पर्वतः लगातारको वर्षाका कारण जिल्लाको मोदी गाउँपालिका वडा नं २ देउपुरको कोरुङ्गा गाउँ जोखिममा परेको छ । भिरबाट पहिरो झर्ने क्रम नरोकिएपछि सिङ्गो गाउँनै जोखिममा परेको हो । यहाँ आधादर्जन घरपरिवारको बसोबास रह...

चितवनः   पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।   दुर्घटनामा रत्ननगर नगरपालिका–३ का सुमित महतो र जीवन चौधरीको मृत्यु भएको हो ।   जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीका अनुसार ना२२प ३४४४ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका–४ का सुमन गदालको घरमा ठोक्किएको थियो ।   उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।  

डडेल्धुरा:   आफ्नै श्रीमती ३८ वर्षीया डम्बरीदेवी देउवाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्  ।   पक्राउ पर्नेमा आलिताल गाउँपालिका–२ मटेला बस्ने ४२ वर्षीय कर्ण बहादुर देउवा रहेका छन् ।   प्रहरीका अनुसार कर्ण बहादुरले मंगलबार साँझ घरायसी विवादका कारण कुटपिट गर्दा डम्बरी गम्भीर घाइते भएकी थिइन् ।   घाइते डम्बरीको स्वास्थ्य चौकी गाङ्खेत हुँदै मायामेट्रो अस्पताल धनगढीमा थप उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको थियो । त्यसपछि श्रीमान कर्ण बहादुरलाई पक्राउ गरिएको हो ।   सो विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

पोखरा:   पोखरामा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा सञ्चालन सम्बन्धमा अन्तरक्रियात्मक छलफल कार्यक्रम गरिएको छ ।   पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको आयोजना तथा स्वास्थ्यको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाहरुको समन्वयमा सम्पन्न कार्यक्रममा स्वास्थ्य संस्थाहरू किशोर अवस्थाका व्यक्तिहरूका लागि कति पहुँचयुक्त छन्, भन्ने विषयमा केन्द्रित थियो ।   कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरपालिका अन्तरगतका स्वास्थ्य संस्थाहरू लगायत महानगर क्षेत्रमा सञ्चालित सम्पूर्ण हस्पिटल तथा सेवा प्रदायक संस्थाहरूलाई किशोर किशोरी मैत्री सेवायुक्त बनाउन निर्देशन दिनुभयो ।   स्वास्थ्य सेवामा सबै वर्गहरूको पहुँच स्थापित गर्न महानगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।   यौन तथा प्रजनन स्वास्थ्यका दृष्टिकोणले किशोर किशोरीहरूमा उमेर नपुग्दै हुने गरेको विभिन्न क्रियाकलापका कारण उनीहरूको स्वास्थ्य अवस्था जोखिममा पर्दै गएको प्रति प्रमुख आचार्यले चिन्ता व्यक्त गर्नुभयो ।   स्वास्थ्य सम्बन्धी सचेतनाको अभावका कारण किशोर किशोरी उमेरका व्यक्तिहरूमा देखिएको यस प्रकारको समस्याले भविष्यमा गम्भीर असर गर्ने उहाँले बताउनुभयो ।    पोखरा महानगरपालिका वडा नं।१७ की वडा अध्यक्ष राधिका कुमारी शाही योगीले किशोर किशोरीहरूलाई यौन तथा प्रजनन स्वास्थ्यका विषयमा विद्यालय तहदेखि नै उपयुक्त शिक्षा दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।   किशोर अवस्थाको असावधानीले भविष्यमा गम्भीर प्रकृतिका स्वास्थ्य समस्याहरू आउन सक्ने भएकाले समयमा नै यससम्बन्धी सेवालाई पहुँचयुक्त बनाउनु पर्ने उहाँले बताउनुभयो ।    स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले जनसमुदायमा मास स्केलमा स्वास्थ्य सचेतना सम्बन्धी वकालतको आवश्यक रहेको बताउनुभयो । यससम्बन्धी सेवा प्रदान गर्ने सरकारी निकायहरूमा जनशक्तिको अभाव, कम उमेरमा हुने विवाह र सामुदायिक रूपमा जनचेतना अभिवृद्धि चुनौतीपूर्ण रहेको उहाँले बताउनुभयो ।    पोखरा महानगरपालिका स्वास्थ्य व्यवस्थापन समितिका सदस्य डा. डमरु पनेरुले स्वास्थ्यका सन्दर्भमा मानिसको जीवनशैली चिन्ता गर्नुपर्ने अवस्थामा रहेको बताउनुभयो ।   मानिसहरू आफ्नो स्वास्थ्यको नियमित चेकजाँच र स्वस्थ जीवनशैलीमा आधारभूत सवालहरूमा सचेत रहन नसकेको उहाँले उल्लेख गर्नुभयो । किशोरावस्थामा हुने स्वास्थ्य सम्बन्धी लापरबाहीरकमजोरीहरू भविष्यमा गम्भीर चुनौतीका रूपमा देखिन सक्नेप्रति सचेत रहन उहाँले सुझावसमेत दिनुभयो ।    पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत फुलदेव तिमिल्सिनाले आफूहरू महानगरद्वारा सञ्चालित अस्पताल लगायत संस्थाहरूलाई किशोरकिशोरीमैत्री सेवायुक्त बनाउन लागि परेको बताउनुभयो । महानगरको किशोर किशोरी मैत्री स्वास्थ्य सेवा कार्यक्रमका फोकल पर्सन सत्यराज साँखीले महानगर क्षेत्रमा यस प्रकार सेवाको विस्तारमा जोड दिइएको बताउनुभयो ।    राष्ट्रिय जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार १५–१९ वर्षका १४ प्रतिशत किशोर किशोरीहरू गर्भवती हुने गरेको तथ्याङ्क छ । गण्डकी प्रदेशमा कुल प्रजननको १.४ प्रतिशत प्रजनन दर यही उमेर समूहका किशोर किशोरीहरूमा छ ।   करिब ३१ प्रतिशतले चाहेको बेला परिवार नियोजन सेवा प्राप्त गर्न नपाउने अवस्था छ । गत आर्थिक वर्ष २०७९र८० मा २० वर्ष मुनिका झण्डै २ हजार किशोर किशोरीहरू गर्भवती भएको तथ्याङ्क स्वास्थ्य कार्यालय कास्कीको अभिलेखमा छ ।   गर्भपतन गराउने २० वर्षमुनिका किशोर किशोरीहरूको सङ्ख्या पनि डरलाग्दो रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।  

