काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का थाइल्याण्डको बैँककमा आयोजित अन्तर्राष्ट्रिय माटो तथा जल सम्मेलनमा सहभागी हुनुभएको छ । संयुक्त राष्ट्र खाद्य एवं कृषि सङ्गठन ९एफएओ० को आयोजनामा थाइल्याण्डको बैँककमा आजदेखि सुरु भएकोसम्मेलनमा उहाँ सहभागी हुनुभएको हो । सम्मेलनमा आज सम्बोधन गर्दै मन्त्री खड्काले पानीको अभाव व्यवस्थापन र माटोको क्षयीकरण रोक्दै दिगो कृषि र खाद्य प्रणालीको विकासमा उच्चस्तरीय कार्ययोजना आवश्यक रहेको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ । ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरलाई सम्बोधन गर्न सबै लाग्नुपर्नेमा जोड दिँदै ऊर्जामन्त्री खड्काले नेपालको अर्थतन्त्रको आधार कृषि भएकाले दिगो र लचिलो कृषि खाद्य प्रणाली सिर्जना गर्न विज्ञान, नवप्रवर्तन र नीतिलाई एकीकृत गर्न गरिने बताउनुभयो । नेपालले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य लिएको तर जलवायु परिवर्तनका असरले हिमाली क्षेत्र परेको असरले यो क्षेत्र नराम्ररी प्रभावित भइरहेको उहाँको भनाइ थियो । मन्त्री खड्काले जल–ऊर्जा–खाद्य समस्याधलाई दिगो रूपमा सम्बोधन गर्न विश्वव्यापी सहकार्यका लागि आग्रहसमेत गर्नुभयो । उहाँले जलवायु सङ्कट र सामाजिक–आर्थिक चुनौतीको सामना गर्दै जलस्रोत व्यवस्थापनमा उत्कृष्ट अभ्यास र प्राविधिक प्रगति प्रवर्द्धन गर्न थप सहकार्य, ज्ञान र साझेदारी आवश्यक रहेको बताउनुभयो । तीन दिनसम्म चल्ने उक्त सम्मेलनमा नेपाल, थाइल्याण्ड, आयसल्याण्ड, पाकिस्तान, कम्बोडिया, भुटान, चिली जापानलगायतका २ दर्जनभन्दा बढी देशका मन्त्री तथा उच्चपदस्थ अधिकारीको सहभागिता रहेको छ ।
जनकपुरधाम: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय, जनकपुरधामले धान खरिद प्रक्रिया सुरु गरेको छ । धनुषाको किसानबाट यस वर्ष ३२ हजार क्वीन्टल सोना मन्सुली धान खरिद गर्ने गरी आजदेखि सुरु भएको कार्यालय प्रमुख देवेन्द्र राईले जानकारी दिनुभयो । यसवर्ष सरकारले सोना मन्सुली धानको समर्थन मूल्य प्रतिक्वीन्टल तीन हजार पाँच सय ८० रुपैया ६२ पैसा तोकिएको छ । यहाँ स्थानीय तहका कृषि शाखाको सिफारिसमा तथा किसानले तोकिएको मापदण्ड पूरा गरेर ल्याएमा धान खरिद चेकमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाइएको कार्यालय प्रमुख राईले बताउनुभयो । यसअघि सो कार्यालयको धान खरीदका लागि धनुषाका प्रमुख जिल्ला अधिकारी राजुराम कडरियाको अध्यक्षतामा जिल्ला प्राथमिक धान खरिद समितिको बैठकबाट निर्णय गरी धान खरिद प्रक्रिया सुरु गरिएको उहाँले जानकारी दिनुभयो । बास्मती धानको मूल्य निर्धारण नभएकाले तत्काल त्यसको खरिद नहुने पनि जनाइएको छ । धनुषामा यस वर्ष ४१ हजार ५ सय ६६ हेक्टर क्षेत्रफल जमिनमा १ लाख ६६ हजार २ सय ६० मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
