काठमाडौं:  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी, पूर्व मुख्यसचिव वैकुण्ठ अर्याल लगायत विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित...

काठमाडौं:  नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघले व्यवसायीहरूको समस्या, चुनौती तथा समाधानसहितको अध्ययन प्रतिवेदन उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई बुझाएको छ ।    नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघका केन्द्रीय अध्यक्ष किसान सुनारले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधबारको बैठकमा सभापति अब्दुल खानलाई अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको हो ।   बैठकको क्रममा बोल्दै अध्यक्ष सुनारले व्यवसायीहरूले भोग्नुपरेका समस्याहरूसँगै समाधानका उपायबारे धारणा व्यक्त गरे ।   उनले सुनचाँदी व्यवसायमार्फत राष्ट्रिय अर्थतन्त्र दरिलो बनाउन समयसापेक्ष ऐन तथा नियमको आवश्यकता रहेको उल्लेख गरे ।     सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्ने कानून प्रबन्ध गर्न वाणिज्य मन्त्रालयलाई समितिको निर्देशन   सुनचाँदी व्यवसायी महासंघहरुको विभिन्न चरणका छलफल तथा बैठकपछि बुधबारको बैठकबाट सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्ने कानून प्रबन्ध गर्न समितिले वाणिज्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।   संसदीय समितिले उद्योग, वाणिय तथा आपूर्ति मन्त्रालयलाई सुनचाँदी व्यवसायलाई थप व्यवस्थित र मर्यादित बनाउने, सुनचाँदी, हिरा, जवाहरात तथा बहुमूल्य धातुको आयात प्रणालीलाई व्यवस्थित गर्ने, धातुजन्य तयारी गरगहनाको निर्यात प्रवद्र्धन गर्ने, खरिद तथा विक्रीलाई डिजिटल प्रणणलीमा आवद्ध गर्ने लगायतका विषयमा कानूनी प्रबन्ध गर्न मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।     सोहीबीच वाणिज्यमन्त्री भण्डारीले सुनचाँदी व्यवसाय व्यवस्थापन र नियमन सम्बन्धी मन्त्रालयको प्रतिवेदन संसदीय समितिका सभापति अब्दुल खानलाई हस्तान्तरण गरे ।    सो अवसरमा बोल्दै वाणिज्यमन्त्री भण्डारीले सुनचाँदी गरगहना कारोबार र गुणस्तरका लागि सरकार शून्य सहनशीलताका साथ अगाडी बढ्ने बताएका थिए ।    मन्त्री भण्डारीले सुनचाँदीसँग सम्बन्धित कानून निर्माणको क्रममा रहेको उल्लेख गरे ।      यस्तै बैठकमा सहभागी सांसदहरुले सुनचाँदी कारोबार सम्बन्धी कानून याथाशिघ्र निर्माण गर्नुपर्ने आवश्यकता रहेको धारणा राखेका थिए ।   छलफलमा समितिका सभापति एवं सदस्यहरुको साथै उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारी लगायत मन्त्रालयका उच्च पदस्थ अधिकारीहरु, नेपाल राष्ट्र बैंकका प्रतिनिधि, नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल राष्ट्रिय सुनचाँदी कालीगढ संघका प्रतिनिधिहरु लगायतको सभागिता रहको थियो ।

पोखरा:    पोखरामा आजदेखि सुरु भएको नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको महिलातर्फको पहिलो खेलमा नेपाल एपिएफ क्लब र बुटवलको एभरेष्ट भलिबल क्लबले विजयी सुरुवात गरेको छन् ।  पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको महिलातर्फको पहिलो खेलमा एपिएफ क्लबले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्याे।   एपिएफले पहिलो सेट र दोस्रो सेट क्रमशः २५–१० र तेस्रो सेट २५–१५ ले पराजित गर्याे ।  दोस्रो खेलमा बुटवलको एभरेष्ट भलिबल क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ ।   एभरेष्टले पहिलो सेट २२–२५ ले गुमाएपनि दोस्रो सेटमा उत्कृष्ट पूनरागमन गर्दै २५–१९, २५–१७ र २५–१३ ले सेट आफ्नो पक्षमा पार्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।  एभरेष्ट भलिबल क्लबले नेपाली महिला भलिबलका कप्तान अरुणा शाहीसहित थाइल्याण्डका ३ विदेशी खेलाडीलाई समावेश गरेको छ ।  आज नै पुरुषतर्फ चार खेल हुनेछ । महिला तथा पुरुष दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।  त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।   लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।  

काठमाडौं:   अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।  बुधबारदेखि पहेँलो धातुको मोल निरन्तर बढेको छ । आज तोलामा रु एक हजार ७०० ले वृद्धि भएको छ । चाँदी पनि तोलामा रु ३५ ले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९१ हजार ५०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु दुई हजार २५ मा कारोबार भइरहेको छ ।  अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३५५ डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

काठमाडौं:   विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सहायक निरीक्षकद्वयको पदोन्नति भएको छ । दुवै प्रहरी सङ्गठनका प्रमुखले उनीहरूलाई नायब निरीक्षकमा पदोन्नति गरेका हुन् । सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता कालीदास धौवाजीले सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्याललाई सशस्त्र प्रहरी नायव निरीक्षकमा विशेष बढुवा गरिएको जानकारी दिए ।  यसैगरी, नेपाल प्रहरीका प्रवक्ता रमेश थापाले प्रहरी सहायक निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई पनि एक तह विशेष बढुवा गरिएको बताए । छत्याल र शेर्पाले हालै सगरमाथाको आरोहण गरेका थिए । 

पोखरा:    पोखरामा आजदेखि सुरु भएको नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको महिलातर्फको पहिलो खेलमा नेपाल एपिएफ क्लबले विजयी सुरुवात गरेको छ ।  एपिएफ क्लबले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । एपिएफले पहिलो सेट र दोस्रो सेट क्रमशः २५–१० र तेस्रो सेट २५–१५ ले पराजित ग¥यो ।  अहिले महिलातर्फ नै त्रिभुवन आर्मी क्लब र बुटवलको एभरेष्ट भलिबल क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । यो समाचार तयार पार्दासम्म दुवै टिमले १÷१ सेट आफ्नो पक्षमा पारेका छन् ।  आज नै पुरुषतर्फ चार खेल हुनेछ । महिला तथा पुरुष दुवैतर्फका विजेताले आठ लाख, उपविजेताले चार लाख र तेस्रो हुने टिमले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।  

काठमाडौं:  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका– १६ पेप्सीकोला बस्ने सुनसरी इनरुवा नगरपालिका घर भएका ३२ वर्षीय रमेशकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई दक्षिण कोरिया पठाइदिन्छु भन्दै तीनजनाबाट २६ लाख ८० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निजलाई काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको हो  । यादवलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । यस्तै, ठगीमा संलग्न रहेको अभियोगमा गिल्ट ट्राभल्स एन्ड टुर्स प्रालिका सञ्चालक काठमाडौं महानगरपालिका– २६ लैनचौर बस्ने २१ वर्षीय श्रृजेश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । कार्कीले जर्मनीमा हुन लागेको अन्तर्राष्ट्रिय अपाङ्गता सम्मेलन २०२५ मा सहभागी हुने व्यक्तिहरूका लागि हवाई टिकट, टर्कीको ट्रान्जिट भिसा र होटल बुकिङसमेत गरी दिन्छु भनी नक्कली कागजात बनाई चार लाख ३० हजार ठगी गरेको भन्ने उजुरी परेको थियो । निजलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

