काठमाडौं:   विभिन्न १० वटा वामपन्थी पार्टीको एकताबाट गठन भएको ‘नेपाली कम्युनिष्ट पार्टी’ले नेतृत्व विकास र हस्तान्तरणको वैज्ञानिक विधि स्थापित गर्दै पार्टी पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने भ...

पोखरा:    टेण्डी ब्राण्डको सिसीटिभी क्यामेराका बिक्रेताहरुका लागि नलेज शेयरिङ प्रोग्राम पोखरामा सम्पन्न भएको छ ।  पोखराको न्युरोडमा रहेको आयुषा ईन्टरनेश्नलकोे आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सिसिटिभि जडान प्रक्रिया, सिसिटिभिका विशेषता लगायतको बारेमा जानकारी दिईएको थियो । टेण्डी नेपालका लागि आधिकारीक बिक्रेता हाइटेक इन्टरनेश्नलको सहयोग र गण्डकी प्रदेशका लागि आधिकारिक बिक्रेता आयुषा इन्टरनेश्नलको आयोजनामा उक्त कार्यक्रममा गण्डकी प्रदेशका ८० वटा बिक्रेताहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रममा बोल्दै हाइटेक इन्टरनेश्नलका प्रमुख हरि कुमार श्रेष्ठले हाइटेकले मेमोरी, पेनड्राइभबाट शुरु गरेको ब्यापार, कम्प्युटर र ल्यापटप र ग्याजेटका प्रोडक्टहरु इन्पोर्ट र होलसेलको काम गर्दै आइरहेको र पछिल्लो समय टेन्डी सिसिटीभी क्यामेराको बिक्रीवितरण गर्दै आइरहेको बताए ।  नेपालमा टेन्डी ब्राण्डले बजार पाइरहेको सन्दर्भमा प्रवद्र्धन गर्दै बिक्री वितरण गर्ने काम गर्दै आइरहेको र ब्यापारको हिसाबले टेण्डी धेरै राम्रो ब्राण्ड बनेको बताए ।  टेण्डी ब्राण्ड क्वालिटीमा राम्रो रहेकाले ग्राहकहरुको रोजाइमा परेको श्रेष्ठको भनाइ थियो ।  ब्यापार गरेर सरकारलाई कर तिर्न समेत बिक्रेताहरुलाई आग्रह गर्दै श्रेष्ठले  ग्राहक सन्तुष्ट रहेको खण्डमा प्रोडक्टलाई प्राथमिकतामा राखेर काम गर्न समेत बिक्रेताहरुलाई आग्रह गरे ।  ब्राण्डकै कारण बजारमा लोकल ब्राण्डका सिसिटिभी क्यामेराहरु विस्थापित भइसकेको उनको भनाइ रहेको थियो । कार्यक्रममा टेण्डी टेक्नोलोजीस कम्पनी लिमिटेडका नेपालका लागि सेल्स डाईरेक्टर  नवीन भण्डारी  र नेपालका लागि आधिकारिक बिक्रेता हाईटेक ईन्टरनेश्नलका टेक्निकल म्यानेजर शिव बस्ताकोटीले सिसिटीभी क्यामेराको जडान प्रविधी, हालै बजारमा आएका सिसिटिभी क्यामेराको प्रविधीको बारेमा बिक्रेताहरुलाई जानकारी दिएका थिए ।

पोखरा:  पोखराको पृथ्वीचोकमा नेपालका प्रथम सहिद लखन थापाको सालिक छ । उक्त चोकमा कसको सालिक राख्ने भनेर आन्दोलन र असहज परिस्थितिबीच गत वर्ष त्यहाँ सहिद थापाको सालिक राखियो ।  तर, राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक राखिनुपर्छ भन्ने अभियन्ताहरुले जुनसुकै हालतमा अबको एक वर्षभित्र पृथ्वीचोकमा शाहको सालिक स्थापना गर्ने उद्घोष गरेका छन् । पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्तीको अवसरमा राष्ट्र गौरव अभियानले शनिबार आयोजना गरेको एकता सभाका वक्ताहरुले पृथ्वीचोकमा अरुको सालिक राखिन नहुने बताए । कार्यक्रमका कतिपय वक्ता यो विषयमा बोल्दा निकै आक्रामक प्रस्तुत भए । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले सालिक राख्ने विषयमा जातीय हिसाबले जानुभन्दा सुरक्षित अवतरण गरिनुपर्ने बताए ।  ‘अभियानलाई जातीयता नभड्किने हिसाबले सेफ ल्यान्डिङ गर्नुपर्छ,’ उनले भने, ’प्रदेश सरकारले पनि आगामी दिनमा छलफल गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ पृथ्वीनारायण शाहको दुर्दर्शितालाई आत्मसात् गर्दै सामाजिक न्याय, विकास र समाजलाई एकीकृत गर्न सकिने उनले बताए ।  