१ हजार चार सय ८६ थान र बझाङमा २६ हजार ५१ थान पुस्तक पठाइसकिएको छ । सबै जिल्लामा चैत महिनाभित्रमा पुस्तक पठाइसक्ने जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।   आगामी शैक्षिकसत्र २०८१ का लागि सुदूरपश्चिममा १९ लाख १५ हजार एक सय ८५ थान पुस्तक आवश्यकपर्ने अनुमान गरिएको छ । बाजुरामा ढुवानीबापत १६ प्रतिशत खर्च जनकशिक्षाले दिनेछ । चैत महिनाभित्रै १९ लाख १५ हजारभन्दा बढी थान पुस्तक बिक्री भइसक्ने शिक्षा सामग्री केन्द्र धनगढीले दाबी गरेको छ । केन्द्रले चालु शैक्षिकसत्रमा १७ लाख ४१ हजार ७८ थान पुस्तक बिक्री गरेको थियो ।   पाठ्यपुस्तक खरिद गर्न सुदूरपश्चिमका अधिकांश स्थानीय तहमा बजेट निकासा भएको छैन् । नेपालको संविधान २०७२ मा माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहलाई छ ।   प्रदेशका स्थानीय तहले पुस्तक खरिदका लागिसमेत बजेट विनियोजन र निकासा नगरेको पाइएको छ । ८८ स्थानीय तहमध्ये अधिकांशले बजेट विनियोजन र निकासा गरेका छैनन् ।   सामुदायिक विद्यालयमा पुस्तक खरिदका लागि बजेट नभएकाले समस्या हुने देखिएको केन्द्रको प्रादेशिक कार्यालयका प्रमुख कुँवरले बताउनुभयो । पाठ्यपुस्तकका लागि रकम निकासा नहुँदा समस्या हुनसक्ने उहाँको भनाइ छ ।   “स्थानीय तहहरुले विद्यालयलाई रकम दिने हो । सम्बन्धित विद्यालयले व्यवसायीलाई दिने हो । रकम निकासा नभएको भन्ने आएको छ । यसले गर्दा केही समस्या पर्छ कि भन्ने आशङ्का गरेका छौँ”, प्रमुख कुँवरले भन्नुभयो । उहाँका अनुसार पाठ्यपुस्तक बिक्रेताले भने केन्द्रबाट खरिद गरेर विद्यालयमा पठाइरहेका छन् । स्थानीय तहले पनि समयमै बजेट निकासा दिए वितरण गर्न बाँकी रहेका पुस्तक पनि समयमै विद्यालय पुग्ने उहाँको भनाइ छ ।  

सोलुखुम्बु:     एक हप्तादेखि सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको खराब मौसमका कारण उड्न नसकेका जहाजको आज बिहानबाट मौसम खुलेपछि मन्थली–लुक्ला उडान सुरु भएको छ । यसअघि लुक्लामा भएको खराब मौसमका कारण सीता, तारा र समिट एयरका जहाज मन्थलीमै एक हप्तादेखि ‘होल्डिङ’ भएका थिए । सो समयमा खराब मौसमका कारण जहाज नउडेपछि निर्धारित समयमा अनिवार्य लुक्ला पुग्नैपर्ने विदेशी पर्यटकलाई हेलिमार्फत सोलुकै सुर्केमा पु¥याइएको थियो भने सडकमार्गबाट सोलुको फाप्लुसम्म लैजाने गरिएको थियो । आज बिहान ६ बजेदेखि जहाजका लागि लुक्लामा राम्रो मौसम भएका कारण उडान सुरु भएको तारा एयर रामेछापका इन्चार्ज प्रवीण सुवेदीले राससलाई बताउनुभयो । मौसम खुलेपछि बिहानैदेखि काठमाडौँबाट सडकमार्ग हुँदै विदेशी पर्यटक मन्थली ल्याउने क्रम जारी छ ।  लुक्लाको मौसमले साथ दिएसम्म आज दिनभर जहाज आलोपालो प्रणालीद्वारा मन्थलीबाट लुक्ला उडान भरिरहने नागरिक उड्डयन प्राधिकरण रामेछापका वरिष्ठ अधिकृत प्रज्ज्वल गुरागाईँले बताउनुभयो ।

