पोखरा: गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले आफूले राखेका मागहरू बारम्बार उपेक्षा हुँदै आएको भन्दै राजीनामा दिने चेतावनी दिएका छन् । शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा राजीनामाको नमूना सार्वजनिक गर्दै शेरचनले गम्भीर असन्तुष्टि जनाएका हुन् । शेरचन नेपाली कांग्रेसका तर्फबाट मुस्ताङ (२) बाट गण्डकी प्रदेशसभामा निर्वाचित सांसद हुन् । सभामुखलाई सम्बोधन गरी फेसबुकमा सार्वजनिक गरिएको राजीनामा पत्रमा शेरचनले लेखेका छन्, ‘श्रीमान्, गहिरो आत्ममन्थनपछि म, गण्डकी प्रदेशसभाको सदस्य विकल शेरचन, पदबाट तत्काल लागू हुने गरी राजीनामा दिन चाहन्छु।’ उनले अघिल्लो र चालु वर्षको बजेटमा समेत दुर्गम क्षेत्रका आवश्यकताहरू बेवास्ता गरिएको आरोप लगाएका छन्। ‘मुस्ताङ जस्तो संवेदनशील, भौगोलिक रूपमा जटिल र सम्भावनायुक्त जिल्लालाई प्राथमिकतामा राखिनुपर्ने हो, तर बजेट निर्माण प्रक्रियाले यसलाई निरन्तर पछाडि पार्ने प्रवृत्ति देखाएको छ,’ शेरचनले लेखेका छन् । उनका अनुसार पूर्वाधार विकास, आर्थिक सशक्तीकरण, उच्च हिमाली स्वास्थ्य जोखिम न्यूनीकरण, जलवायु अनुकूलन र युवाका लागि अवसर सिर्जना गर्नेजस्ता विषयमा आफूले दिएको आग्रह उपेक्षित हुँदै आएको छ । राजीनामालाई उनले आन्तरिक असहमति र राजनीतिक प्रणालीप्रतिको गम्भीर चिन्ताको अभिव्यक्ति भनेका छन्। ‘यो कुनै भागदौड होइन, बरु एक जिम्मेवार अपिल हो । यसले हाम्रो राजनीतिक र नीतिगत प्रणालीलाई आत्मसमीक्षा गर्न प्रेरणा देओस् भन्ने मेरो आशा छ,’ उनले भनेका छन् ।
तनहुँ: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु भएको छ । दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरको जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिनुभयो । जिपमा पाँच जना सवार थिए । मृत्यु हुनेमा व्यास–५ का ३५ वर्षीय प्रविन थापामगर, सोही ठाउँका २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा रहेका प्रहरीले जनाएको छ । उनीहरुको दमौली अस्पतालमा मृत्यु भएको हो । घाइतेमध्ये एक जना गम्भीर रहेकाले थप उपचारका लागि पोखरा पठाउने तयारी गरिएको छ भने चालक सामान्य रहेका छन् । दुर्घटनाका घाइतेलाई नेपाली सेनाको कालीभञ्जन गण (इ), नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।
पोखरा: पोखरामा जारी नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फको तेस्रो खेलमा टिपटप हेल्प नेपालले नेपाल एपिएफ क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको खेलमा टिपटपले एपिएफलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । टिपटपले एपिएफलाई २५–२१, २५–२२ र २५–२१ ले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै ९ अङ्क जोड्न सफल भयो । आजको दोस्रो खेलमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गरेको छ । पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको खेलमा गण्डकीले पुलिसलाइ ३–० को सोझो सेटमा पराजित गर्यो । गण्डकीले पहिलो सेटको सुरुवाती अङ्कमा पछि परे पनि २५–२२ को जित निकाल्यो । दोर्सो सेटमा गण्डकीले पुनः २५–२२ को जित निकाल्यो । तेस्रो सेट गण्डकीले २५–२३ को जित निकाल्यो । यस जित सगै गण्डकीको तीन खेलमा ९ अङ्क भएको छ । पुलिसको ६ अङ्क छ । यस्तै प्रतियोगिताको आजको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले उत्कृष्ट पूनरागमन जित निकालेको छ । त्रिभुवन आर्मी क्लबले बुटवलको मणिमुकुण्ड भलिबल क्लबलाई ३–२ को सेट निकाल्यो । आज आर्मीसँग पराजित भएपनि मणिकुमुण्डले आर्मीसँग १ अङ्क खोज्न सफल भएको छ । यस्तै महिलातर्फको आजको तेस्रो खेलमा टिपटप न्यु डायमन्डले बुटवलको एभरेष्ट भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको खेलमा न्यु डायमन्डले एभरेष्टलाई ३–१ को सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकाल्यो । यस्तै आज नै भएको दोस्रो खेल नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ । एपिएफले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । यस्तै आजको पहिलो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई सोझो सेटमा पराजित गरेको छ । यस्तै महिलातर्फ नै आज तेस्रो खेल टिपटप न्यु डायमण्ड र बुटवलको एभरेष्ट भलिबल क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । नेपाल भलिबल संघको आयोजनामा भएको नवौं प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ। शनिबार बसेको रास्वपा सचिवालयको ‘भर्चुअल’ बैठकले भिजिट भिसा प्रकरण मुछिएका उनलाई तत्काल राजीनामा दिएर अनुसन्धानमा सघाउन आग्रह गरेको छ। ‘विगतमा सांसद रमेश लेखकले नै सदनमा ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ’ भनेर विभिन्न दृष्टान्त सम्झाउनु भएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौं,’ कार्यवाहक प्रवक्ता मनीष झाले बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै यस मुद्दालाई लिएर आगामी दिनमा सदन अवरुद्ध हुँदा, त्यसले उत्पन्न गर्ने नेपाली राजनीतिप्रति घृणाको कारक नहुन पनि सुझाव दिन्छौं।’ गृहमन्त्री र उनका सचिवालयमाथि ‘भिजिट भिसा’मार्फत् मानव तस्करीमा संलग्न रहेको आरोप लागिरहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। यो प्रकरणमा कम्तिमा १४ कर्मचारी आयोगको छानबिनमा परेपछि शुक्रबार गृहमन्त्रालयले उनीहरुलाई जिम्मेवारीबाट हटाएको थियो। गृहमन्त्रीको मञ्जुरीबिना यस्तो काम हुननसक्ने भन्दै धेरैले गृहमन्त्री लेखकमाथि छानबिन थाल्नुपर्ने दवाव बढेको छ।
काठमाडौं: डोल्पाको ठूलीभेरी नगरपालिका-१ ठाला लेकमा यार्सागुम्बा सङ्कलन गर्न गएका दुई समूहबीच आज दिउँसो झडप भएको छ । पूर्वी रुकुमको मैकोट गाउँपालिका र डोल्पाको काइके गाउँपालिका तथा ठूलीभेरी नगरपालिकाका स्थानीयबीच यार्सागुम्बा सङ्कलनमा सीमा इलाकाको विषयमा विवाद भई छ(सात सय जनाको सङ्ख्यामा रहेकाबीच झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरी बल नेपाल नं ४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा प्रहरी खटिएको छ । झडपलाई नियन्त्रणमा लिन दुई राउन्ड हवाई फायर गर्नुपरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले त्यहाँको अवस्था सामान्य छ ।
काठमाडौं: गृह मन्त्रालयले गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको कुनै प्रकारको संलग्नता नरहेको र नरहने स्पष्ट पारेको छ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका घटनासँग जोडिएर आएको विषयबारे स्पष्ट पार्दै मन्त्रालयले कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रसारित भएकाप्रति दुःख व्यक्त गरेको छ। विमानस्थल अध्यागमन कार्यालयको कामकारबाहीका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको हुँदा अनुसन्धानकार्य पूरा भएपछि सत्यतथ्य व्यहोरा सबैको जानकारीमा आउने मन्त्रालयले स्पष्ट पारेको छ। मन्त्रालयका सहसचिव छवि रिजालद्वारा आज जारी विज्ञप्तिमा आयोगबाट हुने छानविन तथा अनुसन्धानसम्बन्धी कार्यमा मन्त्रालयको पूर्ण सहयोग रहनेसमेत उल्लेख छ। उहाँले मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्न गृह प्रशासन निरन्तर क्रियाशील रहेको जनाउनु भएको छ। मन्त्रालयले सबै प्रकारका अनियमितता र अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै गृह प्रशासनलाई व्यवस्थित गर्नका निम्ति नीतिगत तथा संस्थागत सुधारका कार्यसमेत गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ। मन्त्रालयले विषयको गम्भीरतालाई मध्यनजर गरी सत्यतथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गर्न सम्पूर्णमा आग्रह गरेको छ।
