काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...

काठमाडौं:     नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो । अब बैठक असार २६ गते बिहान ११ बजे बस्ने छ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरुको कार्यविभाजन र नयाँ सरकार गठनको तयारीबारे छलफल हुने एमालेले जनाएको छ ।

काठमाडौं:     आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ। होटल याक एन्ड यतीमा असार १६ गते भएको उक्त समारोहमा ३ सय ९० जना विद्यार्थीहरू दीक्षित भएका छन्। सन्डरल्यान्ड विश्वविद्यालयको उच्च तहका प्रतिनिधिहरू र अभिभावकको उपस्थितिमा सम्पन्न उक्त दीक्षान्त समारोहमा बिबिए, बिएचएम, बिएससी, आइटी (सिएसइ) मा उत्तीर्ण गरेका विद्यार्थीहरू दीक्षित भएका हुन्। आइएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा सन्डरल्यान्ड विश्वविद्यालयको सम्बन्धन कलेज सञ्चालन गर्दै आइरहेको छ।

पोखरा:   प्रवासी नेपाली मन्च युके साउथ वेस्ट शाखाको अध्यक्षमा प्रमिश शर्मा (शिव) सर्वसम्मत चयन भएका छन्।   युकेमा भएको मन्चको अधिवेशनले शाखाको उपाध्यक्षमा दिपक खड्का, सचिवमा प्रताप अधिकारी र कोषाध्यक्षमा चन्दन गुरुङ चयन भए ।   यस्तै मन्चको सदस्यहरुमा नइन्द्र गुरुङ, हेम थापामगर, सपना मल्ल के.शी, सुसेन थापा, सन्तबहादुर गुरुङ, प्रकाश गिरी र प्रमोद थापा चयन भए ।   यसअघि कार्यक्रम बोल्दै नवनिर्वाचित अध्यक्ष शर्माले आफ्नो कार्यकालमा प्रवासी नेपालीहरुको विकास र प्रवर्द्धन हुने सकारात्मक खालको काम गर्ने बताए ।   उनले आफुलाई अध्यक्ष बनाएकोमा सबैलाई धन्यवाद दिदै राम्रो काम गर्न सबैको सहयोगको अपेक्षा समेत गरे।   यस्तै कार्यक्रममा उपाध्यक्ष खड्काले युकेमा नेपाली समाजहरुले धेरै कार्यक्रम गरेको बताउदै भोलिका दिनमा मन्चले नेपाली समाजमुखी विभिन्न कार्यक्रम आयोजना गर्ने बताए ।   यता सचिव अधिकारीले आफुलाई सचिव जस्तो उर्जाशिल पदमा निर्वाचित गराउनु हुने सबैलाई आभार व्यक्त गर्दे युवाको हक हित र क्षमता विकास काम गर्न पहल गर्ने बताए ।   उनले भोलिका दिनमा विविध कला संस्कृतिमुखी खालको कार्यक्रम गर्ने पनि बताए ।

लमजुङ:     वर्षाले पहिरो जाँदा डुम्रे– बेँसीसहर सडक अवरुद्ध भएको छ । सो सडकअन्तर्गत बेँसीसहर नगरपालिका– १ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईँका अनुसार सो स्थानमा पटकपटक पहिराले सडक अवरुद्ध बनाउँदै आएको छ  । सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् । लमजुङ–तनहुँ जिल्ला जोड्ने मुख्य यस सडक हुँदै बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवन, भैरहवालगायत स्थानमा जाने र सो स्थानबाट बेँसीसहर र मनाङ आउने यात्रुलाई बर्खायाममा बर्सेनि समस्या हुँदै आएको छ ।

काठमाडौं:     नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक बस्दैछ । पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा सहभागी हुने मन्त्रीको मापदण्ड र केन्द्रीय नेताहरूको कार्यविभाजनलगायत विषयमा छलफल हुने जनाइएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक आज दिउँसो १ बजे ललितपुर च्यासलस्थित पार्टी मुख्यालमा बस्ने छ ।

