काठमाडौं:  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी, पूर्व मुख्यसचिव वैकुण्ठ अर्याल लगायत विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित...

पोखरा:    १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चले आज पत्रकार सम्मेलन गर्दै म्याराथनको तयारी पूरा भएको जानकारी दिएको हो ।  फागनु ३ गते हुने १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन विभिन्न विधामा करिव ३ हजार बढी धावकको सहभागिता हुने नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिए ।  उनका अनुसार १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन पुरुषतर्फ २१ देशका ८० विदेशी धावकसहित १ सय ५० जना पुरुष र ८ जना महिलाको सहभागिता रहेको छ ।  यस्तै महिला हाफ  म्याराथनमा १० देशका ४० धावक, हाफ म्याराथन पुरुषतर्फ १० विदेशी धावकसहित १ सय १० जनाको सहभागिता रहनेछन् ।  यस्तै १० किलोमिटर पुरुषतर्फ ११ देशका २ सय ११ धावक, १० किलोमिटर महिलातर्फ ११ देशका १ सय ९ जना धावक, भेन्ट्रान्स ५० वर्ष माथि ५ किलोमिटरतर्फ पुरुष÷महिला गरी ६० जना धावक र ५ किलोमिटर छात्रतर्फ १ हजार ४ सय ७० र छात्रातर्फ १ हजार २५ जना धावकको सहभागिता रहनेछन् ।  यस्तै रन फर रनमा करिव ७ हजार जनाको सहभागिता रहने नेपाल भूतपूर्व खेलाडी मञ्चले जनाएको छ । खुला म्याराथन र महिला हाफ म्याराथनमा चिप्सको प्रयोग गरिने मञ्चले जनाएको छ ।  पोखरा अन्तर्राष्ट्रिय म्याराथनको विजेताले ५ लाख, दोस्रोले ३ लाख र तेस्रोले २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। आठौं स्थानकाले नगद पुरस्कार पाउनेछन् । जसमा सान्त्वना स्वरुप चौंथोले ३० हजार, पाँचौंले २५ हजार, छैटौंले २० हजार, सातौंले १५ हजार र आठौंले १० हजार रुपैयाँ पाउनेछन् ।  मञ्चले पा्खरा म्याराथन अन्तर्गत नै गत माघ २६ गते महिला÷ पुरुष ह्विलचियर तथा दृष्टिविहिन दौड प्रतियोगिता सम्पन्न गरि सकेको छ ।  मञ्चले प्रतियोगितामा मात्र कुल २१ लाख ३४ हजार रुपैयाँ खर्च हुने जानकारी दिएको छ । म्याराथनमा कुल १ करोड ८९ लाख खर्च हुने अनुमान रहेको आयोजकले जनाएको छ ।   

काठमाडौं:  नेपाल विद्युत् प्राधिकरणद्वारा विद्युत्का तार अण्डरग्राउण्ड गर्न ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत सम्पन्न भएको छ ।      खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपछि काठमाडौँमा वितरण गरिने थोक प्रणालीको उक्त पाइप करिब २० घण्टापछि मर्मत सम्पन्न भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले राससलाई जानकारी दिनुभयो ।      उहाँले भन्नुभयो, “पाइप फुटेपछि खानेपानी मन्त्रीको निर्देशन पश्चात् गएरातिदेखि मर्मतको सुरु गरिएको हो । करिब २० घण्टापछि मर्मत सकिएको छ । अहिले पानी परीक्षण गर्न थालिएकाले परिक्षण सम्पन्न हुनासाथ पानी वितरण प्रक्रिया सुरु गर्नेछौँ ।”      विद्युत् प्राधिकरणले मन्त्रालय तथा मातहतका निकायसँग आवश्यक समन्वय गरी काम गर्नुपर्नेमा मन्त्री यादवले जोड दिँदै आउनुभएको छ ।  बुधबार बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि सो क्षेत्र जलमग्न भएको थियो भने विषेश अदालतसहित आसपासका सरकारी कार्यालयमा पानी पसेको थियो । 

