झापा:  झापाको शिवसताक्षी नगरपालिका–८ स्थित झिलझिले बजारमा स्कुटर दुर्घटनामा परेर घाइते भएका व्यक्तिको सुन चोरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत साउन २९ गते कमल गाउँपालिका&nd...

काठमाडौँः   कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई पूजा गरी मीठामीठा खान दिएर मनाइएको छ । काग तिहार पर्वदेखि हिन्दू धर्मावलम्बीको दोस्रो चाड यमपञ्चक (तिहार)सुरु हुने भए पनि यसवर्ष तिथिको घटबढका कारण मङ्गलबारदेखि नै यमपञ्चक आरम्भ भएको हो ।  कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकासम्म तिहार मनाउने गरिन्छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।  कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन मीठामीठा खानेकुरा दिई खुसी पार्ने परम्परा रहेको उहाँले बताउनुभयो ।  लोक व्यवहारमा काग घरमा आई कराएमा ‘शुभ बोल, शुभ बोल’ भन्ने प्रचलन समेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ ।      ‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिन्छ भन्ने मान्यता छ ।  दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससहित तिहार पर्वअन्तर्गत आज कागको पूजा गर्ने परम्परा गाँसिएको प्रा अधिकारीले बताउनुभयो । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यमदीप दान दिने क्रम भने आज साँझदेखि सुरु हुन्छ ।  यमदीप दान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन हिन्दू धार्मिक विधि छ ।    मङ्गलबारदेखि कार्तिक कृष्ण त्रयोदशी सुरु भएकाले आज बिहान पहिलो प्रहरमा कागलाई पूजासहित मीठामीठा चीजबीज खान दिएर सम्मान गरिएको हो ।  यमपञ्चकको पहिलो दिन काग तिहार पर्व मनाइने गरिन्छ ।  यसवर्ष तिथिको घटबढका कारण मङ्गलबार यमपञ्चक सुरु भएकामा आज काग तिहार पर्व मनाइएको हो ।  

पाँचथरः   फालेलुङ गाउँपालिका–३ लुङपिन्ताङका चुडामणि तिम्सिनाको घर अगाडिबाट झरेको पहिरो झन्डै एक किलोमिटर तल रहेको हेंवा खोलासम्म पुगेको छ । पहिरोले उहाँका दुई छोरासहित १३ परिवार गाउँलेको खेतबारी बगाएको छ । गत असोज १२ गते बिहानको पहिरोले तिम्सिनाको परिवारसहित यी सबै घरपरिवार फालेलुङ गाउँपालिकाको सेवा केन्द्र थकेपुङमा बसेर हालै भर्खरै घर फर्किएका छन् ।  असोज ९ गतेदेखि नै वर्षा हुनाका साथै हेंवा खोलामा आएको बाढीले असोज १२ गते बिहान गाउँ नै हल्लाइरहेको थियो । सोही विहान जमिन धाँजा फाट्न थालेका कारण गाउँलेहरु सचेत भए ।  बिहान गाईवस्तु सार्नलाई किलो काट्दै गर्दा गाउँपालिकाबाट नेपाल प्रहरी आएर घुर्चिएर लगेकाले आफू बचेको तिम्सिना बताउनुहुन्छ । “गाउँले आएर गाईवस्तु सारिदिएछन्”, उहाँले भन्नुभयो ।  वर्षा र पहिरो त रोकियो तर, गाउँमा बस्न सक्ने अवस्था भने छैन् । लुङपिन्ताङमा सबैतिर धाँजा फाटेका छन् । कसैको घर लच्किएका छन्, कसैको खेतबारी । “एकछिन हिउँदभरि मात्रै हो, बर्खामा यहाँ बस्न सकिँदैन्”, सरकारले केही गरिदेओस् भन्ने आशा गर्दै तिम्सिनाले भन्नुभयो, “हेरौँ अब सरकारले के गर्छ रु यहाँ बस्न सक्ने अवस्था छैन । डर त लाग्छ नि, अन्यत्र सर्ने ठाउँ छैन ।”  पूर्वी पहाडमा विसं २०२५ सालमा बाढीपहिरो आएको बूढापाका बताउँछन् । ७३ वर्षका तिम्सिनाले सो बाढीपहिरो प्रत्यक्ष देख्नुभयो ।  अहिले सडकको छेउमा रहेको घर नजिकैबाट उक्त पहिरो गएको तर अहिलेजस्तो धेरै क्षति नभएको तिम्सिनाको सम्झना छ । “मेरो पालि ९मतान० बगाएको थियो”, उहाँले भन्नुभयो, “यस पटक गाउँ केही नरहने गरी पहिरो झ¥यो ।” पहिरोले दिएको पीडा यति मात्रै छैन । तिम्सिना दम्पतीसँगै रहेका छोराका १० र ४ वर्षका बालबच्चा थिए । बूढेसकालमा बोलाउने र मन भुलाउने नातिनातिनी पहिरोपछि झापा झरेका छन् ।  “जाने कुरै थिएन । फेरि पहिरो आयो भने साना भागेर बचाउन कठिन हुने भएपछि बुहारीले झापा लिएर गइनँ”, तिम्सिनाले भन्नुभयो, “छोरो चाहिँ विदेशमा छ ।” सोही वडाको शीतलपाटीको अवस्था झनै भयाबह छ । हेंवा खोला नजिकैको यस गाउँमा १० परिवारको बसोबास छ । यहाँ यत्रतत्रमा पहिरो झरेको छ । सबैका घर लच्किएका छन् ।  कसैका भत्किएका छन् । पाक्न लागेको बालीनालीमा क्षतविक्षत भएको छ । घरमुनि सामुन्नेमा देखिने हेंवा खोलाले धेरै जमिन खण्डहर बनाएको छ । वर्षा रोकिएपछि गाउँ फर्किएका गाउँलेहरु अर्को बर्खामा कहाँ गएर ज्यान जोगाउने भन्ने पीरमा देखिन्छन् । यहाँकी नरमाया लिम्बूको घर र खेतबारी फरक–फरक ठाउँमा छन् ।  पहिरोले खेतबारी सबै बगाएपछि अब के खानेभन्ने पीरलो लिम्बूमाथि आइलागेको छ । श्रीमान्को निधनपछि आमाछोरा बस्दै आएका लिम्बूको पाक्न लागेको धानखेत पहिरोले बगाएको छ । “हामी त धेरै पीडित भयौँ, वडामा गएर निवेदन दिएका छौँ”, लिम्बूले भन्नुभयो, “केही त सहयोग पाइएला कि ।” फेदाङ्वा (झाँक्री)समेत रहनुभएका मानबहादुर केरुङको घरमा असोज १२ गतेअघि छोरीतर्फका एक नाति र एकजना भतिजा बस्दै आएका थिए । चारजना छोरीमात्रै भएका मानबहादुरका सबैजना छोरीहरु विवाह गरेर घर गएपछि भतिजा र नाति सहारा थिए ।  तर असोज १२ गते उहाँको घर वरिपरि पहिरो झरेपछि परिवार नै विस्थापित भई नजिकैको मच्छेबुङमा विद्यालयमा शरण लिएर बस्यो । वर्षा रोकिएपछि मानबहादुर र उहाँकी श्रीमती सुखमाया त घर फर्केर आउनुभयो, भतिजा र नाति पहिरोको डरले आ–आफ्नो घरतर्फ लागे ।  यहाँ (शीतलपाटीमा)पहिरोले समस्या हुने भयले भतिजो र नातिलाई आ–आफ्नो घर पठाएको मानबहादुर बताउनुहुन्छ । “हामी बूढाबूढी त अन्त जानलाई आर्थिक छैन । आर्थिक नभएपछि के गर्ने त रु वर्तिरपर्तिर भाग्यो, बस्यो”, निराश हुँदै ७० वर्षका मानबहादुरले भन्नुभयो, “त्यस्तै त होला नि अब । झापा झरौँ भने पैसा छैन ।” पहिरोका कारण घरमा बस्न नसकिने भएपछि यहाँका युवा शर्णकुमार केरुङको परिवार विस्थापित भई मच्छेबुङमा बस्न थालेको छ । “दश घरपरिवारमा कुनै न कुनै क्षति भएको छ । यहाँ बसेका सबैजना बाहिर निस्कने योजनामा छौँ”, छिमेकीहरुलाई मद्दत गर्दै आउनुभएका शर्णकुमारले भन्नुभयो, “बर्खायाममा बस्न नसकिने सबैको निष्कर्ष छ । कसैको पनि कमाई लगाएर खाने स्थिति छैन ।” उक्त गाउँलाई चारैपट्टिबाट पहिरोले घेरेको छ । कुनै पनि घरहरु सग्ला भेटिँदैनन् । यत्रतत्र पहिरो झरे पनि स्थानीयवासीको चलाखीले मानवीय क्षति भने हुन नपाएको शर्णकुमारको भनाइ छ ।  “खोला ठूलो आएपछि सबै गाउँले भेला भएर सबैतिर हे¥यौँ । पहिरो जान्छ भन्ने यकिन भएपछि समयमै सचेत हुँदा बाँच्न सफल भयौँ”, शर्णकुमारले भन्नुभयो ।  सो स्थानबाट दुई घर बसाइँ सरेर अन्यत्र गइसकेका छन्भने शर्णकुमार र उहाँका भाइ नजिकै मच्छेबुङमा बसेका छन् ।  भान्साघर बगाउनाका साथै घर पहिरोको जोखिममा भएपछि काइलो छोराको घरमा शरण लिएर बस्दै आएका खड्गबहादुर केरुङ उमेरले ६९ पुग्नुभयो ।  “एकछिन त जीउ जोगाउनु प¥यो होला नि । उता पनि पानी, यता पनि पानी । सबैतिर पहिरो झरेको छ”, खड्गबहादुरले थप्नुभयो, “भगवान्ले यस्तै गरिल्याए ।  कति दिन यसरी बाँच्नुपर्ने हो थाहा छैन ।”फालेलुङ गाउँपालिका–३ का लुङपिन्ताङ र शीतलपाटी जस्तै सोही गाउँपालिका–४ का चेम्फुवा, खुर्बुक, गैरीगाउँ, गुरुङटार र तालखर्क, वडा नं ५ का लुङ्मादिन, सिरिसे, लुदिन र फेङ्लिटार, वडा नं ६ का ठाडे, नाम्ले र खोलाघारी गाउँ पहिरोको अत्यधिक जोखिममा परेका छन् । फेङ्लिटारका एक दर्जनभन्दा बढी परिवार अझैसम्म विस्थापित भई अन्यत्रै बस्दै आएका छन् ।फालेलुङ गाउँपालिकाका अध्यक्ष वीरविक्रम थाम्सुहाङका अनुसार सबै वडामा गरेर ७० घरमा पूर्ण क्षति भएको छभने दुई सय ९३ घरमा आंशिक क्षति पुगेको छ । बाढीपहिरोले फालेलुङमा भौतिक तथा कृषि क्षेत्रमा अत्यधिक क्षति भएको उहाँले बताउनुभयो ।  यहाँका अधिकांश विस्थापित घर फर्किन थालेका छन् । तर  कतिपय विस्थापित भने यहाँबाट बसाइँ सर्न थालेका छन् । अध्यक्ष थाम्सुहाङले भन्नुभयो, “सबैलाई केही समय नआत्तिन आग्रह गर्दै आएको छु । तर गाउँ विरक्तलाग्दो भएपछि कसको मन अडिनु र रु” अत्यधिक प्रभावित बस्ती स्थानान्तरण गर्नुको विकल्प नरहेको उहाँको भनाइ छ ।  “अहिलेसम्म विस्थापितहरुलाई सुरक्षित स्थानसम्म पु¥याउन हामी लागिपरेका थियौँ ।  अब दीर्घकालीन समाधानबारे सोच बनाउन थालेका छौँ”, अध्यक्ष थाम्सुहाङले भन्नुभयो, “गाउँपालिकाले मात्रै त के गर्न सकिएला र रु प्रदेश र सङ्घीय सरकारसँग सहयोग मागेर जोखिममा रहेका बस्तीलाई एकीकृत बस्ती निर्माण गरी स्थानान्तरण गर्नुको विकल्प छैन ।” यसका यसका लागि पालिकास्तरमा छलफल चलिरहेको गाउँपालिका उपाध्यक्ष महेन्द्रहाङ जबेगू बताउनुहुन्छ । बाढीपहिरोका कारण यस गाउँपालिकामा कालोपत्रसहित ग्रामीण सडक क्षतविक्षत भएका छन् ।  खानेपानी, सिँचाइ, विद्युत्, विद्यालय, स्वास्थ्य संस्थालगायत संरचनामा समेत क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।   

तनहुँः   आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात भएको छ । पहिलो चरणमा ‘ए ग्रेड’ गरिएका एक सय ५० किलो सयपत्री दोहा पठाइएको हो ।  कृषि प्राविधिकले ग्रेडिङ गरेपछि फूल निर्यात गरिएको  याञ्चोकटार महिलाहरुलाई फूल टिप्न व्यस्त छन् । समूहकी अध्यक्ष सुन्तली गुरुङसहित समूहमा आबद्ध ७० जना महिला माला गाँस्न व्यस्त हुनुहुन्छ ।  समूहले गतवर्षदेखि सयपत्री कतार निकासी गर्न थालेको हो । गतवर्ष दुई लाख पचास बराबरको सयपत्री निकासी गरिएको जानकारी दिँदै अध्यक्ष गुरुङले यो वर्ष रु ८ लाख बराबरको फूल निर्यात गर्ने लक्ष्य रहेको बताउनुभयो ।    आँधीमूल महिला समूह र याञ्चोक महिला समूह एकआपसमा गाभिएर फूलखेती प्रारम्भ भएको हो । गाउँपालिकाले ८५ प्रतिशत अनुदानमा बीउ उपलब्ध गराए पछि महिलाहरु व्यावसायिक फूलखेतीतर्फ आकर्षित भएका आँबुखैरेनी गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिनुभयो ।  समूहले उत्पादन गरेका फूलको बजार व्यवस्थापनमा गाउँपालिका कार्यालयले सहजीकरण गर्दै आएको छ ।  “आज र भोलि आँबुखैरेनी गाउँपालिकाभित्रका १२ स्थानमा बिक्री स्थल बनाइनेछ”, महिला सशक्तीकरण पालिकाको प्राथमिकता भएको बताउँदै उहाँले भन्नुभयो “केही माला तयार गरी कोल्डस्टोरमा राखिएको छ ।”  फूलखेतीबाट समूहमा आबद्ध महिला आर्थिक रूपमा पनि सक्षम भएका छन् ।  