पोखरा:     अविरल वर्षाका कारण सेती नदीमा आएको बाढीले प्रभावित पोखरा महानगरपालिका–१४, गोस्तेका पीडितलाई रोल्पा पोखरा सम्पर्क समाजले सोमबार राहत वितरण गरेको छ । नदीको बहाव बढ्दा असार २२ गते गोस्ते सेती किनारमा रहेका करिब ४० घर प्रभावित भएका थिए । बाढीले १५ घर परिवार विस्थापित भएको र त्यसमध्ये अतिप्रभावित र विपन्न वर्गका ८ घर परिवारलाई राहत वितरण गरिएको समाजका पूर्वअध्यक्ष सुन्दर बुढामगरले जानकारी दिए । उनका अनुसार बाढी पीडितलाई चामल, दाल, तेल, नुनलगायत सहयोग गरिएको हो । ‘नदी किनारमा रहेका घरहरु निकै जोखिममा थिए । २२ गतेको बाढीले कतिपयको घर पूर्ण रुपमा बगाएको रहेछ । हामी समाजका सदस्यहरु मिलेर उहाँहरुलाई राहत वितरण गरेका छौं,’ बुढामगरले भने । असार १९ गतेदेखि परेको भारी वर्षाले कास्की, पोखरालगायत देशैभरि मानवीय तथा भौतिक क्षति पु¥याएको थियो ।  

पोखरा:    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेपछि संसदीय छानबिन समिति अध्ययनका लागि पोखरा आएको छ ।  आइतबार बेलुका पोखरा आइपुगेको संसदीय छानबिन उपसमितिका संयोजक राजेन्द्र लिङदेनसहितको टोलीले आज सोमबार बिहान विमानस्थलको स्थलगत अध्ययन गरेको हो ।  प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा त्रुटिसँगै अनियमितता भएको भन्ने उजुरी परेपछि प्रतिनिधिसभा सदस्य लिङ्देनको अध्यक्षतामा गत असार १३ गते उपसमिति गठन भएको थियो । सोमबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन गरेको उपसमितिले दिउँसो विमानस्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री, पोखरा मेयर, जनप्रतिनिधि, पर्यटन व्यवसायी लगायत स्थानीयहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो ।  अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य एवम् संसदीय छानबिन उपसमितिका संयोजक राजेन्द्र लिङ्देनले विमानस्थल निर्माणमा त्रुटिसँगै अनियमितता भएको पुष्टि भए कारवाहीको दायरामा ल्याउने बताए ।  ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर उद्घाटन भएपनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन’, लिङ्देनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा त्रुटि र अनियमितता भएको कारण अन्तर्राष्ट्रिय उडान हुन नसकेको भन्ने गुनासोसहित उजुरी लेखा समितिमा परेपछि संसदीय छानबिन उपसमिति गठन भएको छ, छानबिनको क्रममा त्रुटि र अनियमितता भएको पाइए कारवाहीको दायरामा ल्याउँछौं ।’ उनले स्थलगत अध्ययनको पछि तीन विषयलाई निष्कर्षमा पु¥याउन खोजेको बताए ।  ‘यहाँ कुनै अनियमितताहरु भएको रहेछ भने, आगामी दिनमा यस प्रकारका अनियमितताहरु गर्न नपाउने गरी, गर्न नमिल्ने व्यवस्था निर्माण गर्ने र अनियमिततामा संग्लनहरुलाई कारवाही गर्ने’, उनले भने, ‘ यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई कसरी सुचारु गर्न सकिन्छ त्यसको बारेमा काम गर्ने, सोच बनाएका छौं, अवधारणा बनाएका छौं,त्यसको बारेमा सुझाव लिन्छौं ।’ सोही अवसरमा बोल्दै छानबिन समितिलाई पोखरेली व्यवसायीले पोखराबाट अन्तर्राष्ट्रिय उडान कहिले हुन्छ भन्दै प्रश्न गरे ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छानबिन समितिले आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखरेलीको ५० वर्षदेखि विमानस्थलको सपना अन्तर्राष्ट्रिय उडान हुन नसक्दा पूरा नभएको बताए ।  काठमाडौंमा अवतरण हुन नसकेका विमान पोखरा र भैरहवा विमानस्थलमा डाइभर्ट किन गर्न सकिदैन भन्दै ?’ उनले प्रश्न गरे ।  यस्तै पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले विमानस्थल उद्घाटन तामझाम रुपमा भएपनि अन्तर्राष्ट्रिय उडान नहुँदा चिन्ता थपिएको उल्लेख गरे ।  ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन तामझामका साथ गरियो, पोखरेलीहरु सपना पूरा भएकोमा हर्षित भए’, अध्यक्ष श्रेष्ठले भने, ‘विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा उद्घाटनको समयमा हषित भएका पोखरेलीमा थप चिन्ता थपिएको छ, यहाँबाट अन्तर्राष्ट्रिय उडान कहिले हुन्छ ?’ पोखरा उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष अशोक पालिखेले भारतले रुट नदिँदा पोखराबाट अन्तर्राष्ट्रिय उडान नभएको गुनासो आएको भन्दै त्यसको जवाफ समितिलाई खोज्न आग्रह गरे ।  उनले भारतले रुट नदिएपनि चीनतीरबाट उडान गर्न सकिने भएकाले त्यसतर्फ पनि छानबिन समितिले ध्यान पु¥याउन आवश्यक रहेको बताए ।