झापाः   दैनिकजसो हुल बाँधेर आउने जङ्गली हात्तीले जनधनको क्षति गर्न थालेपछि झापाबासी चिन्तित बनेका छन् । चालु आर्थिक वर्षको मङ्सिरदेखि चैत १७ गतेसम्म जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ ।   हात्तीले जङ्गलमा घाँस दाउरा गएका, ‘वर्निङवाक’मा रहेका र घरमै सुतिरहेको अवस्थामा उनीहरुलाई कुल्चेर मारेको डिभिजन वन कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ ।   कार्यालयका प्रमुख मेघराज राईका अनुसार यही साता मात्र जङ्गली हात्तीको आक्रमणमा परी दुई जनाको ज्यान गएको छ । गत शुक्रबार राति कमल गाउँपालिका–५ की ५८ वर्षीया खड्गमाया माबो, र बुधबार साँझ शिवसताक्षी–११ का ६० वर्षीया पवित्रा भेटुवालको हात्तीको आक्रमणम मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।   एक सातामै छिमेकी पालिकाका दुई महिलाको मृत्यु भएपछि स्थानीयवासी त्रासमा छन् । हात्तीले कुन बेला कसलाई आक्रमण गर्ने हो भनेर रातभर निदाउन नसकिरहेको कमल–५ की ७० वर्षीया रुमा सुब्बाले बताउनुभयो ।    जिल्लाका १५ वटै पालिका हात्ती प्रभावित क्षेत्रमा पर्छ । जसमध्ये यस अवधिमा दमक नगरपालिकामा एक जना, शिवसताक्षीमा दुई जना, हल्दिबारीमा दुई जना र कमल गाउँपालिकामा एक जनाको हात्ती आक्रमणबाट मृत्यु भएको छ ।   पछिल्लो समय झापालगायत मोरङ र सुनसरी जिल्लामा जङ्गली हात्तीको बिगबिगी बढेको छ । भारतबाट बाहुनडाँगी नाका हुँदै नेपाल प्रवेश गरेका २९ वटा जङ्गली हात्ती नफर्किएका कारण तीन जिल्लाको जनजीवन त्रस्त बनेको छ । हाल तीन जिल्लामा ६० वटाभन्दा बढी जङ्गली हात्ती रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । 

काठमाडौं:     महालेखा परीक्षकमा तोयम राय सिफारिस भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको संवैधानिक परिषदको बैठकले रायलाई नियुक्त गर्न सिफारिस गरेको हो । हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतको राष्ट्रिय तथ्यांक कार्यालयका सचिव रहेका उनलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा सिफारिस गरिएको हो । लामो समयसम्म रिक्त रहेको उक्त पदमा परिषदले रायको नाम सिफारिस गरेको हो । गत जेठमा टंकमणि शर्मा सेवानिवृत्त भएको भएपछि उक्त पद रिक्त थियो । संसदीय सुनुवाइबाट अनुमोदन भएपछि उनलाई राष्ट्रपतिले उक्त पदमा नियुक्त गर्नेछन् ।