काठमाडौँः  चाडपर्वका लागि खर्च जुटाउन शङ्खमूलकी ३७ वर्षीया जैसरा दवाडी कामको खोजीमा भौतारिरहनुभएको थियो । जीविकोपार्जनका लागि आफैँले खर्च जुटाउनुपर्ने बाध्यतामा रहनुभएकी उहाँ छोटो समयमा पर्व मनाउने खर्च जुटाउन कामको खोजीमा हुनुहुन्थ्यो ।  काम खोज्ने क्रममा उहाँले एकजना साथीमार्फत काठमाडौँ महानगरपालिकामा रोजगार माग गर्न पाइने सूचना पाउनुभयो ।  तिहार आफैँमा खर्चिलो पर्व भएकाले दवाडीले सुरुमा श्रीमान्लाई निवेदन दिन आग्रह गर्नुभयो । श्रीमती र श्रीमान् भएर पालिकामा पुग्नुभयो र रोजगारको बारेमा सोध्नुभयो ।  सडक र बाटोघाटो सरसफाइमा काम पाइने जानकारी पाएपछि दवाडीका श्रीमान्ले काम नगर्ने जनाउनुभयो । “फोहर उठाउने काम गर्दिन भन्दै श्रीमान् घर फर्किनुभयो”, दवाडीले भन्नुभयो । दवाडीले भने पाएको रोजगारी गुमाउन चाहनुभएन् । उहाँले पालिका वरिपरिको बाटो, पार्क र सडक सफा गर्ने काम सुरु गर्नुभयो ।  ९ दिनका लागि उहाँले ज्यालादारीमा काम पाउनुभएको थियो । दिनको रु सात सय पाउँदा पर्व खर्च जुट्ने भन्दै उहाँको मुहार उज्यालो थियो ।  मङ्गलबार शङ्खमूलस्थित बागमती किनारामा बाढीले ल्याएका फोहरका पोका बटुल्दै उहाँले भन्नुभयो, “काम गर्न के को लाज रु जे जानेको छु, त्यही गर्छु ।”  श्रीमान्ले फोहर उठाउने काम गर्दिन भन्दै कामलाई गरेको अपमानप्रति दवाडी दुःखी हुनुहुन्थ्यो ।  १ सातादेखि ज्यालामा श्रम गर्न पाएकोमा तिहार रमाइलो गरी मनाउन सक्नेमा उहाँ खुसी हुनुहुन्थ्यो ।  सरसफाइ गरेर तिहार खर्च जुटाउने समूहमा हुनुहुन्थ्यो, धादिङकी चाँदनी पुन ।  उहाँको परिवारमा परिश्रम गर्न सक्ने छोराछोरी र श्रीमान् भए पनि उनीहरु मजदुरी गर्न लाज नमानेपछि पुनले आफैँ काममा जाने निर्णय गर्नुभयो ।  उच्चशिक्षा उत्र्तिण गरेको छोरो बेरोजगार भएर घरमा बस्दा ५५ वर्षिया पुन भने सरसफाइ गर्ने रोजगारी पाउनुभएकामा उत्साहित हुनुहुन्थ्यो ।  “छोराछोरी सानोतिनो मजदुरी गर्न मान्दैनन् बरु मोबाइल हेरेर बस्छन्”, पुनले भन्नुभयो, “पेट पाल्नै प¥यो । काम पाउनु ठुलो कुरा हो ।”  उहाँसँगै महानगरको श्रम बैंकबाट सरसफाइको काममा खटिनुभएकी कोटेश्वरकी ज्ञानु मर्हजन (नाम परिवर्तन)ले महानगरको सडक सफा गर्ने रोजगार पाएको कुरा घरमा सुनाउनुभयो । घरमा छोराछोरीले र श्रीमान्ले सडकमा काम गर्न अनुमति नदिए पनि उहाँले भने आर्जनको बाटो गुमाउन चाहनुभएन् । परिवारलाई थाहै नदिइ लुकेर सडकमा सफाइ गर्न आएको महर्जनले बताउनुभयो ।  बेरोजगार बस्नु भन्दा पाएको काम गर्नुपर्छ भन्ने उहाँको बुझाइ छ ।  “परिवारले भने सडकमा रोजगार गर्दा लाज हुने मान्यता राख्छन्”, महर्जनले भन्नुभयो, “मुख छोपेर कसैले न देख्ने गरी काम गर्छु । छोरोछारीले थाहा पाए भने गाली गर्छन् ।”    कामपाले बाढीका कारण फोहर बनेको सहर, बाटो, बगैँचालगायत स्थान सफा गर्न कामदार खटाएको छ । महानगरले श्रम बैंक खोलेर बेरोजगारलाई रोजगार दिने कार्य सञ्चालन गरेको हो । गत साउन, भदौ, असोज र कात्तिकमा श्रम बैंकबाट रोजगार लिने छ सय ४७ जना रहेका महानगरको श्रम बैंक शाखा प्रमुख पवनकुमार ठाकुरले जानकारी दिनुभयो ।  उहाँका अनुसार तीमध्ये ४६ जना अपाङ्गता भएका कामदार छन् ।शाखा प्रमुख ठाकुरले रोजगार लिनेमा महानगरको सरसफाइ व्यवस्थापनदेखि सिभिल इञ्जिनियर पदसम्म रहेका बताउनुभयो ।  अधिकांश काम सडक, सहर र बाटोघाटो सरसफाइमा जनशक्ति सक्रिय रहेका उहाँले उल्लेख गर्नुभयो ।  तथ्याङ्क छुट्याएर नराखिए पनि महानगरको सरसफाइ व्यवस्थापनमा महिला जनशक्ति बढी रहेको ठाकुरले बताउनुभयो । “पुरुष महिला सङ्ख्या छुट्याएका छैनौँ तर, सरसफाइको काममा महिला कर्मचारी बढी हुनुहुन्छ”, उहाँले भन्नुभयो, “महानगरको सफाइमा उहाँहरुको योगदान बढी छ ।” काठमाडौँ महानगरपालिकाको महिला समूह परिचालन गर्ने भवानी कपालीका अनुसार सरसफाइमा महिला कामदार सजिलै पाउने गरिएको छ । महिला समूहमा पुग्दा उहाँहरुले महानगरको रोजगारबारे जानकारी दिँदा महिला बढी प्रोत्साहन हुने भएकाले सहभागिता पनि बढी देखिएको उहाँले बताउनुभयो । “कतिपय श्रीमान् घरमा समय खेर फाल्न रुचाउँछन्, सरसफाइ जस्ता काममा आउन नचाहेएको बुझेकी छु”, कपालीले भन्नुभयो, “त्यो भनेको पितृ सत्तात्मक धारणाको असर हो भन्ने मेरो बुझाइ छ ।”  समूहमा स्थलगत अवलोकनमा जाँदा आफूले महानगरमा रोजगारका लागि निवेदन दिनु भनेर सिकाउने गरेको महिला समूह परिचालिका कपालीले बताउनुभयो । धेरै महिलाले सरसफाइका काम गर्न अघि सरे पनि पुरुष कम मात्रामा रुचि देखाउने गरेका उहाँको अनुभव छ ।   

सर्लाहीः   सर्लाहीमा स्यालको आक्रमणबाट  यहाँका तीन स्थानीय तहका १३ जना घाइते भएका छन् ।  मङ्गलबार राति जङ्गलबाट गाउँ पसेको स्यालको समूहले खेतबाट काम गरेर घर फर्कँदै गरेका तथा घरमै बसिरहेका स्थानीयलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । स्यालको आक्रमणबाट बसवरिया गाउँपालिकाका नौ, गोडैता नगरपालिकाका तीन तथा बलरा नगरपालिकाका एक जना घाइते भएका छन् ।  स्यालको आक्रमणबाट बसवरिया गाँउपालिका–१ का १० वर्षीय  रोशन मुखिया, ६० वर्षीय विजय पण्डित, ५५ वर्षीया  सिवादेवी साह, ४० वर्षीय सहिद दर्जी, ४० वर्षीय मदैनिया दर्जी र ६ वर्षीय राजु मुखिया, बसवरिया–३ का १५ वर्षीय दीपेन्द्र माझी, बसवरिया–४ का १५ वर्षीया करुणा साह र ६० वर्षीय बद्री मुखिया, गोडैता नगरपालिका–१० का ४० वर्षीया इन्दूदेवी बैठा, ४० वर्षीया प्रेमादेवी मण्डल, सोही ठाउँका ४१ वर्षीय विपद पासवान तथा बलरा नगरपालिका–४ का ६० वर्षीया सोमरी देवी घाइते भएका प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।  घाइतेमध्ये इन्दूदेवी र प्रेमादेवीलाई थप उपचाररका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । अन्य घाइतेलाई उपचारका लागि बसबरिया गाउँपालिकाको एम्बुलेन्समा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरमा पठाइएको छ ।  घाइते केही भने स्थानीय स्वास्थ्य संस्थामा उपचार गराएर घर फर्किएका प्रहरीले जनाएको छ ।   

काठमाडौँः   तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । सर्वोच्च अदालत प्रशासनले निकालेको सूचनामा भनिएको छ, “दीपावली, २०८१ को उपलक्ष्यमा कात्तिक १५ देखि १९ गतेसम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहनेछ ।”   