देशका वर्तमान समयका चुनौतीलाई सामना गर्न पनि एकताको भावना आवश्यक रहेको मन्त्री थापाको भनाइ थियो । सभाका प्रमुख वक्ता इतिहासविद् प्रा. डा रमेश ढुङ्गेलले सालिक हटाएर इतिहासको विनाश गर्ने काम भइरहेको भन्दै आक्रोश व्यक्त गरे ।  इतिहासको विरोध गर्न नहुने र त्यो छुट कसैलाई नभएको उनले जिकिर गरे । ‘अर्को वर्ष वा अबको १÷२ वर्षमा यहाँ ठूलो सालिक ठ्डाउनै पर्छ । इतिहासको विरोधमा जान कसैलाई छुट छैन,’ उनले भने । सालिक मात्र नभएर देश एकीकरण गरेकाले एक हजार रुपैयाँको नोटमा पृथ्वीनारायण शाहको तस्वीर राखिनुपर्ने उनको भनाइ थियो ।  पृथ्वीनारायण शाहले स–साना राज्यलाई एक बनाएकाले साम्राज्यवादी भन्नु गलत भएको ढुङ्गेलले बताए । शाहलाई उनले ‘असल र कुशल डिक्टेटर’को रूपमा व्याख्या गरे । ‘आजको नेपाल बन्न असम्भव थियो । चेतनशील दिमागले सतर्कता अपनाएका कारण सम्भव भएको हो । यो मुलुक नेपाली काङ्ग्रेस, नेकपा एमाले सबैलाई हो,’ उनले थपे, ‘पृथ्वीनारायण शाहजस्तो डिक्टेटर नभएको भए एकीकरण सम्भव थिएन । उहाँ असल र कुशल डिक्टेटर हो ।’ गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री पञ्चराम गुरुङले राष्ट्र निर्माताको राख्नुपर्ने ठाउँमा राष्ट्र सेवकको सालिक राखिन नहुने बताए । ‘त्यो ठाउँमा पृथ्वीनारायण शाहको सालिक थियो । सालिक छैन तर हिजो आज र भोलि पृथ्वीचोक नै हो । राष्ट्र निर्माताको राख्नुपर्ने ठाउँमा राष्ट्र सेवकको सालिक नराखौं । यो दुवैको अपमान हो,’ उनले भने । सहिद लखन थापाको सालिक नयाँ ठाउँमा स्थानान्तरण गर्न सांसद गुरुङले पोखरा महानगरपालिकालाई आग्रह गरे ।  ‘सहिद लखन थापालाई नयाँ ठाउँमा सालिक निर्माण गर्न स्थानीय सरकारलाई अनुरोध गर्दछु । यो अनुरोधलाई हलुका र बेवास्ता गरेमा त्यसको जिम्मेवारी स्थानीय तहले लिनुपर्ने छ,’ उनी आक्रोशित बने । भारतमा महात्मा गान्धीको सरकारी तवरबाटै सम्मान हुने तर नेपालमा पृथ्वीनारायण शाहको योगदानको कदर नभएको सांसद गुरुङको भनाइ थियो । विश्व हिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष शंकर खरालले राजाले बनाएको राजमार्ग हिँडेर, राजाले बनाइदिएको सिंहदरबारमा बसेर त्यो व्यवस्थालाई निरंकुश भन्नु इतिहासको अपमान गर्ने काम भइरहेको बताए । ‘राजाले बनाइदिएको राजमार्ग प्रयोग गर्छौ, सिंहदरबारमा शसन गर्छौं । निरंकुश व्यवस्था थियो भन्छौं । अनि हामी कहाँ छौँ ? इतिहास मेटाएर, भत्काएर कस्तो देश निर्माण गर्न गइरहेका छौँ ?’ उनले प्रश्न गरे । राष्ट्र गौरव अभियानका प्रवक्ता अरुण गिरीले पृथ्वीचोकमा सालिक राख्न सरकारलाई पटकपटक आग्रह गरेपनि बेवास्ता गरिएको गुनासो गरे ।  आगामी वर्षको जन्मजयन्तीसम्म जुनसुकै हालतमा पृथ्वीनारायण शाहको सालिक पृथ्वीचोकमा राख्ने उनले उद्घोष गरे ।  ‘आगामी वर्ष पृथ्वीचोकमा सालिक बनाएर त्यसमा माल्यार्पण गर्न पाइने आशा छ । ३०४ औं जन्मजयन्ती मनाउँदा अर्थात् एक वर्षभित्र पृथ्वीचोकमा सालिक राख्न हामी आजैदेखि लाग्ने छौँ,’ उनले भने ।  