मङ्गलबारे: ‘अब यो किबी उखेलेर अलैँची नै लगाउने हो’ मकै बारी मासेर किबी लगाएका किसान विनोद खतिवडाले भन्नुभयो । करिब सातदेखि १० वटा किबीका झाङ अटाउने जग्गामा एक मन अलैँची फल्ने भन्दै उहाँले किबीभन्दा अलैँचीबाट नै दशौँ गुणा फाइदा हुने बताउनुभयो । सुरुमा मकै छर्ने टार बारीमा हाल करिब २० बोट रोप्नुभएको छ । किबी र अलैँची तुलना गर्दै उहाँ भन्नुहुन्छ, “ऊ बेला किबी लगाएको ठाउँमा अलैँची लगाएको भए २ मन माथि फल्ने थियो, ऐलेको भाउमा पनि २ लाख माथि नै हुन्थ्यो ।” करिब २० बोट किबीबाट पाँच हजारको पनि आम्दानी नभएको उहाँको भनाइ छ । इलाम सन्दकपुर गाउँपालिकाका किसान विनोद खतिवडाले मात्र होइन, सो क्षेत्रका अधिकांश किसानले बारीमा किबी लगाएका छन् । अलैँची बराबरको मूल्य अन्य खेतीबाट हुन नसक्ने किसान बताउँछन् । अहिले राम्रो गुणस्तरीय किबी प्रतिकिलो १ सयदेखि डेढ सयसम्ममा बिक्री भइरहेको छ तर अलैँची प्रतिकिलो २ हजार ८ सय माथिले बिक्री भइरहेको छ । अलैँचीको मूल्य हाल रु एक लाख १५ हजारसम्मले कारोबार भइरहेको छ । कुनै बेला प्रतिकिलो छ सय माथिले कारोबार भएको किबी हाल बिक्नसमेत समस्या भइरहेको किसानहरुको भनाइ छ । बिक्री भएको किबी समेत कम मूल्यमा गइरहेको किसान बताउँछन् । किबीमा जुन लागत छ सो अनुसारको आम्दानी नहुने गरेको उनीहरु बताउँछन् । किबीको बजारीकरणमा समस्या रहेको किसान ठाकुर खतिवडाको भनाइ छ । किसान आफैँले बजारीकरण गर्नुपर्ने, मूल्य समेत आलु बराबर मात्र पाइने गरेको उहाँले बताउनुभयो । सुरुमा किबी गर्ने किसानहरुले बिरुवा र दानाबाट राम्रो आम्दानी गरेको भए पनि हाल सो मूल्य कायम हुन नसक्दा किसानमा निराशा पैदा भएको छ । सोचेजस्तो आम्दानी नभएको किसान रुद्र खतिवडाले बताउनुभयो ।किबीलाई फलफूलको राजा समेत उपनाम दिइएको छ । एउटै किबीबाट धेरैवटा फलफूलमा पाइने भिटामिन र स्वाद हुने भएकाले यसलाई उच्च गुणस्तरको फलका रुपमा लिइन्छ । तर बजारीकरणमा सरकार तथा सम्बन्धित निकायले चासो नदिएको किसानहरुको आरोप छ । धेरै पौष्टिक तत्वले भरिपूर्ण मानिएको किबी फल इलामसहित काभ्रे, पाँचथर, सङ्खुवासभालगायत जिल्लामा समेत खेती हुँदै आएको छ । पश्चिमी जिल्लाहरुमा समेत पछिल्लो समय इलामबाट नै बिरुवा जान थालेको छ । किबी फलको खेती तथा उपभोग दर विस्तार हुँदै गएको पाइन्छ । यस फलको बोट रोप्दा नै भाले र पोथी प्रजाति पहिचान गरी सँगसँगै रोप्नु पर्दछ । भालेपोथीको परागशेचन नभएमा यसको उत्पादन हुँदैन । भमरा, माहुरीलगायतले फूलमा भएको रस चुस्ने क्रममा यसको परागशेचन हुने गरेको छ । यसलाई हाँगा (डाँठ) र दिउलबाट पनि थप बिरुवा उत्पादन गर्ने गरिएको छ । रोपेको चौथो वर्षदेखि नै किबी फलको आम्दानी लिन सकिन्छ । पहाडी भूभागमा यसको उत्पादन राम्रो हुन्छ । सामुन्द्रीक सहतदेखि १ हजार २ सय मिटरदेखि माथि २ हजार ४ सय मिटरसम्मको उचाइमा किबी फलको खेती गर्न सकिने बताइएको छ । यसलाई हाँगा (डाँठ) र दिउलबाट पनि थप बिरुवा उत्पादन गर्ने गरिएको छ । रोपेको चौथो वर्षदेखि नै किबी फलको आम्दानी लिन सकिन्छ । पहाडी भूभागमा यसको उत्पादन राम्रो हुन्छ । सामुन्द्रीक सहतदेखि १ हजार २ सय मिटरदेखि माथि २ हजार ४ सय मिटरसम्मको उचाइमा किबी फलको खेती गर्न सकिने बताइएको छ ।