काठमाडौं:   विभिन्न १० वटा वामपन्थी पार्टीको एकताबाट गठन भएको ‘नेपाली कम्युनिष्ट पार्टी’ले नेतृत्व विकास र हस्तान्तरणको वैज्ञानिक विधि स्थापित गर्दै पार्टी पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने भ...

म्याग्दी:    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्राकृतिक स्रोतसाधनको समुचित प्रयोगबाटै मुलुकको आर्थिक विकास सम्भव हुने बताउनुभएको छ ।      बेनीमा आजदेखि सुरु आठौँ म्याग्दी महोत्सव एवं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०८१ को उद्घाटन गर्नुहुँदै देउवाले जल, जमिन र जङ्गलको सदुपयोगबाट रोजगारी सृजना र आयआर्जजनका  अवसर सिर्जना गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।       “प्राकृतिक स्रोतसाधनको व्यवस्थापनमा निजी क्षेत्रलाई सहभागी बनाउने नीति निर्माणका लागि राजनीतिक रुपमा प्रयास भएको छ”, उहाँले भन्नुभयो, “लगानीमैत्री वातावरण बनाएर उद्योग व्यवसायलाई घरासायी हुनबाट बचाउन नीतिगत सुधारको काम थालेका छौँ ।” उद्योग, व्यवसायीको पीरमर्का सम्बोधन गर्न र हकहितका लागि नेपाली कांग्रेस सधैँ साथमा रहने उहाँले प्रतिबद्धता जनाउनुभयो ।      फरक प्रसङ्गमा देउवाले म्याग्दी हुँदै ढोरपाटन जोड्ने सडकलाई मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक आयोजनाका रुपमा विकास गर्न बजेट व्यवस्थापन गर्न सम्बद्ध मन्त्रालयमा पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।       बेनीको खुलामञ्च खेलमैदानलाई स्तरोन्नति गर्ने, बेनी अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणलाई पूर्णता दिने, मालढुङ्गा–बेनीलगायत सडक आयोजनालाई गतिदिने, बेनीबजार संरक्षणका कामलाई बजेट व्यवस्था गर्न पहल गर्ने देउवाले प्रतिबद्धता जनाउनुभयो ।       म्याग्दी उद्योग वाणिज्य सङ्घको मूल आयोजनामा माघे सङ्क्रान्ति पर्वका अवसरमा महोत्सव आयोजना गरिएको हो । चीन र भारतको व्यापारिक प्राचीन रेशमी मार्ग र ‘साल्ट टे«ड रुट’का रुपमा परिचित कालीगण्डकी करिडोरको एक प्रमुख व्यापारिक केन्द्र बेनीको महत्वलाई झल्काउने तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।      दस दिनसम्म सञ्चालन हुने महोत्सवमा एक लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र रु १० करोड बराबरको व्यापारिक कारोबार हुने अनुमान गरिएको छ । म्याग्दीको पर्यटन, कृषि, जलविद्युत्, खनिज, वन पैदावारजन्य उद्योग व्यवसायमा लगानी भित्र्याउन, संस्कृति संरक्षण, प्रतिभा पहिचान, प्रवर्द्धन र खेलकुदलाई पनि महोत्सवसँग जोडिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।        स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय औद्योगिक, कृषि तथा पशुजन्य उत्पादनको प्रर्दशनी, पुरुष–महिला भलिबल, बास्केटबल, लोकदोहोरी गीत, कलाकारहरुको प्रस्तुति महोत्सवका आकर्षक रहने म्याग्दी उद्योग वाणिज्य सङ्घले जनाएको छ । पुख्र्यौली नाच, रत्यौली गीत, भजन, म्याग्दी आइडल, एकल लोकनृत्य, जतजातिको भाँकी प्रदर्शनी पनि आयोजना गरिएको छ ।    