काठमाडौं:   काठमाडौंको शङ्खरापुर नगरपालिका–५ कात्तिकेस्थित सडकमा बा २ ख ७९५८ नम्बरको विद्यार्थी बोकेको बस बुधबार अपराह्न भएको दुर्घटनामा घाइते भएका ४३ मध्ये आज २७ जना उपचारपछि घर फर्किएका छन् ।       उनीहरु उपचारपछि आज घर फर्किएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार नगरकोटमा ‘पिकनिक’ खाएर आउने क्रममा सत्यसाई एकेडेमीका विद्यार्थी चढेको बस दुर्घटनामा परेको हो ।      सडकबाट २० फिट तल खसेर भएको उक्त दुर्घटनामा बुधबार बसमा सवार मोरङको उर्लाबारी नगरपालिका–७ घर भएका ११ वर्षीय क्रिस्चल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ बस्ने २३ वर्षीय सुरेश तामाङ र काठमाडौँ बौद्ध बस्ने सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका १४ वर्षीय शुसाङ्क डोटेलको मृत्यु भएको थियो । उनीहरु तीनै जना विद्यार्थी हुन् ।      दुर्घटनामा गम्भीर घाइते भएका क्रिस्चलको शिक्षण अस्पताल महाराजगञ्जमा, सुरेशको नेपाल मेडिकल कलेजमा र शुसाङ्कको शङ्खरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।      अहिले दुईको केएमसी अस्पतालमा, नौको एनएमसी अस्पतालमा, एकको मेडिसिटी अस्पतालमा, दुईको शिक्षण अस्पताल महाराजगञ्जमा, एकको हेल्पिङ हेण्ड अस्पताल चाबहिलमा र एक जनाको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता बोहराले जानकारी दिनुभयो । बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पनि उहाँले बताउनुभयो । 

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले गत माघ महिनामा १ सय ५३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।   विभिन्न मुद्धामा दोषी ठहर भएका ति प्रतिवादीहरुलाई फैसला कार्यान्वयनका लागि कारागार चलानका लागि अदालतमा बुझाइएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी इन्सपेक्टर अविनाश दिप जिसीले जानकारी दिए ।   उनका अनुसार पक्राउ पर्नेमा  १ सय २५  जना पुरुष र २८ जना महिला रहेका छन् ।   पक्राउ पर्नेहरुबाट ५ वर्ष २ महिना १६ दिन कैद सजाय र नगद रु १ करोड ५२ लाख ४८ हजार ८ सय ८६ जरिवाना असुल गर्नुपर्ने बताइएको छ ।    पक्राउ परेकाहरुमध्ये ९६ जना चेक अनादर मुद्धा, १४ जना लागू औषध सम्बन्धि मुद्दा, १८ जना बैंकिङ कसूर मुद्धा, ५ जना अभद्र व्यवहार मुद्दा, २ जना न्यूनस्तरको खाद्य उत्पादन विक्री गरेको सम्बन्धी मुद्धा, २ जना स्वास्थ्यकर्मी तथा संस्थाको सुरक्षा सम्बन्धि मुद्धा,  १ जना सवारी ज्यान मुद्धा, १ जना कुटपिट मुद्धा, ४ जना जालसाझी मुद्धा, १ जना लेनदेन मुद्धा र ९ जना चोरी मुद्धामा दोषी ठहर भएका थिए ।  

काठमाडौं:   अमेरिकाको टेक्सस राज्यस्थित विभिन्न विश्वविद्यालयमा अध्ययनरत कामविहीन नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग गरिने भएको छ ।       टेक्ससको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली सामाजिक अभियानकर्मीले विद्यार्थीका लागि समुदाय कार्यक्रम नामक अभियान सुरु गरेर करिब तीन हजार नेपाली विद्यार्थीका लागि खाद्यान्न सहयोग संकलन गरिरहेका छन ।        कामविहीन नेपाली विद्यार्थीलाई कम्तीमा एक महिनाका लागि आवश्यक पर्ने खाद्यान्नमा विद्यार्थीलाई चामल, दाल, तेल, नुन, चना लगायतका खाद्यान्न सामग्री उपलब्ध  गराउन लागिएको नेपाली समाज टेक्ससका महासचिव विजय भुसालले जानकारी दिनुभयो ।        महासचिव भुसालका अनुसार हालसम्म ७०० बढी नेपाली विद्यार्थीले खाद्यान्न बुझेर लगिसकेका छन् । सवारी साधन भएका विद्यार्थीले नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र युलेशबाट खाद्य सामग्री प्राप्त गर्नसक्ने र सवारी साधन नभएका विद्यार्थीलाई उनीहरुको ठेगानामा  पुर्याउने व्यवस्था मिलाइएको छ ।      राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीलाई निष्काशन गर्ने योजनालाई कडाइका साथ  कार्यान्वयनमा ल्याएपछि त्यसको प्रत्यक्ष असर नेपाली विद्यार्थीमा पनि परेको छ । गैरकानुनी आप्रवासीको खोजी गर्ने क्रममा प्रहरीले दैनिक हजारौं व्यावसायिक फर्ममा छापा मारिरहेको छ ।       सोही क्रममा कानुनी रूपमै बसोबास गरिरहेका र कामदार अनुमति पत्र (वर्क पर्मिट) भएका बाहेकले व्यावसायिक फर्ममा काम गरिरहेको भेटिएमा प्रहरीले चेतावनी दिने, पक्राउ गर्ने र केहीलाई निष्काशन गर्दै आइरहेको छ । यसैको प्रभावमा नेपाली विद्यार्थी परेका हुन् ।       उनीहरूलाई काम गरिरहेको भेटेमा प्रहरीले पक्राउ गर्न सक्छ । गैरआवासीय नेपाली सङ्घ अमेरिकाको तथ्याङ्कअनुसार हाल अमेरिकाका विभिन्न विश्वविद्यालयमा करिब ५० हजार नेपाली विद्यार्थी अध्ययनरत छन् ।