गण्डकी:    मुस्ताङको उपल्लो भेग स्थित नेपाल र चीनबीचको सीमास्तम्भ(२४ नम्बर सीमास्तम्भ) रहेको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ ।           कोरोला नाकामा यस अघि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका मुस्ताङवासीले मात्र व्यापारका लागि आवतजावत गर्दथे ।  कार्यालय सञ्चालनले अब भने यस नाकाबाट आवतजावत गर्न चाहने जोकोही नेपालीलाई सहज हुने विश्वास लिइएको छ ।       कोरोला नाकामा नेपालले प्रिफ्याव प्रविधिको १० कोठे अध्यागमन तथा सुरक्षा पोष्ट स्थापना गरेको हो । अध्यागमन कार्यालय सञ्चालनको लागि सरकारले कोरला नाकासम्म विद्युत् प्राधिकरणको केन्द्रीय प्रशारण लाइनको विस्तार गर्नुका साथै नेपाल टेलिकमको इन्टरनेटसहित मोबाइलको सेवा पु¥याइसकेको छ ।           कोरोला नाकामा चीनले आफ्नोतर्फ भन्सार कार्यालयका साथै अन्य आवश्यक पूर्वाधार निर्माण गरिसकेको छ ।  गृहमन्त्री रमेश लेखकले आज कार्यालयको शुभारम्भ गर्दै अध्यागमन कार्यालय सञ्चालनसँगै चीनसँगको द्विपक्षीय सम्बन्ध अझै प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभयो ।   उहाँले दुईदेशका नागरिक आवतजावतसँगै द्विपक्षीय व्यापार अभिवृद्धिका लागि अध्यागमन कार्यालय महत्वपूर्ण हुने छ भन्नुभयो ।   समुद्र सतहदेखि चार हजार छ सय ५० मिटर उचाइमा रहेको यो नाकाको गत वर्ष कात्तिक २७ गते चीनको सिगात्से प्रान्तको झोम्वा काउन्ट्रीका मेजेष्ट्री नुर्वु छिरिङ र मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले संयुक्त रुपमा उद्घाटन गरिएको थियो ।       गण्डकी प्रदेशको उत्तरी भूूभागमा अवस्थित कोरला नाका सञ्चालनमा आएसँगै प्रदेशकै दक्षिणी नाका भारतसँग जोडिने त्रिवेणी रहेका कारण व्यापार प्रवद्र्धन, पर्यटन विस्तार आदिका लागि यो बहुुउपयोगी बन्ने विश्वास लिइएको छ । दुुई ठूला छिमेकी राष्ट्रसँग जोडिएको गण्डकी प्रदेशको समृद्धिमा यो नाका सञ्चालन कोषे ढुङ्गा सावित हुने विश्वास लिइएको छ । 

पोखरा:   हिमशृङ्खला र सूर्योदयको मनमोहक दृश्यले वर्षौैैँदेखि पर्यटकलाई आकर्षित गर्दै आएको पोखरा–१८ स्थित सराङकोट अब नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदैछ । उक्त क्षेत्रमा निर्माणाधीन ६१ फिट अग्लो पञ्चमुखी गणेश मूर्तिले पर्यटन प्रवर्द्धनमा नयाँ आकर्षण थप्न थालेको हो । अन्नपूर्ण, धवलागिरि र माछापुच्छ्रे हिमालको दृश्यावलोकन तथा सूर्योदय र सूर्यास्तको दृश्यमा रमाउने पर्यटकका लागि सराङकोट विशेष गन्तव्य हो । पछिल्ला दिनमा थपिएका पूर्वाधार र धार्मिक संरचनाले प्राकृतिक सौन्दर्यसँगै धार्मिक पर्यटकलाई लोभ्याएको छ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले ५६ रोपनी जमिनमा उक्त पूर्वाधार बनाइएको हो । रु ४० करोड लगानीमा बृहत् सराङकोट धार्मिक पर्यटन गुरुयोजनामा निर्माण भइरहेको समितिका अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिनुभयो ।  समितिले गुरुयोजना सफल बनाउन र आर्थिक स्रोतका लागि विभिन्न समयमा ५महायज्ञ लगाएर रु ७ करोड आर्थिक स्रोत जुटाउन सफल भएको थियो । तीनै तहका सरकारको रु ४करोड ५० लाख लगानी यस क्षेत्रमा भएको छ । पोखरा महानगरले मात्र रु ३ करोड बढी सहयोग गरेको छ । व्यावसायिक प्रतिष्ठान, सङ्घसंस्था, स्थानीयको सहयोग उत्तिकै जारी रहेको छ ।निर्माण भइरहेको गणेश मूर्तिका लागि निर्माण संयोजक रहनुभएका अन्नपूर्ण केबलकारका अध्यक्ष कालु गुरुङले आर्थिक स्रोत जुटाएर निर्माणकार्य अगाडि बढाउनुभएको छ ।  रु ७करोडमा गणेश मूर्ति र सहस्रधारा निर्माणमा खर्च हुने अनुमान गरिएको छ ।हालसम्म यहाँको पूर्वाधारमा रु २२ करोड बढी लगानी भइसकेको छ  । मूर्तिको संरचना दक्षिण भारतीय कालिगढहरूद्वारा निर्माण गरिएको हो ।  