काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले आज तीन जनाको नाम सिफारिस गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तको संयोजकत्...

काठमाडौंमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।   मंगलबार भएको दोस्रो खेलमा चितवनले पोखरालाई १ सय ६२ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो ।    टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो ।   चितवनका लागि रवि बोपाराले सर्वाधिक ५१ रन बनाए । बोपारले ३८ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए ।    कप्तान कुशल मल्लले २३ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३८ रन बनाए ।    ल्युक बेनकेनस्टेनले १३ बलमा १६ रन बनाए । ओपनर हसन इसाखिलले १० बलमा १४ रन जोडे ।   पोखराका लागि विपिन खत्री, बास डि लिडे र रेमन रेइफरले समान २ तथा सागर ढकालले १ विकेट लिए । आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले पराजित गरेको थियो ।  

कर्णाली:     कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अपाङ्गता भएका व्यक्तिप्रति राखिने सामाजिक हेयको दृष्टिकोण पूर्णरुपले बदल्नुपर्ने बताउनुभएको छ । ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएको व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार’ भन्ने नारासहित अपाङ्गता भएका व्यक्तिहरुको ३३औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा मुख्यमन्त्री कँडेलले उनीहरुको हक, अधिकार सुनिश्चितताका लागि सामाजिक सचेतना निर्माण गर्नुपर्ने बताउनुभएको हो । आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “संविधानले अपाङ्गता भएका व्यक्तिलाई अन्य नागरिक सरह राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका सम्पूर्ण अधिकार सुनिश्चित गरेको छ ।  यसमा उनीहरुको अन्तरनिहित क्षमता, सीप र दक्षतालाई प्रदेशको विकास र समृद्धिको अभियानमा परिचालन गर्न आवश्यक छ । जसमा तीनै तहका सरकारबीच समन्वय गरी आवश्यक नीति, योजना र कार्यक्रममार्फत विकासको मूल प्रवाहमा अपाङ्गता भएका व्यक्तिलाई समेट्नुपर्छ ।” जन्मजात वा जन्मपश्चात् एवं नेपालको लोकतान्त्रिक आन्दोलनका साथै अन्य विपद्का घटनामा परी अङ्गभङ्ग हुनुभएका कर्णालीवासी नागरिकको शिक्षा, स्वास्थ्य र रोजगारीको समुचित प्रबन्ध, सामाजिक सुरक्षा, न्याय र सम्मानपूर्वक जीवनयापनका लागि प्रदेश सरकारको तर्फबाट कानुनी तथा नीतिगत प्रबन्धमा गर्न आफू प्रतिबद्ध रहेकोसमेत मुख्यमन्त्री कँडेलले उल्लेख गर्नुभएको छ ।

 काठमाडौं:    नेपाल प्रिमियर लिग ९एनपीएल०मा ‘बेटिङ’ गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा बेटिङ गराएको आरोपमा भारत बिहारका ४ जना पक्राउ परेका हुन् ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० का प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बागटीका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिकहरु  २४ वर्षीय सुमन भोज, २५ वर्षीय अमित यादव, २४ वर्षीय सुमन कुमार र २५ वर्षीय ब्रजेस कुमार छन् ।  उहाँले भन्नुभयो, “सुमन भोज र अमित यादवलाई सोमबार पक्राउ गरिएको हो भने सुमन कुमार तथा ब्रजेस कुमारलाई आज पक्राउ गरिएको हो । उनीहरुबिरुद्ध सट्टेबाजी गर्न नहुने कसुरमा म्याद थपका लागि अदालत लगिएको छ ।”

दोलखा:     बाढी, पहिरोजस्ता प्राकृतिक विपद्बाट सुरक्षित रहन स्थानीयस्तरमै प्रभावमा आधारित मौसम पूर्वानुमान गर्नसक्ने नागरिक वैज्ञानिक अभियानलाई देशव्यापी बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।  एसियाली पूर्वतयारी केन्द्र ९एडिपिसी० को सहयोगमा भीमेश्वर नगरपालिका, इन्स्टिच्युट अफ हिमालयन रिक्स रिडक्सन (आइएचआरआर)र स्मार्टफोन फर वाटर नेपाल (एस४डब्लु)को संयुक्त पहलमा सञ्चालन गरिएको ‘भिक्टोरी’ नामक परियोजनामार्फत तयार गरिएका नागरिक वैज्ञानिकहरुको दीक्षान्त समारोहका सहभागी वक्ताहरुले सो आवश्यकतामा जोड दिएका हुन् ।  नागरिक वैज्ञानिकहरुले सम्प्रेषण गरेका मौसमी सूचनाका आधारमा पूर्वतयारी गर्दा जनधनको क्षति कम गर्न सकिएकाले यसलाई निरन्तरता दिनुपर्ने उहाँहरुको भनाइ रहेको छ ।  नगरपालिकाका नौवटै वडाका ५÷५ जना गरी ४५ जना सर्वसाधारणलाई प्रशिक्षित गरी साधारण उपकरणमार्फत गत जुनदेखि अक्टोबरसम्मको वर्षा मापनको सूचना सङ्कलन गरी त्यसका आधारमा मौसम पूर्वानुमान गरिएको थियो ।  हाल यो कार्यक्रम बर्दियाको बारबर्दिया नगरपालिकामा पनि ४५ जना नागरिक वैज्ञानिकमार्फत बाढी मापनमा मौसमी पूर्वानुमानको कार्य भइरहेको छ ।   कार्यक्रममा नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले पहिरोको उच्च जोखिममा रहेको पालिकालाई विपद् व्यवस्थापनयुक्त बनाउन नागरिक वैज्ञानिक अभियान निकै प्रभावकारी देखिएकाले यसलाई निरन्तरता दिँदै छिमेकी पालिकाहरुमा पनि विस्तार गर्नुपर्ने बताउनुभयो ।  आइएचआरआरका कार्यकारी निर्देशक सुरज गौतमले साधारण प्रविधि र तालिम प्रदान गरी स्थानीयस्तरमै नागरिक वैज्ञानिक तयार गर्दा विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सकिने भीमेश्वर नगरपाकिलाबाट प्राप्त अनुभवका आधारमा यस वर्ष मनाङ र लमजुङका दुई पालिकामा पनि नागरिक वैज्ञानिक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । एस ४ डब्लुका डा सञ्जीव न्यौपानेले नागरिक वैज्ञानिक कार्यत्रमलाई देशभरि विस्तार गर्न सकिएको मौसमी विपद्बाट बर्सेनि हुने जनधनको क्षति न्यूनीकरण गर्न सकिने धारणा राख्नुभयो ।  जल तथा मौसम विज्ञान विभागका मौसमविद् सरोज पुडासैनीले स्थानीयस्तरबाटै प्राप्त मौसमी सूचनाका आधारमा मौसम पूर्वानुमान गरिने हुँदा यसलाई अझ भरपर्दो र व्यवस्थित गराउन सकिएमा प्रकृतिक विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सकिने बताउनुभयो । नगरपालिकाका वरिष्ठ इन्जिनियर सुरेश राउतले विपद् व्यवस्थापनमा नागरिक वैज्ञानिक कार्यक्रमको निकै प्रभावकारी रहेकाले आगामी दिनमा पनि पालिकाले निरन्तरता दिने बताउँदै यस्ता सफल अभ्यासहरुलाई पुस्तान्तरण गर्दै लैजानुपर्छ भन्नुभयो ।  नागरिक वैज्ञानिक यदुनाथ न्यौपाने र कमला ओलीले विपद्बाट जनताको जीउधन र राज्यका भौतिक सम्पत्तिको सुरक्षा गर्ने कार्यमा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै यस कार्यक्रमलाई पालिकाले निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा नागरिक वैज्ञानिकहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।  

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ जनक्रान्तिका सहिदका स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली प्रकट गर्नुभएको छ ।  चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँले आज बेइजिङको तियानमेनस्क्वायरस्थित चिनियाँ जनक्रान्तिका सहिदहरुको स्मारकमा पुष्पहार अर्पण गर्नुभएको हो ।  चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली सोमबार बेइजिङ आइपुग्नुभएको हो ।  भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  यसअघि प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्नुका साथै नौ बुँदे सहमतिमा हस्ताक्षर गर्नुभएको छ ।  प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर २० गते स्वदेश फर्कने तालिका छ ।

काठमाडौंमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई पराजित गरेको छ ।   १ सय ८३ रनको बलियो लक्ष्य पछ्याएको विराटनगरलाई १६.१ ओभरमा ९२ रनमा अल आउट गर्दै ९० रनले सुदूरपश्चिम रोयल्सले जीत निकालेको हो ।   यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८२ रनको बलियो योगफल तयार गरेको थियो ।  

कृषिमा भित्रिएको आधुनिक प्रविधिले गर्दा गाउँघरमा दाइँ गर्ने परम्परा लोप हुँदै जान थालेको छ ।   केही वर्ष अघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ हाल्दै आएका धनुषाका अधिकांश किसानहरु पछिल्लो समय आधुनिक थ्रेसर मेशिन र ट्रयाक्टरका सहायताबाट धान चुट्न थालेपछि दाइँ परम्परा लोप हुन लागेको हो ।   खेती किसानी पनि गर्दै आउनु भएका जिल्ला समन्वय समिति धनुषाका पूर्वसभापति रामदेव यादवले पछिल्लो समय किसानले गोरु पाल्न छाडेपछि थ्रेसर र ट्रयाक्टरको सहायताले दाइँ गर्न थालिएको बताउनुभयो ।   उहाँले भन्नुभयो, “एक दशक अघिसम्म खेतका फाँटमा खलो बनाई धान, मसुरो, तोरी, गहुँलगायतका अन्न झाँटेर बोटमा बाँकी बसेका अन्न झार्नका लागि मियोका वरिपरि गोरु घुमाई दाइँ गर्ने परम्परा थियो । तर पछिल्लो समय गोरुको अभाव र कृषिमा भित्रिएको आधुनिक प्रविधिका कारण गाउँमा दाइँ गर्ने परम्परा हराउँदै जान थालेको छ ।”   गाउँघरमा अर्मपर्म गरेर खेती लगाउने, खेती थन्काउने चलन हट्न थालेपछि ट्रयाक्टरले खेत जोत्न र थ्रेसरले धान चुट्न थालिएको क्षीरेश्वरनाथ नगरपालिका–४ का किसान जगदीश यादवले बताउनुभयो ।   उहाँका अनुसार कृषिमा प्रविधिको विकासले गाउँघरबाटै दाइँ संस्कृति हजाउँदै जान थालेको छ ।   थ्रेसर मेसिन, ट्रयाक्टर हलोको प्रयोगले किसानको समय, श्रम र पैसाको बचत भए पनि मौलिक संस्कृति भने हराउन थालेको मिथिला नगरपालिका–६ ढल्केवरका ज्येष्ठ नागरिक रामवरण महतोको धारणा छ ।   उहाँ भन्नुहुन्छ, “मेसिनको सहायताले दाइँ गर्दा त्यसले उडाएको भुसले वातावरणमा नकारात्मक प्रभाव पर्नुको साथै जनस्वास्थ्यमा समेत असर परेको छ ।   श्वासप्रश्वासको समस्या भएका बालबालिका र वृद्ध नागरिकलाई असर गरेको छ । आँखामा धुलो परेर समस्या सिर्जना हुने गरेको पनि छ । तर खेतमै खलो बनाई दाइँ गर्दा त्यस्तो समस्या हुँदैनथ्यो ।”    युवा शक्ति विदेश पलायन हुनु, गाउँघरमा गोरु र काम गर्ने मान्छे पाउन सकस हुनु र पाइएका खेतालाको ज्याला खर्च महँगो भएकाले पनि जिल्लाका किसानले कृषि यन्त्रको प्रयोग बढाएका हुन् ।   यसबाट अन्न झार्ने तथा पराल भुसा वा नल एकैपटकमा माडिने हुँदा समय, श्रम र पैसाको बचत हुने गरेको किसान स्वयं बताउँछन् । धान उत्पादनमा वृद्धि हुने अनुमान यसैबीच मधेश प्रदेशमा यसवर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ ।   मधेशका आठवटै जिल्लाबाट गतवर्षको तुलनामा यसवर्ष कूल दुई लाख पाँच हजार २५१ मेट्रिक टन बढी धान उत्पादन हुने मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय जनाएको छ । मन्त्रालयका प्रवक्ता वरिष्ठ कृषि प्रसार अधिकृत रोशनकुमार मेहताका अनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा १२ लाख ९६ हजार छ सय सात मेट्रिक टन धान उत्पादन भएको थियो ।   उहाँले चालु आर्थिक वर्ष २०८१÷८२ मा १५ लाख दुई हजार चार सय ५८ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको जानकारी दिनुभयो ।   गत वर्षभन्दा यस आवमा धान रोपाइँ बढी क्षेत्रफलमा भएको हुँदा उत्पादनमा समेत वृद्धि हुने बताइएको छ । कषि प्रसार अधिकृत मेहताले गत वर्षको तुलनामा यस वर्ष पाँच हजार २६४ दशमलव पाँच हेक्टर क्षेत्रफल बढीमा धानबाली लगाएको जानकारी दिनुभयो ।   आव २०८०/८१ मा तीन लाख ७० हजार ३५० हेक्टर क्षेत्रफलमा धानबाली लगाएको थियो भने चालु आवमा तीन लाख ७५ हजार ६१४ दशमलव पाँच हेक्टर क्षेत्रफलमा धान रोपिएको उहाँले जानकारी दिनुभयो ।   धानबाली लगाएको क्षेत्रफल र उत्पादन हुने अनुमान गरिएको आधारमा यस वर्षमा शून्य दशमलव पाँच मेट्रिक टन प्रतिहेक्टर धान उत्पादनमा वृद्धि हुने देखिएको छ ।   गतवर्ष तीन दशमलव ५० मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको थियो भने यसवर्ष प्रतिहेक्टर चार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ ।

काठमाडौँ:    भारतको भ्रमणमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र उहाँका भारतीय समकक्षी पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिपसिंह पुरीबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ ।   सोमबार अपराह्न उहाँहरूबीच भएको भेटवार्तामा दुई पक्षीय हितका साथै पारस्परिक चासोका विविध विषयमा कुराकानी भएको मन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ ।   उहाँहरूबीच नयाँ पूर्वाधार योजनाअन्तर्गत सिलीगुडी–झापा र अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइपलाइन निर्माणबारे छलफल भएको थियो ।   साथै उहाँहरूले विगतमा दुई देशबीच भएका सम्झौता तथा तिनको कार्यान्वयनका सम्बन्धमा पनि छलफल गर्नुभएको थियो ।   यसैबीच,सर्लाहीको ग्यास पाइपलाइन निर्माण, त्रिभुवन विमानस्थलको इन्धन डिपो स्थानान्तरण, भारतीय आयल कर्पोरेशन लिमिटेड र नेपाल आयल निगमबीचको साझेदारीलगायत विषयमा छलफल भएको तथा दुवै निकायद्वारा प्रस्तुत एकीकृत प्रतिवेदन प्राप्त भएपछि सक्दो सहयोग गर्न भारत तत्पर रहेको मन्त्री पुरीले बताउनुभएको मन्त्री भण्डारीले नयाँदिल्लीबाट राससलाई बताउनुभयो   । त्यसैगरी, द्विपक्षीय सरकारी संयन्त्रका सबै बैठक नियमित रूपमा गर्न दुवै पक्ष सहमत भएका उहाँले बताउनुभयो ।   भारतीय पक्षले नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्री भण्डारीले जानकारी दिनुभयो ।

काठमाडौँ:  सुनको मूल्य प्रतितोला रू एक हजारले बढेको छ ।   सोमबार प्रतितोला रू एक लाख ४९ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर रू एक लाख ५० हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।   आज चाँदीको मूल्य पनि बढेको छ ।   हिजो प्रतितोला रू एक हजार आठ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आज रू एक हजार आठ सय ४५ कायम भएको छ ।