पोखरा: पोखरामा जारी नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फको दोर्सो खेलमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गरेको छ । पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको खेलमा गण्डकीले पुलिसलाइ ३–० को सोझो सेटमा पराजित गर्यो । गण्डकीले पहिलो सेटको सुरुवाती अङ्कमा पछि परे पनि २५–२२ को जित निकाल्यो । दोर्सो सेटमा गण्डकीले पुनः २५–२२ को जित निकाल्यो । तेर्सो सेट गण्डकीले २५–२३ को जित निकाल्यो । यस जित सगै गण्डकीको तीन खेलमा ९ अङ्क भएको छ । पुलिसको ६ अङ्क छ । तेर्सो खेल टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र एपीएफ क्लब भिड्नेछन् । चौथो खेल कोशी र सुदूरपश्चिम प्रदेश भिड्नेछन् । यस्तै पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले मणिमुकुण्ड क्लुब विरुद्ध उत्कृष्ट पूनरागमन जित निकालेको छ । त्रिभुवन आर्मी क्लबले बुटवलको मणिमुकुण्ड भलिबल क्लबलाई ३–२ को सेट निकाल्यो । त्रिभुवन आर्मी क्लबले पहिलो सेट २०–२५ ले गुमायो । दोस्रो सेट आर्मीले २५–२३ ले आफ्नो पक्षमा पा¥यो । प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट आर्मीले २७–२५ ले गुमायो । चौथो सेटमा उत्कृष्ट पूनरागमन गर्दै आर्मीले २५–२२ ले आफ्नो पक्षमा पा¥यो । निर्णायक तथा पाँचौ सेटमा आर्मीले १५–१० को जित निकाल्यो । त्रिभुवन आर्मी क्लबले पहिलो खेल टिपटप हेल्प नेपाल र दोस्रो खेलमा गण्डकी प्रदेशसँग पराजित भएको थियो । यस्तै मणिमुकुण्ड भलिबल क्लब पहिलो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएपनि दोस्रो खेलमा नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो । आज आर्मीसँग पराजित भएपनि मणिकुमुण्डले आर्मीसँग १ अङ्क खोज्न सफल भएको छ । यस्तै महिलातर्फको आजको तेस्रो खेलमा टिपटप न्यु डायमन्डले बुटवलको एभरेष्ट भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको खेलमा न्यु डायमन्डले एभरेष्टलाई ३–१ को सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकाल्यो । यस्तै आज नै भएको दोस्रो खेल नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ । एपिएफले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । न्यु डायमन्डले पहिलो सेट २१–२५ ले गुमाएपनि दोस्रो सेट २५–२३ ले जित्यो । एक समय न्यु डायमन्ड दोस्रो सेटमा २३–१५ को अवस्थामा भएपनि एभरेष्टले लगातार अङ्क जोड्दै २३–२३ को बराबरी गरेको थियो । तेस्रो २५–१४ र चौथो सेट २५–२२ को जित निकाल्यो । एफिएफले २५–७, २५–२३ र २५–२० को जित निकाल्यो । एफिएफले दुई खेलमा ६ अङ्क जोडेको छ । आर्मीले दुवै खेलमा पराजित भएको छ । यस्तै आजको पहिलो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई सोझो सेटमा पराजित गरेको छ । नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । पुलिसले आर्मीलाई २५–५, २५–९ र २५–२२ को जित निकाल्यो । पुलिसले लगातार दुई खेल जित्दै ६ अङ्क जोडेको छ । भने, कर्णालीले दुवै खेलमा पराजित भएको छ । यस्तै महिलातर्फ नै आज तेस्रो खेल टिपटप न्यु डायमण्ड र बुटवलको एभरेष्ट भलिबल क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । नेपाल भलिबल संघको आयोजनामा भएको नवौं प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