पोखरा:  जो बस्छन् गाउँमा उसैको स्वास्थ्य बीमा गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १३ ले गाउँमा बस्ने नागरिकको स्वास्थ्य बीमा गरेको हो ।  शनिबार वडाले विजयपूर, खामघले, डिगाउँ र पोखरी स्वाराको स्थानीयको स्वास्थ्य बीमा गरेको वडाध्यक्ष किरण बरालले जानकारी गराए ।  उनका अनुसार गाउँका ४० घर परिवारको एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गराइएको हो । बीमा गरेसँगै अब गाउँका नागरिकले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निशुल्क स्वास्थ्य परिक्षण गराउन पाउने उनले बताए ।  आफु भाषण भन्दा पनि काममा विश्वास राख्ने भएकाले वडा १३ का नागरिकको सुखदुखमा सदैव साथमा रहेको उनले बताए ।  “भाषण होइन काममा विश्वास राख्ने गर्छु । शहरका नागरिकले स्वास्थ्य बीमा गराइराख्दा गाउँका नागरिक यसबाट वञ्चित हुनुहुँदैन भन्ने लाग्यो । फलस्वरुप वडाले आज गाउँका स्थानीयको स्वास्थ्य बीमा गराएको हो । आशा छ निशुल्क स्वास्थ्य बीमा बाट नागरिकलाई लाभ मिल्नेछ ।”, उनले भने ।  बरालले आफ्नो कार्यकालसम्म गाउँको बाँकी भौतिक विकास गर्दै जाने प्रतिबद्धता समेत गरेका छन् । “गाउँमा आइराख्दा थोरै समस्या बाटोघाटोको देखे । मेरो कार्यकालसम्म उक्त बाटोघाटोको समस्याको पनि समाधान गर्नेछु ।”, उनले भने ।  भौतिक विकाससँगै मानविय विकासमा समेत वडा सक्रिय रहेको उनले बताए । सीपमुलक तालिम सिकाई वडामा भएका नागरिकलाई रोजगार दिलाउने बाटोमा समेत अग्रसर रहेको भनाई उनको छ । शिक्षाको क्षेत्रमा समेत वडाले लगानी गरिरहेको छ ।  नेपाली काँग्रेस वडा नं. १३ का इकाई सभापति माधव प्रसाद सिग्देलले वडाको नयाँ अभियानमा स्थानीयले समेत सरकारलाई सहयोग गर्नुपर्ने बताए ।  उनले वडाले गाउँका नागरिकको निशुल्क स्वास्थ्य बीमा गराएर उदाहरणीय बनेको बताए । गाउँका मान्छे गाउँमै बस्ने वातावरण मिलाउने तर्फ पनि सोच्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।  स्थानीय टोल विकास समितिकी उपाध्यक्ष धनकुमारी गुरुङले पोखरा १३ वडाध्यक्षको मात्रै नभई सबैको भएको उल्लेख गरिन् । उनले विकासका काममा वडाध्यक्षलाई स्थानीयले समेत साथ दिनुपर्ने बताइन् । गाउँका मान्छेको स्वास्थ्य बीमा गराएर वडाले सह्रानिय काम गरेको भनाई उनको छ ।  स्थानीय पोखरी स्वाराका भीम बहादुर दमैले वडाले गाउँमा नै आएर निशुल्क स्वास्थ्य बीमा उपलब्ध गराएकोमा खुशी लागेको बताए ।  “वडाले गाउँमा नै आएर यसरी निशुल्क स्वास्थ्य बीमा उपलब्ध गराउँदा खुशी लागेको छ । सिंहदरबार गाउँमा नै आएको आभाष भएको छ । वडाध्यक्ष लगायत पोखरा १३ का जनप्रतिनिधिलाई धेरै धन्यवाद ।”, उनले भने ।  पोखरी स्वाराकै सरस्वती घले पनि निशुल्क स्वास्थ्य बीमा कार्ड पाएर खुशी छिन् । अब उनको स्वास्थ्य उपचारका लागि कुनै खर्च लाग्नेछैन । वडाध्यक्ष गाउँमा नै पुगेर निशुल्क स्वास्थ्य कार्ड उपलब्ध गराउँदा खुशी लागेको उनले सुनाइन् ।   

काठमाडौं:    नेपाली खेलाडी एरिका गुरुङ अमेरिकाको टेक्सासमा जारी यूएसए ओपनर अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताको फाइनलमा पुगेकी छन् । उनी महिला ६८ केजीभन्दा माथिको तौल समूहको फाइनलमा पुगेकी हुन् । एरिका चीनको हाङ्झावमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगिताकी ऐतिहासिक रजत पदक विजेता खेलाडी हुन् । एसियाली खेलकुदमा एरिकाले जितेको पदक कुनै पनि नेपाली कराँते खेलाडीले एसियाडमा जितेको पहिलो र एकमात्र रजत पदक हो । एरिकाले यूएसए ओपन कराँतेको फाइनलमा अमेरिकी खेलाडीको‌ सामना गर्नेछिन् । प्रतियोगितामा पुरुष तर्फ नेपालबाट विप्लवलाल श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । उनी सेमिफाइनलमा पराजित भए । उनले पुरुष ८४ केजीभन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । नेपाली टोलीमा प्रशिक्षकका रूपमा दीपक श्रेष्ठ र कुशल श्रेष्ठ रहेका छन् । एरिकाले इन्डोनेसियामा भएको १०औँ विश्व सितोरियो कराँते च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितेकी थिइन् । विप्लव भने १३औँ दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता हुन् । 

काठमाडौं:    संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । सभामुखको विदेश भ्रमणका लागि दश दिन स्थगित गरिएको प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ । आजबाट लगातार चैत २१ गतेसम्म चार दिन प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने कार्यतालिका रहेको छ । आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गर्ने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ एस ए)को स्थापनासँग सम्बन्धित सम्झौतामाथि छलफल गर्ने कार्यक्रम रहेको छ । साथै बैङ्क तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, भन्सार विधेयक लगायत विषयमा प्रस्ताव प्रस्तुत गरिने कार्यसुची रहेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको अनियमिततामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ । यसैबीच हिजो सभामुख देवराज घिमिरेले नयाँ कार्यतालिका अनुसार संसदको काम कारवाहीलाई सहज रुपमा अघि बढ्ने बातावरण बनाउन दलहरुसंग आग्रह गर्नुभएको छ । संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य सचेतक र सचेतकहरुसंग छलफल गर्दै सदनको अवरोध हटाई नयाँ कार्यतालिका अनुसार सदनलाई सहज रुपमा अघि बढाउने वातावरण बनाउन आग्रह गर्नुभएको हो । छलफलपछि कांग्रेस सचेतक सुशिला थिङलेले राजनीति दलसम्बन्धी विधेयक विवादमा जोडिएकाले यसलाई २७ गतेको बैठकसम्म सार्ने सहमति भएको बताउनुभयो । साथै गृहमन्त्रीका बारेमा संसदीय छानविन समिति बनाउनुपर्ने अडान कायमै रहेको उहाँको भनाइ छ । एमाले मुख्य सचेतक महेश बर्तौलाले सदनलाई सहज रुपमा सञ्चालन गर्न प्रतिपक्षीले पनि उचित वातावरण बनाउनुपर्ने र सरकारले पनि सदनलाई विजनेश दिनुपर्ने बताउनुभयो । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कार्यतालिकालाई प्रभावकारी बनाउने बिषयमा छलफल भएको बताउनुभयो । त्यस्तै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्रीको बिषयमा उठेका बिषयको जवाफ सम्बन्धीत व्यक्तिले दिन पाउनुपर्ने र रास्वपा त्यसका लागि सदैव तयार रहेको बताउनुभयो ।

पोखरा:   पोखरा महानगरापालिका–२५ हेमजामा सञ्चालन हुने १२ औं आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।   विष्णु पादुका क्लबको आयोजनामा चैत २५ देखि बैशाख ५ गतेसम्म सञ्चालन हुने १२ औं आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको महासचिव बसन्तकुमार श्रेष्ठले बताए ।  ‘हेमजामा यही चैत २५ देखि बैशाख ५ गतेसम्म १२ औं संस्करणको आलु महोत्सव आयोजना गर्दै छौं, आलु महोत्सव सफल बनाउन तयारी तीव्र पारिरहेका छौं’, महासचिव श्रेष्ठले भने, ‘ महोत्सवलाई कृषि, पयर्टन तथा व्यापार मेलाका रुपमा विकास गर्न खोजिरहेका छौं ।’ क्लबका महासचिव श्रेष्ठलेविशुद्ध हेमजावासीको महोत्सवका रुपमा राष्ट्रिय हेमजा आलु महोत्सवलाई चिनाउँदै त्यससँग हेमजाको पहिचान जोडिएको बताए । उनले यस वर्षको महोत्सव मार्फत बचत हुन आउने रकमबाट क्लवको बहुउद्देश्यीय भवन निर्माणको लक्ष्य राखिएको स्पष्ट पार्दै हेमजालाई देश विदेशमा चिनाउन आलु महोत्सवको भूमिका महत्वपूर्ण रहेको औंल्याए ।  पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाँले महोत्सवमा कृषिका गतिविधिलाई प्राथमिकता दिन सुझाव दिदैं आलु महोत्सव किसानको महोत्सव हुनुपर्ने बताए । उनले उन्नत विउ लगाए नियमित अवस्थामा भन्दा १५ देखि २० प्रतिशतसम्म बढी उत्पादन लिन सकिने स्पष्ट पार्दै आलुको उत्पादनमा ध्यान दिन आयोजकलाई ध्यानाकर्षण गराए ।      महोत्सवमा १ सय ४०  स्टल मध्ये ४० स्टल कृषि उपजको प्रवद्र्धनका लागि छुट्टाइएको छ । महोत्सवमा प्रतिकेजी रु.३८ देखि ४० का बीचमा आलुको कारोवार हुने तथा प्रवेशका लागि साधारण ८० तथा विद्यार्थीलाई ५० रुपैयाँमा टिकटको व्यवस्थापन गरिएको छ । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहनेछन् । महोत्सवका लागि सदाझै यस वर्ष पनि ‘सुन्दर ठाँउ हेमजा जाऔंः आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नारालाई अगाडि सारिएको छ । हेमजाको कुल १२ हजार ५ सय हेक्टरमध्ये ५ सय ९० हेक्टरमा आलु खेती गरिँदै आइएको छ । जसअन्तर्गत त्यहाँका ५ सय ४० घरपरिवार किसान व्यावसायिक रुपमा आलुखेतीमा आबद्ध छन् । यस वर्षको महोत्वव अन्तर्गत हेमजामा करिव ८० टन आलुको कारोवार हुने आयोजकको अपेक्षा छ ।