प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा पृथ्वीचोकमा पृथ्वीनारायण शाहको सालिक बनाउने घोषणा गरेपनि त्यसको कार्यान्वयन नभएको प्रवक्ता गिरीले गुनासो गरे । अभियानका सहसंयोजक गणेशबहादुर पौडेल क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा विश्व हिन्दु महासंघ कास्की अध्यक्ष जगन्नाथ कोइराला, ठकुरी संगम परिवार कास्की अध्यक्ष यामबहादुर हमाल, गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारीलगायतले पृथ्वीनारायण शाहको योगदानको चर्चा गरेका थिए । एकता सभा कार्यक्रमको सञ्चालन अभियानका सचिव अर्जुन खनालले गरेका थिए । सभाअघि चिप्लेढुंगाबाट न्यूरोड, सभागृहचोक हुँदै पृथ्वीचोकसम्म झाँकीसहितको ¥याली निकालिएको थियो । कार्यक्रमका लागि पृथ्वीचोकमा पृथ्वीनारायण शाहको प्रतिमा स्थापना गरिएको थियो । उक्त प्रतिमा सालिक स्थापना नहुँदासम्म आफूहरुले नहटाउने अभियानका सचिव अर्जुन खनालले बताए ।  

पोखरा:  ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ पुष १८ गतेबाट लेखनाथमा शुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार हालसम्मकै सर्वाधिक कारोबार भएको छ । ‘शनिबार बिदाको दिन समेत परेको र समापनको मिति पनि नजिकिदै गर्दा किनमेल गर्ने दर्शकहरुको संख्यामा पनि वृद्धि भएको हो, जसले गर्दा कारोबारमा पनि उल्लेख्य वृद्धि भएको छ’–महोत्सवका मुल संयोजक बिनोद श्रेष्ठले भने ।  महोत्सवमा हालसम्म पाँच करोड ८५ लाख वरावरको आर्थीक कारोबार भएको छ । महोत्सवको १० औं दिन शनिबार मात्रै अहिलेसम्मकै सर्वाधिक एक करोड ३५ लाख बराबरको कारोबार भएको हो ।   यसै गरी महोत्सवको हालसम्म एक लाख ९० हजार दर्शकहरुले अवलोकन गरेका छन र शनिबार मात्र ४० हजार दर्शकले महोत्सवको अवलोकन गरेको लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव एवंम प्रचार प्रसार उप समितिका संयोजक जानुका अधिकारीले जानकारी दिईन ।  शनिबार दिउँसो महोत्सव स्थलमा दर्शहरुको अत्याधिक चाप वढेपछि आपतकालिन गेट खुला गरि दर्शकहरुलाई सहज रुपमा आवागमनको व्यवस्था मिलाईएको थियो ।  स्थानिय क्षेत्रका विद्यालयहरुमा परिक्षा सकिएर जाडो विदा पनि भएका कारण बाल बालिका सहित अभिभावकहरुको उपस्थीती पनि उल्लेख्य वृद्धि भएको हो ।  महोत्सव सकिन अव तीन दिन मात्र बाँकी रहेको र एक पटक महोत्सव जानैपर्ने मान्यता स्थापित भएकले पनि महोत्सवको पछिल्ला दिनहरुमा दर्शक र कारोवारमा बृद्धि हुने अपेक्षा गरिएको छ ।  हालको शिथिल अर्थतन्त्रको अवस्थामा पनि महोत्सवमा देखीएको दर्शकहरुको उपस्थिति र कारोबारले आफुहरुलाई उत्साहित बनाएको र यसले महोत्सवको लक्ष्यभन्दा पनि वढि दर्शक र कारोबार हुनेमा विश्वस्त रहेको संघका वरिष्ठ उपाध्यक्ष एवं महोत्सवका सह संयोजक राजेन्द्र ओझाले बताए । शनिबार लोकदोहोरी कलाकारहरु सुप्रिम मल्ल, आशा बिसी, कृष्ण अखेली, रमा राना,  जिवन दाहाल, शिवहरी ढुंगाना लगायतले प्रस्तुती राखेका थिए भने बेलुका राजु लामाको लाईभ व्याण्ड मंगोलियन हर्टको प्रस्तुतीले स्टेज तताएको थियो । महोत्सवमा आईतबार लोकदोहोरी कलाकारहरु खुमन अधिकारी, प्रिती आले, विक्रम परियार, सुनितामी परियार, सुमन खड्का र मञ्जु वि.क. लगायतले प्रस्तुती राख्नेछन भने बेलुका लाईभ कन्सर्टम भाष्करध्वज श्रेष्ठको डिमर्चा व्याण्डको प्रस्तुती रहने कलाकार ब्यवस्थापन उप–समितिका संयोजक उपेन्द्रराज सुवेदी(राजु)ले जानकारी दिएका छन् ।  लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवको सह–आयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन भने प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेका छन ।  

पोखरा:    अधिकृत विक्रेता संघ, पोखराको १८ औं वार्षिक साधारणसभा एक समारोहका बिच सम्पन्न भएको छ ।  शनिबार पोखरामा संघले साधारणसभा सम्पन्न गर्दै राज्यलाई सबैभन्दा बढि कर तिरिरहँदा ट्राफिक प्रहरीबाट पाउउने गरेको दुःखको अन्त्य हुनुपर्नेमा जोड दिइएको छ ।  कार्यक्रमा सहभागि विभिन्न व्यवसायीहरुले राज्यले ढुवानी सेवाको लागि प्रयोग हुने सवारी करमा विशेष छुटको व्यवस्थापन गरेपनि सडकमा भने निकै दुःख दिइरहेको बताएका हुन् ।   नेपाल वितरक महासंघका अध्यक्ष हरिराज पन्तले अधिकृत विक्रेताको पेशा मर्यादित पेशा रहेको सुनाउँदै गुणस्तरमा लाग्न सुझाव दिए ।  राज्यले देशमा वेरोजगार बढिरहेको बताउँदा आफुहरुको क्षेत्रमा दक्ष जनशक्तिको अभाव भएको उनको भनाइ छ । वक्ताहरुले भने झै सडकमा सामान बोक्ने सवारी माथि ट्राफिक प्रहरी गर्ने व्यवहारको अन्त्य हुनै पर्नेमा उनको जोड थियो ।  संघका पुर्व अध्यक्ष गोविन्द कर्माचार्यले अधिकृत विक्रेताहरुले आपुर्ति व्यवस्थापनमा ठूलो योगदान दिदैँ आएको कारण सहर र गाउँमा सामानको मुल्य एकै भएको बताए ।  उनले राज्यले ढुवानी सवारी करमा छुट दिएपनि साधारण कुरामा भने निकै दुःख दिदैँ आइरहेको सुनाए । ‘हामीले दिएको सेवाका कारण आज सहर र बजारमा दररेट एउटै छ । सेवा नदिएको भए गाउँमा सामानहरु महँगो हुने थियो’ उनले भने, ‘यहाँ राज्यले केही नगरेको होइन गरेको छ, ढुवानी गर्ने सवारीको भन्सारमा विशेष छुटको व्यवस्था गरेकै हो तर, दोहोरो चरित्र सरकारले देखाएको छ हामीलाई साना–साना कुरामा दुख दिएको छ ।’  पोखरा इलेक्ट्रिक व्यवसायी संघका अध्यक्ष चिन्तामणि खरेलले व्यवसाय गर्दा सडकमा ट्राफिक प्रहरीको ज्यादति धेरै भएको सुनाए । उक्त साधारण सभाको उद्घाटन पश्चात सम्बोधन गर्दै गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले निजी क्षेत्र अर्थतन्त्रको उर्जा र रोजगारीको श्रोत रहेको बताए ।  आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिँदै सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमामात्रै समृद्धि र विकास सम्भव रहेको उनको भनाइ छ ।  लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले विशेष भूमिका निर्वाह र सहज वातावरण सिर्जना गरी निजी क्षेत्रलाई विकासको वास्तविक साझेदार बनाउनुपर्नेमा जोड दिएका थिए ।  सन् १९९० यता नेपालको निजी क्षेत्रको वृद्धि गुणात्मक रहेको र पछिल्लो तथ्यांक अनुसार नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा निजी क्षेत्रको योगदान करिब ८१ प्रतिशत तथा कुल रोजगारी सिर्जनामा ८५ प्रतिशत रोजगारी निजी क्षेत्रले प्रदान गरेको उल्लेख गर्दै उनले यसकारण नेपालको अर्थतन्त्र विस्तारका लागि निजी क्षेत्रको भूमिका निकै महत्वपूर्ण रहेको बताएका हुन् ।  ‘आफ्नो दक्षताको क्षेत्रमा नाफा कमाउने उद्देश्यले वस्तु तथा सेवा उत्पादन र वितरण गर्ने सरकार बाहिरको क्षेत्र निजी क्षेत्र होे । निजी क्षेत्र आर्थिक अवसर र रोजगारीको स्रोत हो ।   निजी क्षेत्र अर्थतन्त्रको ऊर्जा पनि हो’ उनले भने, ‘नेपाललाई अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्ने यात्रा सहज तुल्याउन सबै पक्षको सहकार्य आवश्यक छ । यद्यपी, निजी क्षेत्रलाई संस्थागत सामाजिक जिम्मेवारी निर्वाह गराउन पनि सरकारले नियमन गर्नुपर्ने हुन्छ ।’ नेपाल वितरक महासंघ गण्डकीका प्रमुख बद्री ढुंगानाले कानुनी झन्झटले निकै सास्ती खेप्न बाध्य भएको सुनाए । आफुहरु राज्यलाई कर तिरिरहेको तर राज्यबाट सद्यैँ अपहेलित हुनु परेको उनको भनाइ थियो ।  अधिकृत विक्रेता संघ पोखराका अध्यक्ष मनोज कुमार श्रेष्ठले अधिकृत विक्रेताहरुलाई एकै ठाउँमा ल्याउनका लागि २०६४ सालमा संस्थाको स्थापना भएको जानकारी दिए ।  उनले एकै प्रकृतिका व्यवसायीलाई व्यवसाय संगै सामाजिक उत्तरदायित्व वहन गर्दै व्यवसायमा आउने समस्याको न्युनिकरण गर्न संस्था अग्रस्थानमा रहेको सुनाए ।  सचिव दिलिप कुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा हिमालय एभरेष्ट इन्सुरेन्स प्रालि गण्डकीका प्रमुख शिव सुवेदी, अधिकृत विक्रेता संघका निवर्तमान अध्यक्ष सुरेश अधिकारी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले आफ्नो धारणा राखेका थिए । सोही क्रममा संस्थामा रहेको सदस्यका परिवार मध्येबाट २०८० को एसईईमा उतिर्ण प्रन्सुदेव पालिखेलाई सम्मान समेत गरेको थियो ।  

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले निजी क्षेत्र अर्थतन्त्रको उर्जा र रोजगारीको श्रोत रहेको बताएका छन् ।   अधिकृत विक्रेता संघ, पोखराको १८ औं वार्षिक साधारणसभामा प्रमुख अतिथि भट्टले निजी क्षेत्र फस्टाउन सकेन भने अर्थतन्त्र नै समस्यामा पर्ने उल्लेख गरे ।   ‘आफ्नो दक्षताको क्षेत्रमा नाफा कमाउने उद्देश्यले वस्तु तथा सेवा उत्पादन र वितरण गर्ने सरकार बाहिरको क्षेत्र निजी क्षेत्र होे । निजी क्षेत्र आर्थिक अवसर र रोजगारीको स्रोत हो । निजी क्षेत्र अर्थतन्त्रको ऊर्जा पनि हो ।’ प्रदेश प्रमुख भट्टले भने । आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिँदै उनले सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमामात्रै समृद्धि र विकास सम्भव रहेको बताए ।   लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने भन्दै उहाँले सहज वातावरण सिर्जना गरी निजी क्षेत्रलाई विकासको वास्तविक साझेदार बनाउनुपर्नेमा जोड दिए ।   सन् १९९० यता नेपालको निजी क्षेत्रको वृद्धि गुणात्मक रहेको र पछिल्लो तथ्यांक अनुसार नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा निजी क्षेत्रको योगदान करिब ८१ प्रतिशत तथा कुल रोजगारी सिर्जनामा ८५ प्रतिशत रोजगारी निजी क्षेत्रले प्रदान गरेको उल्लेख गर्दै उहाँले यसकारण नेपालको अर्थतन्त्र विस्तारका लागि निजी क्षेत्रको भूमिका निकै महत्वपूर्ण रहेको बताए । ‘नेपाललाई अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्ने यात्रा सहज तुल्याउन सबै पक्षको सहकार्य आवश्यक छ । यद्यपी, निजी क्षेत्रलाई संस्थागत सामाजिक जिम्मेवारी निर्वाह गराउन पनि सरकारले नियमन गर्नुपर्ने हुन्छ ।’ उनले भने ।   एकै प्रकृतिका व्यवसायीहरू एकीकृत भई उद्योगबाट उत्पादित एवं आयातित सामाग्रीहरू सर्वसुलभ रुपमा उपभोक्ताहरू समक्ष उपलब्ध गराउने उद्देश्यका साथ २०६४ सालमा स्थापना भएको अधिकृत विक्रेता संघ पोखराले लक्ष्य अनुरुप काम तथा गतिविधि गर्दै आएकोमा आफू विश्वस्त रहेको उनको भनाई छ ।   आफ्ना व्यवसायिक हकहितलाई सर्वोपरी राख्दै सामाजिक उत्तरदायित्व वहन गर्दै अघि बढ्नु संस्थाको पवित्र उद्देश्य हुनुपर्नेमा पनि उनले जोड दिए ।  

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पृथ्वीनारायण शाहको अगुवाईमा टुक्रे राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण भएको तथ्य बिर्सन नहुने बताएका छन् ।   पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०८१ को अवसरमा शुभकामना सन्देशमार्फत् राष्ट्र एकीकरणका नेतृत्वकर्ता पृथ्वीनारायण शाहप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।   ‘आज मनाइँदै गरेको ३०३ औं पृथ्वी जयन्तीले नेपाल एकीकरण अभियानको गौरवमय इतिहाससँगै मुलुक एकीकरणको योगदानकर्ताहरूलाई स्मरण गराएको छ ।’ सन्देशमा भनिएको छ – ‘पृथ्वीनारायण शाहकै अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको हो । त्यसपछिका विभिन्न कालखण्डमा वीर पुर्खाले पृथ्वीनारायणको अभियानलाई निरन्तरता दिएकै कारण नेपालको अस्तित्व कायम रहन पुग्यो । पृथ्वीनारायणको दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक रहेको छ ।’   सिङ्गो नेपालीलाई एकताको सूत्रमा बाँध्न र राष्ट्रिय एकताको भावनालाई थप मजबुत बनाउन राष्ट्रिय एकता दिवसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि व्यक्त गरेका छन् ।   यो दिवसले ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्पलाई साकार पार्न एकजुट भई अगाडि बढ्न हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्दै उनले शुभकामना व्यक्त गरेका छन् ।

जुम्ला:    जुम्लाका आठवटै स्थानीय तहका आठ हजार आठ सय २९ जना छात्रालाई क्यान्सरविरूद्धको खोप दिइने भएको छ ।   नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यहाँका सामुदायिक तथा निजी विद्यालयका  कक्षा ६ देखि १० सम्म अध्यनरत करिब आठ हजार आठ सय २९ छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरूद्धको खोप दिइने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो ।  उक्त भाइरसविरूद्धको खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाका सबै स्थानीय तहबाट तथ्याङ्क सङ्कलन भइरहेको छ । देशव्यापी खोप कार्यक्रमअन्तर्गत आगामी माघ २२ गतेदेखि फागुन ६ सम्म एकैपटक सञ्चालन हुनेछ ।  जुम्लाको हकमा फागुनदेखि सामुदायिक विद्यालय खुल्ने भएकाले त्यसैअनुसार कार्यालयले खोप कार्यक्रम सञ्चालनका लागि स्थानीय तहका स्वास्थ्य शाखासँग छलफल भइरहेको छ । कार्यालय प्रमुख सापकोटाले भन्नुभयो, “विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका एक हजार पाँच सय ८६ जना र विद्यालयभित्रका सात हजार दुई सय ४३ गरी आठ हजार आठ सय २९ जना छात्रालाई उक्त खोप लगाउने तयारी गरिएको छ । कार्यालयको तथ्याङ्कअनुसार जिल्लाको चन्दननाथ नगरपालिकाका एक हजार आठ सय ७९ जना, गुठीचौर गाउँपालिकामा पाँच सय २०, हिमामा एक हजार १३ र कनकासुन्दरीमा नौ सय ६७ जनालाई  खोप लगाइने छ ।  त्यस्तै पातारासी गाउँपालिकामा एक हजार एक सय ५८, सिंजामा नौ सय सात, तातोपानीमा एक हजार एक सय ५३ र तिलामा एक हजार दुई सय ३२ जना छात्रालाई खोप लगाउने योजनाबारे छलफल भइरहेको स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख सापकोटाको भनाइ छ ।   विद्यालय बाहिर रहेका किशोरीको हकमा जन्मदर्ताका आधारमा उमेर हेरेर खोप लगाइने छ । नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट प्रमाणित उक्त खोप १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभीको सङ्क्रमणबाट सुरक्षित हुन अभियान सञ्चालन गर्न लागिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।

तनहुँ:   स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्नसक्ने बताउनुभएको छ ।       नेपाल पत्रकार तनहुँ शाखाका नवनिर्वाचित पदाधिकारी, सदस्यसँगको भेटमा मन्त्री पौडेलले पत्रकारिताको विकासले नै पारदर्शितालाई सुनिश्चित र भ्रष्टाचारलाई न्यूनीकरण गरी सुशासन सुनिश्चित गर्नसक्ने धारणा राख्नुभएको हो ।           “पत्रकारिताको विकासले मात्रै देशमा पारदर्शिता सुनिश्चित गर्न सक्छ, देशमा हुने गरेका भ्रष्टाचार न्यूनीकरण गरी सुशासन कायम गर्न सक्छ”, मन्त्री पौडेलले भन्नुभयो, “पत्रकारको अधिकार र सुनिश्चिताता रक्षाका निम्ति राज्यको पहल जरुरी छ ।”            क्रियाशील तथा श्रमजीवी पत्रकारको प्रभावले नै मुलुकमा लोकतन्त्र ल्याउनमा पनि पत्रकारिताको भूमिका रहेको उहाँको भनाइ थियो ।          मन्त्री पौडेलले शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई तीन सय शय्याको अस्पताल बनाउन पूर्वाधार र उपकरण सहयोग गर्ने सम्झौता भइसकेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “भारत सरकारले उपचार केन्द्रलाई उपकरणसहित सहयोग गर्ने भएको छ, भारतीय स्वास्थ्य मन्त्रालयमा योजना पुगेको र अबको केही दिनमा द्विपक्षीय सम्झौता हुनेछ ।”       उहाँले दमौली अस्पतालको विकासका लागि जग्गा विवाद समाधानका निम्ति अबको मन्त्रिपरिषद् बैठकमा छलफल अगाडि बढाउने प्रक्रिया भएको बताउनुभयो ।  “मन्त्रिपरिषद्बाट समस्या समाधान गरी आगामी आर्थिक वर्षमा दमौली अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाउन बजेटको व्यवस्थापनमा पहल गर्नेछु”, उहाँले भन्नुभयो ।            सरकार सुधारिएको स्वास्थ्य क्षेत्र बनाउने उद्देश्यले सबै अस्पताल तथा स्वास्थ्य क्षेत्रको सेवा सहज र सरल बनाउन प्रतिबद्ध रहेको उहाँको भनाइ छ । साथै उहाँले रु पाँच लाख पु¥याउने गरी एकीकृत बिमाको व्यवस्थापकीय प्रक्रिया अगाडि बढिसकेको जानकारी दिनुभयो । 

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आइटी)लाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ ।       उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालमा आइटीको क्षेत्रमा काम गर्नेहरुका लागि केही कानुनी अप्ठ्यारा रहेको उल्लेख गर्दै शुक्रबारको मन्त्रिपरिषद्को बैठकले अध्यादेशमार्फत सम्बोधन गरेको बताउनुभएको छ ।      “हिजोको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत आइटीमा गरेको कमाइ स्वदेश भित्र्याउन सहज बनाउने कानुन राष्ट्रपतिज्यू समक्ष सिफारिस गरिएको छ । यसले आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने हाम्रो विश्वास छ”, उहाँले भन्नुभयो ।       प्रधानमन्त्री ओलीले अब नेपाली आइटी कम्पनीहरुले विदेशमा लगानी गर्न, विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानुनी रुपमा भित्र्याउन पाउने भएको उहाँको भनाइ छ ।