उक्त क्षेत्रमा गणेश मूर्तिसँगै कैलाशेश्वर शिवमन्दिर, एक सय आठ शिवलिङ्ग, सहस्रधारा, भैरव मन्दिर, चण्डीमन्दिर, भीमकाली मन्दिर, धार्मिक सभाहल, ऐतिहासिक प्रवेशद्वार, व्यवस्थित शौचालय, एक भ्यूटावर रहेका छन् । जिसीका अनुसार सराङकोटको नामाकरण शाहवंशीय राजाले हतियार भण्डारण गर्ने ठाउँका रूपमा प्रयोग गरेको ऐतिहासिक पृष्ठभूमिसँग सम्बन्धित छ । यसैगरी तत्कालीन सेना र प्रहरीले त्यहाँ सराङ खेलको तालिम लिने भएकाले यस स्थानलाई सराङकोट भनिन थालियो । समितिका सदस्य कृष्ण थापाले ऐतिहासिक र धार्मिक महत्व बोकेको यस क्षेत्रका निर्माणाधीन पूर्वाधारले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “भूमेकाली मन्दिरको पौराणिक धार्मिक महत्वले यहाँ धेरै भक्तजनलाई आकर्षित गर्दै आएको छ, विशेषगरी पोखरा र आसपासका क्षेत्रबाट दर्शन गर्न भक्तजन आउँछन्, अहिले शिव र गणेश मन्दिरको निर्माणले हिन्दू धर्मावलम्बीका लागि थप आस्था र आकर्षण थप्नेछ ।” पर्यटकीय आकर्षण सराङकोट पोखरा आउने पर्यटकको पहिलो रोजाइमा पर्ने उहाँले बताउनुभयो । विभिन्न सङ्घसंस्थाको समन्वयमा कार्यान्वयन भएको यस परियोजनालाई ‘शिव पञ्चमुखी गणेशधाम’ भनेर नामकरण गरिनेछ, जसले धार्मिक र सांस्कृतिक पर्यटनको नयाँ गन्तव्यका रूपमा यस क्षेत्रलाई स्थापित गर्ने लक्ष्य राखेको छ । देशमा पहिलोपटक निर्माण भइरहेको पञ्चमुखी गणेश मूर्तिले धार्मिक पर्यटनमा नयाँ अवसर सृजना गर्दै पोखराको पर्यटनमा नयाँ अध्याय थप्ने विश्वास व्यक्त गर्नुहुन्छ सनातन धर्म सेवा समितिका अध्यक्ष रवीन्द्र माकाजु । “प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन र धार्मिक आस्थाको सङ्गमका रूपमा रहेको सराङकोट भारतलगायत अन्य देशका हिन्दू तीर्थयात्रीका लागि आकर्षक गन्तव्य हुनसक्छ”, अध्यक्ष माकाजुले भन्नुभयो । हिन्दू धर्ममा विशेषगरी पञ्चमुखी गणेशको दर्शनले विघ्नबाधा हटाई समृद्धि र सिद्धी प्राप्त हुने विश्वास रहेको र दक्षिण भारतीय पर्यटकबीच गणेश भगवान्को ठूलो आस्था भएकाले यसको प्रचारप्रसारमा पनि जोड दिनुपर्ने उहाँको सुझाव छ । यस क्षेत्रमा विस्तार भएका पूर्वाधारले  पोखरा र सराङकोटका पर्यटन प्रवर्द्धनलाई सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुहुन्छ सराङकोट माउण्टेन लजका कार्यकारी निर्देशक एवं नेपाल पर्यटन बोर्डका पूर्वसदस्य विप्लव पौडेल । उहाँ भन्नुहुन्छ, “सराङकोट आफैमा पर्यटकीय गन्तब्य हो, पछिल्लो समय शिव मन्दिर, गणेश मूर्ती लगायतकापुर्वाधारहरुले यहाँको पर्यटनलाई थप चलायमान बनाउने आशा गर्न सकिन्छ”, कार्यकारी निर्देशक पौडेलले भन्नुभयो, “पर्यटनको प्रवर्द्घनले स्थानीय व्यवसायमा प्रभाव पार्ने र विशेषगरी होटल र होमस्टे व्यवसायको विस्तार गर्न पनि यसले थप अवसर सृजना गर्दछ ।”  उहाँले विकाससँगै आउने चुनौतीहरूका विषयमा पनि ध्यान दिन आग्रह गर्नुभयो । “धार्मिक पर्यटकलाई आकर्षित गर्ने पूर्वाधारको दिगो व्यवस्थापन र संरक्षण हुनुपर्छ, वातावरणीय संरक्षण र व्यवस्थित यातायातमा पनि उत्तिकै ध्यान दिन जरुरी छ ।” पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले धार्मिक र आध्यात्मिक पूर्वाधारमार्फत पोखरालाई बहुआयामिक पर्यटन थलोका रूपमा विकास गर्न पहल भइरहेको बताउनुभयो ।  “हिमालय शृङ्खला, फेवाताल, र पोखरा उपत्यकाको अनुपम दृश्यले आकर्षित गर्ने यस क्षेत्रले पछिल्लो समय पञ्चमुखी गणेश मूर्ति, शिवमन्दिर र भ्यूटावरजस्ता संरचनाको विकाससँगै पर्यटकीय महत्व थप्दैछ”, सराङकोट केवल सूर्योदय अवलोकनको गन्तव्यमात्र नभई धार्मिक र सांस्कृतिक पर्यटनको केन्द्र बन्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।   उहाँले सराङकोटको प्राकृतिक सौन्दर्य, धार्मिक, ऐतिहासिक सांस्कृतिक धरोहरको संयोजनले दिगो पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । “हिमालको मनोरम दृश्यसँगै धार्मिकस्थलहरूको दर्शनले पर्यटकलाई नयाँ अनुभव दिलाउने र पोखरामा उनीहरूको बसाइ लम्ब्याउन सहयोग पुग्नेछ ।” पर्यटकीय राजधानीका रूपमा परिचित पोखरामा नयाँ गन्तव्यको विकास अत्यावश्यक भएको उल्लेख गर्दै आचार्यले महानगरपालिकाले यस अभियानमा निरन्तर लगानी गरिरहेको जानकारी दिनुभयो । सराङकोट क्षेत्रमा मात्र महानगरले रु तीन करोडभन्दा बढी लगानी गरिसकेको उहाँले बताउनुभयो ।    

ललितपुरः   नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुम्भेश्वरमा स्थापना गरिएको कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको सालिकमा माल्यार्पण गरेर उहाँको जन्मशताब्दीका कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । अध्यक्ष दाहालले स्वर्गीय नेता कर्मचार्यको सालिकमा गरेसँगै जन्मशताब्दीका कार्यक्रम आरम्भ भएका नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका कार्यवाहक अध्यक्ष गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो । “कर्माचार्यको जन्म भएको एक सय वर्ष भयो यो वर्षभरि नै कार्यक्रम गरिँदैछ, आज दिउँसो प्रज्ञा प्रतिष्ठानमा जन्मशताब्दी आरम्भका अवसरमा ‘नेपाली कम्युनिष्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार’ शीर्षकमा विचारगोष्ठी हुँदैछ, देशैभरि कार्यक्रम गर्न पार्टीपङ्क्तिलाई निर्देशन दिइएको छ”, कार्यवाहक अध्यक्ष पोखरेलले भन्नुभयो । गोष्ठीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, कम्युनिष्ट नेता मोहन वैद्य, मोहनविक्रम सिंह, युवराज ज्ञवाली, अनिल शर्मालगायत नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । विसं १९८१ कात्तिक १४ गते भाइटीकाका दिन ललितपुरको झपाटोलमा बुबा चन्द्रबहादुर र आमा श्रीकुमारीको कोखबाट जन्मनुभएका कर्माचार्यको २०७० साल साउन ९ गते काठमाडौँमा निधन भएको थियो । विसं २००६ मा भारतको कोलकातास्थित वडाबजारमा पुष्पलालको संयोजकत्वमा स्थापना भएको नेकपाको कर्माचार्य, निरन्जन गोविन्द वैद्य र नारायणविलास जोशी सदस्य हुनुहुन्थ्यो ।  उहाँ २००५ सालदेखि प्रजातन्त्र सङ्घमा संलग्न भएर राणाविरोधी र मजदुर आन्दोलनमा सक्रिय सहभागी हुनुभएको थियो । पार्टी स्थापनापश्चात् कर्माचार्य मजदुर सङ्गठनको संस्थापक अध्यक्ष बन्नुभएको थियो भने २०१६ सालको निर्वाचनमा तत्कालीन ललितपुर नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुका साथै २०१९ सालमा सम्पन्न तेस्रो महाधिवेशनबाट नेकपाको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यस अवसरमा माओवादी केन्द्रका उपाध्यक्ष नारायण काजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, महासचिव देवबहादुर गुरुङ, नेता रामनारायण बिडारीलगायत नेताहरूको उपस्थिति थियो ।