पोखरा: पोखरामा जारी नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले उत्कृष्ट पूनरागमन जित निकालेको छ । त्रिभुवन आर्मी क्लबले बुटवलको मणिमुकुण्ड भलिबल क्लबलाई ३–२ को सेट निकाल्यो । पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको खेलमा त्रिभुवन आर्मी क्लबले पहिलो सेट २०–२५ ले गुमायो । दोस्रो सेट आर्मीले २५–२३ ले आफ्नो पक्षमा पा¥यो । प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट आर्मीले २७–२५ ले गुमायो । चौथो सेटमा उत्कृष्ट पूनरागमन गर्दै आर्मीले २५–२२ ले आफ्नो पक्षमा पा¥यो । निर्णायक तथा पाँचौ सेटमा आर्मीले १५–१० को जित निकाल्यो । त्रिभुवन आर्मी क्लबले पहिलो खेल टिपटप हेल्प नेपाल र दोस्रो खेलमा गण्डकी प्रदेशसँग पराजित भएको थियो । यस्तै मणिमुकुण्ड भलिबल क्लब पहिलो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएपनि दोस्रो खेलमा नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो । आज आर्मीसँग पराजित भएपनि मणिकुमुण्डले आर्मीसँग १ अङ्क खोज्न सफल भएको छ । यस्तै महिलातर्फको आजको तेस्रो खेलमा टिपटप न्यु डायमन्डले बुटवलको एभरेष्ट भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको खेलमा न्यु डायमन्डले एभरेष्टलाई ३–१ को सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकाल्यो । यस्तै आज नै भएको दोस्रो खेल नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ । एपिएफले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । न्यु डायमन्डले पहिलो सेट २१–२५ ले गुमाएपनि दोस्रो सेट २५–२३ ले जित्यो । एक समय न्यु डायमन्ड दोस्रो सेटमा २३–१५ को अवस्थामा भएपनि एभरेष्टले लगातार अङ्क जोड्दै २३–२३ को बराबरी गरेको थियो । तेस्रो २५–१४ र चौथो सेट २५–२२ को जित निकाल्यो । एफिएफले २५–७, २५–२३ र २५–२० को जित निकाल्यो । एफिएफले दुई खेलमा ६ अङ्क जोडेको छ । आर्मीले दुवै खेलमा पराजित भएको छ । यस्तै आजको पहिलो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई सोझो सेटमा पराजित गरेको छ । नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । पुलिसले आर्मीलाई २५–५, २५–९ र २५–२२ को जित निकाल्यो । पुलिसले लगातार दुई खेल जित्दै ६ अङ्क जोडेको छ । भने, कर्णालीले दुवै खेलमा पराजित भएको छ । यस्तै महिलातर्फ नै आज तेस्रो खेल टिपटप न्यु डायमण्ड र बुटवलको एभरेष्ट भलिबल क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । नेपाल भलिबल संघको आयोजनामा भएको नवौं प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
पोखरा: पोखरामा जारी नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको महिलातर्फको आजको तेस्रो खेलमा टिपटप न्यु डायमण्डले बुटवलको एभरेष्ट भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको खेलमा न्यु डायमण्डले एभरेष्टलाई ३–१ को सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकाल्यो । न्यु डायमण्डले पहिलो सेट २१–२५ ले गुमाएपनि दोस्रो सेट २५–२३ ले जित्यो । एक समय न्यु डायमण्ड दोस्रो सेटमा २३–१५ को अवस्थामा भएपनि एभरेष्टले लगातार अङ्क जोड्दै २३–२३ को बराबरी गरेको थियो । तेस्रो २५–१४ र चौथो सेट २५–२२ को जित निकाल्यो । यस्तै आज नै भएको दोस्रो खेल नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ । एपिएफले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एफिएफले २५–७, २५–२३ र २५–२० को जित निकाल्यो । एफिएफले दुई खेलमा ६ अङ्क जोडेको छ । आर्मीले दुवै खेलमा पराजित भएको छ । यस्तै आजको पहिलो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई सोझो सेटमा पराजित गरेको छ । नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । पुलिसले आर्मीलाई २५–५, २५–९ र २५–२२ को जित निकाल्यो । पुलिसले लगातार दुई खेल जित्दै ६ अङ्क जोडेको छ । भने, कर्णालीले दुवै खेलमा पराजित भएको छ । आज पुरुषतर्फ चार खेल हुनेछ । नेपाल भलिबल संघको आयोजनामा भएको नवौं प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।