पोखरा:   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले त्रिभुवन पौडेलको स्मृतिमा स्थापना हुने अक्षयकोषका लागि सहयोग हस्तान्तरण गरेको छ ।    बुधबार नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको चौंथो साधारण सभा तथा तेस्रो अधिवेशनको अवसर पारेर १५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।    सो चेक मञ्चका अध्यक्ष दीननाथ बरालले महासंघ गण्डकीका अध्यक्ष नारायण शर्मालाई हस्तान्तरण गरे ।   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टको उपस्थितिमा भएको कार्यक्रममा चेक हस्तान्तरण गर्न उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशीकुमार पौडेल, कोषाध्यक्ष कविता घर्तीमगर र सदस्य एमबी आस्था मगर सहभागी थिए  ।    मञ्चका पूर्व सल्लाहकार पौडेलको २०७९ साल माघ १ गते विमान दुर्घटनामा परि निधन भएको थियो ।    पौडेलको सपना साकार बनाउने उद्धेश्यले सुरु भएको उक्त अक्षयकोषमा केही मात्रामा भएपनि सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ रकम हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष बरालले बताए ।   महासंघ गण्डकीले संस्थापक अध्यक्षसमेत रहेका स्वर्गीय पौडेलको स्मृतिमा १० लाखको अक्षयकोष स्थापना गर्ने जनाएको छ ।

काठमाडौं:   नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले सल्लाहकार परिषद् गठन गरेको छ ।   गत सालको चैत २६ गते बसेको महासंघको पूर्ण कार्यसमिति बैठकले विज्ञहरुको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रियासमेत आवश्यक पर्ने महशुस गरि परिषद् गठन गर्ने निर्णय गरेको थियो ।   सोही बैठकबाट सल्लाहकार परिषद्मा पूर्व मन्त्री तथा अन्तराष्ट्रिय चेम्वर अफ कमर्स नेपालका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठ, पूर्वमन्त्री माननीय छविलाल विश्वकर्मा चयन भएको महासंघका महासचिव निर बहादुर विश्वकर्माले जानकारी  दिए ।    उनका अनुसार सो परिषद्मा पूर्व मन्त्री मीनबहादुर विश्वकर्मा, राष्ट्रिय सभाका सदस्य माननीय घनश्याम रिजाल, पूर्व सचिव तथा मधेश विश्वविद्यालयका डिन डा. मानबहादुर विश्वकर्मा, पूर्व सचिव तथा नीति तथा योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष गिरिधारी पौडेल, पूर्व राजदुत डा. निर्मल विश्वकर्मा, खानी तथा भूर्गभ विभागका पूर्व महानिर्देशक तथा गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानका प्रमख कार्यकारी अधिकृत डा. सोमनाथ सापकोटा, विज्ञ तथा लेखक बद्रिप्रसाद कोइरला, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठ, उच्च अदालतका पूर्व न्याधिश वरिष्ठ अधिवक्ता साधुराम सापकोटासहितको सदस्य रहने गरी गठन गरिएको छ । सल्लाहकार परिषद्का सदस्यहरुलाई गत १८ गते होटल बाराहीमा स्वागतसहित मनोनयन पत्र हस्तान्तरण गरिएको थियो ।    सो परिषद्ले संस्थागत विकास एवं महासंघको समष्टिगत उद्देश्य प्राप्तिका लागि र संस्थाको परिकल्पना गरेका उद्धेश्य हाँसिल गर्न उल्लेखनीय सहयोग गर्ने महासंघले विश्वास लिएको छ ।    

पोखरा:   पोखरा महानगरपालिका– १० अमरसिंहचोक स्थित एक बिजुली पसलको गोदाममा आगलागी हुँदा ८० लाख भन्दा बढीको क्षति भएको छ ।  पोखरा महानगर–१४ चाउथे बस्ने ४९ वर्षीय धुव्र मरासिनीले सञ्चालन गरेको संग्रीला सप्लायर्स को गोदाममा हिजो (बुधबार) बेलुका आगलागी हुँदा ८०–९० लाख रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  कास्की प्रहरी अनुसारका संग्रीला सप्लायर्सको गोदाममा विद्युत सर्ट भएर आगलागी भएको जनाएको छ । आगलागी कारण गोदाममा भएका बिजुलीका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

काठमाडौं:       नेपालले वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० सिरिजको चौथो खेल आज खेल्दैछ । उक्त खेल टीयु क्रिकेट मैदानमा दिउँसो १२:१५ बजेबाट सुरु हुनेछ । बुधबार भएको सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई ७६ पराजित गरेको थियो । त्यस्तै आइतबार भएको दोस्रो खेलमा नेपाल वेष्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित भएको थियो । शनिबार भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो । पाँचौं तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ । टी-२० विश्वकपको तयारीमा रहेको नेपालले वेस्ट इन्डिज ‘ए’ सँग घरेलु मैदानमा ५ टी-२० खेल खेलिरहेको हो ।

काठमाडौं:     नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकप खेल्ने १५ जनाको टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)को घोषणा टोलीमा स्पिनर सागर ढकाल र तीव्र गतिका बलर कमल सिंह ऐरी अन्तिम टोलीमा परेका छन् । टी–२० विश्वकपकमा नेपाल रहेको समूह डी मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् । नेपालले पहिलो खेल ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालले १२ जुनमा श्रीलंकासँग खेल्नेछ । १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा नेपालले बंगलादेशसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके नेपालले सुपर ८ मा स्थान बनाउनेछ । नेपालको टोली:   आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, ललित राजवंशी, सागर ढकाल र कमलसिंह ऐरी र अनिलकुमार शाह ।

पोखरा:     कास्कीको मादी गाउँपालिका ३ याङ्जाकोटमा बुद्धजयन्ती मेला हुने भएको छ । याङ्जाकोट मिलन युवा क्लबको आयोजनामा जेठको दोस्रो हप्तामा मेला गर्न लागिएको बुधबार पोखरामा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।  २५६८ औं बुद्ध जयन्तीको अवसरमा जेठ ८ देखि १० गतेसम्म मेला आयोजना गर्न लागिएको क्लबका अध्यक्ष योगेन्द्र गुरुङले जानकारी दिए । याङ्जाकोटको पर्यटन प्रवद्र्धन, संस्कृति संरक्षण र युवालाई खेलकुदमार्फत रचनात्मक कार्यमा लगाउने उद्देश्यले मेला गर्न लागिएको उनले बताए ।  मेलामा विभिन्न खेलकुद गतिविधिसहित साँस्कृतिक कार्यक्रम समावेश गरिएको उनले सुनाए । ‘हामीले २५६८ औं बुद्ध जयन्तीको अवसरमा बैशाख पूर्णिमा मेला आयोजना गर्न लागेका हौं,’ उनले भने, ‘यस मेलाले मादी गाउँपालिका र याङ्जाकोटको पर्यटन क्षेत्रमा सहयोग पुग्ने आशा राखेका छौं ।’ उनका अनुसार मेलामा साँस्कृतिक कार्यक्रम, ठेलो, भलिबल, कुर्चि खेललगायत प्रतियोगिता हुनेछ । भलिबल प्रतियोगितामा प्रथम हुने समूहले १ लाख १ हजार १ सय ११ र दोस्रो हुनेले ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।  ठेलो प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । विजेतालाई नगदको साथमा प्रमाणपत्र, फेटा लगाएर बाजासहित गाउँ परिक्रमा गराइने क्लबका निवर्तमान अध्यक्ष विकास गुरुङले जानकारी दिए । १८ वर्षभन्दा तल उमेर समुहका प्रतियोगीले ठेलो जितेमा थप पुरस्कारको व्यवस्था रहेको उनले सुनाए । साथै, लगातार ३ वर्ष जित्नेका लागि रनिङ बेल्डको पनि व्यस्था रहेको आयोजकले जनाएको छ । ठेलोमा द्वितियले २० हजार रुपैयाँ पाउनेछन् ।  रस्साकस्सी प्रतियोगितामा प्रथम हुने समूहले १५ र दोस्रो हुने समूहले १० हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् । कुर्ची खेलमा प्रथम हुने समूहले ५ र दोस्रो हुने समूहले ३ हजार रुपैया पुरस्कार पाउनेछन् ।   मेलामा हेर्न जानेहरुका पाहुनालाई खान बस्नका लागि याङ्जाकोटको होमस्टे र होटलमा सहजै व्यवस्थापन गर्न सकिने अध्यक्ष गुरुङले बताए । उनले भने, ‘हाम्रो त्यहाँ ११ वटा होमस्टे र २ होटल छ । महोत्सवभर अझ बढि पाहुना आउनुभएमा पनि हामीले व्यवस्थापन गर्नेर्छौ ।’