झापा:  झापाको शिवसताक्षी नगरपालिका–८ स्थित झिलझिले बजारमा स्कुटर दुर्घटनामा परेर घाइते भएका व्यक्तिको सुन चोरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत साउन २९ गते कमल गाउँपालिका&nd...

काठमाडौं:    नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा—मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।  समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराई नरके चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउनुहुन्छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरूको सङ्ख्यासमेत बढ्न थालेको छ ।  नरक चतुर्दशी आज बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बालेर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधिसमेत रहेको धर्मशास्त्रविद् भट्टराईले बताउनुभयो । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ । यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत रहेको आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउनुहुन्छ । यसैले तिहार स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्वपूर्ण पर्वका रूपमा मनाइन्छ ।

काठमाडौं:    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनको एकता र रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक रहेकामा जोड दिनुभएको छ ।  नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको जन्म शताब्दीको अवसरमा माओवादी केन्द्रले आज यहाँ आयोजना गरेको ‘नेपाली कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उहाँले त्यस्तो आत्मसमीक्षा पार्टीको दस्तावेज, नेता र कार्यकर्ताको तहमा हुनुपर्ने बताउनुभयो ।            “कम्युनिष्ट आन्दोलनमा लागेका हरेक नेता कार्यकर्ताले आफैँभित्र र पार्टीभित्र आत्मसमीक्षा गरौँ । अनि बल्ल कम्युनिष्ट पार्टीहरुको बीचमा आत्मसीक्षा गरौँ”, अध्यक्ष दाहालले भन्नुभयो । क्रान्तिकारीहरूले आफ्नो गल्ती स्वीकार गर्न सक्नुपर्ने उल्लेख गर्दै उहाँले आत्मसीक्षाले मात्रै कम्युनिष्ट पार्टीहरुमा एकता, रुपान्तरण र नयाँ क्रान्तिको प्रक्रिया सुरु हुने बताउनुभयो ।          “म देशभरिका कम्युनिष्टहरुलाई गम्भीर आत्मसीक्षाका लागि अपिल गर्न चाहन्छु”– अध्यक्ष दाहालले भन्नुभयो, “म आदर्शका रुपमा मात्र यसो भनिरहेको छैन, हाम्रो पार्टीभित्र गम्भीर आत्मसीक्षा सुरु गरेर मात्रै अरुलाई अपिल गर्न थालेको हुँ ।”  सिद्धान्ततः दलाल नोकरशाहीविरुद्ध लड्नुपर्छ भनिए पनि हामीभित्रै सुरु हुँदै गरेको खराबीविरुद्ध नलडी अरुलाई परास्त गर्न नसकिने उल्लेख गर्नुभयो ।            अध्यक्ष दाहालले, भन्नुभयो, “हिजो व्यापक कम्युनिष्ट एकता गरेर समावादमा अघि बढ्न सकिन्छ कि भनेर अभ्यास गर्यौं । सँगै मिलेर चुनाव पनि लड्यौँ तर वैचारिक स्पष्टता कायम गर्न नसक्दा क्षति व्यहोर्नुपर्यो । अब पहिले आफैँभित्रै वैचारिक स्पष्टताका लागि संघर्ष गरौं । त्यही संघर्षको बीचमा रुपान्तरणसहितको एकताको थालनी गरौँ ।”