काठमाडौं:   जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिकमा राख्न आदेश दिएको छ ।           न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार १० बजे इजलासमा निजलाई उपस्थित गराउन आदेश गर्दै न्यायिक हिरासतमा राख्न आदेश गरेको हो । आज थुनछेक बहस नभएकाले लामिछानेलाई हिरासतमा पठाइएको हो ।      “काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा जिल्ला अदालतमा उपस्थित हुनुभएका रास्वपाका सभापति लामिछानेको आजका लागि बयान लिने काम भयो,” काठमाडौँ अदालतमा स्रेस्तेदार रामु शर्माले भन्नुभयो, “भोलि १० बजे इजलासमा उपस्थित गराउने गरी प्रहरीको जिम्मा लगाउने आदेश भएको छ ।”

काठमाडौं:     वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसमक्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्थापितहरुको समस्या समाधान आयोग–२०८१ ले प्रतिवेदन बुझाएको छ । समितिका अध्यक्ष जयानन्द पनेरुले आज मन्त्रालयमा उक्त प्रतिवेदन मन्त्री शाहीलाई बुझाउनुभएको हो ।      सरकारले गत असोज २ गते मन्त्रिपरिषद्स्तरीय निर्णयबाट तीन महिनाको कार्यावधि तोकी सो आयोग गठन गरेको थियो ।  उच्च अदालतका पूर्वन्यायाधीश पनेरु अध्यक्ष रहनुभएको आयोगमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा, भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका प्रमुख मालपोत अधिकृत लक्ष्मणबहादुर कठायत, नापी कार्यालय कञ्चपनुरका प्रमुख नापी अधिकृत किशनसिंह विष्ट, डिभिजन वन कार्यालय कञ्चपनुरका डिभिजनल वन अधिकृत रामविचरी ठाकुर सदस्य हुनुहुन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय कञ्चनपुरका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साह सदस्य–सचिव हुनुहुन्छ ।       आयोगले गत असोज ७ गतेदेखि काम आरम्भ गरी तोकिएको समयमा रायसहितको प्रतिवेदन तयार गरी सो प्रतिवेदन मन्त्रीसमक्ष पेस गरेको जनाएको छ । 

पोखरा:  नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको १९ औं स्थापना दिवसको अवसरमा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।    पोखरा पुस्तक तथा स्टेशनरी संघले सामाजिक उत्तरदायित्व अन्तरगत पोखरा–१६ स्थित दिव्यज्योती आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई शैक्षिक समाग्री सहयोग गरेको हो ।   सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले विद्यार्थीहरूको पठनपाठनलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।    उनले यस्ता कार्यक्रमहरूलाई अझ निरन्तरता दिनुपर्नेमासमेत जोड दिए ।   यस्तै पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष कृष्णप्रसाद पोखरेलले महासङ्घको उद्देश्य, भूमिका, र समाजमा यसले पु¥याउँदै आएको योगदानबारे चर्चा गरे ।    सोही कार्यक्रमकाबीच विद्यालयको पुस्तकालयलाई समृद्ध बनाउन पुस्तकहरूसमेत उपलब्ध गराएको पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी  संघका अध्यक्ष गोविन्द गौतमले जानकारी दिए ।   उक्त सामग्रीको अभाव झेलीरहेका विद्यार्थीहरूलाई प्रत्यक्ष फाइदा पु¥याउने विश्वास व्यक्त गरे ।   अध्यक्ष गौतमले शिक्षा क्षेत्रमा योगदान पु¥याउने उद्देश्यसहित सहयोग गरेको बताउदै उक्त कार्यले प्रेरणादायक भूमिका खेल्ने उल्लेख गरे ।   कार्यक्रममा महासंघका केन्द्रीय सदस्य सूर्य मोहन आचार्य, विद्यालयकी प्राचार्य लक्ष्मी खनाल, गोपाल गिरी, नन्दा गुरुङ, छविलाल आचार्य लागायतले बोलका थिए ।   पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी  संघका अध्यक्ष गोविन्द गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा पोखरा पुस्तक तथा स्टेशनरी संघका उपाध्यक्ष ध्रुव पोखरेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने, सचिव राम सुवेदीले कार्यक्रमको संचालन गरेका थिए ।  