तनहुँको भिमाद बजारमा सञ्चालित प्रभात एकेडेमी बोर्डिङ स्कुलकी शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ ।   शिक्षिका सुष्मा श्रेष्ठलाई कक्षा ४ मा अध्ययनरत ४ जना विद्यार्थीको गालामा तातो पन्युले डामेको आरोपमा फक्राउ परेकी हुन् ।   उनले हल्ला गरेको र आफूलाई जिस्क्याएको भन्दै १० वर्षीय प्रमिश परियारसहित ४ जना विद्यार्थीको गालामा तातो पन्युले डामेकी थिइन् ।   ३२ वर्षीया श्रेष्ठ विद्यालयका प्रधानाध्यापक कृष्णदेव श्रेष्ठकी छोरी हुन् ।   सो विषयमा थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।  

पोखरामा प्रणय दिवस (भ्यालेन्टाइन्स डे)मा दुई चर्चित ब्याण्ड ‘द एज ब्याण्ड’ र ‘स्वर’सहितको कन्सर्ट हुने भएको छ ।   भ्यालेन्टाइन्स डे अर्थात् फेब्रुअरी १४, शुक्रबार लेकसाइडको बाराहीघाटमा मुख्य आकर्षणको रूपमा यी दुई ब्याण्ड गुञ्जिने भएका हुन् । फरेन्हाइट क्लबको आयोजनामा प्रचार नेपाल र आर्बिटरी इभेन्ट्सले यो कन्सर्ट गर्न लागेका हुन् ।   पोखरेली ब्याण्ड ‘द एज’ले आफ्नो २५ औं वार्षिकोत्सव मनाउँदा स्वरले भने पहिलोपटक पोखरामा संगीत पारखीलाई आफ्ना गीतमा झुमाउने प्रचार नेपालका सञ्चालक आशिष पुरीले जानकारी दिए । द एज ब्याण्ड सन् १९९८ मा स्थापना भएको थियो र स्थापनाको दुई वर्षपछि सन् २००० मा ‘मेरो आँसु’ एलबम सार्वजनिक गरेको थियो । त्यसैले उक्त ब्याण्डले फेब्रअरी १४ मा आफ्नो २५ औँ वार्षिकोत्सव संगीतप्रेमी माझ मनाउने भएको हो ।   द एज ब्याण्डको ‘नचाहेको होइन’, ‘तिम्रो याद’, ‘सम्झिने मुटु’, ‘मेरो आँसु’, ‘नछोड्नु यो साथ’ लगायत गीत युवा पुस्ताले रुचाएका छन् ।   स्वरको ‘अपरीभाषित’, ‘बादल सरी’, ‘विस्तारै’, ‘उडिरहेछन्’ निकै रुचाइएका गीत हुन् । ‘द एज ब्याण्ड’ का भोकलिष्ट जीवन गुरूङले ब्याण्डको २५ वर्ष पुगेको खुसी गृह सहरमै मनाउन पाउनु निकै खुसीको विषय भएको बताए ।   ‘पोखराबाटै हामीले हाम्रो सुरुवात ग¥यौं । घरमै हाम्रो ब्याण्डले २५ औं वर्ष मनाउँदै छ,’ उनले भने, ‘त्यो दिन पोखराले हाम्रो खुसीमा साथ दिन्छ भन्ने विश्वास छ ।’   पोखराकै द इन्फ्लेम ब्याण्ड र काठमाडौंका आविष्कार केसीको सोही दिन सांगीतिक प्रस्तुति रहने कार्यक्रम संयोजक महेश्वरसिंह भण्डारीले जानकारी दिए । कन्सर्टका लागि जेनेरल टिकटको एक हजार रुपैयाँ र भीआइपी टिकटको दुई हजार रुपैयाँ शुल्क तोकिएको उनले जानकारी दिए । टिकट मोबाइल वालेट ‘खल्ती एप’ बाट काट्न सकिने भण्डारीले बताए ।   कलेजका विद्यार्थी, पोखराका रेष्टुरेन्ट, फिल्म हल, लेकसाइडको एल.इ.डी डिस्प्लेसहित सोसल मिडियाबाट कार्यक्रमको प्रचार भइरहेको छ । सो दिन ३ हजारभन्दा बढी दर्शक कन्सर्टमा उपस्थित हुने आयोजकको अनुमान छ ।   प्रचार नेपालले पोखरामा प्रायः यस्तै सांगीतिक कार्यक्रम गर्दै आएको छ । यसअघि २६ औं सडक महोत्सवमा प्रचारले गत पुसमा ‘द एण्ड गेम’ नाम दिएर सबिन राई एण्ड फेरोह, पूर्ण राई र दाजु–भाइहरु, ¥यापर डोंग, देवेन्द्र बब्लु एण्ड द फिरन्तेलगायतको कन्सर्ट गरेका थिए ।   चर्चित गायक सज्जनराज वैद्यको गत कार्तिकको पोखराको कन्सर्ट पनि प्रचारकै व्यवस्थापनमा सफल भएको थियो । प्रचारले फागु पूर्णिमामा ‘होलील्याण्ड’ नाम दिएर बाराही घाटमै होली विशेष कार्यक्रम पनि गर्दै आएको छ ।   यो पटक पनि होलीको दिन फागुन २९ मा ‘होलील्याण्ड’को दोस्रो संस्करण हुने प्रचार नेपालका सञ्चालक आशिष पुरीले बताए ।