इलाममा करिब कुल ७ सय ८० हेक्टरमा किबीखेती हुने गरेको कृषि ज्ञान केन्द्र इलामका सूचना अधिकारी तथा कृषि प्रसार अधिकृत जीवन ठाडा मगरले बताउनुभयो । अघिल्लो वर्ष २ हजार ८ सय ५२ मेट्रिकटन किबी उत्पादन भएको उहाँले जानकारी दिनुभयो । किबीलाई प्रशोधन गरेर जुस, जाम समेत बनाउन सकिन्छ । जुस, जाम वा अचार बनाउन समेत पहल गर्ने हो भने किबीलाई पुरानो मूल्यमा फर्काउन सकिने किसानहरुको भनाइ छ ।
नवलपरासी: यतिबेला नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का अधिकांश फाँट तोरी फुलेर पहेँलपुर भएका छन् । अधिकांश स्थानमा बारी, खाली जमिनदेखि ठूला फाँटमा लगाइएको तोरी फुलेर पहेँलै देखिन्छन् । जिल्लामा तोरी लगाउने क्षेत्रफलसँगै उत्पादन बढेका कारण नवलपुरले तोरीमा आफ्नो ‘साख’ पुनः फर्काउँदै गएको छ । गैँडाकोट–४ का रामप्रसाद खनियाले यसपालि गैँडाकोटका प्लटिङदेखि ठूला फाँटमा समेत तोरीखेती गरिएको बताउनुभयो । “अहिले सबैतिर तोरी फूलेको दृश्य देख्न सकिन्छ । विगतमा गहुँ लगाउने खेतमा समेत यसवर्ष तोरी देखिन्छ”, उहाँले भन्नुभयो । खनियाले आफूले पनि यसवर्ष करिब २० कठ्ठा क्षेत्रफलमा तोरीखेती गरेको बताउनुभयो । कावासोती–१७ का नन्दराम गुरौँले तोरीको माग र तेलको मूल्य बढ्न थालेपछि यसतर्फ आकर्षण बढेको बताउनुभयो । “तोरी लगायो भने घरबाटै बिक्री हुन्छ, आम्दानी पनि राम्रो छ”, उहाँले भन्नुभयो, “अरु बाली लगाउँदा सिँचाइ, मल तथा विषादी धेरै हाल्नुपर्छ तर तोरीमा थोरै मेहनत गर्दासमेत राम्रो उत्पादन हुन्छ ।” उहाँले एक बिघामा तोरी लगाउनुभएको छ । कृषि ज्ञान केन्द्र नवलपुरकाअनुसार पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा जिल्लामा तोरीखेती गरिने क्षेत्रफलमा उतारचढाव आएको भए पनि उत्पादकत्व भने लगातार बढेको देखिन्छ । कार्यालयका कृषिप्रसार अधिकृत एवम् सूचना अधिकारी विश्वास काफ्लेले जिल्लामा आर्थिक वर्ष २०७९/८० मा एक हजार एक सय ८५ हेक्टर र आव २०८०/८१ मा १ हजार १ सय ७८ हेक्टर क्षेत्रफलमा तोरीखेती भएको बताउनुभयो । यस्तै, चालु आव २०८१/८२ मा १ हजार १ सय ८७ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको केन्द्रले जनाएको छ । आव २०७९/८० मा जिल्लामा एक हजार दुई सय ८५ मेट्रिक टन तोरीको उत्पादन हुँदा उत्पादकत्व प्रतिहेक्टर एक दशमलव ०८ मेट्रिक टन रहेको सूचना अधिकारी काफ्लेले जानकारी दिनुभयो । आव २०८०र८१ मा एक हजार दुई सय ८३ मेट्रिक टन तोरी र उत्पादकत्व प्रतिहेक्टर एक दशमलव ०९ मेट्रिक टन पुगेको छ । अघिल्ला वर्षमा भन्दा यसवर्ष तोरीको क्षेत्रफलसमेत वृद्धि भएकाले उत्पादकत्वसमेत बढ्ने अनुमान गरिएको काफ्लेको भनाइ छ । उहाँले भन्नुभयो, “किसान बालीप्रति सचेत हुँदै समयमै बीउ छर्ने, मल हाल्ने तथा सिँचाइ गर्ने गरेका कारण निरन्तर उत्पादकत्व बढ्दै गएको छ ।” जिल्लाको बुलिङटार गाउँपालिका र बौदीकाली गाउँपालिकाबाहेक छवटै पालिकामा तोरी उत्पादन हुँदै आएको सूचना अधिकारी काफ्लेले बताउनुभयो । सबैभन्दा बढी कावासोती र गैँडाकोटमा तोरीको उत्पादन भने उहाँले बताउनुभयो ।
कर्णाली: गृहमन्त्री रमेश लेखकले सरकारको मुख्य उद्देश्य दिगो शान्ति, सुशासन कायम गर्नु र आर्थिक समृद्धि रहेको बताउनुभएको छ । गृह मन्त्रालयद्वारा कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगरमा आज आयोजित ‘कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी’लाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले भ्रष्टाचार तथा अपराध नियन्त्रण र विधिको शासन कायम गर्न लाग्नुपर्ने र ती कुरामा कुनैपनि सम्झौता नहुने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रमा अनुशासन र वितरण महत्वपूर्ण हुन्छ । अवसर, सम्भावना र अर्थ वितरण गर्दा जनतालाई सेवा प्रवाहमा सहजता दिन सक्नुपर्दछ ।” औपचारिकता बढी भएर उपलब्धि कम भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले हरेक गतिविधि छोटो तथा परिणाममुखी बनाउन जोड दिनुभयो । उहाँले भन्नुभयो, “शान्ति, सुरक्षा र अपराध नियन्त्रणको समीक्षा गर्न जरुरी छ । हामी समस्याको समाधान गरी निष्कर्ष निकाल्ने पक्षमा छौँ ।” सङ्घीय सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सङ्घीय कानुन बनाउन थालेको तथा त्यसपश्चात् प्रहरी समायोजनको काम अगाडि बढ्ने गृहमन्त्री लेखकको भनाइ थियो । अहिले पनि कर्णाली प्रदेशका सुरक्षा निकायका संरचना प्रदेश बाहिर भएको उल्लेख गर्दै उहाँले स्थानीय तथा प्रदेश सरकारलाई जग्गाको व्यवस्था गर्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “कर्णाली सबैभन्दा ठूलो, सुन्दर, ज्यादा सम्भावना र अवसर बोकेको प्रदेश हो । कर्णाली प्रदेशको शान्ति सुरक्षालाई थप सुदृढ, सक्रिय, स्पष्ट र प्रभावकारी बनाउने कुरामा आवश्यक काम गर्छौँ ।” २ ठूला शक्ति १ ठाउँमा उभिनु मुलुकको आवश्यकता भएको जिकिर गर्दै गृहमन्त्रीले लेखकले संविधानको भावना अनुसार सङ्घीयता कार्यान्वयन गर्न आवश्यक भएको बताउनुभयो । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानको भावना अनुसार सहअस्तित्व, सहकार्य र समन्वय कम भएको र यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । ३ तहको सरकारको यात्रा सामूहिक म्याराथन दौड भएको उल्लेख गर्दै उहाँले संविधानले व्यवस्था गरेबमोजिमका अधिकारलाई सुनिश्चित गर्न सकेमात्र मुलुकले अपेक्षित लक्ष्य पूरा गर्ने बताउनुभयो । प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृह सचिव गोकर्णप्रसाद दुवाडी, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव, सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको छ ।
