विन्ध्येश्वरी आदर्श बोर्डिङमा एकल गायन प्रतियोगिता सम्पन्न
विजेता विद्यार्थीहरुलाई जोजिजू म्युजिक सेन्टरमा एक महिना निशुल्क संगीत प्रशिक्षण
पाेखरा | साउन २५, २०८१

पोखरा: पोखरा महानगरपालिका–१ स्थित विध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत एक गायन प्रतियोगिता सम्पन्न भएको छ ।
‘‘गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा वार्षिक पात्रो अनुसार एकल गायन प्रतियोगिता सम्पन्न भएको हो ।
४० जना विद्यार्थीहरुको सहभागिता रहेको एकल गायन प्रतियोगिता दुई तहमा सञ्चालन भएको थियो ।
एकल गायन प्रतियोगिता आधारभूत जुनियर तर्फबाट अनुस्का अधिकारी प्रथम, निश्चल जि.सी. द्वितीय, क्रिस्टन जोशी तृतीय र सौगात हमालले सान्त्वना स्थान प्राप्त गरे ।
यस्तै आधारभूत सिनियर तथा मा.वि. तहमा सौरभमान शाक्य प्रथम, अंकित गुरुङ द्वितीय, सुनिशा श्रीपाल तृतीय र अस्दीप बर्देवाले सान्त्वना भए ।
विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठको अध्यक्षतमा भएको कार्यक्रममा स्कुलका संगीत शिक्षक दूतप्रसाद थापामगर र सोनु जोजिजूले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
प्रतियोगिताका विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै पुरस्कृत भएका विद्यार्थीहरुलाई जोजिजू म्युजिक सेन्टरले एक महिनाको लागि निःशुल्क तालिम प्रदान समेत जानकारी दिए । यस कार्यक्रमको सञ्चालन कक्षा ८ की छात्रा मञ्जिसा भुजेलले गरेकी थिइन् ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...