म्याग्दी:  मुस्ताङ र म्याग्दी घुम्न आएका झापाको अर्जुनधाराका राकेश स्याङताङले फर्कने क्रममा बेनीको कोसेली घरमा पाँच बट्टा टिमुरको चटनी किने । काभ्रेकी अनुस्का तामाङले पनि म्याग्दीको कोसेलीको रूपमा टिमुरको धु...

पोखरा: मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशको आयोजनामा सम्पन्न निःशुल्क आँखा शिविरमा तीन सय ४७ जनाले आँखा जाँच गराएका छन  ।  ३२ औं मदन आश्रीत स्मृति दिवसको अवसरमा हिमालय आँखा हस्पिटलको प्राविधिक सहयोगमा पोखरा रंगशालामा आयोजना गरिएको शिविरमा खेलाडी, खेल संस्थाका प्रतिनिधी, पत्रकार गरी तीन सय ४७ जनाले आँखा जाँच गरेको मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशका अध्यक्ष गिरमान गुरुङले जानकारी दिए । गुरुङका अनुसार शिविरमा १ सय ९१ जनालाई औषधी वितरण, ३९ जनालाई चश्मा वितरण, मोतियाविन्दुको समस्या देखिएको ७ जना र अन्य ३९ जना र आँखामा मासु पलाएका ११ जनालाई हिमालय  आँखा हस्पिटल घारीपाटन रिफर गरिएको छ । शिविरमा सहभागीहरुको दृष्टि विशेषज्ञहरु अनिश अधिकारी, रोष्ना भुजेल, झरना बुढा र रितिका किजु लगाएतले सहजीकरण गरेका थिए । यसअघि शिविरको उद्घाटन गर्दै पोखरा महानगरका उप प्रमुख मन्जुदेवी गुरुङले मदन भण्डारी स्पोर्टस एकेडेमीले खेलकुदको गतिविधी संगै सामाजिक उत्तरदायित्व वहन गर्ने गरी आँखा शिविरको आयोजना गरेकोमा आभार प्रकट गरिन । कार्यक्रमको सञ्चालन एकेडेमीका सचिव दिपक आचार्यले गरेका थिएभने कार्यक्रममा उपाध्यक्ष सुुजन आचार्यले स्वागत मन्तब्य राखेका थिएभने केन्द्रीय सदस्य तथा पदाधिकारीहरुको उपस्थिती रहेको थियो । 

गण्डकीका प्रदेश प्रमुुख डिल्लीराज भट्टले बाल्यावस्थाबाटै सेवा भावना विकसित गर्दै सकारात्मक सोच फैलाउन जरूरी रहेको बताउनुभएको छ ।   नेपाल रेडक्रस सोसाइटी, कास्कीको आयोजना तथा जुनियर रेक्रस सर्कल, छोरेपाटन माविको व्यवस्थापनमा भएको कास्की जिल्ला स्तरीय संरक्षक गोष्ठीमा बोल्दै प्रदेश प्रमुख भट्टले सामाजिक गतिविधिमा बालबालिकालाई संलग्न गराउँदा सकारात्मक परिवर्तन आउने बताउनुभयो ।   ‘कलिलो उमेरबाटै अरुको सेवा गर्नुपर्ने भावना विकसित गर्न सकेमा ती बालबालिका भविष्यमा नैतिकवान्, कर्मठ र ईमान्दार दक्ष नागरिक बन्नेछन् ’ उहाँले भन्नुभयो – ‘नैतिक शिक्षाले उनीहरु असल मार्गमा अघि बढ्छन् । हिंसा र अपराधबाट जोगिन्छन् । परिवर्तनका लागि सकारात्मक सोच अत्यन्त जरुरी छ ।’     स्वयंसेवी कार्यकर्ता, युवाहरूको सक्रिय संलग्नता र सामुदायिक सहभागितामार्फत् रेडक्रसले आफूलाई अग्रपंक्तिमा उभ्याएको भट्टले उल्लेख गर्नुभयो । उहाँले गोष्ठीमा प्रस्तुत कार्ययोजना, छलफल तथा विचार मन्थनबाट संस्थागत कामकारबाहीको मूल्यांकन, सुझाव ग्रहण र आगामी दिनको योजना तर्जुमा गर्न सक्षम बनोस् भन्दै संस्थालाई सबिलकरणको दिशामा अघि बढाउन दिशानिर्देश गरोस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभयो ।   ‘रेडक्रस भन्ने बित्तिकै मानवियता र सेवा भावना जोडिन्छ । युद्ध, प्राकृतिक विपद् र अन्य आपत्कालीन अवस्थामा पीडितलाई सहायता पु¥याउने उद्देश्यका साथ रेडक्रसले कामहरू गर्दै आएको छ ।’ उहाँले भन्नुभयो ।   स्थानीय समुदायमा मानवीय सेवाको आवश्यकता बोध हुँदा सम्झिने पहिलो सामाजिक संस्था रेडक्रसले मानवतालाई जीवित राखौँ मूल मन्त्रका साथ काम गर्दै आएकोमा आभारपनि व्यक्त गर्नुभयो ।     ‘रेडक्रसले जिल्लास्तरीय समिति अन्तर्गत विभिन्न उप–शाखाहरू, समुदायस्तरीय युवा सर्कल, स्वयंसेवक समूह र विद्यालय अन्तर्गत जुनियर तथा युवा रेडक्रस सर्कलहरूलाई क्रियाशील बनाउँदै फराकिलो क्षेत्र ओगटेको छ ।’ प्रदेश प्रमुख भट्टले थप्नुभयो – ‘रेडक्रस, स्काउट, लायन्स, रोटरी जस्ता संस्था संघसंस्थाहरू गर्वलायक सामाजिक संघसंस्था हुन् । मानव जीवनको अमूल्य वस्तु रगतको अभाव हुँदा सबैभन्दा पहिले सम्झने संस्था भनेकै रेडक्रस हो ।’   रगत उपलब्ध गराउने काम सँगसँगै नेपालमा महामारी, भूकम्प तथा बाढीपहिरोको पीडामा रहँदा रेडक्रसले अग्रणी भूमिका खेलेको बताउँदै भट्टले पीडितहरुलाई खाद्यान्न लत्ताकपडादेखि तत्कालिन एम्बुलेन्स सेवा, स्वास्थ्य सेवा, परामर्श लगायत कार्य रेडक्रसकै अगुवाईमा भएको उल्लेख गर्नुभयो ।     रेडक्रसले सामाजिक रूपान्तरणमा सकारात्मक प्रभाव पारिरहेको उल्लेख गर्दै आगामी दिनमा राज्यको निकायसँग सहकार्य, प्रविधिको उपयोग र नवप्रवर्तनशील कार्यक्रमहरूका माध्यमबाट रेडक्रस अझ प्रभावकारी रूपमा समाजसेवामा अग्रसर हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।  

नवलपरासी:    नवलपरासीको सुनवलमा रुखले च्यापिएर दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भिर घाईते भएका छन् । शुक्रबार अपरान्ह हावाहुरीसहित पानी परेपछि सुनवल नगरपालिका वडा नम्बर ७ चारपालामा रहेको प्रतीक्षालयमा बसिरहेका स्थानीयलाई रूख ढलेर च्यापेको हो । घटनामा सुनवल ७ कि ३० वर्षीय मिरा बयम्बु र ४० वर्षीय दुर्गा बहादुर पुनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो । घटनामा सोही स्थानका ४० वर्षीय नरमती परियार, ५१ वर्षीय दुर्गेश्वरा खाम्चा र २२ वर्षीय अनिल थापा घाईते भएका छन् । उनीहरूको देवदह मेडिकल कलेज रूपन्देहीमा उपचार भइरहेको छ । पानी परेपछि प्रतीक्षालयमा बसिरहेको स्थानीयलाई हावाहुरीले ढलेको ठुलो रुखले च्यापेको थियो । रूख प्रतीक्षालयमाथी ढलेपछि प्रतीक्षालय समेत भत्किएको प्रहरीले जनाएको छ । शुक्रबारअपरान्ह नवलपरासी सहित आसपासका जिल्लामा तिव्र हावाहुरी सहित वर्षा भएको थियो । अहिले मौसममा क्रमिक सुधार हुँदै छ ।