झापा: सङ्घीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पु¥याउन वर्तमान सरकार प्रयत्नशील रहेको बताउनुभएको छ । सन् २०३० सम्म सबैलाई स्वच्छ खानेपानीको पहुँच विस्तार गर्ने लक्ष्य सरकारले लिएको उल्लेख गर्दै उहाँले ‘१ घर, १ धारा’ नारा अनुसार सबैको घरमा खानेपानी पु¥याउन सरकारले सबै तहको समन्वय र सहकार्यमा काम गरिरहेको बताउनुभयो । दमक–३ को उत्तरी क्षेत्रका बासिन्दालाई लक्षित गरी निर्माण गरिएको बेलडाँगी खानेपानी आयोजना उद्घाटन समारोहमा मन्त्री यादवले देशको सामाजिक, आर्थिक विकासमा खानेपानीको महत्व हुने हुँदा स्वच्छ तथा सुलभ ढङ्गले खानेपानी सेवा उपलब्ध गराउन सरकार लागिपरेको स्पष्ट पार्नुभयो । जलस्रोतमा नेपाल धनी भए पनि त्यसको प्रचुर उपलब्धतालाई उपयोगमा ल्याउन नसकिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अब नागरिकले खानेपानी चाहियो भन्दै आन्दोलन गर्नु पर्दैन, सरकार खानेपानीको दिगो विकास लक्ष्य पूरा गर्न प्रतिबद्ध छ ।” खानेपानी आयोजनामा उपभोक्तासहित सङ्घीय सरकारको करिब रु ५० करोड लगानी रहेको छ । यसमा उपभोक्ताको १० प्रतिशत र सरकारको ९० प्रतिशत लगानी छ । नवनिर्मित खानेपानी आयोजनाबाट दमक–२, ३ र ४ वडाका ६ हजार ५ सय २१ घरधुरी गरी २६ हजार सात सय जनाले खानेपानीको सुविधा पाउने सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका निमित्त आयोजना प्रमुख सुरतलाल चौधरीले जानकारी दिनुभयो । सो आयोजना आर्थिक वर्ष २०७६÷७७ मा निर्माण थालिएको हो । योसँगै दमकमा तीनवटा खानेपानी आयोजना सञ्चालनमा आउने उहाँको भनाइ थियो । यस खानेपानी आयोजनाले दमकको उत्तरी क्षेत्रका बासिन्दाको वर्षौंदेखि स्वच्छ खानेपानीको समस्या समाधान भएको बेलडाँगी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष गेहनाथ पोख्रेलले बताउनुभयो ।
पोखरा: नेपाली कांग्रेस कास्कीले कास्कीमा पार्टीको एक सय दिने विशेष अभियानका लागि प्रतिनिधि खटाएको छ । कास्की कांग्रेसले कास्कीका ७२ वटा इकाइमा संयोजक सहित प्रतिनिधि खटाएको सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । सहसचिव एवं प्रवक्ता सिग्देलका अनुसार, अभियानका क्रममा गर्नुपर्ने कामका बारेमा सोमबार कार्यक्रम गरी अभिमुखीकरण गरिएको छ । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अभियानका कास्की प्रतिनिधि गोविन्द भट्टराईले पार्टी विचार र सिद्वान्तले चल्ने बताए । कांग्रेसले मात्र देश र जनताको हितमा काम गर्ने उनको भनाइ छ । कास्की काँग्रेसले जिल्ला कार्यसमिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्र, प्रदेश, महानगर पालिका र गाउँ पालिका सभापतिहरुको संयुक्त बैठक बसेर सुझाव संकलन गरी प्रतिनिधि खटाएको हो । वडामा पुगेका प्रतिनिधिहरुले विभिन्न १० वटा बुँदामा छलफल गरी पार्टीलाई प्रतिवेदन बुझाउनुपर्ने कास्की कांग्रेस सभापति किशोरदत्त बरालले बताए । ‘अभियान प्रभावकारी रुपमा संचालन हुन्छ, सभापति बरालले भने, अभियानले पार्टी शशक्त बनाउन ठूलो सहयोग गर्ने छ ।’
तनहुँ: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले सुशासनका पक्षमा काम गर्नुपर्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आर्थिक समृद्धि हासिल गर्न सुशासन महत्वपूर्ण भएको उल्लेख गर्नुभयो । आर्थिक समृद्धिको लक्ष्य लिँदै सुशासन र जनताको पक्षमा काम गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उपमहासचिव पुनको भनाइ थियो । उहाँले सरकारले यसका लागि गर्ने