राष्ट्रियसभाबाट टीआरसी विधेयक पारित
काठमाडाैं | भदौ ६, २०८१

काठमाडौं: संक्रणकालीन न्यायसम्वन्धी विधेयक (टीआरसी) संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाबाट पनि पारित भएको छ।
आज बसेको राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो ।
यसअघि उक्त विधेयक प्रतिनिधि सभाबाट पारित भएको थियो । लगत्तै माथिल्लो सदन राष्ट्रिय सभामा पेस भएको थियो । दुवै सदनबाट पारित भएपछि अव राष्ट्रपतिबाट प्रमाणीकरण हुँदै लागू हुनेछ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...