तोलामा १ हजार ५ सयले बढ्यो सुनको मूल्य

काठमाडाैं | साउन २५, २०८१

तोलामा १ हजार ५ सयले बढ्यो सुनको मूल्य

काठमाडौं:    स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि भएको छ । 


बिहीबार प्रतितोला रु एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४८ हजार एक सय कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला रु एक लाख ४७ हजार चार सय निर्धारण भएको छ ।


त्यस्तै, यसैबीच चाँदीको मूल्य तोलामा रु ४० ले वृद्धि भएको छ । विहीबार प्रतितोला रु एक हजार छ सय ९० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ३० निर्धारण भएको छ ।

कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छिन्।   शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ ...

थप पढ्नुहोस्

पोखरा।   कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् ।    एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा र...

थप पढ्नुहोस्

 चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो ।    गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दा...

थप पढ्नुहोस्