पोखरा:   पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टचारको छानविन हुने भएको छ ।  प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणका सम्बन्धमा गरेको अध्ययन प्रतिवेदनका आधारमा छानबिन गरी कारबाही अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय गरेको छ । यो निर्णयसँगै अव ठुलो भ्रष्टचारको छानविन हुने भएको हो । समितिको हिजोको बैठकले अध्ययन प्रतिवेदनमा प्राप्त विषयलाई आवश्यक छानबिन गरी कारबाही अघि बढाउन आयोगलाई लेखी पठाउने निर्णय गरिएको समिति सदस्य राजेन्द्रकुमार केसीले जानकारी दिए । यसअघि समितिले उक्त विमानस्थल निर्माणमा अनियमिता भएको उजुरीका आधारमा सदस्य राजेन्द्र लिङदेनको संयोजकत्वमा छानबिन अध्ययन उपसमिति गठन गरेको थियो । उपसमितिले प्रतिवेदनमा औँल्याएका विषयका आधारमा समितिले छानबिन अघि बढाउन आयोगलाई निर्देशन दिएको हो ।  उपसमितिले गत वैशाख १५ गते बुझाएको प्रतिवेदनका आधारमा थप अध्ययन, अनुसन्धान गरी दोषी देखिएमा मुद्दालगायतका कानुनी कारबाही अघि बढाउन र त्यसको जानकारी समितिलाई दिन आयोगलाई पत्राचार गरिएको जनाइएको छ ।

चितवन:  चितवनको भरतपुर महानगरपालिका–२९ गाइघाटमा दुईवटा ट्रक एकआपसमा ठोक्किंदा सात जना घाइते भएका छन् । आज बिहान समयमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्वरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ९८९७ नम्वरको ट्रक एक आपसमा ठक्कर खाँदा सात जना घाइते भएका हुन् । दुर्घटनामा दुवै ट्रकमा क्षति पुगेको छ । घाइतेको भरतपुरका अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रविन्द्र खनाले जानकारी दिनुभयो ।

धनगढी: महिला प्रहरी जवान चन्द्रिका देउवालाई जिल्ला प्रहरी कार्यालय कैलालीले नगद र प्रशंसापत्रसहित सम्मान गरेको छ । गोदावरी नगरपालीका-१ चैतनेपुरस्थित सडकमै बेवारिसे अवस्थामा एकजना आमाले बच्चा पाउँदै गरेको बेला सहयोग र उद्धार गरेकी देउवालालाई सम्मान गरिएको हो । गोदावरी नगरपालिका–१ वसन्तपुरमा कोठा भाडामा बस्दै आएकी ती २४ वर्षीय चन्द्रा आचार्यको उद्धार गरेर शिशुको पनि ज्यान बचाएएपछि देउवालाई सम्मान गरिएको हो । बाध्यात्मक अवस्थामा सडकै बच्चा पाइरहेकी आमालाई सहयोग गरेर देउवाले प्रशंसा पाएकी छन् । अहिले आमा र बच्चा पद्मा अस्पताल अत्तरियामा छन् । ‘स्थानीयले प्रहरीलाई खबर गरेपछि हामी हतार हतार गयौँ, कसैले छुन मानेनन् । मैले उनको पीडा सहन नसकेर बर्दीमै रहेको बेला पनि सघाएकी हुँ ।’ त्यसपछि स्वास्थ्यकर्मीलाई खबर गरिएको उनले बताइन् । ‘तर उहाँहरू आउन समय लाग्ने भयो । स्वास्थ्यकर्मी आउँदासम्म आमाले बाटोमा बच्चा जन्माइन्’, उनले भनिन्, ‘ती महिलाको पीडा देखेर सुडेनीको काम आफैँले अघि सरेर गरेँ ।’ चन्द्रिका इलाका प्रहरी कार्यलय मालाखेतीअन्तर्गत अस्थायी प्रहरी पोष्ट खैराना प्रहरी बिटमा कार्यरत छिन् । ती सुत्केरी आमाको मानसिक स्वास्थ्यमा समस्या हुँदा बेवारिस अवस्थामा रहेको खुलेको छ । बझाङको थलारा गाउँपालिकाकी आचार्यका श्रीमान् रोजगारीका लागि भारतमा छन् । सडकमै सुत्केरी व्यथा लागेर छटपटाइरहेकी महिलाको नजिकको घरमा लगेर सुत्केरी गराइएको थियो । सुत्केरी भएको ठाउँमा पुगेको पद्मा अस्पतालबाट एमडीजीपी गणेश फुलारासहितको टोली पुगेको थियो । महिलाको साल अड्किएर अवस्था जटिल भएपछि अस्पताल लगेर उपचार गरिएको छ।