काठमाडौं:   महान्यायाधिवक्ता कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा फैसला भएका मुद्दामध्ये ६८ दशमलव २७ प्रतिशत सफलता हासिल गरेको जनाएको छ ।             महान्यायाधिवक्ता कार्यालयले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गरेपछि आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।  “उक्त आवमा सरकारी वकिल कार्यालयहरुबाट कूल ७० हजार दुई सय ८४ जना प्रतिवादीउपर ४५ हजार ९१ मुद्दा अभियोजन गरिएको छ”, वार्षिक प्रतिवेदनमा भनिएको छ, “अनुसन्धान सम्पन्न भई रायसहित प्राप्त हुन आएका मुद्दामध्ये सात दशमलव८८ प्रतिशत मुद्दा नचलाउने निर्णय भएको छ, जुन गत आर्थिक वर्षको तुलनामा वृद्धि भएको छ ।”        उक्त आवमा नेपाल सरकारवादी भई मुद्दा चलाउन गरी निर्णय भएको मुद्दाको सङ्ख्या ४४ हजार आठ सय ११ र प्रतिवादी सङ्ख्या ६९ हजार छ सय ३५ छ ।  महान्यायाधिवक्त कार्यालय र मातहतका कार्यालयहरुसँग ५५ वटा विषयमा कानुनी राय माग भएकामध्ये ४५ वटा विषयमा कानुनी राय सल्लाह उपलब्ध गराइएको जनाइएको छ । अभियोजन प्रक्रियालाई वैज्ञानिक प्रमाणमा आधारित बनाउन र फौजदारी न्याय प्रणालीलाई थप सुदृढ गर्न कार्यालयले विभिन्न नीतिगत सुधार गरेको प्रतिवेदनमा छ ।             महान्यायाधिवक्ता रमेश बडालले नेपालको संविधान र सरकारी वकिलको काम कारबाहीसँग सम्बन्धित कानुनले सरकारी वकिलको कार्यक्षेत्रमा गरेको विस्तार, अपराधको नवीनतम् प्रवृत्ति र प्रविधिले ल्याएको नयाँ कसुरको नियन्त्रण र निवारणका लागि अनुसन्धानकर्ता र अभियोजनकर्ताको क्षमता विकास गर्न आवश्यक रहेको बताउनुभयो ।             अपराध अनुसन्धान निकाय र सरकारी वकिलबीचमा निरन्तर सहयोग, सहकार्य र समन्वय अपरिहार्य र फौजदारी न्यायको प्रभावकारिताका लागि अदालत तथा न्यायिक निकाय, अभियोजनकर्ता र प्रतिरक्षी कानुन व्यवसायीको संस्था नेपाल बार एशोसिएसनसँग निरन्तर समन्वयको आवश्यकता रहेको बताउनुभयो ।              “अभियोजन प्रणाली शुद्ध गर्न र प्रभावकारी प्रतिरक्षालगायतका कार्यमा महान्यायाधिवक्ताको कार्यालय सदैव प्रतिबद्ध छ”, महान्यायाधिवक्ता बडालले भन्नुभयो, “सरकारी वकिलको व्यावसायिक उन्मुक्ति स्वतन्त इमानदारिता निष्पक्षता तथा सदाचारजस्ता मान्यताहरुलाई आत्मसात् गर्दै भरोसायुक्त र पीडितमैत्री सङ्गठनका रुपमा सरकारी वकिल कार्यालयहरूलाई अझ सुदृढ गर्न निरन्तर कियाशील छ ।”        नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताले प्रत्येक वर्ष आफूले सम्पादन गरेको कामको वार्षिक प्रतिवेदन तयार गरी राष्ट्रपतिसमक्ष पेस गर्ने व्यवस्था छ ।

काठमाडौं:    हावाको वेग बढ्दै गएर आगोलाई पहिले नछोएका क्षेत्रहरूतर्फ धकेलिरहँदा दमकलकर्मीहरू शनिबार लस एन्जलस वरिपरिका विशाल डढेलोहरू नियन्त्रण गर्न समयसँगै दौडिरहेका थिए ।       सहरभर फैलिएको आगलागीबाट कम्तीमा १६ जनाको मृत्यु भएको पुष्टि भएको छ । आगलागीले समुदायहरूलाई तहसनहस पारेको छ र हजारौँ दमकलकर्मीहरू र लाखौँ क्यालिफोर्नियाका बासिन्दाहरूको साहसको परीक्षा लिइरहेको छ ।      हवाई कर्मचारीहरूबाट सटीक उडानहरू सहित वीरतापूर्ण प्रयासहरू भए पनि पालिसेड्स आगलागी शनिबार बढ्दै गयो र यो पूर्वमा गेट्टी सेन्टर कला सङ्ग्रहालयको अमूल्य सङ्ग्रहहरू र उत्तरमा घना जनसङ्ख्या भएको सान फर्नान्डो उपत्यकातर्फ फैलिँदै छ ।       सारा कोहेनले लस एन्जलस टाइम्सलाई आफ्नो टार्जानास्थित घरमाथिको खतराबारे भन्नुभयो, “हामी चिन्तित छौँ, जब–जब उनीहरूले पानी खसाल्छन्, स्थिति राम्रो हुन्छ तर फेरि खराब हुन्छ ।”      मन्डेभिल क्यानियन क्षेत्रका फुटेजमा एउटा घर जलिरहेको देखाइएको छ । हावाको छोटो विश्राम द्रुत गतिमा हावाहुरीमा परिणत भइरहेको छ र यसले मौसम पूर्वानुमानकर्ताहरूका अनुसार आगामी दिनहरूमा आगलागीलाई बढाउनेछ ।      “दुर्भाग्यवश दक्षिणी क्यालिफोर्नियाका लागि आज फेरि गम्भीर आगो–मौसमको अवस्था बढ्नेछ र कम्तीमा अर्को हप्ताको सुरुसम्म रहनेछ”, राष्ट्रिय मौसम सेवाले भन्यो, “यसले चलिरहेका आगलागीहरूको विस्तार साथै नयाँ आगलागीहरूको विकासमा योगदान पु¥याउन सक्छ ।”      जीवित व्यक्तिहरूलाई सहरमा फैलिएको बाक्लो धुवाँका विषाक्त कणहरू सास फेर्नबाट बच्न बाहिर समय बिताउन वा मास्क लगाउन चेतावनी दिइएको थियो ।       पालिसेड्स आगलागी शनिबार ११ प्रतिशत नियन्त्रणमा थियो तर २३ हजार ६०० एकड (९,५०० हेक्टर) सम्म फैलिएको थियो भने इटन आगलागी १४ हजार एकडमा फैलिएको र १५ प्रतिशत नियन्त्रणमा थियो ।      आधिकारिक तथ्याङ्कले १२ हजारभन्दा बढी संरचना जलेको देखाउँछ तर क्याल फायरका टोड हप्किन्सले सबै घरहरू नभएको र सङ्ख्यामा बाहिरी भवनहरू, आरभी, सवारी साधन र छाप्राहरू पनि समावेश भएको बताउनुभयो ।       लुटपाट र रातको समयमा कफ्र्यूको रिपोर्टका साथ प्रहरी र नेसनल गार्डले मानिसहरूलाई विपद् क्षेत्रमा प्रवेश गर्नबाट रोक्नका लागि चौकीहरू स्थापना गरेका छन् ।  – शव खोजी –      यस त्रासदीमा मृत्यु भएकाहरूमध्ये सन् १९९० को दशकमा बेलायती टिभी शो ‘किड्डी क्यापर्स’ मा देखिएका पूर्व अस्ट्रेलियाली बाल कलाकार रोरी साइक्स पनि थिए ।      “मेरो सुन्दर छोरा रोरी साइक्सको हिजो मालिबु आगलागीमा मृत्यु भएको घोषणा गर्नुपर्दा म अत्यन्त दुःखी छु । म पूर्णतः टुटेकी छु”, उनकी आमा शेली साइक्सले सामाजिक सञ्जालमा लेख्नुभयो । – अनुसन्धान –      एफबिआई र ब्युरो अफ अल्कोहल, टोबाको, फायरआम्र्स एन्ड एक्सप्लोसिभ्स (एटिएफ) र स्थानीय अधिकारीहरू मिलेर आगलागीको कारण पत्ता लगाउन ठूलो अनुसन्धान भइरहेको लस एन्जलस काउन्टीका सेरिफ रोबर्ट लुनाले भन्नुभयो ।       “हामी कुनै कसर बाँकी राख्ने छैनौँ, यदि यो आपराधिक कार्य हो भने –– म यस्तै हुन्छ भन्दिनँ –– यदि हो भने, जसले यो ग¥यो वा जुन समूह जिम्मेवार छ, उनीहरूलाई पक्राउ गर्नुपर्छ”, लुनाले कुनै जानकारी भएका व्यक्तिहरूलाई अगाडि आउन आग्रह गर्दै भन्नुभयो ।      डढेलो जानीजानी लगाइएको हुनसक्छ, तर प्रायः प्राकृतिक हुन्छन् र वातावरणको जीवन चक्रको महत्त्वपूर्ण हिस्सा हुन् ।      तर सहरी विस्तारले मानिसहरूलाई बढी जोखिममा पार्छ र जलवायु परिवर्तन–मानवताको जीवाश्म इन्धनको अनियन्त्रित प्रयोगले अतिप्रभावित गरेको–ले विनाशकारी आगलागी उत्पन्न गर्ने अवस्थाहरूलाई बढाइरहेको छ ।