गोदावरी:  मानवसेवा आश्रमले धनगढीमा सञ्चालन गरेको महायज्ञमा रु चार करोड ८४ लाख रकम सङ्कलन गरेको छ ।   धनगढीमा मानवसेवा आश्रमको भवन निर्माण गर्ने उद्देश्यले सञ्चालित महायज्ञमा उक्त रकम दाताबाट सङ्कलन भएको हो ।   एक सातासम्म सञ्चालित महायज्ञमा सहभागी दानदाताहरूले गक्षअनुसारको दान गरेर सडक आश्रित व्यक्तिहरूका लागि भवन निर्माणमा सहयोग पु¥याएका मानव सेवा आश्रमका सल्लाहकार सिद्धराज पनेरुले बताउनुभयो ।   महायज्ञ गत माघ २३ गतेदेखि ३० गतेसम्म सञ्चालन भएको थियो ।   महायज्ञमा भाष्कर कमलनयन गौतमले सङ्गीतमय श्रीमद् भागवत् कथा वाचन गर्नुभएको थियो । विसं २०७५ मङ्सिर १ गते धनगढी उपमहानगरपालिका–५ तारानगरमा घर भाडामा लिई सेवा शुभारम्भ गरेको आश्रमले आफ्नै भवन निर्माणको पहल थालेको सल्लाहकार पनेरुले बताउनुभयो ।   शाखाले हालसम्म सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका तीन सय ८८ जनाभन्दा बढी बेसहारा, असहाय, अभिभावकविहीन, जीवन जोखिममा रहेका सहयोगापेक्षी सडक मानवहरूको उद्धार गरी सेवा प्रदान गर्दै आएको छ ।

काठमाडौं:    नेपाल विद्युत प्राधिकरणले विद्युतका तार भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सुरु गरिएको छ । काठमाडौँमा वितरण गरिने थोक प्रणालीको पाइप गएरातिदेखि मर्मत गर्ने कार्य सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पाइप फुटेपछि पानी पुरै बगेर बबरमहल जलमग्न भएको थियो । पानी बन्द भएपछि गएरातिबाट हामीले मर्मतको सुरु गरेका छौँ । मर्मत सकिएपछि पानी बितरण प्रक्रिया सुरु गर्ने छौँ ।”  विद्युतका तारहरु भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक बितरण प्रणालीको पाइप फुटेपछि जलमग्न भएको र विषेश अदालत सहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो ।