क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी
नवलपरासी | पुस २२, २०८१

नवलपरासी: पश्चिम नवलपरासीको कारागारमा क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदिबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ ।
कारागारमा एक सय ७५ कैदिबन्दी राख्ने क्षमता भए पनि हाल पाँच सय ६५ जना राख्नु परेको कार्यालयका प्रमुख विकल श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार २५ महिला र एक सय ५० पुरुष कैदिबन्दी राख्ने क्षमता भएको कारागारमा हाल तीन जना पाँच वर्षभन्दा मुनीका बालबालिका, ९२ जना महिला र चार सय ७० जना पुरुष छन् ।
कैदीबन्दीहरूको सङ्ख्या बढी भएपछि उनीहरुको व्यस्थापनमा समेत समस्या भएको कारागार प्रशासनले जनाएको छ ।
आवश्यक सङ्ख्यामा स्थानान्तरणका लागि विभागलाई जानकारी गराए पनि अन्य जिल्लामा पनि त्यस्तै अवस्था रहेकाले स्थानान्तरण गर्न समस्या भएको कारागार कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ ।
“रुपन्देही र कपिलवस्तुका कारागारमा महिला कैदिबन्दीलाई राख्ने ठाउँ नभएपछि यतै पठाउने गरिएको छ, यसले व्यवस्थापनमा समस्या भएको छ”, उनले भने ।
पोखरा: जेन–जी आन्दोलनका क्रममा कास्कीमा ९२ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचनामार्फत जनाएको छ । कार्यालयले घाइते लाई परिचयपत्र र भैपरी खर्च वितरण गरिने पनि बताएको छ । ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले एटीएमबाट दिने सुविधाका सीमाहरूलाई फेरबदल गरेको छ। राष्ट्र बैंकले शुक्रबार भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै प्रिपेड, डेबिट र क्र...
काठमाडौं: आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले जितका लागि १३२ रनको लक्ष्य पाएको छ। ओमानको एल एमिरेट क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ...