काठमाडौं:  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी, पूर्व मुख्यसचिव वैकुण्ठ अर्याल लगायत विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित...

काठमाडौं:    नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघले  नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेको छ ।   महासंघका अध्यक्ष किसान सुनारसहितकाे पदाधिकारी टोलीले बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको कार्यलयमा पुगेर डा. पौडेललाई बधाई एवं शुभकामना ज्ञापन गरेको हो ।   साेही अवसरमा सुनचाँदी  तथा आभूषण व्यवसायसँग सम्बन्धित आवश्यक कानुनी तथा नीतिगत आधार समेटिएको “आभूषण व्यवसायमा कानुनी व्यवस्था” शीर्षक पुस्तक अध्यक्ष सुनारले गभर्नरलाई हस्तान्तरण गरे ।   मुलुकको आर्थिक र वित्तीय प्रणालीलाई चलायमान बनाउन तथा सुनचाँदी व्यवसायीको समस्यालाई आफ्नो क्षेत्रबाट समाधान दिन पहल गर्नेमा नवनियुक्त गभर्नर डा. पौडेलको भूमिका महत्वपुर्ण हुने अध्यक्ष सुनारले विश्वास व्यक्त गरेका थिए ।    

पाेखरा:    ‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित सञ्चालनमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय विविध कार्यक्रम सम्पन्न भएको छ ।   स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत कलर सेलिब्रेशन तथा नेपाली शब्दखेल प्रतियोगिता सम्पन्न भएको हो ।        कलर सेलिब्रेशन कार्यक्रममा पूर्व प्राथमिक तहमा कक्षा नर्सरीदेखि कक्षा एकसम्मका विद्यार्थीहरु रङ चिनाउने उद्देश्यले रातो रङको प्रर्दशन गरिएको थियो ।    उक्त कक्षाका विद्यार्थीहरु तथा शिक्षकहरु रातो पोशाक लगाउनको साथै  विभिन्न रातो रङको शैक्षिक सामाग्री प्रर्दशन गरिएको थियो ।     यसैगरी आधारभूत (जुनियर) तह नेपाली शब्दखेल प्रतियोगितामा रातो (कोशी) सदन प्रथम र पहेँलो (वागमती) सदन द्वितीय भए ।    विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त कार्यक्रमको विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण भएको थियो । भने, सो कार्यक्रमको सञ्चालन प्रावि तहकी नेपाली शिक्षिका शर्मिला शर्माले गरेकी थिइन् ।  

पोखरा:  पोखरामा जारी नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फको आजको तेस्रो खेलमा गण्डकी प्रदेशले दोस्रो जित निकालेको छ ।  पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको खेलमा गण्डकी प्रदेशले आर्मीलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । गण्डकीले आर्मीलाई २५–१७, २५–१८ र २५–२२ को जित निकाल्यो ।   यस्तै आज नै भएको दोस्रो खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।  पहिलो सेट २५–१२ ले सहजै जितेको पुलिसले दोस्रो सेट केही प्रतिस्पर्धात्मक बन्दा २५–१९ को जित निकाल्यो । यस्तै तेस्रो सेट पुलिसले २५– १५ को जित निकाल्यो ।  यस्तै आजको पहिलो खेलमा हेल्प नेपालले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।  टिपटपले सुदूरपश्चिम प्रदेशलाई २५–१९, २५–१७  र २५–१८ को जित निकाल्दै प्रतियोगितामा दोस्रो जित निकालेको छ ।   चौथो खेल नेपाल एपिएफ क्लब र बुटवलको मणिमुकुन्द भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।  यस्तै महिलातर्फ टिपटप न्यु डायमण्ड स्पोर्टस क्लब र नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।  पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको महिलातर्फको पहिलो खेलमा न्यु डायमण्डले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । यस्तै दोस्रो खेलमा नेपाल पुलिस क्लबले बुटवलको एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।  नेपाल भलिबल संघको आयोजनामा भएको नवौं प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।  त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।  

पोखरा:   पोखरामा जारी नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फको दोस्रो खेलमा नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ ।  पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।  पहिलो सेट २५–१२ ले सहजै जितेको पुलिसले दोस्रो सेट केही प्रतिस्पर्धात्मक बन्दा २५–१९ को जित निकाल्यो । यस्तै तेस्रो सेट पुलिसले २५– १५ को जित निकाल्यो ।  यस्तै आजको पहिलो खेलमा हेल्प नेपालले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।  टिपटपले सुदूरपश्चिम प्रदेशलाई २५–१९, २५–१७  र २५–१८ को जित निकाल्दै प्रतियोगितामा दोस्रो जित निकालेको छ ।   तेस्रो खेल गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । चौथो खेल नेपाल एपिएफ क्लब र बुटवलको मणिमुकुन्द भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।  यस्तै महिलातर्फ टिपटप न्यु डायमण्ड स्पोर्टस क्लब र नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।  पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको महिलातर्फको पहिलो खेलमा न्यु डायमण्डले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । यस्तै दोस्रो खेलमा नेपाल पुलिस क्लबले बुटवलको एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।  नेपाल भलिबल संघको आयोजनामा भएको नवौं प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।  त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

पोखरा:   पोखराको चिप्लेढुंगास्थित सर्वेश्वर व्यवसायी समिति र बागलुङका उद्योगी व्यवसायीहरुबीच अन्तरक्रियात्मक छलफल भएको छ ।  उत्तरी छिमेकी जिल्लाहरुको भ्रमणमा गएको पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुले बागलुङका उद्योगी, व्यवसायीहरुसँग व्यापार प्रवद्र्धनबारे अन्तरक्रियात्मक छलफल गरेका हुन् ।   छलफलमा सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुले काठमाडौंकै मूल्यमा पोखरामै होलसेलमा सामान बिक्री भइरहेको जानकारी दिएका थिए । कार्यक्रममा सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले चीन, हङकङ, थाईल्याण्ड, भारत, बंगलादेश लगायतका देशहरु तथा उद्योगहरुबाटपनि सिधै सामान ल्याईने भएकाले पोखरामै सस्तोमा सामान पाईने बताए ।  बागलुङलगायतका क्षेत्रका व्यवसायीहरुले अब सामान लिनकै लागि काठमाडौं धाईरहनुपर्ने बाध्यता छैन,उनले भने,‘पोखरामै सस्तो र गुणस्तरीय सामान पाईन्छ । यसले समयपनि बचत हुन्छ र झञ्झट बेहोर्नुपनि पर्दैन ।’ उनले बागलुङका व्यवसायीहरुलाई सर्वेश्वर मार्ग पराजुली मार्गलाई सामान खरिदको गन्तव्य बनाउन आग्रह गरे ।   कार्यक्रममा बोल्दै बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले पोखरामा पाईने सामान सस्तो र गुणस्तरिय हुनुपर्ने बताए । पोखरा हाम्रो लागि नजिक ठाउँ भएकाले सामान खरिदका लागि गन्तव्य बन्न सक्छ,उनले भने,‘तर पोखरामा उत्पादन हुने वा आयात गरिएका सामान सस्तो र गुणस्तरिय हुनुपर्छ । त्यस्तै होलसेल व्यवसायीले सेवा सरल र छिटो बनाउनपनि जरुरी छ ।’ कपडा तथा फेन्सी व्यवसायी संघ बागलुङका अध्यक्ष डिबी कार्कीले पोखरा सामान खरिदका लागि नजिकपनि पर्ने र मूल्यपनि केहि सस्तो भएपनि ढुवानीमा समस्या रहेको बताए । पोखरामा सामान खरिद गर्दा ढुवानीमा समस्या छ,उनले भने,‘ढुवानी सहज होस्, अनलाईन सपिङ वैध बनोस् अनि सस्तो र गुणस्तरिय सामान खरिद गर्ने गन्तव्य पोखरा बनोस् । हामी सामान खरिद गर्न तयार छौं ।’ अन्तरक्रिया कार्यक्रममा बागलुङ तथा छिमेकी जिल्लाहरुबाट सहभागी व्यवसायीहरुले राखेका जिज्ञासाका बारेमा सर्वेश्वर व्यवसायी समितिका तर्फबाट अध्यक्ष तुलबहादुर थापा (राजन), सल्लाहकारहरु नरहरी अधिकारी, प्रेमप्रसाद सुवेदीलगायतले प्रस्ट्याएका थिए ।   छिमेकी जिल्लाहरुमा व्यवसायीक भेटघाट, अन्तरक्रिया तथा क्यालेन्डर वितरणका लागि सर्वेश्वर मार्ग–पराजुली मार्गका २९ जना व्यवसायीहरुको टोली उत्तरी छिमेकी जिल्लाहरुको ५ दिने भ्रमणमा गएका हुन् ।  टोलीले पर्वतको कुस्मा, डिमुवा, पातीचौर र नयापुल, बागलुङको बागलुङ बजार, म्याग्दीको बेनी, दरबाङ र तातोपानीमा पुगेर त्यहाँका व्यवसायीहरुसँग भेटघाट तथा अन्तरक्रिया गरिरहेको महासचिव विशाल अधिकारीले जानकारी दिए ।  उनका अनुसार मुस्ताङको जोमसोम पुगेर व्यवसायीहरुसँग पनि भेटघाटसँगै अन्तरक्रिया गरिनेछ त्यसपछि उत्तरी नाका कोरला पुगेर व्यापारिक सम्भावनाबारे अवलोकन गरेर फर्किने उनको भनाई छ । ‘उद्योग व्यवसाय प्रवद्र्धन र उत्पादित वस्तुको बजारीकरण गर्न जिल्ला भ्रमणमा निस्केका छौं’–उनले भने ।   सर्वेश्वर मार्ग र पराजुली मार्गमा आफ्नै र स्वेदशी गार्मेन्टबाट उत्पादित सामानहरु, फेन्सी तथा रेडिमेड सामानहरु, श्रृंगारका सम्पूर्ण कस्मेटिक सामानहरु, काचो कपडा, जुत्ता, चप्पल, व्याग, गिफ्ट तथा खेलौनाका सामानहरु थोक तथा खुद्रा मूल्यमा बिक्री हुने गरेको समितिका बरिष्ठ उपाध्यक्ष छवीलाल गौतमले बताए ।   होलसेल तथा खुद्रा दुबै व्यापार हुने सर्वेश्वर मार्गमा स्याङ्जा, वालिङ, तनहुँ, लमजुङ, पर्वत, बागलुङ, म्याग्दीदेखि मनाङ र मुस्ताङ तथा पूर्वी रुकुम र पश्चिम रुकुम सम्मका खुद्रा व्यापारी ग्राहकका रुपमा आउने गरेको समितिका महासचिव विशाल अधिकारीले जानकारी दिए ।

जनकपुरधाम:   गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशअन्तर्गत नेपाल र भारतीय सीमा क्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न यहाँका सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । नेपाल सरकार गृह मन्त्रालय र मधेश प्रदेशको विभागीय मन्त्रालयद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले खुल्ला सिमाना रहेकाले सुरक्षाको सवालमा उच्च सतर्कता अपनाउन निर्देशन दिनुभयो । गृहमन्त्री लेखकले प्रदेशको शान्तिसुरक्षाको जिम्मेवारी बोकेका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलगायत सुरक्षा निकायले देशको बदलिँदो परिस्थितिअनुसार इमान्दारिताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।  “ देशमा हाल लागुऔषध, सडक दुर्घटना, आत्महत्या तथा साइबर क्राइमलगायतका सामाजिक विकृतिका गम्भीर समस्या बढ्दै छन् । मधेश प्रदेशका सबै जिल्ला भारतीय सीमासँग जोडिएकाले पनि यहाँ थप सतर्कता अपनाउन आवश्यक छ । उल्लेखित समस्यालाई के कसरी रोकथाम गर्न सकिन्छ, त्यसतर्फ पनि सुरक्षा निकायले गम्भीरतापूर्वक लाग्नुपर्ने जरूरी छ”, उहाँले भन्नुभयो । गृहमन्त्री लेखकले राष्ट्रसेवक कर्मचारीहरूले कानुनविपरीत आर्थिक लोभ र लाभमा नपरी इमान्दारी एवं निष्पक्ष भई छिटो, सरल र सहज तरिकाले सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारलाई शान्तिसुरक्षाका काम गर्न समस्या भएको गुनासो गर्नुभयो । उहाँले प्रदेशअन्तर्गत रहेका सुरक्षा निकायलाई आफ्नो सीमित साधनस्रोतका बाबजुद सक्दो सहयोग गरिरहेको भन्दै तत्काल प्रहरी समायोजनको काम अगाडि बढाउन आग्रह गर्नुभयो । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले छिमेकी देशमा बलिरहेको द्वन्द्व र असमझदारीले नेपालको सीमाक्षेत्रमा सुरक्षा चुनौती थपिँदै जाने अवस्थातर्फ सतर्क तथा सचेत रहन सुरक्षा निकायलाई आग्रह गर्नुभयो । गोष्ठीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश तथा जिल्ला प्रमुख, आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायतको सहभागिता रहेको छ ।

गण्डकी: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागलुङको ताराखोला पालिकाको सहिद मार्ग स्तरोन्नतिका निम्ति बजेट विनियोजन गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउने बताउनुभएको छ ।  साथै उहाँले पूर्वाधार विकासलाई आफ्नो पार्टीले उच्च प्राथमिकता दिएको बताउनुभयो । ताराखोला गाउँपालिकाद्वारा आज यहाँ आयोजित एक उहाँले ताराखोलालाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त सडकको विस्तार र कालोपत्र गर्न सरकारसँग रकम माग्ने बताउनुभयो । “सहिद मार्गलाई बजेटमा समेट्न यसअघि पनि पहल गरिएको हो, तर त्यसले सार्थकता पाउन सकेन, यसपालि विशेष प्रयत्न गर्छौँ”, उहाँले भन्नुभयो, “स्थानीय उत्पादनको बजारीकरण र पर्यटनका दृष्टिले पनि यो सडक महत्वपूर्ण छ ।” भौगोलिक कठिनाइ र सीमित स्रोतसाधन हुँदा पनि विकासनिर्माण र सेवा प्रवाहमा ताराखोला गाउँपालिकाले उदाहरणीय काम गरेको उहाँले बताउनुभयो । स्थानीय तहलाई पक्की सडकमार्फत प्रदेश राजधानीसँग जोड्ने सरकारको लक्ष्यअनुरूप २० किलोमिटर लामो उक्त सडक चार वर्ष अघि नै कालोपत्र गरिने सडकका रूपमा छनोट गरिएको थियो । पार्टीले सुरू गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित जनजागरण अभियानले माओवादी केन्द्रको जनतासँगको सम्बन्धलाई सुदृढ बनाएको उहाँले बताउनुभयो ।

पोखरा:  पोखरामा जारी नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबले दोस्रो जित निकालेको छ ।  हेल्प नेपालले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकाल्यो ।  पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको खेलमा टिपटपले सुदूरपश्चिम प्रदेशलाई २५–१९, २५–१७  र २५–  १८को जित निकाल्यो ।  दोस्रो खेल नेपाल पुलिस क्लब र कोशी प्रदेशबीच केही समयमा प्रतिस्पर्धा हुनेछ ।  तेस्रो खेल गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । चौथो खेल नेपाल एपिएफ क्लब र बुटवलको मणिमुकुन्द भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।  यस्तै महिलातर्फ टिपटप न्यु डायमण्ड स्पोर्टस क्लब र नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।  पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको महिलातर्फको पहिलो खेलमा न्यु डायमण्डले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । यस्तै दोस्रो खेलमा नेपाल पुलिस क्लबले बुटवलको एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।  नेपाल भलिबल संघको आयोजनामा भएको नवौं प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।  त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

धनुषा:   नेकपा एमाले धनुषाको अध्यक्षमा भोला यादव निर्वाचित भएका छन् । धनुषा जिल्ला कमिटीको आठौँ अधिवेशन अन्तर्गत भएको मतदानमा एमाले केन्द्रीय सचिव रघुवीर महासेठ पक्षका यादव विजयी भएका हुन् । उनले आफ्ना प्रतिद्वन्द्वी लक्ष्मीनारायण यादवलाई पराजित गरेका हुन् । भोलाले ४०२ मत प्राप्त गर्दा लक्ष्मीनारायणले दुई सय मत पाएका छन् । लक्ष्मीनारायण केन्द्रीय सदस्य उमाशंकर अरगरियाको पक्षबाट उम्मेदवार बनेका थिए । अधिवेशनले उपाध्यक्षमा तेजनारायण यादव, सचिवमा दीपनारायण ठाकुर, उपसचिवमा सविनविक्रम थापालाई चयन गरेको छ । यस्तै, महिला उपसचिवतर्फ रुकाकुमारी मिश्र र लेखा समितिको संयोजकमा वीरेन्द्रलाल कर्ण निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गर्न चुनाव भएको थियो ।