काठमाडौं:    सभामुख देवराज घिमिरेले सार्वजनिक निकायका साथै सबै राजनीतिक दलले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को व्यावहारिक र प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।       राष्ट्रिय सूचना आयोगले यहाँ आज आयोजना गरेको ‘राजनीतिक दलमा सूचनाको हकसम्बन्धी कानुनको अभ्यास’ विषयक अन्तरक्रियामा उहाँले सबै राजनीतिक पार्टीले लोकतन्त्रलाई बलियो बनाउन र जनताको विश्वास जित्न पारदर्शी बन्दै सो ऐनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।       प्रत्येक तीन÷तीन महिनामा सार्वजजिक निकायले सरोकार भएका सबै सूचना अद्यावधिक गरी प्रकाशन गर्नुपर्ने तथा कार्यालयमा रहेका सूचना प्रवाह गर्न सूचना अधिकारीको व्यवस्था गर्नुपर्ने व्यवस्था ऐनले गरेको छ ।        सूचनाको हकसम्बन्धी ऐन, २०६४ र नियमावली, २०६५ ले “प्रत्येक सावर्जनिक निकायले आमनागरिकको सूचना पाउने मौलिक हकको सम्मान गर्दै सूचना प्रवाह गर्नु पर्दछ”, भनेको छ ।            सभामुख घिमिरेले भन्नुभयो, “हामीले सूचनाको हकसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, अभिसन्धि वा घोषणापत्रमा नेपाल पक्ष भएर सहमति गरेका छौँ, साथै वर्तमान संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरी प्रत्येक नागरिकले आफूलाई चाहिएको वा सरोकार भएका सूचना माग्न पाउने अधिकारलाई सुनिश्चित गरेको छ ।”      सभामुख घिमिरेले लोकतान्त्रिक संसदीय प्रणालीभित्र राजनीतिक दलहरूको भूमिका सबैभन्दा माथि रहने जनाउँदै उहाँले दलहरू पारदर्शी, वस्तुनिष्ठ र जनताकेन्द्रित हुनुपर्ने जिकिर गर्नुभयो । संसदीय प्रणालीभित्र दलहरूको भूमिका प्रमुख हुने बताउँदै उहाँले संसदीय प्रणालीलाई बलियो बनाउन सूचनाको हकलाई सबैले प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।       नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले कांग्रेसले लोकतान्त्रिक सिद्धान्तलाई पालना गर्दै सूचनाको हकसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्दै आएको बताउनुभयो । उहाँले लोकतन्त्र बलियो भए देश बलियो हुने बताउँदै लोकतन्त्रको प्रमुख आधार सूचनाको हक रहेको उल्लेख गर्नुभयो ।       नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सूचनाको हकसम्बन्धी ऐन र संवैधानिक व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयन गर्दै आफ्नो पार्टीले पारदर्शी ढङ्गबाट जनतालाई हरेक सूचना प्रवाह गरिरहेको दाबी गर्नुभयो ।      नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले लोकतन्त्रको आधार पारदर्शीता र सूचनाको हक रहेकाले यसलाई व्यावहारिक रूपमा सबै निकायले कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । लोकतन्त्रका मूल्य, मान्यतालाई पालना गर्दै पार्टीले आमनागरिकलाई पारदर्शी ढङ्गबाट सूचना प्रवाह गरिरहेको उहाँले बताउनुभयो । 

बर्दिया:    बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार ठाकुरबाबा नगरपालिका–७ निवासी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको हो ।      ठाकुरबाबा नगरपालिका–६ को बकुवा सामुदायिक वनमा गोठालो गएका बेला उहाँ बाघको आक्रमणमा पर्नुभएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बताउनुभयो ।