पोखरा:   अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा हुने पाँचौ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० गते हुने भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले आज पोखरामा पत्रकार सम्मेलन गर्दै पाँचौ संस्करणको म्याराथनबारे जानकारी दिएको हो ।  समितिका अध्यक्ष ललित गुरुङले म्याराथनको ९० प्रतिशत तयारी पूरा भएको बताए । ‘म्याराथनको ९० प्रतिशत तयारी पूरा भइसकेको छ, प्रतियोगितामा, महिला तथा पुरुषतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धामा स्वदेशी तथा विदेशी धावकले नाम दर्ता गराउने क्रम जारी छ, अध्यक्ष गुरुङले भने, ‘अहिले सम्म १० विदेशी धावकसहित ६० जनाले नाम दर्ता गराइसकेका छन् ।’ उनले फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले सन् १९५० जुन ३ मा अन्नपूर्ण हिमाल (८०९१ मिटर) सफलतापूर्वक आरोहण गरेको ७५ औं वर्षगाँठको म्याराथन पनि हीरक महोत्सवको रुपमा मनाइने बताए ।  प्रतियोगिताको महिला तथा पुरुष दुवै विधाका विजेताले समान १लाख ५० हजार, द्धितिय हुनेले १लाख र तृतीय हुनेले ७५ हजारसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा सहभागिता जनाउन एक धावकलाई ७ हजार दर्ता शुल्क निर्धारण गरिएको छ ।  प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाबाट सहभागिता भएर प्रथम हुने,गण्डकी प्रदेशबाट प्रथम हुने धावक, महिलातर्फ निरन्तर ३ पटकसम्म सहभागी हुने धावक र विदेशी महिला तथा पुरुष धावकलाई विशेष पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।  प्रतियोगितामा ७५ औं स्थान प्राप्त गर्ने धावकलाई डायमण्ड जुब्ली अवार्ड प्राप्त गर्नेछन् । अन्नपूर्ण आधारशिविर (४१३० मिटर) बाट सुरु हुने म्याराथन माछापुच्छ्रे आधारशिविर, देउराली, दोभान, बम्बो, छोम्रोङ, किम्रोङखोला, उरी हुँदै घान्द्रुकस्थित श्री मेश्राम वराह माविको खेल मैदानमा सम्पन्न हुनेछ। म्याराथनको दूरी ४२.१९५ किलोमिटर हुनेछ। यस म्याराथनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने लक्ष्यसहित अल्टिमेट एडभेन्चर नेपालले प्राविधिक व्यवस्थापन गर्नेछ।    म्याराथनकै अवसरमा “अन्नपूर्ण पत्रकारिता पुरस्कार–२०८२” पनि प्रदान गरिनेछ। अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा सञ्चार माध्यममार्फत योगदान गरेका पत्रकारलाई उक्त पुरस्कार दिइनेछ। साथै, विविध सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिनेछन्। कार्यक्रम सम्पन्न गर्न करिब ३८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। 

पोखरा:   विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तरगत चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।  उक्त प्रतियोगितामा कक्षा नर्सरीबाट इशान सुवेदी प्रथम, सनिका थापामगर द्वितीय र इज्रा तामाङ तृतीय भएका छन् । कक्षा एल.के.जी.बाट इमान थापाक्षेत्री प्रथम, विपीन रानामगर द्वितीय र नोआ गुरुङ तृतीय भएका छन् ।  कक्षा यु.के.जी.बाट मबेल थापामगर प्रथम, राजश्री अर्याल द्वितीय र अल्बिना तामाङ तृतीय भएका छन् । यस्तै कक्षा एकबाट सलोम राई प्रथम, सनम बराइली द्वितीय र लियोसा के.सी. तृतीय भएका छन् ।  कक्षा २ बाट पारोमिता मोण्डल प्रथम, कक्षा ३ की अनिसा गुरुङ द्वितीय र कक्षा २ का एडेन गुरुङ तृतीय भएका छन् । कक्षा ४ बाट मौ भौमिक प्रथम, कक्षा ५ की प्रेमिका नेपाली द्वितीय र कक्षा ५ कै प्रिन्स सुनार तृतीय भएका छन् ।  त्यस्तै सिनियर आधारभूततर्फ कक्षा ८ की मेहुली मन्ना प्रथम, सोही कक्षाकी उपासना रेग्मी द्वितीय र कक्षा ७ की सविता सुनार तृतीय भएका छन् । मा.वि.तहमा कक्षा ९ की सुनिशा सुनार प्रथम, कक्षा १० की प्रशंशा सुनार द्वितीय र सोही कक्षाकी आरोशी देवकोटा तृतीय भएका छन् ।  शिक्षिका अनिता थापाको संयोजकत्वमा भएको उक्त प्रतियोगिताको पुरस्कार वितरण विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले गरेका थिए । 

धनगढी: बाजुराको हिमाली गाउँपालिकामा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बुढीनन्दा नगरपालिकाको कोल्टीबाट हिमाली गाउँपालिकाको धुलाचौरतर्फ जाँदै गरेको म १ ज २३३ नम्बरको जीप सिउडी खोलामा दुर्घटनामा परेको हो । दुर्घटनामा परेका घाइतेहरूमा जीप चालक सबिन बोहरा, हिमाली–५ निवासी १८ वर्षीया रंगीता बुढा, जुनिता बुढा, २९ वर्षीय विवेक बुढा, वडा नं। ६ का २२ वर्षीय अस्मिता शाही र वडा नं। ४ का १८ वर्षीय विज्ञान सार्की रहेका छन् । उनीहरू सबै कक्षा १२ को परीक्षा सकेर घर फर्कँदै गरेका विद्यार्थीहरू हुन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार जीप अचानक अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर कर्णाली नदीमाथिको रुखमा अड्किएको हो। घाइतेहरूको अवस्था मध्यम रहेको र हाल कोल्टी अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

काठमाडौं:  सत्तासाझेदार नेपाली कांग्रेस संसदीय दलको बैठक शनिबार (जेठ ३) बस्ने भएको छ ।  कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक शनिबार दिउँसो २ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने जानकारी दिए । बैठकमा आउँदो आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचारविमर्श हुने प्रमुख सचेतक घिमिरेले बताए ।

काठमाडौंः  प्रदर्शनरत नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले पहिलो साता राम्रो ग्रसकलेक्सन गरेको छ ।  पहिलो साता यो चलचित्रले पाँच करोड ७५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माणपक्षले जनाएको छ ।  निर्माण कम्पनी आर्टमाण्डू नेपालले निर्माण गरेको चलचित्रमा नवीन चौहानको लेखन तथा निर्देशन छ ।  अहिले पनि यो चलचित्र उच्च शोसहति चलिरहेको छ । चलचित्रमा विपीन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपांगी मगर, सुनील पोखरेललगायतको अभिनय छ । 

काठमाडौंः   नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर थ्री मा प्रवेश गरेको छ।  शुक्रबार हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि नेपालको सुपर थ्री यात्रा तय भएको हो। यो नतिजापछि नेपाल र हङकङको समान ५ अंक भएपनि नेपाल बढी जितका कारण अगाडि बढेको हो। नेट रनरेटमा भने नेपालभन्दा हङकङ अगाडि थियो।  नेपालले ४ खेलमा २ जित निकाल्दा एक खेलमा हार र एक खेल नतिजाबिहीन भएको थियो। हङकङले समान खेलमा एउटा मात्रै खेलमा जित निकाल्दा ३ खेल नतिजाबिहीन भयो। नेपाल हङकङसँगै पराजित भएको थियो। तर बहराइनलाई दुवै खेलमा पराजित हुँदा अगाडि बढ्ने बाटो खुलेको हो।  ९ टोलीलाई तीन समूहमा विभाजन गर्दा हरेक समूहका शीर्ष टोली सुपर ३ मा प्रवेश गरेका हुन्। समूह ए बाट थाइल्यान्ड, समूह बी बाट यूएई र सी बाट नेपादल सुपर ३ मा प्रवेश गरेका हुन्। शीर्ष तीनमा पुगेका टोली एक आपसमा भिडेपछि शीर्ष दुई टोली विश्वकपको ग्लोबल छनोटमा पुग्नेछन्।