काठमाडौं:  सत्तारूढ दल नेपाली कांग्रेसले ‘स्थानीय तह उपनिर्वाचन– २०८१ केन्द्रीय संयोजन समिति’ गठन गरेको छ ।             कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै पार्टी महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा समिति गठन गरेको जानकारी दिनुभयो ।             कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) बमोजिम पार्टीका महामन्त्री शर्माको संयोजकत्वमा उक्त समिति गठन गर्नुभएको हो ।             समितिको सदस्यमा पार्टीका सहमहामन्त्रीहरु महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव र जीवन परियार साथै प्रवक्ता डा प्रकाशशरण महत, केन्द्रीय सदस्य पुष्पा भुसाल, मीन विश्वकर्मा र मधु आचार्य रहनुभएको छ ।  यस्तै, उक्त समितिको सदस्य सचिवमा प्रकाश शर्मा रहनुभएको मुख्यसचिव पौडेलले बताउनुभयो । 

काठमाडौं:     नेपाललाई पराजित गर्दै बङ्गलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि जितेको छ ।        त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा आज भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो । यससँगै बङ्गलदेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ ।      घरेलु मैदानमा भएको अघिल्लो संस्करणको खेलमा बङ्गलादेशले नेपाललाई ३–१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । यसपटक पनि नेपालको उपाधि जित्ने सपना पुरा भएन ।       साफको सातौँ संस्करणसम्म आइपुग्दा नेपाल उपविजेतामै सीमित बन्यो । हालसम्म साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग चार र बङ्गलादेशसँग दुई पटक पराजित भयो ।      निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो अग्रता भने बङ्गलादेशले लियो । खेलको ५२औँ मिनेटमा बङ्गलादेशकी खेलाडी मोनिका चक्माले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएकी थिइन् । खेलको ५६औं मिनेटमा नेपालले बराबरी गोल फर्कायो । नेपालकी अमिशा कार्कीले गोल गर्दै खेललाई १–१ गोलको बराबरी ल्याइन् ।       खेलको ८१औं मिनेटमा बङ्गलादेशले अग्रता दोब्बर बनायो । बङ्गलादेशकी रितु पोर्ना चक्माले गोल गर्दै अग्रता दोब्बर बनाइन् । त्यसपछि खेलमा गोल हुन सकेन र अन्ततः उपाधि बङ्गदेशको पोल्टामा पुग्यो । 

काठमाडौँः   १ सय १६ औँ लक्ष्मीजयन्ती तथा तिहारका अवसरमा कपन साहित्य समाजका आयोजनामा आज स्थानीय स्थानीय आकाशेधारास्थित ‘यात्री स्मृति सभाकक्ष’ मा  शारदीय कविता वाचन एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।  सो अवसरमा बूढानीलकण्ठ  नगरपालिकाका उपप्रमुख एवं कवि अनिता लामा, समाजका अध्यक्ष गणेशकुमार मिश्र, महासचिव लक्ष्मण अधिकारी, सचिव त्रिलोचन आचार्य तथा स्थानीय साहित्यकार ओमप्रसाद कोइराला, ढुण्डिराज मरासिनी,  बिसुकुमार केसी, थरेन्द्र बराल, भारद्वाज मित्र, श्याम रिमाल, विनोद दाहाल ‘वत्स’, माधवलाल श्रेष्ठ, पुरुषोत्तम नेपाल, रत्न उप्रेती, बद्री आचार्य, होमकुमारी दुलाल, श्यामा पन्त, पवित्रा चिमोरिया, कमला खनाल, अग्रता नेपाललगायतले देशप्रेम, आमाप्रतिको ममता, उपभोक्तावादी संस्कृति आदि विषयमा आआफ्ना कविता तथा महाकवि देवकोटाका कविता वाचन गर्नुभएको थियो ।  कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख लामाले अरूले आ–आफ्नै किसिमले  चाडबाड मनाए पनि साहित्यकारहरूले भने साहित्य सिर्जना र वाचन गरेर मनाउनुपर्नेमा जोड दिनुभयो ।  स्थानीय राजनीतिकर्मी एवं समाजसेवी लक्ष्मीप्रसाद सङ्ग्रौलाले कपनमा साहित्य, कला, संस्कृति विस्तार गर्न आफूहरूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  सो अवसरमा सहभागी कविहरूलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।    समाजले बर्सेनि एकजनालाई ‘यात्री स्मृति सम्मान’, समय समयमा ‘कपन दर्पण’ सँगालो ९चार अङ्कसम्म० र  ‘कविता क्यालेन्डर’ वार्षिक भित्रेपात्रो प्रकाशन, कृति विमोचनलगायत अन्य साहित्यिक कार्यक्रम पनि गर्दैआएको छ ।  साहित्यकार तथा अन्वेषक पूर्णप्रकाश नेपाल यात्री, साहित्यप्रेमी तथा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीलगायतका सक्रियतामा बूढानीलकण्ठ–१० मा विसं २०६१ मा समाज स्थापना भएको थियो ।   

कञ्चनपुरः   कृष्णपुर नगरपालिकाको कार्यालय परिसरमै तरकारी बारी बनाइएको छ । तरकारी बारीमा काउली, बन्दागोभी, गोलभेँडा, खुर्सानी लगायतका तरकारी रोपिएको छ ।  केही तरकारी क्यारी बनाएर रोपिएका छन् ।केही तरकारी परिसर छेउमै बनाइएको पोलिहाउसभित्र रोपिएका छन् ।  उन्नत बढी मह उत्पादन गर्ने एपिस मेलिफेरा जातको मौरीका घार कार्यालय परिसरमै लस्करै राखिएका छन् ।  घारमा मौरीपालन गरिएको छ । बारीमा लगाइएका बोटबिरुवामा मल राख्नका लागि गड्यौँलापालनको कार्य पनि गरिएको छ ।   नगरपालिकाको कृषि विकास शाखाका कर्मचारीले कार्यालय परिसरमा बारी तयार गर्ने, बीउ रोप्ने, गोडमेल गर्ने, आवश्यकताका आधारमा मल राख्ने, सिँचाइ गर्ने लगायतका कार्य गर्दै आएका छन् । व्यावसायिक तरकारीखेती गर्न आउने किसानलाई बारीमै लगेर खेती गर्ने तरिका सिकाउनका लागि करेसाबारी तयार गरिएको कृषि विकास शाखाका प्रमुख लालबहादुर धामीले बताउनुभयो ।  “करेसाबारीसँगै पोलिहाउसमा उन्नत जातका तरकारीका बिरुवा रोपिएका छन्”, उहाँले भन्नुभयो, “किसानलाई उन्नत जातको बीउ छनोट गर्ने तरिका, उन्नत बीउको प्रयोग गरे कुन तरिकाले बढी उत्पादन लिन सकिन्छ भन्ने कुरा बारीमै लगेर सिकाउँछौँ, त्यसैका लागि यो बारी तयार गरेका छौँ ।”  पोलिहाउसभित्र कसरी तरकारीखेती गर्ने भन्नेबारे पनि किसानलाई सिकाउने कार्य हुँदै आएको उहाँको भनाइ छ ।  रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भई दीर्घकालीन रोग देखापर्न थालेको उल्लेख गर्दै शाखा प्रमुख धामीले जैविक विधिको प्रयोग गरी मल तयार गर्नका लागि गड्यौँलापालन कसरी गर्ने, त्यसबाट उत्पादित मल खेतबारीमा कसरी हाल्ने भन्नेबारे किसानलाई जानकारी दिने गरेको बताउनुभयो ।  मेलिफेरालाई उन्नत जातको मौरीका रुपमा चिनिन्छ । यस मौरीको एक घारबाट वर्षमा ६० किलो बढी मह उत्पादन गर्न सकिन्छ ।  मौरीपालनमा लागेका किसानलाई उन्नत जातको मौरीपालन गरी बढी आम्दानी लिन सकिन्छ भन्ने जानकारी दिनका लागि घार राखेर मौरीपालन गरिएको शाखा प्रमुख धामीको भनाइ रहेको छ ।  कार्यालय परिसरमा बनाइएको बारी किसानको आकर्षणको केन्द्र बनेको छ ।  बारीको अवलोकनका लागि दैनिक कृषि विषय पढ्ने विद्यार्थीसँगै किसान अवलोकनका लागि पुग्ने गरेका छन् ।  किसानलाई सैद्धान्तिक ज्ञानसँगै प्रत्यक्ष रुपमा अवलोकन गराइने गरिएको छ ।   

ढोरपाटनः   नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनलाई म्याग्दीबाट जोड्न थालिएको छ । म्याग्दीको सदरमुकाम बेनी बजारदेखि दरबाङ–मुना–मरेनीदेखि पातीहाल्ना हुँदै ढोरपाटन जलजला जोड्न थालिएको हो । बागलुङतर्फबाट एक दशकअगाडि नै ढोरपाटन जोडिए पनि म्याग्दीबाट अझै १० किलोमिटर ‘ट्र्याक’ खुलाउन बाँकी रहेको छ । विसं २०६७ मा दरबाङबाट सुरु भएको सडकको ट्र्याकले अझै पूर्णता पाएको छैन ।  सङ्घीय सरकारले उक्त सडकका लागि यस वर्ष पनि बजेट विनियोजन गरेको छ । सडक डिभिजन कार्यालय बागलुङमार्फत सडकको काम सुरु हुन थालेको हो । उक्त सडकको ट्र्याक खोल्नका लागि सङ्घीय सरकारले यस वर्ष रु पाँच करोड विनियोजन गरेको सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर अमर अधिकारीले जानकारी दिनुभयो ।  गत वर्ष पनि रु दुई करोड विनयोजन भएको हुँदा उक्त बजेटले पाँच किलोमिटर सडक खुलाएको उहाँको भनाइ छ । यस वर्ष ढोरपाटनसम्मै सडक पु¥याउनका लागि ठेक्का प्रक्रिया अगाडि बढेको अधिकारी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “गत वर्ष पनि त्यो सडकमा हामीहरुले काम गरेका थियौँ, यस वर्ष पनि बजेट आएको छ, भौगोलिक कठिनाइका कारण अहिलेसम्म ढोरपाटन जोड्न सकिएको छैन, चालु आर्थिक वर्षको बजेटले पनि भ्याउँछ कि भ्याउँदैन, ठेक्का प्रक्रिया अगाडि बढेको छ, पोहोर साल झन्डै पाँच किलोमिटर सडकको ट्र्याक खुलाएका थियौँ, यस वर्ष पनि अब केही दिनमा काम सुरु गर्छौं ।” धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले धवलागिरि–२ मरेनीदेखि पातीहाल्नेसम्मको १० किलोमिटर ट्र्याक खुलेपछि ढोरपाटन जोडिने बताउनुभयो । म्याग्दी सदरमुकाम बेनी बजारदेखि पातीहाल्नासम्म ८६ किलोमिटर दूरी रहेकामा हालसम्म करिब ७६ किलोमिटर सडक खुलेको उहाँको भनाइ छ ।  यो सडक ‘पर्यटकीय सडक’ हुने निश्चित रहेको भन्दै काठमाडौँ, पोखरा लगायतका सहरदेखि ढोरपाटन पुग्ने पर्यटकलाई छोटो पर्ने उपाध्यक्ष पुन बताउनुहुन्छ । “यो सडक निर्माण गर्न थालेको धेरै समय भयो, सडक खुलेर ढोरपाटनदेखि यातायात सञ्चालन हुन थाले भने म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका नागरिकलाई यातायातमा सहज हुने नै भयो”, पुनले भन्नुभयो, “त्यसका साथै म्याग्दी हुँदै ढोरपाटन पुग्ने पर्यटकलाई पनि धेरै छिटो हुने थियो, सडक सञ्चालनमा आयो भने ढोरपाटनमा ठूलो सङ्ख्यामा पर्यटक बढ्ने सम्भावना छ ।”  

नवलपुरः   नवलपरासी ९बर्दघाट–सूस्तापूर्वको गैँडाकोट नगरपालिकाभित्र यसवर्ष सयपत्री फूलखेती फस्टाएको छ । यहाँ उत्पादित सयपत्री फूल स्थानीय बजारका साथै गरी छिमेकी जिल्लामासमेत पठाउने गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।  नगरपालिकाले फूलको बीउमा अनुदान तथा प्राविधिक सहयोग गरेपछि फूलको उत्पादन वृद्धि भएको हो ।  यसवर्ष स्थानीय फूलको माला प्रवर्द्धन गर्न नगरपालिकाले प्लास्टिकका मालाको आयात बन्द गरेपछि किसानले उत्पादन गरेका फूल बढी खपत भएको गैँडाकोट–१ की पुष्प व्यवसायी मीना केसीले बताउनुभयो ।  विगतको वर्षको तुलनामा यसवर्ष फूलको उत्पादन बढी भएकाले स्थानीय बजारका साथै जिल्ला बाहिरबाट समेत माग आएको उहाँले उल्लेख गर्नुभयो । “बारीमा ढकमक्क फूल फुलेको छ, तिहार भर्खरै सुरु भएको छ”, उहाँले भन्नुभयो, “तिहारको अवधिमा यहाँको सबै फूल खपत हुनेमा विश्वस्त छौँ ।”  एक्लो प्रयासमा तीन कठ्ठा क्षेत्रफलमा फूलखेती गरेको भन्दै केसीले बीउमा अनुदान तथा फूलमा रोगकीरा लागेमा सोको व्यवस्थापनका लागि नगरपालिकाले प्राविधिक सहयोग गरिरहेको बताउनुभयो । फूलखेती गर्न मेहनत धेरै गर्नुपर्ने भए पनि फूल बिक्री हुँदा नोक्सानी नहुने केसीले बताउनुभयो । गैँडाकोटमा उत्पादन भएको सयपत्री फूलको माला प्रतिगोटा रु ६० देखि रु एक सयसम्म तथा फूल प्रतिकिलो रु तीन सय ५० देखि रु पाँच सयसम्ममा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो ।  फूल आवश्यक पर्ने व्यक्ति तथा संस्थाले आफूहरुलाई सम्पर्क गरेर माग गर्ने गरेका भन्दै आजदेखि भने आमउपभोक्तालाई लक्षित गरी फूल टिप्न सुरु गरिएको केसीले बताउनुभयो । “तिहारका लागि फूलको माग आइरहेको छ”, उहाँले भन्नुभयो, “आजदेखि फूल टिपेर सर्वसाधारणका लागि पनि बिक्री वितरण गर्ने गरी तयारी गरेका छौँ ।”   गैँडाकोटमा सयपत्री फूलको उत्पादन राम्रो हुने भएकाले किसानलाई फूलखेतीमा आकर्षण गर्न अनुदान दिन सुरु गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।  नगरपालिकाका कृषि विकास शाखा प्रमुख राजुप्रसाद शर्माले सयपत्रीको उन्नत जातको बीउ लगाउँदा यस वर्ष राम्रो उत्पादन भएको बताउनुभयो ।  “हामीले सयपत्री फूलको बीउमा बिलको आधारमा ५० प्रतिशत अनुदान दिएका छौँ”, उहाँले भन्नुभयो, “फूलखेतीको नियमित हेरचाह र रोगकीराको सङ्क्रमण देखिँदा किसानलाई प्राविधिक सहयोग समेत गर्दै आएका छौँ ।”  कृषि विकास शाखा प्रमुख शर्माकाअनुसार यसवर्ष गैँडाकोट नगरपालिकाभित्र मात्रै ४१ जना किसानले एक कठ्ठादेखि एक बिघा जमिनमा व्यावसायिक सयपत्री फूलखेती गरेका छन् । “व्यावसायिक रुपमा खेती गरेका किसानले पाँच बिघा भन्दा बढी क्षेत्रफलमा सयपत्री फूलको खेती गरेका छन्”, उहाँले भन्नुभयो, “व्यक्तिगत प्रयोजनका लागि समेत यहाँ फूलखेती गरिने हुँदा नगरपालिकाभित्र करिब आठ बिघा क्षेत्रफलमा फूलखेती भएको छ ।”  यहाँ उत्पादन भएको फूल स्थानीय बजारमा पर्याप्त भएर नारायणगढ, कावासोती, काठमाडौँ, पोखरा, बुटवललगायत सहरमा पठाउन पालिकाले समन्वय गरिरहेको शर्माले जानकारी दिनुभयो ।  नगरपालिकाले तीन वर्ष अघि व्यावसायिक रुपमा फूलखेती गर्न किसानलाई आकर्षित गरेको उल्लेख गर्दै उहाँले त्यसपछिका वर्षमा किसानलाई तालिम, बीउ र बिरुवामा अनुदान, प्राविधिक सहयोग नियमित गर्दै आएको बताउनुभयो ।  गैँडाकोटमा फूलखेतीका लागि उपयुक्त माटो र हावापानी भएकाले आगामी वर्षमा उत्पादनसँगै क्षेत्रफल बढाउन किसान लक्षित विभिन्न कार्यक्रम ल्याउने योजना रहेको कृषि विकास शाखा प्रमुख शर्माले जानकारी दिनुभयो ।  यहाँ व्यक्ति तथा समूहले व्यावसायिक रुपमा सयपत्री फूलखेती गर्दै आएका छन् ।   

काठमाडौँः   नेपाली राजनीतिमा लोकतन्त्र र शान्ति पुनःबहालीका लागि अनवरत योगदान पु¥याउनुभएका स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधरको योगदानको स्मरण गरिएको छ ।  नेपाल भाषाका साहित्यकारकारुपमा निरङ्कुश शासनकाविरुद्ध तथा स्थापनाका लागि साहित्य सिर्जना गरी जनता माझ जागरण ल्याउन उहाँले पु¥याएको योगदानको चर्चा गरिएको हो ।  पद्मरत्न तुलाधर स्मृति राष्ट्रिय प्रतिष्ठान’द्वारा मङ्गलबार काठमाडौँको शङ्खधर उद्यानमा आयोजित छैठौँ स्मृतिसभामा मानवअधिकार, शान्ति, मातृभाषा तथा साहित्यकारकारुपमा योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरियो ।  सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बहुआयामिक व्यक्तित्वका धनी पद्मरत्न साहित्यकार, प्रहसन, हाँस्य व्यङ्ग्यकार तथा जनप्रिय नेताका रुपमा स्थापित रहनुभएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “हाम्रो अत्यन्तै आदरणीय मित्र पद्मरत्नजी कला, संस्कृति, साहित्य र राजनीति आन्दोलनका क्षेत्रबाट बोलेर वा लेखेर प्रस्तुत गर्नुभएका राम्रा र सही विचार हामी सबै मिलेर अघि बढाउनुपर्छ ।” आन्दोलन र जेलमा मात्र होइन मन्त्री र विभिन्न मोर्चामा रही सहकार्य गरेको घटना सुनाउँदै प्रधानमन्त्री ओलीले आन्दोलनलाई सफलतामा पु¥याउने र विटमार्ने सम्मको यात्राको सहकार्य गरेको नेपाली राजनीतिज्ञ तथा अग्रज व्यक्तिका रुपमा पद्मरत्न रहनुभएको बताउनुभयो । त्यसअवसरमा तुलाधरकी छोरी सुम्निमा तुलाधरले पद्मरत्न आफना पिता मात्र नभइ नेपाली जनताको मुक्तिका निम्ति अग्रसर नेताकारुपमा रहनुभएको स्मरण गर्नुभयो ।  पद्मरत्न लुमन्ति गुथिका अध्यक्ष डा केशवमान शाक्यले प्रजातन्त्रको पुनःबहालीको जनआन्दोलनमा प्रजातान्त्रिक र वामपन्थी शक्तिलाई एउटै मोर्चामा रहन उहाँले गर्नुभएको योगदानको स्मरण गर्नुभयो ।   नेपाल भाषाको साहित्य लेखनमा नाटक र प्रहसन विधामा विशिष्ट योगदान पु¥याउनुभएका तुलाधर नेपाल जनजाती महासङ्घका सभापतिसमेत रहनुभयो ।  दश वर्ष माओवादी सशस्त्र द्वन्दका बखत माओवादीलाई शान्ति वार्तामा ल्याउन सहजकर्ताका भूमिका खेल्नुभएका तुलाधरको २०७५ कात्तिक १८ गते निधन भएको थियो ।  पूर्व स्वास्थ्यमन्त्री समेत रहनुभएका उहाँको जन्म १९९७ माघ २९ गते काठमाडौँमा भएको हो । त्यस अवसरमा नेपाली साहित्यका धरोहर साहित्यकार कवी दुर्गालाल श्रेष्ठलाई सम्मान गरिएको थियो ।