पोखरा:      रोटरी क्लब अफ पोखरा लेकसाइडको नवौं पदस्थापन सम्पन्न भएको छ । रोटरी वर्ष २०२४÷२५ का अध्यक्ष उपेन्द्र अधिकारीको टिमको आइतबार आयोजित समारोहमा पदस्थापन भएको हो ।  रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका गभर्नर इलेक्ट विनोद कोइरालाको प्रमुख आतिथ्यमा भएको पदस्थापनमा कोइरालाले रोटरीले वातावरण, शिक्षा, खानेपानी, स्वास्थ्य लगायत क्षेत्रमा रोटरीले काम गर्दै आएको बताए । रोटरी लेकसाइडका सल्लाहकारसमेत रहेका उनले क्लबको स्थापनादेखि नै विभिन्न सर्भिस प्रोजेक्टमा नजिक रहेको उल्लेख गर्दै क्लबले यस वर्ष प्रशंसनीय कार्य गरेकोमा धन्यवाद दिए ।  कार्यक्रममा रोटरीका पूर्व गभर्नर किरणलाल श्रेष्ठ, असिस्टेन्ट गभर्नर गीता सिग्देल, चार्टर प्रेसिडेन्ट सुन्दरकुमार श्रेष्ठ लगायतले बोलेका थिए । क्लबका आइपिपि शोभाकान्त सिग्देलले एकवर्षे कार्यकालमा भएका गतिविधि प्रस्तुत गर्दै सहयोगी सम्पूर्णलाई धन्यवाद दिए । प्रमुख अतिथि कोइरालाको परिचय दिँदै क्लब पूर्व अध्यक्ष जयराम पौडेलले रोटरी फिस्टेलमा चार्टर सेक्रेटरी हुँदै हाल डिष्ट्रिक्ट गभर्नर हुन लागेकोमा खुसी व्यक्त गरे । वर्ष २०२४÷२५ का अध्यक्ष अधिकारीले आफ्नो कार्यकालका लागि क्लब अफ एक्सन प्रस्तुत गरे भने क्लबका स्मारिका ‘द फेवा’ विमोचन भयो । कार्यक्रममा स्वागत उपाध्यक्ष टोपबहादुर थापा र सञ्चालन सचिव सुभाष मल्लले गरेका थिए । धन्यवाद ज्ञापन प्रेसिडेन्ट इलेक्ट राजेन्द्र लिगलले गरे । यसैबीच, बाबा फाउन्डेसनसँग पोखरा क्षेत्रको साक्षरता, खानेपानी, सरसफाइ र वातावरण अभियानमा सहकार्यका लागि ७ बुँदे सहमति भएको छ । सहमतिपत्रमा क्लब अध्यक्ष अधिकारी र फाउण्डेसनतर्फबाट दिलीपराज श्रेष्ठले हस्ताक्षर गरे ।