हरेक कार्यमा आफ्नो पार्टीको साथ रहने बताउनुभयो । “सरकारले राम्रो काम गरोस् भन्ने हाम्रो चाहना हो । सरकारले जनताका पक्षमा र सुशासनका पक्षमा काम गर्नुपर्छ । यस्तो कार्यमा हाम्रो साथ र समर्थन रहनेछ । माओवादी पार्टी अहिले सरकार फेरबदलमा लाग्दैन”, उपमहासचिव पुनले भन्नुभयो । उहाँले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै भएका तर वर्तमान शासन व्यवस्थाका बारेमा कुरा उठ्न थालेकाले यसको सुधार आवश्यक रहेकामा उहाँको जोड थियो । उपमहासचिव पुनले भन्नुभयो, “व्यवस्था त बदलियो तर अवस्था बदलिएन, हामी २०८४ को चुनावमा यही ‘एजेन्डा’ लिएर जनतामाझ जानेछौ । जनताले खोजेको पनि यही हो । अहिले हामी सङ्गठन सुधारको अभियानमा लागिरहेका छौँ।”
झापा: प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३, स्थित बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको छ । २ दिवसीय भ्रमणका क्रममा आइतबार गृहजिल्ला आउनुभएका प्रधानमन्त्री ओलीले आज यहाँ खानेपानी आयोजनाको उद्घाटन गर्दै सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । जनताले घरमै धारो खोलेर पानी खान पाउँदा आफूलाई आनन्द लाग्ने बताउँदै सम्पूर्ण देशवासीलाई गुणस्तरीय पानीको व्यवस्था गर्न आफ्नो नेतृत्वको सरकार क्रियाशील रहेको उहाँले बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले मुलुकका प्रमुख दुई ठूला दल मिलेर सरकार बनेपछि राजनीतिक स्थिरता र विकास निर्माण सुनिश्चित भएको प्रसङ्ग उल्लेख गर्दै विकास निर्माणका क्रममा लामो समयदेखि झेल्नुपरेका अवरोध र बाधाव्यवधान अन्त्य गरी अधुरा योजना तथा कार्यक्रम सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अघि बढेको स्पष्ट गर्नुभयो । उहाँले देशव्यापी रूपमा बिजुली, कृषि, सञ्चार, उद्योग, सरसफाइलगायतका अभियान सञ्चालन गरी मुलुक र जनताका पक्षमा सकारात्मक परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “देश बनाउन हामी सबै एकताबद्ध हुनुपर्छ । हामीले बाँदरले जस्तो आफ्नो घर नबनाउने र अरूको घर भत्काउने गरेमा देश बन्दैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी विभिन्न पार्टीसँग आबद्ध हुन सक्छौँ तर विकास निर्माणका काममा एक हुनुपर्छ । यस क्षेत्रका जनताको प्रतिनिधि म फेरि प्रधानमन्त्री भएको छु, देशका लागि थप केही गर्छु, तपाईंहरुको पनि नाम विश्वमा राख्छु, यसमा ढुक्क भइदिन सबैसँग अनुरोध गर्दछु ।” कुल रु ५० करोड ७ लाख ९२ हजार लागतमा निर्मित सो खानेपानी आयोजनाबाट नगरपालिका–२, ३ र ४ का ६ हजार ५ सय २१ घरघुरीका २६ हजार ७ सय ४३ जनसङ्ख्या लाभान्वित हुनेछन् । कार्यक्रममा आयोजनाका लागि जग्गा दिने स्थानीयवासीलाई सम्मान गरिएको थियो । सो अवसरमा प्रथम महिला राधिका शाक्य, नेकपा ९एमाले० का उपाध्यक्ष युवराज ज्ञवाली, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, सङ्घीय खानेपानीमन्त्री प्रदीप यादव, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिसहित स्थानीय जनताको उल्लेख्य उपस्थित थियो ।

